कथा – परीक्षा

साँझपख मेरो फोनको घन्टी बज्छ। छोरीलाई दूध खुवाइरहेकी मैले त्यो अपरिचित फोन उठाउन त्यति जरुरी ठानिनँ। म भान्सामा खाना पकाउन लाग्छु। गएको तीजमा सबै दिदीबहिनीले ‘स्कुलमा त राम्रो विद्यार्थी थिइस्, किन अहिलेसम्म जागिर पाइनस्’ भनेर सोध्दा म निरुत्तर रहेको कुराले मलाई अहिले भित्रभित्र पोलिरहेको छ। भान्सामा पाकिरहेको खानासँग मेरो मनका कुराहरू पाकिरहेका छन्।

फेरि सोही नम्बरबाट फोन आयो। मैले उठाएँ। उताबाट आवाज आयो, “हेलो, तपाईं सुनीता हो?”

“हो, को बोल्नुभएको, मैले चिनिनँ नि !”

जवाफ आयो, “म तपाईंलाई चिन्छु। तपाईंलाई थाहा छ, लोकसेवा आयोगले महिलाहरूका लागि विज्ञापन खुलाएको छ।”

मैले खुसी हुँदै भनेँ, “ए हो र ! अब मैले के गर्नुपर्छ त परीक्षामा सहभागी र पास हुन?”

“यदि तपाईं चाहनुहुन्छ भनेे म तपाईंलाई सहयोग गर्न सक्छु। मसँग लामो अनुभव छ, यस विषयमा। र, धेरैलाई सहयोग गर्दै आएको पनि छु।”

मैले भनेँ, “तपाईं मलाई साँच्चिकै सहयोग गर्नुहुन्छ? मलाई त लोकसेवा आयोगबाट लिइने परीक्षाका बारेमा केही पनि थाहा छैन।”

उताबाट जवाफ आयो, “त्यसैले त फोन गरेको, तपाईंलाई सहयोग गर्नका लागि।”

“साँच्चि हो?” खुसीको सीमा रहेन। भोलि उहाँको कार्यालय समयपछि ‘साढे ५ बजे बानेश्वरको एक बेकरी क्याफेमा भेटेर कुरा गर्ने’ भन्दै फोन राखेँ। खाना पकाउँदै कल्पना गर्न थालेँ, जागिर खाएको, कार्यालय गएको, सरकारी कर्मचारीले लगाउने नीलो रंगको कोट-पाइन्ट लगाएर छोरीलाई चुप्पा खाएर घरबाट साढे ९ बजे अफिसका लागि निस्किएको, कहिले भ्यान्टा कलरको सारी लगाएर अफिसको मिटिङ्मा बसेको आदि, आदि। त्यो रात मीठामीठा कल्पना गर्दा गर्दै यताउता पल्टिरहेँ। कति कोसिस गर्दा पनि निदाउन सकिनँ।

एक्कासि घडीको घन्टी बज्यो। छोरीलाई लिटो खुवाउने बेला भएछ। रातभर अनिदोले टट्याइरहेका आँखामा चिसो पानी छम्किँदै साँझको प्रतीक्षा गररिहेँ। यत्तिकैमा हजुरआमाले दसैँमा टीका लगाउँदै ‘पेन्सने जागिर खाएस् नानी, बुढेसकालमा मैले जस्तो कसैको हात थाप्नु नपरोस्’ भनेर दिएको आशीर्वाद सम्झिन पुगेँ।

आजको दिन कति लामो भएको, महिनाभन्दा पनि लामो। घडी घुमिरहेको छ। तर, साढे ५ बज्दै बज्दैन। उत्साह, छटपटी र आशा मनमा राखेर घरका काम सिध्याएँ। छिमेकी दिदीलाई फोन गरेँ, दुई घन्टाका लागि छोरी राखिदिन अनुरोध गर्दै। ५ बज्यो। छोरीलाई उहाँको घरमा पुर्‍याएँ। टेम्पोबाट बानेश्वर पुग्दा ढिला भइसकेको थियो। उहाँ मलाई कुररिहनुभएको रहेछ। म गएपछि ‘के खाने’ भनेर सोध्नुभयो।

“म भर्खर घरबाट खाजा खाएर आएको, केही खाने मन छैन। हजुरलाई जे खान मन छ, त्यही लिनूस्। तर, छिट्टै घर जानुपर्छ। छोरीलाई छिमेकीको घरमा राखेर आएकी छु,” मैले भनेँ।

“छोरी बसिहाल्छिन् नि, पछि जागिर गर्न लागेपछि छाड्नैपर्ने हो,” उहाँको जवाफले मातृवात्सल्यको महत्त्व नबुझेजस्तो भान दिन्थ्यो। मलाई जागिरकै बारे कुरा गर्ने हतारो थियो। उहाँ भने अरू नै विषयमा कुरा गर्न चाहनुहुन्थ्यो। विषयान्तर हुन नदिन मैले सोधेँ, “हिजो भन्नुभएको लोकसेवा पास गरेर सरकारी जागिर कसरी खाने हो?”

“लाटी, त्यो त म भएपछि के चिन्ता गररिहेकी, म तिमीलाई सहयोग गरिहाल्छु नि !”

पहिलोपटक भेटेको मान्छेले सीधै ‘तिमी’ सम्बोधनमा उत्रिँदा मनमा असहज महसुस भयो। जागिरका लागि विवश थिएँ। त्यसैले कुनै प्रतिक्रिया जनाउन सकिनँ। उहाँले ‘भोलि म तिमीलाई लोकसेवा आयोगको पाठ्यक्रम ल्याइदिन्छु, यही ठाउँमा यही समयमा भेटौँ न त !’ भन्नुभयो। तर, म यो कुरामा सहमत हुन सकिनँ। किनभने, घरमा छोरी हेर्ने कोही थिएन।

मेरो कुरा बुझेर होला ‘तिम्रो घरनजिकैकी साथीको हातमा पठाइदिन्छु, त्यहाँ गएर लिनू !’ भन्नुभयो। लोकसेवा आयोगमा फाराम भर्ने वाचा गराउनुभयो। पाठ्यक्रमका आधारमा केही तयारी गरेपछि एक सातापछि लेखेका कुरा उहाँलाई देखाउने थप वाचासहित म छुट्टएिँ।

मैले तयारी सुरु गरेँ। फोनबाट उहाँले मलाई पढाइका बारेमा सल्लाह दिइरहनुहुन्थ्यो। मनमा लाग्यो, अरूका बारेमा भलो चिताउने यस्ता असल मान्छे पनि यही समाजमा रहेछन्। मलाई त उहाँ वर्षौदेखि चिनेजस्तो लाग्न थाल्यो।

साता दिन बित्न लाग्दै थियो, उहाँ आफैँले फोन गर्नुभयो र मैले लेखेको कपी लिएर आफूलाई भेट्न भन्नुभयो।

सोधेँ, “कहाँ भेट्ने?”

भन्नुभयो, “सधैँ बेकरीमा भेट्दा मान्छेले कुरा काट्न सक्छन्। तिम्रो श्रीमान् विदेशमा भएकाले तिमीलाई असहज हुन सक्छ। म त केटा मान्छे, मलाई के हुन्छ र !” उहाँको कुरा ठीकै थियो। लाग्यो, मेरा बारेमा साँच्चिकै कत्ति चिन्ता गर्नुहुन्छ !

“हुन्छ, हजुरले जहाँ भन्नुहुन्छ, त्यहीँ आउँला नि !”

एक सातासम्म लेखेका उत्तरहरू पोको पारेँ, उहाँले बोलाए अनुसार नै बागबजारतिर लागेँ। बागबजार नपुग्दै उहाँको फोन आयो, “रत्नपार्कमै बस्नू, म त्यहीँ लिन आउँछु।”

मनमनै खुसीले दंग थिएँ। मलाई लाग्यो, आज म एक विज्ञबाट छोटो समयमा धेरै कुरा सिक्दै छु।

उहाँको रोजाइको त्यो सुरक्षित ठाउँ घुमाउरो गल्लीभित्र पो रहेछ। त्यो ठाउँ देखेर मलाई कताकता डर लाग्यो। उहाँको हाउभाउले लाग्थ्यो, त्यो उहाँ बारम्बार आइरहने ठाउँ हुनुपर्छ।

“हामी कहाँ जाँदै छौँ?” मैले सोधेँ।

“मैले तिमीलाई नराम्रो ठाउँमा लाँदै छु जस्तो लाग्यो र?” उहाँले मेरो पिठ्यूँमा धाप मार्दै भन्नुभयो।

आफ्नो जीउमा यसरी केटा मान्छेले छोएर कुरा गर्दा नराम्रो नलागेको होइन। तर, यो कुरालाई मनमै दबाएँ। यस्तो पनि सोचेँ, छोरी वा बुहारीजस्तै ठानेर यस्तो गर्नुभएको होला। गाडी साँघुरो गल्ली छिचोल्दै अग्लो घरको कम्पाउन्डभित्र छिर्‍यो।

“यो ठाउँ गोप्य छ, साथै शान्त पनि। हाम्रो छलफलका लागि उपयुक्त छ,” उहाँले भन्नुभयो।

कोठामा पुगिसकेपछि पो थाहा पाएँ, त्यो त होटल रहेछ। त्यस्तो होटल, जहाँ बाहिर कुनै साइनबोर्ड थिएन। लामो चिनजान नभएको मान्छेसँग त्यसरी कोठामा बस्दा असहज महसुस हुनु स्वाभाविक थियो। तर, मेरो उहाँप्रतिको विश्वासले गर्दा आफूलाई सहज बनाउन कोसिस गरेँ। उहाँले केही खानेकुरा अर्डर गर्नुभयो। मलाई खाना होइन, सिकाइको भोक लागिरहेको थियो। खानेकुरा आइपुगे। खाना ल्याउने मान्छे जानासाथ उहाँले ढोका बन्द गर्न लाग्नुभयो।

अब भने मलाई डर लाग्यो। ढोका खुलै राख्न भनेँ मैले। उहाँले मेरा कुरा नसुनेझैँ गर्नुभयो। चुकुल लगाइछाड्नुभयो। डरले मेरो धड्कन बढ्न थाल्यो। उहाँले मलाई खानेकुरा लिन भन्नुभयो। आफू पनि खान थाल्नुभयो। यति बेलासम्म डरले मेरो होसहवास उडिसकेको थियो। तर पनि खाएजस्तो गरेर साथ दिएँ।

उहाँले पढाइको प्रसंग नै निकाल्नुभएन। बरू एक्कासि मलाई सुमसुम्याउन लाग्नुभयो। मैले त्यसो नगर्न आग्रह गरेँ। मेरो आग्रहलाई बेवास्ता गर्दै कडा हातले मलाई अँगालो हाल्ने कोसिस गर्नुभयो। मैले भाग्नलाई फुस्कन खोजेँ। तर, ढोका बन्द थियो। सुनसान कोठाभित्र, मेरो मुटुको आवाजले मलाई भुइँचालोले हल्लाएजस्तो लाग्यो।

“म जे जे भन्छु, मैले भनेको मानिनस् भने के हुन्छ थाहा पाउनेछेस्। यति गर्दासम्म मेरो कति समय खर्च भएको छ, तँलाई थाहा छ? तँलाई पनि त चाहना होला नि ! जिन्दगी खेर नफाल्। श्रीमान् साथमा छैन। तेरो के जान्छ र? मजस्तो राम्रो मान्छे तैँले कहीँ भेट्टाउँदिनस्।”

धम्की र लालसा मिसिएको भावमा उसले मलाई ‘कन्भिन्स’ गर्न खोज्यो। जब म उसको कुकृत्यमा चुपचाप संलग्न भइनँ, जबरजस्ती गर्ने प्रयास गर्‍यो। एकछिनअघिसम्म भगवान्का रूपमा देखिएको मान्छे अहिले दानवीय रूप लिँदै थियो। मलाई आफू सपनामा पो छु कि जस्तो पनि लाग्यो। तर, यो सपना थिएन।

यत्तिकैमा उसको फोनको घन्टी बज्यो। मैले राहत महसुस गरेँ। नर्कबाट मुक्त हुँदै छु जस्तो लाग्यो। ऊ बाहिर निस्क्यो। ढोकामा ठूलो आवाजले ढकढक गर्‍यो। ढोका खोलेँ। एक हुल पुलिस र पत्रकार पो कोठामा छिरे। पुलिसले ‘ल हिँड् मामाघर’ भन्दै मलाई घिसार्न थाले। एकाएक म एउटा अपराधीमा परण्िात भएँ। मेरो अपराध के थियो, बुझ्नै पाइनँ।

पुलिसचौकीबाट मेरो घरमा फोन लगाइयो, ‘तपाईंको मान्छेलाई हामीले आपत्तिजनक अवस्थामा भेट्यौँ, उहाँलाई छुटाउन आउनू’ भन्दै। भोलिपल्ट पत्रिकामा ‘लोकसेवाको तयारी गररिहेकी केटी बागबजारको होटलमा देहव्यापारमा संलग्न’ भन्दै समाचार पो आएछ।

गाउँमा सबैले मेरो कुरा काट्न थाले। श्रीमान्लेे पनि फोन गरेर ‘जोसँग गएकी थिइस्, त्यसैसँग जा, मेरो घर छाडिहाल्’ भन्नुभयो। अरू मान्छेले पनि थप्न थाले, ‘हामीलाई पहिल्यै शंका लागेको थियो, यसको चाला ठीक छैन, भन्न मात्र नसकेको हो।’

माइतीबाट पनि फोन आयो। बूढी आमाले रुँदै भन्नुभयो, “हाम्रो इज्जत खोलामा फालिस् नानी, मर्ने बेलामा हामीले यस्तो के सुन्नुपर्‍यो। तेरै सुखका लागि राम्रो घर-कुटुम्ब खोजेर दिएका थियौँ।”

श्रीमान्को फोन फेरि आयो, “अझै त्यहीँ छेस्, खुरुक्क कहाँ जाने हो, गइहाल्।”

उफ्, आफ्नो गल्ती केही छैन। आफैँ अपराधको सिकार बन्नुपरेको छ। तर पनि आरोप आफँैमाथि आउँछ। मैले भगवान्बाहेक अरू कसैलाई पुकार्न सकिनँ। झिलीमिली घाम लागेको दिन पनि मेरा लागि औँसीको अँध्यारो रातजस्तै भयो। सरासर पसलतिर लागेँ। एक बोतल मुसा मार्ने औषधी ल्याएँ। घरका सारा ढोका बन्द गरेँ। मोबाइलको स्वीच अफ गरेँ।

बोतल खोलेर खान मात्र के लागेकी थिएँ, पल्लो कोठाबाट आवाज आयो, ‘मम्मी…!’

