kavita – ananda yagya

संसारको आनन्द–उत्सवमा भाग लिनाको लागि मलाई निमन्त्रणा
आएको छ । यसले गर्दा मेरो मानव जीवन कृतज्ञ भएको छ ।
मेरो नयनले अब रुप–सुधा पान गर्दछन्, अनि मेरो कानले दिव्य स्वर
सुन्दछन् ।

यो समारोहमा मलाई बाँसुरी बजाउने काम तिमीले दिएको हो,
अब मेरो जीवनमा सबै हाँसो–रुदन गीतको स्वरमा झन्किरहेछन् ।

अब, अन्तिम त्यो वेला आइपुग्योः
तिम्रो उत्सवमा गएर तिम्रो जयध्वनि सुनूँ अनि तिम्रो चरणमा
मौन वन्दना चढाउँ !
संसारको आनन्द–उत्सवमा भाग लिनाको लागि मलाई तिम्रो
निमन्त्रणा आएको छ ।

Kavita – biraha alok

प्रकाश : प्रकाश कहाँ छ र ?
विरहको आलोकले प्रदीप प्रदीप्त गर !
जलिसकेको प्रदीप राख, विरहको नयाँ आलोकले त्यसलाई बाल !

‘यस्तो नै भाग्मा लेखिएको छ,’ यसो भन्नु भन्दा मर्नु असल हो :
विरहको अग्निले आङ्खनो प्रदीप बाल !
वेदनारुपी दूती गाइरहेकी छ,
‘ऐ प्राण !’ तिम्रो निम्ति भगवान् जागरुक भएका छन् :
त्यो रातको अँध्यारोमा साथी–सङ्गीका निम्ति तिमीलाई पुकार
गरिरहेछन्,
तिमीलाई दुःखी देखीकन उनीहरु तिम्रो प्रेम गौरवान्वित ठान्दछन् :
तिम्रो तिम्ति भगवान् जागरुक भएका छन् !

अम्बर प्रांगण मेघले परिपूर्ण छन्,
वर्षाको पानी झर–झर–झर झरिरहेछन् :
जलिसकेको प्रदीपलाई विरहको आलोकले बाल :
यो तिमिराछन्न रात्रिमा म एक्लै कसैको प्रतीक्षामा जागृत छु ?
वर्षाको पानी झर–झर–झर झरिरहेछन् :
बिजसलीको ज्योति क्षणभर मात्रको लागि न हो, नाउ निस्पट्ट
अन्धकारले घेरेको छ :
कसले जान्दछ र कि कति टढादेखि रात्रिको गम्भीर सङ्गीतको
स्वर आइरहेछ ?
त्यो सङ्गतिले मेरो सम्पूर्ण आत्मालाई उपट्टि खिचिरहेछ !
प्रकाश कहाँ छ ? प्रकाश कहाँ छ र ?
अब विरहको अग्निले नै प्रदीप बाल, जगाऊ, प्रेमी ! जगाऊ ।

मेघ गर्जिरहेछन्, वायस मन्द मन्द बहिरहेछ :
वेला भइसकयो, अब कहीँ जानु असम्भव होला :
निस्पट्ट निशा आबनूसको कालो ढुंगा झैँ कालो छ,
यस्तो रातमा प्राणलाई प्रेमको प्रदीपले प्रकाशित गर !
आङ्खनो प्रदीपलाई विरहको अग्निले नै प्रदीप्त गर !

kavita – katu swar

मेरा जीवन–वीणाका तारले अझ आघात सहनसक्छन् !
बजाऊ, त्यसलाई अझ जोरसँग झँकृत पार !
जो स्वर तिमीले मेरो जीवनमा बजाउन शुरु गर्यौ,
त्यसको आखिरी तान्न अझ रहेको छ !
यसकारण………………………………………………!

केवल करुण कोमल रागहरुमा मेरो अनुराग छैन !
मृदुल स्वरको तमाशामा मेरो जीवन व्यर्थमा बिग्रिरहेछ !

आङ्खनो अग्निलाई अब प्रचण्ड शिखामा प्रज्वलित पार !
आङ्खनो समीरलाई प्रतेज आँधीमा बग्न देऊ !
सारा आकाशम विक्षुब्ध हुनदेऊ !

