सानै हुरीमा वैशको सपना – भूपी शेरचन

bhupi-serchan
सानै हुरीमा वैशको सपना
सिमलको फूल झैं झरी गयो
तिमी के गयौ खुशीले पनि
मलाई आँखा तरी गयो

धेरै हाँसे साच्चि नै रुनु पर्दो रहेछ
हाँसोलाई आँशुले धुनु पर्दो रहेछ
बिर्स भन्ने निष्ठूरी बिर्सु कसरी
पहिले नै टाढा टाढा हुनु पर्दो रहेछ

वेदनाले ओठ निलो भै सक्यो अब त
आँखा पनि गिलो गिलो भै सक्यो अब त
नरोउ भन्दैमा के रुक्थे यि मेरा आँसुहरु
साह्रे नै साह्रै ढिलो भै सक्यो अब त