म झस्किएँ।

आवाज मेरो मुटुको टुक्राको थियो, मेरी छोरीको थियो। छोरीको आवाजले जीउमा झड्का लाग्यो। हातमा भएको बोतल भुइँमा खसेर फुट्यो। भक्कानो छुट्यो। छोरीलाई काखमा च्यापेर बेस्कन रोएँ। लाग्यो, म कति स्वार्थी भइसकेकी रहिछु। म त छोरीका लागि पो बाँच्नुपर्छ। यसलाई यस समाजसँग जुध्न सिकाउनु छ।

फुटेको बोतलसँगै मेरो मर्ने चाहना पनि फुटेर गयो। भित्र भएका पीडालाई शक्तिमा बदल्ने साहस गरेँ। बाँच्ने आशा जागेर आयो।

घर र माइती दुवैतिर बन्देज थियो। साथी सुषमाको याद आयो। उससँग १० हजार रुपियाँ सापटी मागेँ। कीर्तिपुरमा एउटा कोठा भाडामा लिएँ। नजिकै एउटा स्कुलमा पढाउन थालेँ। छोरीलाई पनि सँगसँगै विद्यालय लिएर जान्थेँ। दिनभरि पढाउने, रातभरि लोकसेवाको तयारी गर्ने। यही मेरो दैनिकी बन्यो।

समय कति छिट्टै बित्दो रहेछ। शाखा अधिकृतमा मेरो नाम निस्कियो। आँखाबाट हर्षका आँसु र्झन थाले। सरकारी जागिर खाने सपना त पूरा भयो। तर, यो खुसी बाँड्न मसँग कोही छैन। सानी छोरी त छे तर उसले मेरो कुरा बुझ्न सक्दिन।

मेरो पदस्थापना महिला मन्त्रालयमा भयो। कटिबद्ध भएर काम गरेँ। छोरी पनि अलि ठूली भइसकी। स्कुलको रजिल्टमा टप गरछि। एकातिर मैले आफूजस्तै कठिन परिस्थितिबाट गुजि्रएका महिलाका लागि केही गररिहेकी छु। अर्कोतिर आफूलाई बाँच्न बाध्य बनाउने मेरी छोरीले पनि प्रगति गररिहेकी छ। मेरो र छोरीको प्रगतिको कथा समेटेर एउटा पत्रिकाले मेरो अन्तर्वार्ता छाप्यो।

माइती र घरकाले यो प्रगति थाहा पाएछन्। घरमा बोलाइयो मलाई। ‘कुलको कलंक’ र ‘चरत्रिहीन’ भनेर गलहत्याइएकी थिएँ। अहिले सबैको इज्जतको कारण बन्न पुगेछु। अपराध त मैले के नै गरेकी थिएँ र? तर, समाजले कति सतही रूपमा महिलाको मूल्यांकन गर्दाे रहेछ भन्ने आफैँलाई परेपछि थाहा पाएँ ।

कथा – लोभ

नदीको छेउबाट भँगालो आएको थियो । ऊ भँगालो तरेर नदी र भँगालोको बीचमा बसेर सोचिरहेको थियो- ‘नदीमा बाढी आयो भने म कता भाग्ने ? नदीको कति मीठो सुसेली ! ईश्वरले अहिले मलाई पखेटा हालिदिए नदीपारि पुगेर फेरि यतै र्फकन्थेँ ।’ मौसम परिवर्तन भयो । भीषण बर्षा भयो । ऊ खयरको रूखको फेदमा गएर ओत लाग्यो । पानी ठूलो परेकोले नदीको वहाव बढ्यो र भँगालोसमेत तर्न नसक्ने भयो । ऊ खयरको फेदमा ओत लागेर सोचिरहेको थियो- ‘खोलो बढेर आफू नजिक आयो भने के गर्ने, आज बाँचिदैन होला ।’ उसको मुटुमा ढ्याङ्ग्रो ठोकिरहेको थियो ।
उसले सोचेजस्तै नदीको पानी बढेर ऊ नजिक आयो । ऊ चिच्यायो, करायो- ‘प्रभु बचाऊ । ईश्वर बचाऊ , उसको होस्हवास उड्यो । उसले आफू मृत्युको मुखमा पुगेको अनुभव गर्‍यो । नदीको पानी बढ्दैबढ्दै उसको पैताला छोयो । ऊ झन् हतासहतास हुँदै चिच्यायो- ‘प्रभु बचाऊ ! भगवान् बचाऊ ! खै ईश्वर, खै भगवान् ? यदि भगवान् भएका भए म निर्दोष मान्छे विपत्तिले मर्न लाग्दा बचाउनुपर्ने हो तर ईश्वर रहेनछन् । ईश्वर मरिसकेछन् । ईश्वर भन्ने कुरा भ्रम हो । ऊ हतास हुँदै चिच्याइरहृयो । ‘मलाई किन पुकार्‍यौ मनुष्य ?’ एकाएक भगवान् प्रकट भए । उसलाई सपनाजस्तो लाग्यो । उसले आँखाले भ्रम देख्यो कि भनेर थुक लाएर आँखा मिच्यो तर उसको अगाडि साँच्चै ईश्वर प्रकट थिए । उसले हात जोडेर भन्यो- ‘भगवान् मलाई बचाउनुहोस् नदीले बगाउन लाग्यो ।’ ‘मूर्ख मनुष्य, बर्षा रोकि सक्यो । केहीछिनमा नदी घट्ला । किन आत्तिन्छस् । ‘होइन भगवान् बर्षा रोकिए पनि नदी रोकिएको छैन । मलाई बचाउनुहोस्’- उसले भगवानसँग अनुरोध गर्‍यो ।

भगवानले भने- ‘मलाई किन पुकारेको ? के माग्छस् माग, मलाई हतार भइसक्यो ।’ यस क्षण के माग्ने ऊ अत्तालियो । बचाउनुहोस् भन्दा नदी घट्न लागेको ईश्वरकै मुखबाट उसले सुनेकाले बाँच्ने आशा पलाएको थियो । गाडी, घर, सम्पत्ति, जग्गा, जमिन के माग्ने, ऊ सोच्दै थियो ।
छिटो माग तर एउटा कुरा मात्र माग्नुपर्छ भने भगवान्ले । ऊ झसङ्ग झस्कियो । के माग्ने मन्त्री, प्रधानमन्त्री, पद, प्रतिष्ठान, अर्बौँ रुपियाँ । के माग्ने ऊ एकीन गर्न सकिरहेको थिएन । छिटो माग मेरो समय सकिन लाग्यो- भगवान् उडौँलाझैँ गर्न लागे । उसले सोच्यो करोडौँ रुपियाँ माग्छु । पैसाको थुप्रो भएपछि यसैमा ओत लागे पनि हुन्छ । नदी पनि घट्दैछ । पैसा मागेँभने जेमा खर्च गर्दा पनि हुन्छ । उसले प्वाक्क बोल्यो- ‘एक अर्ब रुपियाँ दिनोस् प्रभु। ‘मूर्ख मनुष्य ! भगवान् मुसुक्क हाँसेर’ तथास्तु भनेर अन्तध्र्यान भए । छिपछिपे पानीमा एकाएक एक अर्ब रुपियाँको थुप्रो देखापर्‍यो । ऊ हर्षले चिच्यायो र आँखा चिम्लेर गम्ल्याङ्ग अँगालो हाल्यो । त्यति नै खेर नदीको वेगले उसलाई र पैसाको थुप्रोलाई बगायो ।

कथा – अस्तित्व

अन्ततः हामी छुट्टयिौँ । छुट्टनिु थियो, कि थिएन ? छुट्टनिे गरी हामी एक भएका नै थियौँ कि थिएनौँ अथवा हाम्रो मिसावटमा अब छुट्याउन सक्ने किसिमको के छ र ? हामी दुवैले पहिलो स्पर्शमा एकअर्कालाई छोएका थियौँ । हामीमा अपार सामीप्य थियो नै र त्यागसमेत थियो ।
अब सम्पूर्ण त्याग मेरो परिकल्पनामा गएर अल्झियो । त्यागको मेरो अर्थ र त्यागको उनको अर्थमा वेमेलका फलहरू फलिरहे । हामीलाई सन्तानको लहराले पनि अल्झाउन सकेन । हाम्रो वैदिक बिहे, बिहेपछिकै होस्, पहिलो प्यार र प्यारा विगतहरू चिरिँदै गए । हाम्रो यथार्थ हामीबीचको व्यक्तित्व विवाद थियो । अरू केही थिएन । एउटा घर थियो । समर्पण थियो । सत्यता जरुर थियो । एक पति र एक पत्नीत्वपूर्ण पालना गरेका हामीले एकअर्कालाई स्वतन्त्रताको नाममा कहिल्यै घात गरेनौँ । सन्देह, शङ्का अहँ सम्झना पनि गरेनौँ । आरोपका वाणहरू, छरेनौँ तर पनि हामी सँगै बस्न सकेनौँ । व्यवहारमा नमिलेको फाटोले मन पनि फाट्दै जाँदोरहेछ । मन फाट्यो । बोली फाट्यो र फाटिँदै गयो हाम्रो जीवनको सगोल फाँट ।

यो घर, उनले छोडेर गएको घर, कुनै दिन उनको एकसूत्रीय सपना थियो । एउटी पत्नीको पतिसँग माग्ने एकल प्रस्ताव थियो । त्यो पनि छोडेर गइन् उनी । अझ पसिनाका कुरा गर्दासमेत हामी बराबरीमा तामेल हुन्छौँ । उनको परिश्रम, जागिर र तपस्यासमेत हो यो घर । आज घर छ । कोठाहरू छन् । उनकै छनोटका रङ बोकेर यी गुलावी पर्दाहरू हल्लिरहेका छन् तर उदासीले छ्याप्प छन् । सन्नाटा छछल्किरहन्छ कोठाभरि । जागिरको सङ्घर्ष, डेराको साँगुरो र हल्ला कर्जाको भारी सबै सँगै बोक्यौँ र भर्खर मात्र सुखले पाइला हाल्न लागेको हाम्रो जिन्दगीका बन्धनहरू खुकुलिन थाले । बन्धनहरू यति कफल्ला हुन सक्दारहेछन् । हामीमा आएको परिपक्वतासँगै, तर्कसँगै, हिम्मतसँगै हाम्रो बन्धन पनि खुकुलिँदै गयो । हाम्रो तर्क अरू केही थिएन । म उनलाई आमा जस्तो सम्झन्थेँ । उनी आफूलाई आफ्नो बाटोमा साहसी पाउँथिन् र उद्देश्यहरूको लहरमा हराउँथिन् ।
मेरी आमा । जब म घर र्फकन्थेँ, ती मुस्काउँथिन् । गलिस होला भन्थिन् । रुवाउँथिन् । दिनभरि ती काम गर्थिन तर म बिसाउँथे । मैले त कहिल्यै आमाको सोच सोच्न भ्याइँन । मेरो भोको स्तर, मेरो रोग, मेरा लुगा, मेरा स्वादहरू, जहाँजहाँ म छु, म जसरी सुत्छु, म जुन स्वरमा रेडियो सुन्छु, म कुन समयमा पानी पिउँछु, उनले कसरी जान्दथिन् ? सधैँ हाजिर हुन्थिन्, म आमामा रोपिँदै गएँ । आपाङ्ग हुँदै गएछु । मलाई सम्पूर्ण विश्वका आमाहरू यसै गर्लान् जस्तो लाग्थ्यो । आमाको उत्पत्तिको अर्थ नै यही होला भनेर म अनर्थ पढ्दै गएछु । पछि वयस्क भएँ । बिहे गरेँ । आमामा रोपिएको म उनमा सर्दै गएँ । मेरो आमाबिम्ब क्रमशः उनीद्वारा पूरा हुनुपर्ने सोचले ग्रसित हुँदै गयो । म आमा पाउन उनीमा खानतलासी गर्न थालेँ । यसरी मेरी श्रीमती, मेरै छोराहरूकी आमालाई म आˆनै आमा जस्तो हुन दबाब दिँदै गएँ ।