मेरा जीवन–वीणाका तारले आखिरी राग कठोरभन्दा कठोर
स्वरमा बज्नदेऊ !
यमि तारहरुले अझै आघात सहनसक्छन् !

kavita – sandhai naya

तिमी संधै नयाँ नयाँ रुप लिएर मेरो प्राणमा आऊ, प्रियतम !
गन्धमा आऊ, वर्णमा आऊ, शरीरमा रोमांचित सपर्श बनेर आऊ,
मनमा आखण्ड आनन्दको सुधा बनेर आऊ,
मेरा मुग्ध मन्द नयनहरुमा आऊ, प्रियतम !
मेरो प्राणमा दिनहुँ नयाँ नयाँ रुपमा आऊ !
हे निर्मल, हे उज्ज्वल, हे मनोहर, आऊ !
हे सुन्दर, हे स्निग्ध, हे प्रशान्त, आऊ !
मेरो सुख–दुःखमा आऊ,
संधै नैमित्तिक काममा आऊ,
सबै कामको
उच्च लक्ष्य बनेर आऊ !

kavita – fulko arji

चाँडै गर इश्वर ! यसलाई टिप, ढीलो नगर
यति गर्दा कतै म धूलोमा नलडुँ, यही भय छ !

यो फूलले तिम्रो मालामा स्थान पाओस् अथवा नपाओस्,
कसले जान्दछ ? तैपनि, आङ्खनै आघात–स्पर्शले नै यसलाई
भाग्यवान बनाओस् !

टिप–टिप अब ढिलो नगर !
दिन बितिसक्छ, अँध्यारो जम्दछ,
तिम्रो पूजाको समय नबितोस्, यही भय छ !

जो धेर–थोर रंग यो फूलमा छ, अनि जुन थोरै सुवास–अमृतले यसको
ह्दय परिपूर्ण छ, जबसम्म तिम्रो सेवाको मुहुर्त शेष हुँदैन त्यतिञ्जेल
यसलाई उपभोग गर !

टिप, टिप, अब ढिलो नगर !

kavita – bishwa sabha

म यहाँ केवल तिम्रो संगीत गाउन मात्र आएको हुँ,
आङ्खना विश्व–सभामा मलाई गाउन मात्र अनुमति देऊ !
ईश्वर ! तिम्रो विश्वका अन्य कुनै कामको योग्य म छैन ,
मेरा निरुपयोगी प्राण केवल तिम्रो संगीतको ध्वनिमा व्यक्त हुन्छन् ।

मध्यरात्रिको सुनसान समय छ,
देवालयमा तिम्रो आरती भइरहेछ,
यस्तो वेलामा स्वमी ! मलाई गाउन आदेश देऊ !

प्रभातको वेलामा उषाका सुनौला वीणाको तार बज्छ,
त्यस वेला तिम्रो दरबारमा संगीत गाउन सकूँ, यति मात्र भिक्षा
तिमीसँग चाहन्छु ।
ईश्वर ! आङ्खना विश्व–सभामा मलाई संगीत गाउन सम्मान गर ।

kavita – praanma bhaya

आज जुनेली रातमा फेरि मेरो मन चंचल भइरहेछ :
सोच्दछु तिम्रो छेउमा मैले बस्ने ठाउँ पाउँला के ?
के तिम्रो सुन्दर चेहरा देख्न सकुँला अनि के मेरो जिज्ञासु नेत्रले
तिम्रो नेत्रलाई निर्निमेष देख्न सकुँला ?
सोच्दछु, मेरो गीतपूर्ण आँसु, के चिर–समयसम्म तिम्रो चरण स्पर्श
गर्ने अनुमति पाउन सक्ला ?
यस भयले मि कहिलेकाहीँ तिमीले दिएको दान फिर्ता नमागोस्
भनीकन, म जमीनमा खाडल खनेर आङ्खनो चेहरा लुकाउनेछु ।
तिमीले मेरो हातमा हात राखेका छौ, मलाई भय लाग्छ,
यहि तिमीले मलाई छेउमा बोलाएर उभिनू भन्यौ भने मेरो प्राणमा
भयङ्कर दारिद्रयले ढाक्नेछ ।