दशैँ – लेखनाथ पौड्याल 

Lekhnath Paudyal 1885 – 1966 Arghau Archale, Kaski, Nepal

Lekhnath Paudyal
1885 – 1966
Arghau Archale, Kaski, Nepal


हट्यो  सारा हिलो मैलो

हरायो पानीको वर्षा

भवानीको भयो पूजा

चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्

दशैं आयो दशैं आयो

यही आनन्द चर्चाले

सबै संकष्ट बिर्सायो 

ठूला साना सबैलाई

दशैं अत्यन्त राम्रो छ

चलेका चाडमा ज्यादै

यही उत्कृष्ट हाम्रो छ 

सबै अत्यन्त आनन्दी

सबै छन् पिङमा दंग

सबैको देखिंदै आयो

उज्यालो चेहरा रंग !