समयको गतिले धेरै परको यात्रा तरेको रहेछ । मेरी नपढेकी आमा र जागिरे श्रीमती, वात्सल्यको अपरिमितता र मायाको बराबरी कसरी हिसाब मिल्थ्यो र ? म बिगि्रसकेको थिएँ । सामाजिक सेरोफेरोमा उनको व्यक्तित्व स्थापित हुँदै थियो तर ममा सेवा भोक अपुरो हुँदै थियो । उनी थाकेर आउँदा मैले कहिल्यै थकान सोधिनँ । ममा त्यो संस्कृति नै थिएन । उनले कमाउदा निश्चय म खुसी थिएँ । मेरो आर्थिक जग मेरै अन्य सहकर्मीको भन्दा बलियो थियो तर त्यसको जस कहिल्यै उनको भागमा परेन । भित्रभित्रै म उनको प्रतिद्वन्द्वी स्थापित हुनथालेँ । उनले घरबाहिरका क्रियाकलापहरूमा भाग लिनु, उनको शैक्षिक योग्यता बढ्दै जानु, सङ्गठनको नेतृत्व गर्नु मेरा लागि अपाच्य हुन थाले । आखिर सामान्य कुरा थियो । महिला विकास कार्यालयकी उनी त योग्य अधिकृृत थिइन नै, सहजकर्ता पनि थिइन् । जागिरमा अरू पनि महिलाहरू छन् । वर्षहरू बित्दै गएपछि जिम्मेवारी पनि थपिन्छ । पद, कार्यभार थपिन्छ । दिनभरि तिनीहरू तनावमा रहन्छन् । फेरि घर, खाना, छोराहरू सबै हेरेकै हो । त्यति धेरै लापरवाही त हुँदै होइन । छोराहरू समेत गुनासो गर्दैनथेँ । पढाइमा पनि उत्कृष्ट नै थिए । म मात्रै हीनताबोधले हार्न थालेँछु । मेरा अधिकांश सपना भत्किदै गए । झर्किने, नबोल्ने र एक्लाएक्लै बस्ने हाम्रो चलन भयो । उनी पढ्न बस्नु, उनको फोन आउनु मेरो लागि असहृय हुँदै गयो । पछिपछि उनले मैले देख्ने गरी पढ्न छोडिन् । फोन उठाउन छोडिन् । आˆनो जीवनप्रति हामी उदासीन रहन थाल्यौँ । उदासीनता झाङ्गएिर हाम्रो सामीप्य खतम भयो । आभास, उच्छभास या प्रतिक्रिया सब क्रियाहीन थिए ।

आ-आफ्नो कमाईका हिसाब गर्दागर्दै हामी कति घण्टा बिताउँथ्यौँ । अब दुःख नगर्ने है भन्थ्यौँ, बजार जान्थ्यौँ तर किन्ने बेलामा खर्चको हिम्मत दुवैमा हुन्थ्यो र हाँस्दै र्फकन्थ्यौँ । अब हामी एक-अर्कालाई थाहा थिएन हामीले कति कमायौँ, कति जोगायौँ र कति खर्च गर्‍यौँ ? हामी क्रमशः शारीरिक सम्पर्कमा समेत उदासीन हुँदै गयौँ । सिलसिला सुरु हुन मात्र गाह्रो कति छिटो अस्तित्वशील हुँदै गयो उदासीनता । सुरुसुरुमा एक/दुईपल्ट हामी समाजसँग डरायौँ । आफन्तसँग डरायौँ । कतिपल्ट नाटकीय सामीप्यको आयोजना गर्‍यौँ तर अब हामीले खुलमखुल्ला बहस सुरु गर्‍यौँ । यी छोराहरूले पनि हाम्रो मौनता थाहा पाए । या हाम्रो बहस थाहा पाए । मैले नै मौनता तोडेँ । म उनलाई जागिर छोडाउने पक्षमा पनि थिइनँ । उनलाई घरमा थुन्ने उद्देश्य पनि थिएन तर घरको अपुरो या मेरो मनको अपुरो हो, सहने स्थितिमा समेत तयार रहिनँ । हाम्रा हिसाबहरू तयार हुन थाले । यो मौनताको के हिसाब हुनु ? अनि बेहिसाब उनले मौनताको बाँध फुटाइन् । मलाई केही चाहिँदैन । म डेरामै बस्छु । जे कमाउँछु, त्यसैले खान्छु । यी सबै मेरा नामका धनीपूर्जाहरू आफ्नो नाममा सार्नुस् । छोराहरू तपाईं नै हेर्नुस् । म मेरो कैदमुक्ततासँग यिनीहरूको दूरता साट्न तयार छु । व्यक्तिहीनतासँग म मात्र आमा हुन अब मेरो परिवेशले दिएन । मनले दिएन । अस्तित्वले त झन् दिँदै दिँदैन । म कानुनद्वारा पनि तपाईंलाई मुक्त गरौँला । आफूलाई खुसी राख्न तपाईं जे गर्नुहुन्छ, खुसीसाथ गर्नुस् । कति मानिसहरू अरूकै खुसीमा रमाउँछन् । तपाईं आˆनी श्रीमतीको खुसी त के उसको अस्तित्वदेखि समेत घिनाउनु भयो । आˆना एकाध साथीहरूले मप्रति गरेका टिप्पणीहरू समेत विश्लेषण गर्नुभएन ।

मैले तपाईंलाई एउटा श्रीमान्ले दिनुपर्ने व्यवस्थाहरूको कहिल्यै जिकिर गरिनँ । काँधकाँध मिलाउने पाइलापाइला चलाउने जीवनसाथी बन्न खोज्दा तपाईंले गलत मूल्याङ्कन गर्नुभो र ममा एउटी आमा र श्रीमती दुवै सहजकर्ताका रूपमा मात्रै खोज्नुभो जति उपलब्ध गराउँदै गएँ उति विक्षिप्त बन्नुभयो । विक्षिप्तता अब हामीबीच छेकबार बनेको छ जुन उपचारहीन जस्तो भइसकेको छ । तपाईंले आफूबाहेक कहिल्यै मलाई सोच्नु भएन । अब म झन् कसैले साथी बनाउनसमेत झस्कने व्यक्तित्वमा बदलिनेछु । अयोग्य सावित हुनेछु । सामाजिक टिप्पणीका प्रहारहरूसँग झनै चिरिनेछु । छोराहरूको दूरताले बेहोसिनेछु तर ती सबै पीडाभन्दा बढी मलाई विक्षिप्तताको प्रहार असहृय छ । जन्मदेखि खेपेको यो परिवेशले मलाई अझै परिपक्व बनाएछ तर तपाईं झन् काँतर हुनुभएको छ । एकदिन यही कायरता तपाइर्ंमाथि आइलाग्नेछ र मेरो तपस्याको वकालत गर्नेछ । तपाईं ब्यूँझनुहुनेछ । उनी यस्तै भन्दै गइन् । मसँग बसुञ्जेल पनि, मलाई छोडेपछि पनि जित उनकै भयो । उनीसँग मेरो अस्तित्वसमेत लिएर गइन् । मेरो विक्षिप्तता, प्रतिद्वन्द्व, डाहा या दोष सबै बगाएर गइन् । म उनलाई उनीसँग उनीजस्तै स्वीकार गर्ने बकसपत्र लेखिरहेछु । मेरो पारिवारिकताले म हुर्किएको सामाजिकताले, मेरो मनोविज्ञान दोषी थियो । जसले मेरो घर ‘घर’ हुन दिएन । अब म विक्षिप्तताको सामना गर्नेछु । मलाई माफ गर श्रद्धा । म रोगी थिएँ । अब निको भइसकेको छु ।

कथा – झुमी

गितार समाएको युवकले निहुरेर लामो कपाल भित्तामा पछार्दै दर्शकलाई भन्यो, जस्ट फर यु । गितारले त्यही भाकामा भन्यो- झङ झङ झङ । स्टेजमा नाच्दै चिच्याइरहेकी युवतीले स्तन हल्लाउँदै दर्शकलाई भनी, जस्ट फर यु । गितारले त्यही भाकामा भन्यो- झङ झङ झङ । युवा जोशका केही दर्शकले उल्लासमय स्वरमा भने- जस्ट फर मी ।

छोटो हाफ पाइन्ट लगाएका दुइटी केटी एउटा केटासँग छाती जुधाउँदै अग्लो सिँडीमा नाच्न थाले । तल बःहालमा सङ्गीतको तालमा नाचिरहेका किशोरहरू तिनका नृत्य हेरेर रमाउँदै सिटी बजाउन थाले । केटीहरू झन्झन् उत्तेजित भइरहेका थिए ।

‘हाई गाइज, तपाईं मलाई बब मार्लीजस्तै देख्नुहुन्छ, होइन ? द सेम गाई हु स्यांग नो वमन नो क्राई Û’ स्टेजमा अब अर्को युवकको प्रवेश भएको थियो । किशोर दर्शक चिच्याए, ‘या.ऽ..या.ऽ..बब मार्ले, नो वमन नो क्राई ।’

‘तर म बब मार्लेले जस्तो वाइहात रिभोल्युसनको गीत गाउने छैन । सोकल्ड प्रोगे्रसिभहरूले जस्तो अधिकारको गीत गाएर पनि तपाईंहरूलाई बोर गर्ने छैन । आई विल अफर यु अ परफेक्ट इन्जोयमेन्ट ।’ उसले अघि बेस्सरि हल्लाएको कपाल टाउकाबाट झिक्यो र टेबुलमा राख्यो । अब युवकको टाउको मुडुल्लो थियो । किशोर-किशोरी खुसीले तीन हात उपि|mए । ऊ मुडुल्लो टाउको कपाल भएजस्तै गरी हल्लाउन थाल्यो । हल्लाइरहृयो, हल्लाइरहृयो ।

‘इट इज जस्ट टु मेक यु इन्जोय ।’ सङ्गीत टोलीतर्फ दुवै हात उठाएर हरिवंश आचार्यले कुनै टेलिफिल्ममा जस्तै उसले आदेश दियो, ‘म्युजिक Û’ गितार र ड्रमसेटको चर्को आवाजले टोलका घरहरू थरर्र थर्कन थाले । नेपाली बब मार्ले सङ्गीतको भोलुमलाई जित्ने गरी गाउन थाल्यो-

पल्लो घरको झ्यालमाथि एउटी सुन्दरी छे

स्याउजस्ता गाला त्यसका, हिमालजस्ता छाती

देखाउँदै मलाई भन्छे आऊ न अलि राति

पल्लो घरको झ्यालमाथि एउटी सुन्दरी छे

रातिराति सधैँ मलाई त्यसले बोलाउँछे

किशोर-किशोरी, युवा-युवती जतिसक्दो जोडले उप|mँदै नाच्न थाले । यो खेलमा केही अध्बैँसे पनि संलग्न थिए । ती सकेसम्म किशोरीका हूलमा कोचिएर उप|mन्थे र छिनमै घचेटिएर छेउमा पुग्थे । किशोरीका हूलमा पुग्न त स्वयं किशोर र युवाहरू नै प्रतिस्पर्धा गरिरहेका हुन्थे । कतिसम्म भने अनौपचारिक सम्झौताजस्तै हलक्क बढेका किशोरहरू परिपक्व युवतीका हूलमा अनि जिम गरेर पहलमानको जस्तो छाती बनाएका युवकहरू किशोरीको हुलमा पुग्थे र तिनीहरूका पेट र कम्मरमा हात राखेर नाचिदिन्थे । हात त्यहीँ बसिरहनुपर्ने कुनै बाध्यकारी संविधान थिएन । अतः त्यो आरोही जस्तै निरन्तर माथिमाथि सर्दै छातीतिर सल्बलाउन थाल्थ्यो ।

यो सह-नृत्यमा किशोर र युवाहरू मात्र अघि बढ्थे भन्नु महिलाजनप्रति अलि अन्याय हुन्थ्यो । किशोरी र युवती पनि त्यतिकै स्वतन्त्रतापूर्वक पुरुषको हूलमा पाइला अघि बढाउँथे र कम्मर थमाउँथे । सत्य कतिसम्म थियो भने पुरुषको तुलनामा महिलाको सङ्ख्या तद्बेसिक कम थियो ।

रातको एघार बजे, चर्को सङ्गीत, चर्को स्वर र निमेषमै फेरिरहने बत्तीका विविध रङहरू ।

‘ऊ त्यो मिनीस्कर्टवालीलाई चिन्छस् ?’

‘त्यसको स्कर्ट यही तालले छोटिँदै जाने हो भने प|mकको तल्लो फेर नै त्यसको कम्मरमा पुग्छ यार ।’

‘ए त्यो श्रेया ? त्यल्लाई त अस्ति शुभकामना प्यालेसमा किस्नेले……Û’

‘त्यसको नाम शैया राखिदिऊँ । त्यसो गरे कसो होला ?’

देशमा सङ्गीतले कति क्रान्तिकारी मोड लिएको थियो भने अब यो श्रव्यबाट एकाएक दृश्यमा परिणत भएको थियो । त्यसमा गायक र सङ्गीतकार नै सङ्गीतको शव काँधमा बोकेर हिँडेका देखिन्थे । तिनलाई आˆनै गीतका रचनाकार को हो थाहा हुन्नथ्यो । तथापि, देशका केही कवि कविताकर्म छाडेर गीत नै सबथोक हो भन्दै नियमितरूपमा गायक-सङ्गीतकारको दैलो पोत्न थालेका थिए । उता, दर्शकलाई चाहिँ गीतमा अभिनय गर्ने रहरलाग्दा मोडलबाहेक सङ्गीतकार र गायककैसमेत वास्ता हुन छाडेको थियो ।

यो त प्रत्यक्ष कार्यक्रम नै थियो, जसमा गायक-गायिका नै मोडलको रूपमा देखा पर्थे ।

मञ्चमा अर्को टोली प्रवेश गरेको थियो । यो केही केटीको समूह थियो । त्यसमा नृत्य गर्न एउटा केटा पनि मञ्चमा उत्रियो । हाफ पाइन्ट र टाँक नलगाएको सर्टका तल्ला दुई फेर पेटनिर बाँधेकी केटी माइक समातेर अघि बढी ।

‘हाई गाइज, नाउ आई एम गोइङ टु प्रेजेन्ट लाइक अ भर्जिन बाई मेडोना, ओ के ?’

‘हाई गर्ल, आर यु अ भर्जिन ?’

‘ह्वाट डु यु थिंक ?’

