नेपाली कविता – भिरालो बाटो

येई बाटोले
हर्पे बोकाउादै घाचेट्दै
बाजेको जुागारेखीलाई अस्साम भस्सायो
ब्रम्हपुत्र वारीपारी
भैासीगोठ रुागायो
र पठायो बाजे नभेटेको
काचो धागोले बाधेको खबर घरगाउालाई
चाम्लादाङ्गका सन्तु बाजे
ओरालो बाटो जस्तै ओर्लिए
मेघालय खासी हिल पुगेपछि
खसिनीका परेलीमा अल्भिए
र खसिया भई पल्टिए त्यही
मेरा शिलागे दोस्त लिङ्दो रैछन् एक नेपाली बाजेका नाति
र भनि बस्थे “मेरा नेप्पाली बाजे”
तिनै हुन की संवत १९९३ मा हराएका हाम्रा सन्तु बाजे

भिरभिर हिंडेको यो बाटो
कोई पहिलो चोटी हिंडे
कोई अन्तिम चोटी हिंडे
कोई बार-बार हिंडे
येई ओरालोमा
भालुले लखेटेथ्यो किराती मितबालाई
भालुले ताछेका मितबा जसोतसो बाचे
नाम चाही जोगिएन…भएछ ‘भालुकोरे’
हाम्रा माईला बा
नून बोक्न तराई झर्दा
मलेरियाले थलिएर यस्सै उकालोमा
ढाकर पल्टेपछि
बुझे, अब पल्टने पालो उनको
उनी कहिलै उकालो कटेंनन ।

बाटैमा थियो देउराली बजार
मास्के साहुकी काइाली छोरी
मेलामा किन्दिए ठूला मामाले
कपाल बाध्ने लाछा
र वचन हाले जनै-सुपारीको
तीनै मामा पनि
एकादशीको बिहान येई बाटो ओर्ले
बर्मा एरावदी नदीमा पुल हाल्दै थिए रे
ती पनि फिरेनन
यत्ता भीरको बाटोमा
गुरासको हागाले हिउ निखारे पछि
बटुवाले देखे रे
अल्झेको तेई बेबारिसे लाछा
र गाउालेसाग थपियो रे
त्यै काइालीलाई थलाउने छारे बिमारको किस्सा
जो अविवाहिता अल्पायुमै बितिन रे ।

येई बाटो भएर
सिादुरे धामीले फङसेलीलाई कुदायो रे
भगाएर नागीबाट
बोजु खोज्दै
देउराली भन्ज्याङ्गसम्म आकी थिन रे
र भक्कु सरापेर फिरेकी थिन रे,
येई बाटो भएर
बसाइा झरेको रैछ
खार्ताम्छाका खोक्माली बाको बगाल
रुवाबासी गर्दै
बाटाको खोलाले बगायो
पछि लागेको कालो कुकुर पनि ।

मोटरबाटो चलेदेखि
पुर्खाले बिंडी तान्दै हिंडेको गुल्जार यो बाटो
बटुवा नभेटेर
दारी जस्तो घारी पाल्दा पनि
पि्रयजनहरू, मोटर चढेर ओरालो लागेका लाग्यै छन् ।