kavita – pukar

म तिमीलाई नै चाहन्छु, तिमीलाई चाहन्छु, यही शब्द सधैँ मेरो
अन्तःकरणले आह्वान गर्दै भनिरहेछ !
जो यमि वासनाहरुले मेरो मनलाई दिनरात बेचैन पारिदिन्छन्,
यमि सर्वथा झूटा छन्, निःसार छन् अनि निष्प्रयोजन छन् ।
मलाई ता तिम्रो चाह छ, ईश्वर ! तिम्रो चाह छ !

जसरी अँध्यारो रातको मर्ममा प्रकाशको प्रार्थना रहन्छ,
त्यसरी नै मेरो अतृप्त वासनामा पनि तिम्रो चाह रहन्छ ।
आङ्खनो अन्तःकरणको चेतनामा पनि मैले निरन्तर यही सुनिरहेको
छु, ‘मलाई तिम्रो चाह छः तिम्रो चाह छ । ’

जसरी बादलले पूरा शक्तिका साथ शान्तिलाई आघात गर्दै आङ्खनो
लक्ष्यको प्राप्ति शान्तिमा नै सम्झन्छन्,
त्यसरी नै मेरो विद्रोह तिम्रो प्रेमलाई आघात गर्छ अनि भनिरहेछ :
‘म तिमीलाई नै चाहन्छु । ’

kavita – apaharan

त्यस दिन उनी मेरो घरमा आए अनि भने,
‘हामी एक कुनामा बसिरह्यौ ।’
उनले यस्तो भने, ‘देवतालाई अर्पण गर्दा म तिम्रो सहायता गर्छु,
अनि पूजाको जो प्रसाद पाइन्छ त्यही ग्रहण गरेर सन्तुष्ट होऔँला ।’

यसरी नै ती दरिद्री, क्षीण, मलिन, वस्त्रधारी मेरो घरको कुनामा बसे,
तर, रात बितिसकेपछि तिनीहरु प्रबल भए, मेरो देवालयमा
जबरजसती पसे अनि तिमीहरुले मलिन हातको देवताको पूजाका
नैवेद्य खोसे ?

kavita – sawan ghana

आज सावनको मेघका विशाल छायामा चूपचाप, नीरव रात झैँ,
मूक प्रभातमा सबैको अगाडि मुख लुकाउँदै कदापि नभाग !
आज प्रभातकालको आँखा बन्द भएका छन्, पूर्वका कोलाहलपूर्ण
पवन व्यर्थमा कसैलाई आह्वान गरिरहेछ ।
नित्य जागृत नीलाम्बरको मुख मेघका चादरले ढाकिएको छ ।

जंगल–पहाडमा आज गुञ्जन सुनिदैन ।
सबै घरका ढोका आज बन्दछन् ।
निर्जन मार्गमा तिमी एक्लै यहाँ किन कसको प्रतीक्षामा बसिरहेछौ ?

हे एकाकी सखा, प्रियतम ! मेरो ढोका खुला छ :
स्वप्नमा झैँ मेरो अगाडि आएर अदेख नहोऊ ।

kavita – rakhi ko dori

मेरो अंग–अंगमा रोमांच भइरहेछ, आँखामा उन्माद छाया,
मेरो ह्दयमा कसले रातो राखीको डोरी बाँधिदियो ?
आज आकाशको मनि जल–थल, फूल–फलमा तिमीले मेरो मनलाई
आकर्षित पार्यौ ?
आज तिमीसँग मेरो राखीको खेल यति राम्रो कसरी भयो !

अझ पनि, मलाई जसले बोलाएको छ उसँग भेट हुनेछ,
अथवा उसको खोजी गर्दा यातना सहनुपर्ला,
यस विषयमा केही थाह छैन !
आज मेरो आनन्द किन हो कुन्नि आँखाको पानीको रुपमा झर्नको
लागि व्याकुल भइरहेछ ।
आज विरहले मधुर रुप धारण गरेर मलाई विह्वल पारिरहेछ !

kavita – prabal prawaha

प्रबल प्रवाह
आनन्दको यो प्रवाहका प्रबल गतिसँगसँगै तिमीले आङ्खना छन्दहरुका
स्वरलाई जोड्न सक्दैनौ ।
मृत्युको वीणामा, दिशाहरुमा, सूर्य–चन्द्रमा जुन स्वर गति छ,
त्यससँग तिमीले आङ्खनो स्वर मिलाउन सक्दैनौ ।

सबैमा अनन्त वेग छ, कुनैमा विश्रामको इच्छा छैन,
कसैले पछाडि फर्केर हेर्दैन, कुनै शक्तिले उनीहरुलाई रोक्न सक्दैन :
तिमी उसको सहयात्री भएर कसरी हिँड्न सक्छौ ?
उसको शुभागमनका साथ पृथ्वीको रंग, गीत, गन्धको प्रवाह उर्लेर
आउँछ । त्यस आनन्दमा आफुलाई चैन लिन, अर्पित गर्न के तिमी
उसको सहयात्री हुन सक्छौ ?

kavita – ananda yagya

संसारको आनन्द–उत्सवमा भाग लिनाको लागि मलाई निमन्त्रणा
आएको छ । यसले गर्दा मेरो मानव जीवन कृतज्ञ भएको छ ।
मेरो नयनले अब रुप–सुधा पान गर्दछन्, अनि मेरो कानले दिव्य स्वर
सुन्दछन् ।

यो समारोहमा मलाई बाँसुरी बजाउने काम तिमीले दिएको हो,
अब मेरो जीवनमा सबै हाँसो–रुदन गीतको स्वरमा झन्किरहेछन् ।

अब, अन्तिम त्यो वेला आइपुग्योः
तिम्रो उत्सवमा गएर तिम्रो जयध्वनि सुनूँ अनि तिम्रो चरणमा
मौन वन्दना चढाउँ !
संसारको आनन्द–उत्सवमा भाग लिनाको लागि मलाई तिम्रो
निमन्त्रणा आएको छ ।

kavita – sandhai naya

तिमी संधै नयाँ नयाँ रुप लिएर मेरो प्राणमा आऊ, प्रियतम !
गन्धमा आऊ, वर्णमा आऊ, शरीरमा रोमांचित सपर्श बनेर आऊ,
मनमा आखण्ड आनन्दको सुधा बनेर आऊ,
मेरा मुग्ध मन्द नयनहरुमा आऊ, प्रियतम !
मेरो प्राणमा दिनहुँ नयाँ नयाँ रुपमा आऊ !
हे निर्मल, हे उज्ज्वल, हे मनोहर, आऊ !
हे सुन्दर, हे स्निग्ध, हे प्रशान्त, आऊ !
मेरो सुख–दुःखमा आऊ,
संधै नैमित्तिक काममा आऊ,
सबै कामको
उच्च लक्ष्य बनेर आऊ !