‘नट बट जस्ट लाइक अ भर्जिन ।’

‘यु नटी, भेरी भेरी नटी ब्वायज । या…ऽ………।’

गितार र ड्रम सेटको चर्काे आवाजसँगै माइक समातेकी गायिका र जगल्टे युवकको नृत्य सुरु भयो । युवकहरूलाई यो निकै जोश दिने खालको थियो । केही युवक जबरजस्ती मञ्चमा छिर्न खोजे । सुरक्षा व्यवस्था निकै कडा थियो । यस कारण ती तलै बसेर उप|mन बाध्य भए । केटीले आफूलाई केटाको अँगालोमा छाडिदिई र आकाशतिर च्युँडो फर्काई । केटाले च्युँडोमा चुम्बन दियो । दर्शक तीन हात उप|mेर नाच्न थाले । यस्तो लाग्थ्यो, केटीले मेडोनाको गीतलाई पनि रिमिक्स गरिदिएकी थिई । पेटको लाम्टै बाहिर निकालुँलाझैँ गरी ऊ गाउन थाली ।

लाइक अ भर्जिन

फिल सो गुड इनसाइड

आ’हाभ नथिङ टु हाइड………………………………..

दिस इज अ आँपको दाना इट इज अ पाकेको

आइ एमको लर्के जोवन यु आरलाई साँचेको

दिस इज अ आँपको दाना…

मेडोनाको गीत सकिँदा नसकिँदै कथामा टेलपिसजस्तै उसले जीवन्त नृत्यसहित अर्को पपगीत गाई जुन रेडियोमा केटाको स्वरमा सुनिन्थ्यो । गीतमा उसले लंैगिक शब्द मिलाएकी थिई र पाकेको आँपको दानारूपी आफ्नो शरीर कसैका लागि साँचेको इशारा गरेकी थिई ।

दर्शकको उत्तेजनालाई बीचमै रोकेर ऊ मञ्चको पछिल्लो भागबाट तल ओर्ली जहाँ कुनै टेलिभिजन संवाददाता र क्यामेराम्यान उसलाई पासो थापिरहेका थिए ।

‘यु लुक सो स्मार्ट एन्ड सेक्सी ‘

‘थ्याङ्क यु, सबै जना यसै भन्छन् ।’

‘ब्वायप|mेन्ड्स कति छन् ?’

‘डु यु वान्ट टु बी वन अफ देम ?’

‘म्युजिक के हो ?’

‘ह्वीच मेक्स यु इन्टरटेन ।’

‘गायिका हुन केके आवश्यक छन् ?’

‘सेक्स अपिल । ह्याभ यु गन क्रेजी ? आइ एम प|mांकली स्पिकिङ ।’

‘मनपर्ने गायक ?’

‘द ह्यान्डसम ओल्डी जर्ज माइकल हु सिंग्स आइ वान्ट योर सेक्स ।’

‘मनपर्ने नायक ?’

‘उम् माइ ह्यान्डसम ब्राड पिट । आइ एम जेलस टु हलिवुड साइरेन एन्जेलिना जोली हु सिज्ड हिम ।’

‘तपाइँ मेसोकिस्ट हो ?’

‘तपाइँ स्याडिस्ट हो ? एनी वे, यु क्यान एक्सपिरिएन्स योरसेल्फ ।’

‘ह्याभ यु गट म्यारिड ?’

‘देयर इज अ भ्याकान्सी । यु क्यान अप्लाई ।’

‘राति सुत्दा कस्तो लुगा लगाउनुहुन्छ ?’

‘नटी ब्वाय, नो एन्सर ।’

‘जस्ट गिभ सर्ट एन्सर्स । तपाइँको गीतमा र्‍याप हुन्छ कि रेप हुन्छ ?’

‘रेप नै हुन्छ । तपाइँ यही चाहनुहुन्छ, हैन ?’

‘म्यारिज के हो ?’

‘एभ्री भर्जिन इम्प्यासेन्टली वेट्स फर एन्ड एभ्री स्पाउज वान्ट्स टु बी अवे प|mम ।’

‘सेक्स ?’

‘धत्…। हे..हे..सो फार, जस्ट फाइभ चान्सेज ।’

‘आइ जस्ट मिन योर जेन्डर

‘ओ, शिट डु यु थिङ्क एम आई थर्ड सेक्स ?’

मञ्चमा फेरि अघिकै ‘बब मार्ले’ र अघिकै केटी ओर्लिए । केटालाई अघिकै गीत गाउन आग्रह गरियो । उसले फेरि गायो-

पल्लो घरको झ्यालमाथि एउटी सुन्दरी छे

स्याउजस्ता गाला त्यसका, हिमालजस्ता छाती

देखाउँदै मलाई भन्छे आऊ न अलि राति

पल्लो घरको झ्यालमाथि एउटी सुन्दरी छे

रातिराति सधैँ मलाई त्यसले बोलाउँछे

बारुले छ कम्मर उसको, तर छाती फुक्का

उसलाई देखेपछि मन किन हुन्छ हुक्क

दुई टुक्रा प्याजजस्ता उसका दुई पाता

भुतुक्कै पारिहाल्ने कस्तो उसको जात

रामतोरियाँ उसका औँला, पिँडुलाचाहिँ थाम

मन कसरी थाम्नु मैले हरे राम राम

दर्शकको भीड अब निकै उत्तेजित थियो । तिनीहरू फेरि मञ्चमा उक्लिन खोजे । बाउन्सरहरूले फेरि तिनलाई रोके । प्रहरीले पनि बाउन्सरलाई सहयोग गर्‍यो । बत्तीको प्रकाश झिपिकझिपिक भइरहेको थियो ।

एउटा सङ्गीत टोली जबरजस्ती स्टेजमा गयो । ‘डियर अडेन्स, यहाँ हामीविरुद्ध षडयन्त्र हुँदैछ । हामीलाई गाउन नदिने षडयन्त्र हुँदैछ । आर यु विद अस ?’

‘एश ।’

‘देन प्लीज बी एट वसन्तपुर । वी विल पर्फम देयर ।’ बाउन्सर र प्रहरीले तिनीहरूलाई मञ्चबाट ओराले । तल गएर पनि तिनीहरूले दर्शकलाई वसन्तपुरमा आउन आग्रह गरे ।

केही दर्शक वसन्तपुर जान तयार भए । केहीले मुर्दावादका नारा लगाए । मञ्चमा नाचिरहेकी केटीले माइक समाएर दर्शकलाई आग्रह गरी । ‘डियर अडेन्स, वी विल पर्फम जस्ट फर यु अगेन ।’

दर्शकका पाइला अडिए र वसन्तरपुरतिर लागेका दर्शक पनि फर्की-फर्की आए । अघिको गीत ब्रेक भएको थियो । फेरि नयाँ सङ्गीत बज्न थाल्यो ।

केटाले दर्शकतिर हेरेर भन्यो, जस्ट फर यु ।

केटीले दर्शकतिर हेरेर भनी, जस्ट फर यु ।

केटाले अघिजस्तै कपाल भित्तामा पछार्दै घुमायो । केटीले त्यस्तै गरी । केटाले अघिजस्तै कपाल फुकालेर टेबुलमा राख्यो । केटीको कपाल नक्कली थिएन । यसकारण उसले साइबाबाको लकेट फुकालेर टेबुलमा राखी । केटाले सर्ट फुकालेर फालिदियो । केटीले पनि टिसर्ट फुकालेर फालिदिई । अब केटा भेस्ट र केटी चेस्टरमा मात्र थिए । केटाले भेस्ट पनि फुकालेर फालिदियो । केटीलाई आपत् पर्‍यो । ऊ त्यहाँ चेस्टर फ्याँक्न सक्दिनथी । दर्शकको एउटा तप्काले उसलाई चेस्टर फ्याँक्न आग्रह गर्‍यो । उसले प्यान्टबाट बेल्ट मिल्काएर फालिदिई । केटाले छाती हल्लाएर भन्यो, तपाईंहरूकै लागि । केटीले स्तन हल्लाएर भनी, तपाई्रहरूकै लागि ।

केटाले प्यान्ट पनि फुकालेर फालिदियो र भन्यो, तपाईंहरूकै लागि । केटी प्यान्ट फुकालेर पनि फाल्न सक्दिनँथी । ऊ अकमक्क परी । दर्शकले उसलाई प्यान्ट फुकालेर फाल्न आग्रह गरे । उसले हिन्दी सिनेमाकी कुनै हिरोइनले जस्तै पाइन्टको बटन खोली र जिपर खोलिदिई । त्यसपछि दुइटा हात आफ्ना दुई स्तनमा राखेर चारैतिर घुमी । त्यसपछि पाइन्टको बटन र जिपर लगाई । फेरि बेल्ट र टिसर्ट लगाई । केटाले पनि क्रमशः लुगा लगायो । अब सङ्गीत सुरु भयो । उनीहरू गाउन थाले, जस्ट फर यु । जस्ट फर यु । केटाले कपाल घुमायो । केटीले पनि त्यसै गरी । केटाले कपाल फुकाल्यो । केटीले लकेट फुकाली । केटाले टिसर्ट फुकाल्यो । केटीले पनि टिसर्ट फुकाली । सङ्गीतको एकोहोरो उँचो आवाज घन्किरहेकै थियो । दर्शक उप|mीउप|mी नाचिरहेका थिए ।

‘ए के भो ? के भो ?’

‘खै, के भएको हो ? केटीहरू रगतपच्छे भएर लडिरहेका छन् ।’

हेर्दाहेर्दै सिँडीमा उभिइरहेका दुई युवती सोत्राम भएर तल बःहालमा ढलेका थिए । तिनीहरूलाई छुरी हानिएको थियो । सङ्गीतको भोलम झन्झन् चर्किरहेको थियो । केही मानिस ढलेका केटीहरूलाई घेेरिरहेका थिए । तिनकै अगाडि ठिटाठिटी अनियन्त्रित भएर नाचिरहेका थिए । अगाडिबाट कसैले घचेट्यो । नाचिरहेका एक हूल किशोरकिशोरी ढलेका केटी र तिनीहरूलाई घेरिरहेका मान्छेमाथि गर्लम्म ढले ।

‘छुरा हान्ने त्यै झगडिया मुन्द्रे होइन ?’

‘खै कहाँ छ साले ?’

‘अपराधी बसिर’न्छ ?’

‘केटीहरू पनि बैँसले उम्लेकै हुन् है, नत्र यस्तो हुन्थ्यो ?’

‘होइन, के भएछ ?’

‘ठिटाले ठिटीको छाती समाइदे’छ ।’

‘अनि ?’

‘अनि के ? दुइटी ठिटी मिलेर चप्पल हाने । केटो लुरुक्क परेर हिँड्यो । एकैछिनपछि कुन सड्कोमा आएर दुवैलाई छुरी रोपेर टाप कस्यो ।’

‘समाउनु पर्दैनथ्यो ?’

‘छुरी बोकेको मान्छेलाई कसले समाउने ?’

‘थुक्क, यत्रा मान्छे भएर..।’

‘च.च..च..विचरी केटीहरू अस्पताल लानु पर्दैन ?’

‘लगेर कामै छैन, थिचिएरै मरिसके ।’

‘भनेर हुन्छ ? यत्रा मान्छे भएर यिनीहरू मरेको टुलुटुलु हेरिरहने ?’

‘क्या च्वाँक थे, मर्ने भए यार ‘

‘वा फेरि….., हुर्रे

‘ऊ…..या…….जस्ट फर यु । जस्ट फर यु ।’

‘हुइऽया…जस्ट फर यु । जस्ट फर यु ।’ -कोरस) ।

भीड पागल भएर नाचिरहृयो । झन्झन् नाचिरहृयो किनभने मञ्चमा केटाले फेरि पाइन्ट फालिदिएको थियो । केटीले फेरि पाइन्टको बटन खोलिदिएकी थिई । च

कथा – सम्बन्धका दूरी

उसलाई आश्चार्य लागिरहेको थियो आज राति ओछ्यान पटक्कै बिझाएन । उठ्दा गर्धन र शीर दुखेको थिएन । हलुङ्गो महसुस गरिरहेकी थिई ऊ । उसले ओछ्यानको तन्ना तनक्क तन्काई । बुट्टेदार तन्नामाथि दुई सिरानीहरुलाई मिलाएर राखि । उसलाई आफ्नो ओछ्यानमाथि बुट्टेदार तन्नाको ताजापन साहै प्यारो लाग्छ । अनि टेबुलमाथिको चाँदीको प्रुेमभित्रबाट फोटो बाहिर निकालि स्वयंवरको ।

उसको झण्डै चार बर्ष अगाडि दिवशसँग बिवाह भएको थियो । दिवशको खान्दानी संस्कारमा घरका महिला वर्गले जागिर खाने चलन थिएन । पढेलेखेको परिवार भएर पनि घरका महिलाहरुले बाहिर काम गर्न सरकारी जागिर खान नपाउने परम्परावादी नियमलाई उल्लङ्गघन गर्ने हिम्मत कसैले गरेका थिएनन् । उसको घरमा बिवाहको प्रस्ताव लिएर आउँदा नै केटाकी माईजुले भनेकी थिईन -“घरमा आएका पाहुनालाई पानी पिउन िदंदा पनि सर्वत जस्तो मिठो हुने गरी दिने सुन्दर केटी चाहिएको छ । बेस्सरी सम्पत्ति छदैछ । आईमाईले कमाउने चलनै छैन । जेठी र माईली बुहारीले पनि बी।ए। एम।ए। पढेका छन् तर घरै सिगांरेर बसेका छन् ।� आफूहरुले जीवन जिउन बेस्सरी गर्नु परेको दःुखको झझल्को शायद मेटिनसकेकोले होला थुप्रो सम्पत्ति छ भन्ने कुराले आमा-बाबु लोभिएर उसलाई बिवाह गरि दिएका थिए त्यस घरमा ।

