नेपाली कविता – आमा

हरेक साँझ सँगै जब अन्धकार छाउँछ धर्तिमा
मानौ म नाबालक शिशु
आमाको काख खोजिरहेको छु
तर मसंग जे छैन त्यसैको आशामा कुरिरहेको छु,
जब हुरी बतास आउँछ मेरो जीवनमा
मानौ म बाटो हराएको बटुवा
आमाको हात खोजिरहेको छु।
जति–जति बढिरहेको छ उमेर
उति–उति बढदैछ आमाको याद्
सपनाहरुको बिसंगत समिकरण बन्यो यो जीन्दगी।
सबैभन्दा पहिले मैले देखें सपना आफनै लागि
देखें सपना त्यस पछि प्रियसी र नानीहरुका लागि
मैले सपना देखें,
आफनै क्यारियर र फयुचरका लागि दौडेर लामो दौड जब थाक्छु म
र पहिरो जस्तो आफनै जीन्दगीलाई हेर्छु
अनि हरहरति रुन्छ मेरो मन
मैले मेरी आमाको मुहार हंसाउने सपना
देख्न सकेनछु समयमा
जुन सपना हुनुपर्थ्यो
मेरा सपनाहरुको अग्रप्रक्तिमा छुटाएछु मैले त्यहि सपना
बांकि सबै सपनाहरुले बनाएका छन चक्रब्युह
जसभित्र कैदी छु
किनभने मैले देखिन
आमाको मुहार हंसाउने सपना
जव पानी पर्छ र रुझछु साउने झरीमा
वा, जब पोल्छ मलाई मरुभूमीमा घामले
म आमाको पछ्यौरी सम्झन्छु
जब लाग्छ मलाई भोक, निन्द्रा
वा हुन्छु थकाईले लखतरान
म आमाको काख सम्झन्छु
जव जमराको आशिष र सयपत्रीको सुगन्ध लिएर
बहन्छ यो पापी ठाउमा पनि
म आमाको महार सम्झन्छन पुग्छु
अहिले आमाबाट टाढा भएर
जब सोच्छु जीन्दगीको बायोलोजी
स्वर्ग भन्नुपनि आमाको काख रहेछ
यो अनुभुति नै जीवनमा लाख रहेछ
सम्हाल्दा सम्हाल्दै
महासागरमा दिशा हराईरहेको जहाजजस्तो यो जीन्दगी
पहिला पहिला विलखवन्दमा परिरहेछ
जति–जति ढल्दै गइरहेछ उमेर
उति–उति म आमालाई सम्भि्करहेछु
जतिजति विरुवा हुर्के जस्तो भइरहेको छ यो जीन्दगी
उति उति म आपना आंखाभरी देखिरहेको छु।
डाँडामा अस्ताउदै गरेको घाम र डाँडा सम्मै देखिने गोरेटो हेर्दा
आंगनको डिलमा उभिरहेको अटल
आंखामा भातृत्वको महासागर लिएर
पल– प्रतिपल
टलपल टलपल