उसले झण्डै एक बर्ष त पानीलाई सर्वत जस्तै मिठो हुने गरी बाँडि । बिहानै उठ्नु नुहाई -धुवाई सकेर सासुलाई पूजाको तयारी गरिदिनु आफ्नो सिङ्गारपटार गरेर बिहानदेखि रातिको खाना-पिना नसकिन्जेल भान्साभित्रको काममा तल्लिन रहनु उसको दिनचर्या थियो । प्रत्येक दिन बुढा ससुरालाई हेर्न आउने सासु-ससुराका पुराना ईष्टमित्र खेतीबाट आएका हरुवा-चरुवा आफन्त आदिको लस्करै हुन्थ्यो । यति भएपछि घरका बुहारीहरु जति नै पढेका भएपनि भान्साभन्दा बाहिरी कामका लागि निस्कन नै कहाँ सक्थे र यस्तो समय धेरै रहिरहन पाएन । दाजु-भाइबीच व्यवहारमा हानाथाप स-साना कुरामा बढ्दै गएको असमझदारीले दिक्क भएर ससुराले तीनै भाईलाई अलग गरिदिनु भयो । सासु-ससुराले पनि घरको जेठो छोरो नै असल छ भनेर उनैसँग बस्ने निधो गरे । जग्गा निकै थियो तर सबै जग्गामा मोहियानी लागेर आफ्नो भागमा धेरै रहन पाएन । फेरी बुढा ससुराको काजकि्रयामा पनि तेह् जना ब्राम्हणहरुलाई जग्गा नै दान गरिएको थियो । काठमाडौमा पनि आठ रोपनी जग्गा नभएको होईन तर दुईटी छोरीहरुको बिवाहमा धितो राखेर लिएको ऋण समयमा नतिरेकाले लिलामीमा परेको थियो । त्यो ऋण सबै छोराहरुले मिलेर समयमा तिरेका भए राजधानीको त्यत्रो सम्पत्ति लिलामीमा परेर गुमाउनु पर्ने थिएन भन्ने गुनासो ससुराको अझै बाँकी छ ।

दिवश पेशाले अधिवक्ता थिए । मूलघरबाट छुट्टिएको केही महिना पछि नै त्यहाँको बसाई उनलाई असजिलो हुन थाल्यो । वकालतको चर्को आवश्यकता मोफसललाई भन्दा राजधानीलाई छ भन्ने बहानामा आफूलाई राजधानीतिरै सारे । यथार्थत त्यत्ति सजिलो कहाँ थियो र आफूलाई स्थापित गराउन त्यहाँ । निकै समय बितिसक्दा पनि दिवशको वकालत पेशाले गति लिन सकिरहेको थिएन । फलतः व्यवहारमा आर्थिक संकट हावी भएको आभास दुवैमा हुन थालिसकेको थियो । यद्यपी सन्तानको लागि भने खर्च गर्नु परेको थिएन । बिवाह पछि पटक-पटक गर्भ रहेको थियो उसको तर अडिन सकेको थिएन । डाक्टरलाई देखाउँदा औषधि खाएर अझैकेही समय धैर्य गर्न सल्लाह दिएका थिए ।

खान्दनी ढाँचा अनुसार चल्न मधेशको खेतीबाट बर्षमा एकपटक हात लाग्ने सिमित आयले कत्ति नै पो पुग्थयो र दिवशको आम्दानीको स्रोत पनि खासै निश्चित नहुदा संङ्गोलको बसाईको रमझम संझनामा कहिलेकाही आउन थालेको थियो ।

बुबाले घर चलाउनुहुन्थ्यो । तीनै छोराहरुले आम्दानीको केही भाग घरखर्चमा छुट्याउँथे । घर पनि बडेमानकै थियो । अनि सम्पत्तिको भागभण्डा नभएको हुदा आर्थिक अभाव कुन चराको नाम हो कसैलाई थाहा थिएन । त्यसमा पनि सधै कान्छो छोरो भएर खाएको दिवशलाई सपना जस्तो लाग्न थालेको थियो । समय एकैनाशको कहाँ रहन्छ र भाग भण्डासगै पुस्तैनि सम्पन्नता पनि बाँडिन गयो ।

घरको आर्थिक समस्या देखेर धेरै दिनदेखि आफूलाई काम गर्न मन लागेको बारेमा दिवशसँग कुरा राख्न खोजिरहेकी थिई ऊ तर हिम्मत जुटेको थिएन । खान्दानी चलनको हरबखत गर्व गर्ने आफ्नो लोग्ने हुनसक्छ उसको प्रस्तावलाई तुरुन्तै नकार्ने छ । ऊ भित्र डर थियो । “यदि हजुरले अन्यथा नमान्ने हो भने मलाई क्याम्पसमा पढाउने अफर आएको छ के मलाई अनुमति दिनसक्नुहुन्छ “श्रीमानको बोझ घटाउने उदेश्यले एक दिन हिम्मत जुटाएर सोधी उसले । प्रतिउत्तरमा मौनता मात्र छायो ।

आफ्नो क्षमतालाई घरको ढोकाभित्र बन्द गरेर नगर्नु पर्ने दुःख गरेर बस्नु लाचारीको दोस्रो रुप ठान्थी ऊ । तर उसले दिवशकेा अनुमतिलाई धेरै दिन पर्खिई अहँ उसले सहमति जनाएन । परम्परागत मान्यताको खिया लागेको लोग्नेको मानसिकतालाई धिक्कार्न बाहेक अरु के नै गर्न सक्थी र !

पन्ध्र दिन भित्रमा निर्णय नसुनाए अरुलाई नेै स्थान दिईने कुरा क्याम्पस प्रमुखले बताएका थिए । बिचरीले त्यो मौका पनि क्याम्पस प्रमुख आफ्नै नाता पर्ने भएकाले पाएकी थिई । दिवशको अनुमतिको पर्खाइमा तोकिएको दिन बितिसक्न लाग्दासम्म पनि उसले कुनै जवाफ पाईन । ूभोलि बिहानदेखि म पढाउन सुरु गर्दे छु । यो निर्णय मैले घरको आर्थिक बोझ घटाउने बिचारले गरेकी हुँ । हाम्रो भविष्य पनि त छ । मेरो क्षमताले केही गर्न सक्छु भने किन उपयोग नगर्ने � उसले आफ्नो निर्णय सुनाई । “जुन घरकी बुहारी भएर आएकी छौ त्यो घरको संस्कार चालचलनको मर्यादा भित्र रहनु तिम्रो कर्तव्य हो । खान लाउन मैले दिन नसकेका दिन सोचौला ।” दिवश गम्भिर भएर बोल्यो । उसलाई असैह्य भयो । ऊ आफ्नो लोग्नेको तर्कसँग पटक्कै सहमत हुन सकिरहेकी थिईन ।

“स्वावलम्बि हुनुले कुनै पनि घरको मर्यादालाई नकारात्मक आँच पुर् याउँदैन । यदि कसैलाई त्यस्तो लाग्छ भने त्यो मात्र भ्रम हो । दिनभर घरमा निकम्मा भएर बस्न म पटक्कै चाहन्न । बच्चा पनि छैनन् । सकारात्मक भएर सोच्ने हो भने दुवै दम्पत्तिले नोकरी गर्नु सामाजिक प्रतिष्ठाको कुरा पनि हो ।” ऊ आफ्नो अडानमा दृढ रहि । दिवश मात्र सुनिरहेको थियो । दुबैले आफ्नो अडान नछाड्दा समझदारी आखिरमा केही गरी हुन सकेन । दिवशको खान्दानी संस्कार उसका लागि घरको आर्थिक अभावभन्दा महत्वपूर्ण हुन सकेन । अन्तत ः उसले नोकरी शुरु गरी । नोकरी शुरु गरेकै दिनदेखि दिवशले उसका घरपरिवारबाट कडा प्रतिकि्रया खप्नु परेको कुरा उसलाई सुनायो । त्यसैका कारण दुईबीच चिसोपन बढ्न थाल्यो । हरेक रात नानाथरीका कुराले आफ्नी श्रीमतीलाई सताउनु उसको दैनिकी भयो । घर ढिलो फर्किने कहिले खबरै नगरी दुई-चार दिन बाहिरै बिताउन थालेको दिवशले धेरै भैसकेको थियो । जसलाई उसले सामान्य मान्न थालेकी थिई ।

मंगलबारको दिन थियो त्यो । दिउँसोको एक बजे ऊ क्याम्पसबाट घर फर्किसकेकी थिई । त्यही समय पारेर दिवश घर आयो । हाउभाउले ऊ एकदमै हतारिए झै देखिन्थ्यो । उसले अचम्म मानेर आफ्नो लोग्नेलाई हेरी । ऊ आज बिल्कुलै भिन्न लागिरहेको थियो । आँखामा चमक थियो ओठमा मुस्कान भरिएको थियो । उसले आफ्नो लोग्नेको ओठमा मुस्कान नदेखेको महिनौ बितिसकेको थियो । सायद काम सुरु गरेकै दिनदेखि दिवशको मुस्कान हराएको थियो कि उसलाई हेक्का भने छैन । “एउटा कम्पनी दर्ता गराउनु छ तिम्रो नाममा खै छिट्टै साईन गरिदेउ त ।”हातमा पानीको गिलास लिदै उसले भन्यो । “कस्तो कम्पनी अनि किन यति हतारमा पहिले त केही कुरा गर्नु भएको थिएन ” एक्कासि सधैभन्दा पृथक मुद्रामा देखिएको लोग्नेलाई उसले विश्वाश गर्न सकिरहेकी थिईन । “हत्तेरीका एक घण्टाभित्रमा दर्ता गराएन भने यो मौका अर्कैले लिनेछ । यत्तिका दिन भैसक्यो मेरो टाउको यसले खाएको । कत्ति पीर थियो मलाई यसको । छिटो गर न ! म भरे सबै प्रतिलिपी लिएर आँउछु अनि सबै बेलिबिस्तार लगाउँला ।”जोशिएर बोल्यो ऊ । मानौ ठूलै कम्पनिको मालिक भैसक्यो ।

उसले केही बुझिन । तैपनि लोग्नेमा देखिएको उत्साहलाई कदर गर्नु आफ्नो कर्तव्य ठानेर हतारमै सम्पूर्ण कागजमाथि हस्ताक्षर गरीदिई । अनायशै ऊ पनि आज फुरुङ्ग थिई लोग्नेको स्फूर्ति देखेर । बेलुकी लोग्ने कतिबेला घर फर्केला र सबैकुरा थाहा पाउँला भनेर दिनभरी उसले आँखा बाटोतिरै बिच्छ्याई । साँझ पर् यो घर फर्किने मान्छेहरुको लस्करले बाटो ढाकिएको थियो । मधुरो उज्यालोमा आँखाले भ्याईन्जेल लस्करभित्र उसले दिवशलाई नियाली तर ऊ भेटिएन । कहिलेकाही त रातको एक बजे पनि घर फर्किन्थ्यो । त्यसैले मध्यरातसम्म उसले पर्खिरही । यसरी नै कैयांैं दिन र रात पर्खाईमा बिते तर दिवश आएन ।

यसरी अचानक हराएको लोग्ने बीस दिन पछि घर फर्कियो । उसलाई देखेर उसका आँखा रसाएनन् उसलाई खुशीको झट्का पनि लागेन उसले मात्र हेरिरही । त्यसै पनि दुईबीचको सम्बन्ध चिसिदै गएको थियो । त्यसैले लोग्नेको अनुपस्थितिले उसलाई खासै फरक परेको थिएन । तर एका-एक कम्पनी दर्ता गराउन भनेर सहीछाप लिएर हिडेको लोग्नेको लामो अनुपस्थितिले भने उसलाई सताईरहेको थियो । यसपटकको दिवशको आगमन कुनै एक अपरिचितको झै थियो । मानौ उसले पहिलो पटक कसैसँग चिनाजानी गर्दैछ । उसले हातमा बोकेको सानो ब्यागबाट एउटा खाम झिकेर श्रीमती तिर तेस्र्यायो । कौतुहलतापूर्वक हतारिदै खाम खोलि । उसका आँखाले पृष्ठको मध्यतिर दृष्टि नपुर् याउँदै ऊ अवगत भैसकेकी थिई । दिवशले कम्पनी दर्ता गराउन तेस्र्याएका कागजातहरु त सम्बन्ध बिच्छेदका पो रहेछन् । परपुरुषसँगको सम्बन्धका कारण दुईबीचको सम्बन्धलाई अन्त्य गर्न राजी भएको व्यहोरा लेखिएको थियो ।

दिवशले पटक -पटक उसकै सहकर्मी शुरेशको बारेमा प्रसङ्ग उठाएर घरमा तनाव उत्पन्न गराउनाको कारण उसले बल्ल मात्र बुझी । यहाँ उसका ओठहरुले दिवशप्रति आक्रोश व्यक्त गर्ने उत्साह देखाएनन् । तर उसका हर धड्कनले घृणा गरिरहेको थिए । लोग्नेको तुच्छ मानसिकता र दम्भि चरित्रसँग उसलाई प्रतिवाद गर्न मन लागेन । आखिर स्वास्नीको वफादारीतालाई क्षण-क्षणमा लत्याउने एक पुरुषपात्रको आडमा जीवन बिताउन पक्कै सजिलो छैन भन्ने बुझ्न उसलाई अन्ततः धेरैबेर लागेन । त्यसैले सम्बन्ध बिच्छेदको प्रतिवाद गर्नुभन्दा स्वीकार्नु नै उचित ठानी उसले । सम्बन्ध बिच्छेदको निर्णयले क्षतबिक्षत भई पश्चातापको ज्वालामा लपेटिएर ऐया-आत्था गर्दै उसले चिच्याएको हेर्ने प्रवल ईच्छा बोकेर आएको दिवश प्रतिउत्तरमा श्रीमतीको मौनता र आत्मविश्वास देखेर अर्काे एकपटक अपमानित हुनपुग्यो । उसले मौनतामै सहजसाथ स्वीकारेको देखेर घरबाट बाहिर निस्कियो । तर उसको मनमा लोग्ने बिनाको भोलि कसरी सामु आईदिने हो भन्ने अज्ञात छटपटीले हलचल मच्चाई रह्यो ।

सम्बन्धबिच्छेदको पहिलो प्रभात । दिनचर्याको शुरुवातमा सधै झै छेवैमा राखेको घडीले किरिरिर्र� किरिरिर्र� आवाज दियो । हतारिदै उसका आँखा खुले । ऊ मन नलागि-नलागि उठी । हिजो रात बिगतले निकैबेरसम्म मानसपटललाई नमिठो स्पर्श गरेकोले झण्डै आधा रात कटेपछि मात्र उसका नयन जोडिएका थिए । मनमा अनौठो अनुभूति लहरिरहेथ्यो । फरक्क् फर्किएर रात बिताएको ओछ्यानलाई हेरी त्यो साम्रा्रज्यवादीहरुबाट मुक्ति पाएको कुनै राज्यभन्दा कम थिएन ।

बिवाहमा बुबाले मेचीबाट मगाएर दिनु भएको चाँपको पलङ्ग थियो त्यो । सिरानी र डसना पनि सिमलको नरम भुवाका थिए । तैपनि पलङ्गमाथिका ती सिरानी र डसनाले बिगतका रातहरुमा धेरै बिझाए उसलाई । कहिले नरम सिरानी पनि ढुगां जस्तो भएर बिहान उठ्दा गर्धन र शीर असाध्यै दुखेको हुन्थ्यो । कहिले मुलायम डसनामाथि अनायसै पैदा हुने गाँठागुठी बिझाएर रातभर सुत्नै अफ्ठ्यारो हुन्थ्यो । आखिर माईतीको माया न हो विवाहमा पाएको त्यो चिनोलाई फ्याँक्न सकिरहेकी थिईन ।

लोग्नेसँग छुट्टिएको पहिलो प्रभातमा सम्पूर्ण फरकहरुलाई नियाल्न मन लाग्यो उसलाई । उसले झ्यालको पर्दा उघारी । सुन्दर बिहानी पहिले जस्तै कलिलो घामसँगै झुल्किएको थियो । सडकका पेटीहरु त्यसरी नै लमतन्न भई बटुवाको स्वागत गरिरहेका थिए । मन्दिर परिसरमा घण्टीहरु उसरी नै बजिरहेका थिए अनन्तसम्म ध्वनि गुाजाएर । चराहरु खुला आकाशमा उडिरहेका थिए स्वतन्त्रताको उपभोग गर्दै ।

आखिर फरक केहीमा भेटिन उसले । शायद फरक आफूमा पो आयो कि भन्ने डर थियो उसलाई । त्यसैले पलङ्ग छेउ राखेको ठूलो ऐना अगाडि उभिई ऊ । मनले निर्दोष ऐनासँग केही वैमनश्यता नभएको निक्र्योल गरेपनि त्रसित उसका आँखाहरु भने बन्द थिए । उसले बिस्तारै आँखाहरु खोली । त्यो ऐनाले उसलाई यसरी बिम्वित गर् यो कि ऊ मुक्त थिई ।

कथा – लोप जीन

श्रवणकुमार उसको नाम होइन । धार्मिक कथामा बाबुआमाप्रति अनन्य भक्तिका नायक जो दशरथद्वारा मारिएका थिए, अयोध्याका राजा । तर, ऊ जहाँ बस्छ त्यहाँका छरछिमेकहरू उसलाई श्रवणकुमार भनी सम्झन्छन् ।

ऊ उमेर गएका बाबुआमासित पोखरामा बस्छ । दुवै ८० लागेका ।

ऊ रवि हो । सामान्य नाम । आकाशको घामसित कुनै सरोकार छैन । सायद धर्मले हिन्दू र कर्मले पावनसिन्धु । बाबुआमाले ढिलो, ५० तिर छोरो पाउँदा सूर्य भगवान्झैँ प्रतापी होस् भन्ने प्रतीकात्मक आकाङ्क्षा बोक्छन् ।

सत्तरीतिर लाग्दानलाग्दै बाबु पूरै अन्धो हुन्छ र आमा पूरै अन्धी ।
ऊ हुन्छ श्रवणकुमार नभएर पनि श्रवणकुमार ।
क्याम्पस छुट्छ । र, छुट्छ कम्प्युटर विज्ञानमा सफ्टवेयर पायोनियर बन्ने महान् सपना पनि ।
तर, ऊ छुटेको सपनाले उदास भए पनि भेटेको विपनाले दुःखी हुँदैन । ऊ त्यस साँचोको मान्छे हुन्छ, जो बौद्धिक वातावरणमा पनि अनुकूलता प्राप्त गर्न सक्छ । उसलाई एउटै दुःख हुन्छ, ऊ बाबुआमाका गुमेका आँखा फिर्ता ल्याउन केही गर्न सक्दैन ।

सकेजति आशा बोकी ऊ बाबुआमालाई देशका सबैजसो आँखा अस्पतालहरूमा पुर्‍याउँछ, श्रवणकुमारले झैँ खर्पनमा राखी होइन, भाडाका गाडीहरूमा राखी । तर, सबै व्यर्थ ।

बाबुआमाले सजिलै स्वीकार गर्छन्, यो उनीहरूको भाग्य हो, कुनै रोग होइन र अरू आँखा परीक्षण गर्न जान अस्वीकार गर्छन् । सबभन्दा राम्रो आशा नहराएर अनन्य भक्त छोरो रिसाइदिन्छ । स्वाभाविक नै हो ।

“यहीँको एउटा अस्पतालमा एक जना जान्ने डाक्टर आएको छ, किन नजचाउने त ?” रिसाइसकेपछि छोरो फेरि रिसाउँदैन । “छोरा, हामी बूढाबूढी भइसक्याँै । बुढ्यौलीको कुनै उपचार हुँदैन ।” परम्परागत अन्धविश्वास ! फेरि नरिसाएको छोरो रिसाउँछ ।

“नरिसाऊ छोरा । हामी बाबुआमाको साँचो भक्ति गर्छौं भने हाम्रो अन्तिम इच्छा पूरा गरिदेऊ …।” ऊ बुझ्छ अविवाहित छोरोसित मायालु बाबुआमाको अन्तिम इच्छा के हुनसक्छ, त्यसैले चुप भई बस्छ । उसलाई त्यस्तो केटीमान्छेसित बिहे गर्ने मन हुँदैन, जसलाई ऊ माया गर्दैन । र, माया अझै भएको छैन कसैसित ।

मायाको पर्खाइमा बिहे अपहत्ये हुन्छ । मायाबिनाको बिहे बेकारको बोझ मात्र हुन्छ । अरू शब्दमा । तर, पर्खाइको कुनै सीमा हुँदैन । यदि माया जीवनभर पर्खाइको घटना भयो भने के गर्ने त …।

“छोरा, तिमीलाई थाहा छ हामीसित पर्खिबस्ने समय छैन । हामी डाँडामाथिका घाम, कालका दूतहरू कुनै पनि बेला हामीलाई लिन आउन सक्छन् । त्यसभन्दा पहिले नातिनातिनीका मुख हेर्न पाए …।”

बाबुआमालाई चुप भई बस्ने आवश्यकता हँुदैन, त्यसैले क्रमशः क्रमशः अन्तिम इच्छालाई व्याख्या गरिरहन्छन् ।
बढीमा महिना दिनभित्र ऊ छिमेकको एक केटीमान्छेसित बिहे गर्छ । निश्चय पनि महान् त्याग, जुन समाजले बुझ्दैन ।
बाबुआमा खुसी हुन्छन् । अब उनीहरू एकैपल्ट परत्रका लागि भगवान् भजन र वरत्रका लागि बाजेबजै बन्ने सपना देख्छन् । शौभाग्यवश बुहारी पनि लक्षणकी पर्छे, सासू-ससुरालाई राम्रै सेवा गर्ने खालकी ।

केही महिना बित्छन् खुसीहरूमा र महान् त्यागका सन्तुष्टिहरूमा । तर एक दिन ऊ अर्थात् छोरो रवि अर्थात् लोग्ने रवि बिरामी हुन्छ । पहिले कुनै लक्षण नदेखाएर । ऊ कसैलाई खबर नगरी चिकित्सककहाँ जान्छ ।

“के भयो ?” सोधिन्छ । “थाहा छैन डाक्टर तर म अस्वस्थ महसुस गर्दैछु,” ऊ भन्छ । “त्यसो भए केही नहुनुपर्ने कुराहरू भइरहेछन् । मलाई जाँच्न दिनुहोस् ।” उसलाई भनिन्छ अनि जाँचिन्छ उसको शरीरमा सबैतिर । कुनै रोग देखापर्दैन । “तपाइर्ं स्वस्थ हुनुहुन्छ । आफूलाई अस्वस्थ मान्नु तपाइर्ंको मनोविज्ञान हो ।”

उसलाई उसको जाँचको नतिजा सुनाइन्छ । नतिजा अनपेक्ष्ाित हुन्छ, अपि्रय हुँदैन । ऊ खुसीखुसी घर जान्छ र खुसीखुसी आफ्नो अस्वस्थताको कुरा बिर्सन खोज्छ । तर, बिर्सन सकिँदैन ।

“के भयो ?” यसपालि चिकित्सकले होइन, बाबुआमाले सोध्छन् चिन्तित भई । “केही भएको छैन । म एकदम ठीक छु । चिन्ता गर्नुपर्दैन ।” ऊ भन्छ, बाबुआमाका चिन्तादेखि चिन्तित भई । “छोरा, तिमी हाम्रो बुढेसकालका सहारा हौ …।” बाबुआमाले चिन्ता गर्न छोड्दैनन् । अनन्य भक्त छोरोले बाबुआमाको कुरालाई स्वार्थ भनी बुझ्न मन पराउँदैन । त्यसै दिन बाबुआमाले थाहा पाउने गरी ऊ बाहिरतिर घुम्न निस्कन्छ ।

“डाक्टर, म साह्रै नै अस्वस्थता महसुस गर्दैछु । मेरो मनोविज्ञान ठीक छ ।”
“विश्वासपूर्वक भन्दै हुनुहुन्छ ?”
“अवश्य ।” तर, चिकित्सकलाई विश्वास पर्दैन ।
“ठीक छ, म फेरि जाँच्नेछु । ढुक्क भई बस्नुहोस् । चिन्ता गरी आफ्नो एम्युन प्रणालीलाई असफल नपार्नुहोस्,” चिकित्सकले भन्छ अनि आफ्नो काम थाल्छ । उसलाई एक विशेष यामीय उपकरण ९च्यदयतष्अ भ्त्रगष्ऊभलत० भित्र राखिन्छ । ऊ बुझ्छ, यो सामान्य जाँच होइन, माने केही गम्भीर र खर्चालु कुरा छ ।
“न्भलभतष्अ म्ष्कयचमभच” यामीय उपकरणले नतिजा प्रकाशित गरिदिन्छ तर कुन खालको प्रकाशित गर्न सक्दैन ।
ऊ बुझछ, जीनमा गडबडी … ।
“ठीक छ … । तपाईंलाई मानवजीन थेरापी आवश्यक छ ।” चिकित्सक भन्छ । आफ्नो योग्यताको कुनै तहमा अन्योलग्रस्त भई । जब ऊ अस्पताल भर्ना हुन्छ, अन्धाअन्धी बाबुआमाबाट यो कुरा लुकाउन सफल हँुदैन । उनीहरू हाहाकारमा पर्छन् । रुन्छन् । बेस्सरी रुन्छन् । उनीहरूका नदेख्ने आँखाहरूबाट देखिने आँसुका खोला बग्छन् । ऊ विश्वास दिलाउने प्रयास गर्छ, उसको रोग गम्भीर छैन । त्यसैले चिन्ता चिन्ताहीन छ, शोक शोकहीन छ, दुःख दुःखहीन छ । ईश्वरमाथि भरोसा राख्नुपर्छ, जसलाई प्रार्थना गरिन्छ । अन्धाअन्धी बाबुआमा ईश्वरमाथि भरोसा राख्छन् र बलिन्द्रधारा आँसुका प्रार्थना गर्छन् । अस्पतालको शय्यामा साताभरि नै केही फरक कुरा हुन्छ । ऊ अर्थात् छोरा रवि कुनै उपचारमा गुज्रँदैन । कुरो स्पष्ट छ, मानवजीन थेरापी भनेको जीन स्थानान्तरण ९न्भलभ त्चबलकाभच० द्वारा रोगोपचार गर्ने विधि हो र यस्तो पहिलो परीक्षण सन् १९९० मा सुरु गरिएको थियो । रोगीको ब्मभलयकष्लभ म्भamष्लबकभ न्भलभ लाई द्यymउजयअथतभक मा स्थानान्तरण गरेर । किनभने यो सन्जाइमदोष Immगलभ म्भाष्अष्भलअथ तर्फ लक्षित थियो र अत्यन्त घातकसिद्ध हुन्थ्यो । तर, यहाँ खास रोग पत्ता लागेकै छैन । कुन रोगको उपचार गर्न कुन जीन स्थानान्तरण गर्ने ? अनि कहाँ ?…

ऊ चिकित्सकका निम्ति एक प्रयोगको वस्तु भइदिन्छ र आफ्ना निम्ति एक गम्भीर पाठक । विषय मात्र जेनेटिक्स ।
जीन- सन् १९०९ मा सबभन्दा पहिलो डब्ल्यू जोहानसेनद्वारा नाम दिइएको ।
मेन्डल, डब्ल्यूएस सूट्टन- जीनका शास्त्रीय धारणाहरू ।
टीएच मोर्गन- ड्रोसोफिला मेलानो गाष्ट्रकमाथि प्रयोगात्मक कार्य ।
क्रोकोजोम- त्यो माध्यम, जसबाट वशंानुगत गुणहरू सर्दै जान्छन् एक पुस्तादेखि अर्को पुस्तासम्म ।
मोर्गनको क्रोमोजोम सिद्धान्त ९ऋचomयकomभ त्जभययथ या क्ष्लजभचष्तबलअभ०- यो धारणा राख्छ कि क्रोमोजोमहरू पृथक् एकाइहरूबाट बनेका हुन्छन्, जसलाई जीन भनिन्छन् ।

जीनहरू नै विशेष गुणहरूका यथार्थ संवाहक हुन् ।
जीन उत्परिवर्तन ९न्भलभ ःगतबतष्यल० जीनको रसायनिक संरचना- डीएनए अणुहरू ।
डीएनए संरचना र द्विगुमान/क्भाि म्गउष्अिबतष्यल ।
सन्देशवाहक आरएनए ।
स्ट्रक्चरता जीन, रेगुलेटरी जीन ।
जेनेटिक कोड र प्रोटिन सिन्थेसिसको नियन्त्रण ।
जीन कन्भर्सन/जीन सक्सप्रेसन/जीन म्यानिप्युलेसन/जीन ब्याङ्क/जीन लाइब्रेरी/जीन फ्लो/जीन पुल/जेनेटिक डि्रफ्ट/जेनेटिक लोड/जेनेटिक म्यापिङ्/जेनेटिक भेरिएसन/जेनेटिक स्प्लाइसिङ्/-ट्रान्सडक्सन)
ऊ आफूलाई पूरै जीनको ब्रह्माण्डमा हराइदिन्छ । र, सोच्छ भावुक कवि भएर कि ऊ जीनको एक सानो पृथ्वी हो । तर, उसलाई के भएको छ ?
यसपालि चिकित्सकले उसलाई सोध्दैन, उसले चिकित्सकलाई सोध्छ ।
“वंशानुगत दोष,” चिकित्सकले जानकारी दिन्छ ।
“त्यो भनेको के हो त ?” उसले सोध्छ ।
“वंशानुगत दोष भनेको तपाईंको निशेषिच कोषको क्रोमोजोम जीनमा भएको दोष हो । मेरो आसय जाइगोट् सेल ।”
“के मैले बुझ्नुपर्छ जन्मभन्दा पहिले मैले अपराध गरेको थिएँ ?”
“होइन, होइन, त्यसरी नलिनुहोला । विज्ञानको सत्यतालाई भावनामा लिनुहुँदैन ।” चिकित्सक भन्छ । ऊ केही भन्दैन । उसलाई जे बुझ्नु हुन्छ पहिले नै बुझिसकेको हुन्छ । अर्को दिन अर्थात् भोलिपल्ट जब अन्धाअन्धी बाबुआमा उसको स्वास्नीको सहारा लिई उसलाई भेट्न आइपुग्छन्, ऊ बोल्न अस्वीकार गरिदिन्छ । उनीहरू बुझ्न सक्दैनन् उनीहरूको एक मात्र छोरोलाई के भइरहेछ … ।

“छोरा, हामीलाई हाम्रो मृत्यु हुनुभन्दा पहिले यसरी नमारिदेऊ…। नमारिदेऊ…। दया गर छोरा…. ।” अन्धाअन्धी बाबुआमा बिलौना गर्छन् । त्यसले उसलाई विस्फोट गराइदिन्छ ।

“मूर्ख अन्धाअन्धी ! आफ्ना अपराधी जीनहरूद्वारा आँसु नबगाउनु । म घीन मान्छु दुवैलाई ।”
स्वास्नीलाई विश्वास लाग्दैन ऊ के सुन्छे । अन्धाअन्धी बाबुआमालाई विश्वास लाग्दैन उनीहरू के अनुभव गर्छन् । तर, जीवनका यथार्थ विश्वासहरू र अविश्वासहरूभन्दा परै हुन्छ । यथार्थ घटित भइसकेको हुन्छ । कुरा त्यति नै हो ।

उसको रोगको लक्षण के हुन्छ भने कुनै लक्षण हुँदैन, अरू जीनसम्बन्धी कारणले हुने रोगहरूमा जस्तै- एजभलथपिभतयलगचष्ब। क्ष्अपभ-अिभिि ब्लझष्ब, त्बथ-क्बअजक, क्उष्लब द्यषष्मब ध्बतभच यल तजभ द्यचबष्ल आदि चिकित्सकलाई थाहा हँुदैन कसरी नवः आविष्कृत वंशानुगत गुण विक्षेपण ९त्भिचष्मष्तबचथ त्चबष्तक त्चबलsmष्ककष्यल० दोषहरूलाई सच्याउन सकिन्छ । यामीय उपकरणद्वारा साङ्केतीत समस्या के समाधानरहित छ त… ?

पहिलेझैँ नै रोगीले याने उसले अस्वस्थताको अनुभव गरिरहन्छ -अनुभव रोगको लक्षण होइन) र कहिलेकाहीँ पसिनाले नुहाइन्छ -पसिना रोगको लक्षणभन्दा बढी श्रमको लक्षण नभए मनोविज्ञान हुन्छ) । यसरी समय आशालाग्दो निराशामा चलिरहन्छ ।

यी दिनहरूमा पनि ऊ दुःखी बाबुआमाप्रति बदलिएको व्यवहार बदल्दैन । यो उसको त्यही बुझाइको प्रतिक्रिया हुन्छ कि उसको जीवन अरू केही होइन, बाबुआमाका सच्याउन नसकिने भूलहरू हुन् । तब अस्पतालमा बसिरहनुको उपयोगिता के छ ‘गिनिपिग’ भएर ?

केही छैन/केही छैन/केही छैन ।

ऊ आफूलाई अस्पतालबाट छुट्टी गर्छ । उसलाई प्रयोग गरिरहेको चिकित्सकलाई पीडादायक विषयमा पारेर ।
घर । ऊ स्वास्नीलाई चिन्छ । ऊ अन्धाअन्धी बाबुआमालाई चिन्दैन ।
“छोरा, यस्तो व्यवहार गर्नुभन्दा हामी दुईलाई घाँटी निमोठेर मारिदेऊ ।”
बाबुआमा भन्छन् बिलौना गरी गरी अनि असहायतापूर्वक सोच्छन् उनीहरूको एक मात्र छोरोलाई कुनै दुष्ट आत्माले सताएको हुनुपर्छ । श्रवणकुमार श्रवणकुमार नै हुन्छ, दुष्टकुमार हुँदैन …!
उनीहरू अन्धो आँखा चिम्लिएर प्रार्थना गर्छन् ः “प्रभो ! छोरालाई पहिलेझैँ जाति बनाइदिनुहोस् …। बरु हाम्रो ज्यान लिनुहोस् …। हजुरकै शरणागत छौँ …।”
तर, बदलीमा कुनै बदली हुँदैन । ईश्वर पुकारा जारी रहन्छ । आशापूर्वक । हो, विश्वासपूर्वक । जहाँसम्म उसको कुरा हुन्छ याने छोरोको ऊ विस्फोटित भई बस्दैन, मौन भइबस्छ ।

आफूलाई पूरै कोठामा थुनेर । ऊ भेट्न चाहने साथीहरूलाई भेट्दैन । सम्बन्धीहरूलाई भेट्दैन । छिमेकीहरूलाई भेट्दैन । किन भन्ने कुरा कसैले बुझ्दैनन् तर जतिले बुझे भनी ठान्छन् उनीहरू त्यसको सम्बन्ध मनसित जोड्छन्, “त्यस्तै हो मन ठेगानमा नभएपछि …।”

एकदिन स्वेच्छिक काराबासको तेस्रो सातामा ऊ याने छोरोले होइन, लोग्नेले स्वास्नीलाई बोलाई भन्छ, “हेर, म कुनै पनि सन्तानको बाबु बन्न चाहन्न । मेरा जीनहरूबाट जुन मैले सजायको रूपमा पाएको छु । जीनहरूको संसारमा म मेरा जीनहरू सधँैभरिका लागि लोप भइगएको हेर्न चाहन्छु । त्यसैले म तिमीलाई मनपर्ने कसैसित बिहे गरिजाने सल्लाह दिन्छु, क्षमायाचनासहित ।”

त्यस्ता कठोर वचन सुनी कसै गरे पनि असल स्वास्नीले के गर्न सक्छे, रुनुबाहेक ?

स्वास्नी रुन्छे बस्सरी । लोग्ने स्वास्नीलाई आराम पुर्‍याउन केही गर्दैन । पग्लिने त कुरै आएन । ऊ चुप भइबस्छ र आकाशको शून्यतालाई हेरिबस्छ ।

आधा रातमा उसले आफूलाई कोठामाथिको पङ्खामा झुन्ड्याइदिन्छ, सधँैभरिका लागि आफ्ना मानवीय जीनहरू लोप पार्न ।

के यो वंशानुगत भूलसुधार हो त ? मलाई थाहा छैन । मलाई थाहा छ, त्यस परिवारका दुःख र शोकलाई कुनै शब्दहरूमा बयान गर्न सकिँदैन …।

कथा – मसली भाउजु

असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा खाने परम्परा छ । आˆनो घरमा दुहुना गाई/भैसी नहुनेले पनि किनेर, खोजेर, मागेर ल्याएर पनि खाने चाड मान्ने चलन छ । सबैका घरमा धेरथोर दही-चिउरा तयार हुन्छ । यस वर्षको मनसुन ढिलो प्रारम्भ भएको कारण पानी परेको छैन । सिचाइको अभावमा जमिन मुख बाएर बसेका छन् । अधिकांश आकाशे खेत बाझो पल्टेका छन् । थोरै कुलो लाग्ने खेतको पनि रोपाइ थालनी भएको छैन । राकसे बूढाको धेरैजसो खेत पानी पट्ने हुनाले खेतको काम भ्याइनभ्याइ छ । गाउमा राकसे बूढा आफैा पनि खेतमा दिन बिताउाछन् । हली, गोरु बिहानै खेतमा पुग्दछन् । आफू र जन-वन झण्डै बराबरी लगाउाछन् ।

सााझमा पानी छिट्याएजस्तो भएको थियो । बाहिर काममा जानेहरू अलि ढिलो घरमा भित्रिन आउने गर्थे । खेतको काम प्रशस्त हुने गथ्र्यो । दिन लामा, रात छोटा हुादा थकाई मार्दै काम गर्दा पनि कामको भाग बढी देखाउन सकिने । जोत्ने, आली काट्ने, बियाड उखेल्ने, रोप्ने आदि काम गर्नुपर्ने । खेतको कामको व्यस्तता छ भने बारीको कामको पनि व्यस्तता थपिन लाग्या छ । अघौटे मकै पूरै पाकेर भााच्ने समय भएको छ र पाकेको मकैलाई सुगाले ज्यादै खेदो गर्छ । केटाकेटी लगाएर टिन ठटाएर हाहा-स्यूास्यूा गरेर धपाउन बाध्य हुनपर्छ । अझ नजिक बाासझ्याङ्ग भएका स्थानमा त मकैको खेदो पाइलो गर्छ सुगाले । मकैको घोगैपिच्छे सुगा सलबलाउाछन् र ठुङ्छन् ।

राकसे बूढाको गाईले सााझ दूध दिएन, दुहुन बसेको नरमानलाई लात्तीले हानेर बलड्यान खेलाइदियो । नरमान तीन हात पर उछिट्टयिो । गोबरमा लटपटिन पुग्यो । नरमानले गाईको फााचो धुन मात्र के लागेको थियो, ढुङ्ग्राको पानी पोखिनुको साथै ढुङ्ग्रो विपरीत दिशामा घोप्टिन पुग्यो गाईको खुट्टाले । गोबरमा लटपटिएको शरीर लिएर नरमान जेठीमैयाालाई गाईले दूध नदिएको खबर सुनाउन पुग्यो । कोठीको चामल झिकेर नाङ्लोमा राखेर निफन्दै थिइन् जेठीमैयाा । के कुतल पर्‍यो । घाास पनि पुगेन कि भनेर चर्चा भएन, त्यतातिर कसैको ध्यान गएन ।

नाङ्लामा केलाउादै गरेको चामल भान्साकोठामा राखेर जेठीमैया सारी सुर्कदै आागनमा आइन् । ठूलो स्वरले “कुन रााडीले गाईलाई टुनामुना गरिदियो भनेर कराउन लागिन् । कुन रााडीका आाखा र छौडा लागे भन्दै आागनमा चक्कर काटिन् । बूढीका आाखा राता भए । चाडबाडका दिन अनेकथरिका रााडहरूलाई यहीा गाड्न मुन्ट्याउाछन् । ए नरमान जा धामी बोलाउन, पुछारघरे साहिला घरमा आइपुग्या होला, बोक्सी रााडीहरूको करामत हो । ब्याएको तीन महिना भएको छ ।” जेठीमैयााको आाखा गाईको थलामा घुम्न सकेन । गाईको थलामा घाास छ, छैन । चरणबाट आउादा गाईले पेट उकासो, उकासेन । दिउासो खोले पनि पायो पाएन आदिबारे जेठीमैयााको सोच पुगेन ।

दूध किन दिएन भन्नेतिर मात्र मन कुतकुत्तियो, आक्रोशित मात्र भइन् बूढी । बेला न कुबेला रााडीहरू घर-आागन-गुवाली चाहार्न आउाछन् । दशथरिका प्रश्न सोध्न तम्सिन्छन् । तरकारी, नून भुटुन चाहिन्छ बजिनीहरूलाई, रााडीहरूको केही खाएको न पाएको बोक्सी रााडी छिर्किनी गर्न आएकी थिई, उसैको नजर लागे क्यार । शोभ सालधुप र झुम्रो सल्काएर गाईको तारैतिर घुमाई दे, त्यही केही क्षणपछि नजर भगाएर दिन्छिन् कि जेठीमैयााको आक्रोश थामियो यति भन्दै ।

बुहारी शोभा सालधुप खोजेर, घुमाउनतिर लागी । सासूका वचन कानमा थापिरही, केही जवाफ गर्न सकिन । सासूका मुखबाट व्यक्त भएका असभ्य शब्दहरूसाग ऊ सहमत भने थिइन । शोभालाई बोक्सी विद्या भन्ने कुरीतिगत सोचाइमा त्यति विश्वास थिएन । विरोध गर्ने आाट पनि भएन ।

अलिकति घाास थपिदिन्छु, पेट उकासेपछि केही क्षणमा दिन्छ कि बाच्छो बााधेको छु । नरमानले नरम जेठीमैयाालाई जवाफ गर्‍यो । मकैको थाङ्ग्राको बलामा ल्याएर रित्तो ढुङ्ग्रो झुण्ड्यायो ।

केही क्षणपछि बूढीको बक्बक् पुनः प्रारम्भ भयो । जथाभावी कुरा छाद्न थालिन् । दिउासो त्यही लखवेश्या पापिनी सङ्गारे आइमाई उमेरमै पोइलाई अघि लगाएर, दुईवटी छोरी चेपेर जीवन घिसार्दै छनि, नक्कली विधवा भएर पनि कोरीबाटी गरेर हिाड्छे । चाउरी परेको गालाको मुजा थाहा छैन । छोरी पधलेर पोइ खोजेर हिाड्न आाट्याछन् । आमालाई बैासले छाडेको छैन । केही क्षणअघि मुन्टेकी थिई यहा । बजिनी निकै समयसम्म थच्चिई । बारह सत्ताइस कुरा बखानी । त्यसको देवर विदेश गएर पैसा कुम्ल्याएर पठाएको समाचारसमेत फलाक्थी । त्यस बजिनीको देवरले पठाएको सम्पत्तिसाग हाम्रो के नातो र स्वार्थ । चोथालेको देवर थियो, पोइ बनाएको हो कि, पैसा पठाइदिएकाले सुखका दिन आए भन्थी ।

नरमान बूढीका कुरा कान थाप्दै गुवालीको बलेसीमा घुर बाल्दै थियो । मच्छडले गाई-गोरु ज्यादै छट्पटाएका थिए । वषर्ा यस्तै हो । गोवरग्यास र बिजुलीको कारण र पानी नजिकै जमेपछि भुसुना र मच्छड लाग्नु स्वाभाविकै हुन्छ नि, गर्मी पनि त अति छ ।

पर दोबाटोको छेउमा सञ्जयले आमाको चर्को स्वर सुनेको थियो । केही नबोली सरासर आागनमा आएर उभियो । आमालाई भान्साकोठामा बसेर जथाभावी फलाक्दै गरेको देख्यो, सुन्यो । आमा यसरी किन उम्लिरहेकी थिइन् । ज्वालामुखी पड्केजस्तै । आखिर यो फलाको र ईष्र्या, डाह कोमाथि खन्याएको हो बुझ्न चाहृयो ।

आमाको आवेग र आक्रोश कम गर्न, शालिन तरिकाले नरम स्वरमा सञ्जयले सोध्यो ? के भयो आमा, किन यसरी ठूलो स्वरले जथाभावी गाली गर्दै हुनुहुन्छ । घरमा त नरमान र बुहारी मात्र छन् । बुइनी पनि देखिएकी छैन । साना नानीहरूलाई तपाईंका यी शब्द वाणसाग कुनै साइनो र सम्बन्ध हुादैन । भयो के ?

“बाबु खेतबाट दिनभरिको कामले लखतरान भएर खेतालाका साथ आउादै हुनुहुन्छ ।”

दिनभरि बजारमा घुमेर आएको छस् ता, पाहुनाजस्तो भएर टुपलुकिएझैा । घरमा कस्तो घटना घट्छ, कस्ता मान्छेले के टुनामुना गरेर जान्छन् । घरमा परेको बिघ्नबाधामा न उमेर पुगेकी छोरीलाई चासो छ, न बुहारीलाई, न जागिर खाएको छोरालाई । हण्डर खेप्नुपर्ने त हामी दुई जोई-पोइले मात्र त हो नि । उमेरले बूढो भनेर पार पाइएको छैन । हण्डर र मुक्तमान कति भोग्नु, जीवनभरि दुःख गर्न लेखिया रहेछ । दिनभरि घरमा बसेर अनेकौा लण्ठा भोग्नु न हो ।

“कमसेकम तपाईंले बुझेको, तपाईंलाई मर्का परेको झ्याउला पन्साउन परेको दिकदारी चोट हाम्रा सामु राम्रो तरिकाले बुझाएर भने पो न्याय, अन्याय र मर्का कस्तो पथ्र्यो बुझ्न पाए पो बोल्नु त”, सञ्जयले आमालाई कडा शब्द भावभङ्गी मिलाएर आागनको कुर्सीमा बस्तै व्यक्त गर्‍यो ।

पार्वती र शोभा पनि आागनमा आएर त्यही समयमा ठिङ्ग उभिए । उनीहरूको अनुहार गम्भीर चिन्तायुक्त देखिन्थ्यो । एक प्रकार स्थिति बेग्लै हुन गयो । वास्तविक कुरा खोतल्नु सञ्जयको कर्तव्य नै थियो । सबै जना आागन र दलानमा भेला भए । जेठीमैयाले उठाएको रडाको बारे पार्वती र शोभा अनभिज्ञ नै थिए । मेलोमेसो नै थिएन । झोल घोप्ट्याएजस्तो अनुहार पारेर नरमानले भन्यो गाईले दूध दिएन ।

गाई सबेरै बााधेको, खोलेपानी पनि दिन भ्याएको थिएन । खेतको चटारोले सबको ध्यान खेततिर केन्दि्रत भएको छ । शोभाले घोसेमुन्टो लगाएर डराई डराई भनी । सञ्जयले बोल्न नपाउादै बूढी सबका सामु कुर्लिन् । मसली आएकी थिई, थोरै बात चुटेर गई । रााडीका मुखका दाात झरेका छन् । अनुहार हेर्दै बोक्सीजस्ती लाग्छे । पोतो बसेको अनुहार छ । लेघ्रो तानेर चिप्लाई घसेर बोलेर गाड्छन् । काकीको त गाई दूध दिादै छ, थाकेको छैन । मेरो भैासी त थाक्यो, साटोपाटोको चााजोपााजो मिलाउन भनेको भनेर लेघ्रो तान्थी । निकै समय थचारिई । काम न काजकी बजिनीलाई पिाधमा फोका उठुञ्जेल बसे पनि के बित्ने लवस्तरीको । के तन्तर मन्तर गरेर गई, गाईले टाङमुनि बस्न दिएन । नरमानलाई नै पल्टाई दियो । तिमीहरूलाई भाग बस्न पाए भई हाल्ने, पुर्‍याउनु टार्नुसाग कुनै सरोकार छैन । छोराबुहारी र छोरीको सामु भुत्भुताएपछि बूढीको रिस आधा घट्यो । एकपल्ट आाखा फर्काएर पूर्वी आकाश हेरेर मौन भइन् । शोभा केही नबोली भान्सामा प्रवेश गरिन् । पेटभरि घाास खान दिउा दूध, देला नि । गाईवस्तु यदाकदा यस्तो भइहाल्छ नि । आमाको बानी पनि ठीक छैन क्या । बढी अर्कालाई आरोप र दोष लगाउनुहुन्छ पार्वतीले आˆनो मनको कुरा गरी ।

आमाले टिप्पा खाइन् । तालाई लवस्तरी, नक्कली । लाद्रो भर्न पाए भइहाल्छ । पोइको घर खान सकिनस् । बाबु र दाजुको कमाईमा भाउजूलाई कजाएर खान पल्केकी छस् र गोडा पसारेर हसुर्छेस् । टार्न पुर्‍याउने मान्छे दोषी हुन्छ । टार्नु पुर्‍याउनु नपर्नेलाई सधैा हाइसञ्चो ।

निकै गम खाएर सञ्जयले आमाको रिसलाई कम गर्ने प्रयत्न गर्‍यो । आमालाई सम्झाउने किसिमले भन्यो तपाईंले जीवनको लामो यात्रा पार लाउनुभएको छ । सत्तरीको नजिक पुग्नु भो । केश फुलेर हिमालजस्तै सेता भएका छन् । तपाईंको रिस कम भएको छैन । दायााबायाा बुझ्न हुन्न । कसैसाग रिस उठ्नेबित्तिकै बोक्सीको आरोपमा मान्छेलाई मुछ्नु हुन्न । अपराध हुन्छ । सक्नेले मुद्दा लगाइदिन सक्छन् । दाात झर्नेबित्तिकै बोक्सी हुादैन । विधवा अथवा एकल महिला हुनु अपराध होइन, बाध्यता हो । तपाईंका छोरा छन् । उनका छोरी मात्र छन् । तपाईंसाग सम्पत्ति छ, उनी गरिब छिन् । आफूले सम्मान पाउन अर्काको पनि सम्मान गर्न जान्नुपर्छ ।

सञ्जयले यति लामो कुरा गर्दा जेठीमैयाा कान थापेर सुनिरहिन् । एक शब्द पनि फर्काउन सकिनन् । आफूले गल्ती गरेको महसुस गरेर जवाफ नफर्काएको हुनसक्छ । बूढीको अनुहार मलिन भएको र पश्चाताप महसुस गरेको जस्तो लाग्दथ्यो ।

केही क्षणको मौनतापछि सञ्जयले आˆना कुरा फेरि भन्न थाल्यो बिचरी मसली भाउजूले भैासीको दूध बेचेर छोरी पढाएकी छन् । देवरले विदेशबाट पैसा पठाइदिन थाल्या छ । सुखका दिन आए भनेर खुसी छन् । नागरिकता बनाइदिन अधिकार पाए महिलाले छोराछोरीको नागरिकता बनाउन अब देवर-जेठाजुको शरण पर्न परेन गाईले दूध नदिनुको कारण त पेटभरि खोले-घाास खान नपाएर पो त हो त । बुढेसकालमा सम्मान खोज्नेकी अपमान । तपाईंले व्यक्त गरेका शब्दहरू र शब्दवाण मसली भाउजूले थाहा पाइन् भने के हुन्छ ? जीवनको नियति यस्तै कठोर हुन्छ कि नरम ?

सञ्जयले सम्झाएपछि जेठीमैयाको रिस केही कम त भयो तर भुत्भुताउन भने केहीबेरसम्म थामिएकी थिइनन् । के युग आयोआयो हगेका लिाडको शासन सहनुपर्ने, लाद्रो भर्न पाएपछि जे बोल्दा पनि हुने, अरूले पचाई दिनुपर्ने त्यसो त अब संसारमा भगवान् पनि छैनन्, धामी, झााक्री, ज्योतिषी सब नष्ट भए, बोक्सी नभए धामी किन चाहियो । गोठको धूप किन गर्ने, कुलाइन पूजा किन गर्ने ? आदि बकवासपछि बूढी भित्र प्रवेश गरिन् ।

पार्वती र शोभा केही बोलेनन् । नरमान गाईलाई खोले दिन थाल्यो । सञ्जयले घरमा भएका सबैले सुन्ने गरी पुनः आˆनो भनाइ राख्ने प्रयत्न गर्‍यो ।

विगतको युग नै त्यस्तै थियो, मान्छेले आˆनो शक्ति चिन्न-बुझ्न सकेका थिएनन्, अाध्यारो युगमा निरीह भएर बााचेका थिए, एक्लो जीवन बिताएका थिए । भौतिक प्रगति भएको थिएन । अाध्यारो युगले दिएको गलत संस्कृति र अन्धविश्वास हो । बोक्सीका कुरा अब गर्दै हिाड्नु अपराध हुन्छ । अब हामी नयाा युगमा प्रवेश गरेका छौा । भोलि उमेर, सम्पत्ति र छोराको धाक नदेखाई मसली भाउजूसाग यी आज व्यक्त गरेका बकवास र आरोप अब आइन्दा कसैलाई लगाउने छैन भनेर माफी माग्नुपर्छ भन्दै सञ्जयले आमालाई सम्झायो ।

सञ्जयका घरमा भएका कुरा थाहा पाएर हो या नपाई हो, मसली भाउजू बिहान सबेरै त्यस घरमा आइन् । राकसे बूढाका घरपरिवार सब चुपचाप भए । मसलीले जेठीमैयाालाई नमस्कार गर्दै आागनको कुर्सी तानेर बसिन् । केही क्षण सब मौन रहे । मसलीसाग बोल्ने आाट गरेनन् । केही क्षणको मौनतापछि मसली आफैाले भनिन्- “काकी तपाईंलाई देख्दा आमा देखेजस्तै लाग्दथ्यो र आदर गर्दथेा । कसैको नम्रता, श्रद्धा र आदर्शलाई कमजोरी ठानेर दशथरिका आरोप लगाउन कति निन्दनीय छ” भन्दै बसेको ठाउाबाट उठेर बाटो लागिन् । कसैले पनि उनलाई बस भन्न सकेनन् र विषय र प्रयोजन पनि कोट्याउन चाहेनन् ।