नेपाली कथा – कर्णेल सापको कुकुर बौलाएछ

एक दिन कर्णेल जङ्गध्वज राणाको जर्मन शेफर्ड जातको लाइका कुकुर एक्कासी बौलाएछ । नत्र कहिल्यै उत्तेजित नहुने भद्र स्वभावको कुकुर आफ्नै मालिक्नी डल्फिन बेबीलाई बलात्कार गर्न किन जाइलाग्थ्यो र यो सबैका लागि अनौठो लाग्दै कुरा भएन र तर जति आश्चर्य लागे पनि कुरो चाहीं पक्कै हो । यस कुराका साक्षी डल्फिन बेबीका बाबु-आमा खुदै छन् । अझ उसकै भाइ टाइसन राणा र घरका अरु धाई सुसारे नोकर चाकर पनि छन् । एक साँझ ड्यूटीबाट फर्केर घरभित्र पस्तापस्तै आफ्नी किशोरी छोरी डल्फिन बेबीलाई आफ्नै घरको डाँगोले बलात्कार गर्न खोजेको देखेर कर्णेल राणाको आश्चर्य साथै रिसको सीमा रहेन । उनको खान्दानी राणा क्रोध चरम विन्दुमा पुग्यो । के यो डाँगो-लाइका बौलाएछ कर्णेलको हात आफ्नो कम्मरमा छालाको दापमा झुण्डिएको रिभल्बरमा पर्‍यो । उनले यता उति केही नसोची त्यो रिभल्बर झिकेर गोली ठोकिदिए – “ठाइँ ….. ठाइँ ….. ठाइँ ” घरभरि खैला बैला मच्चियो – “लाइका बौलाएछ । कर्सापले त्यसलाई गोली मारिबक्स्यो ।” आफ्नी छोरीलाई बलात्कार गर्न खोज्ने त्यो कुकुरलाई गोली ठोक्नु एउटा खान्दानी फौजीका लागि अस्वाभाविक पनि त थिएन । मालिक मालिक्नी खास गरी डल्फिन बेबीकै अत्यन्त प्यारो लाइका कुकुर ऐया पनि भन्न नपाइ ठहरै भयो !

लाइका – यो जर्मन शेर्फड जातिको सुन्दर कुकुर कर्णेललाई त्यति बेलाको जर्मन राजदूतले दिएको थियो । अझ कर्णेललाई पनि होइन बेबी डल्फिन राणालाई उपहारमा दिएको । त्यतिखेर नेपालमा जर्मन राजदूतावास थिएन भारतकै लागि नियुक्त जर्मन राजदूत दिल्लीमै बसेर नेपालको मामिला पनि हेर्थ्यो । कहिले काहीं त्यस्तै राजकीय समारोह पर्दा मात्र नेपाल आउँथ्यो । एक पल्ट त्यस्तै एउटा समारोहमा ऊ नेपाल निम्त्याइएको थियो र परिवार सहित ऊ आएको थियो । अनि नेपाल बसुञ्जेल उसका लागि आवास प्रवन्ध मिलाउनेमा कर्णेल जङ्गध्वज राणा खटिएका थिए । उनको प्रबन्धबाट राजदूत हाइनरिख डेम्लर र श्रीमती मार्गारेट हेम्लर बडो प्रभावित भएका थिए । उनीहरूको नेपाल बसुञ्जेलको अन्तरालमा निकै राम्रो सम्बन्ध बनेको थियो । श्रीमती हेम्लर उनीहरूलाई बराबर चियापानमा बोलाउने गर्दथिन् । आमाबाबुको साथमा नौ दश वर्षी छोरी बेबी डल्फिन राणा पनि जाने गर्थी । बडा बडा निर्दोष आँखा, गोरो रोगनमा कालो घना कपाल, हिस्सी परेको निश्चल अनुहार ! उसलाई देख्ता डल्फिन माछाको हर्दम हाँसिरहेझैं निश्चल अनुहारको संझना आउँथ्यो । त्यसैले उसको नाउँ नै डल्फिन राखेका थिए ।

एक दिन यस्तै दोस्रो प्रहरको चियापानको निम्तोमा आमाबाबुका साथमा बेबी डल्फिन राणा पनि गएकी थिई । सकिंदो शरद र शुरु हेमन्त ऋतुको प्यारो मौसम ! उनीहरू अतिथिशालाको सुन्दर बगैंचा रत्न बाग (डाइमन गार्डेन_ को हरियो चौरमा बसेका थिए । हेमन्त ऋतुको शुरु दोस्रो प्रहरको न्यानो घामको सुम्सुम्याइको साथमा रमाइला र मीठा मीठा गफ गर्दै चियाको सुर्को सुर्क्याउदै सवैजना आनन्दको अनुभूति संगालिरहेका थिए । “हाम्रो अब दिल्ली फर्कने दिन आयो के गर्नु, नेपालको यस्तो स्वर्गीय आनन्द, तपाईंहरूको यति आत्मीय साथ छोडेर दिल्लीको त्यो उसिन्ने गर्मी खप्न जाने इच्छा त छैन तर के गर्नु – नोकर भए पछि आफ्नो ड्यूटी त गर्नै पर्‍यो ! ” राजदूत हेम्लरले उदास भएर भन्यो । अझ श्रीमती हेम्लरको उदास अनुहारले लोग्नेलाई भन्दा पनि यहाँको यो आनन्द छोडेर जानु उसलाई पटक्कै मन नभएको कुरा बताइरहेको थियो । तर ऊ पनि लाचार थिई । उसले गुनासोको स्वरमा लोग्नेसँग भनी – “तपाईं एउटा जर्मन दूतावास यहीं बनाउनु पर्छ भनेर सरकारसँग किन सिफारिस गर्नुहुन्न ” । “मैले सिफारिस गर्दैमा हुँदोहो त म सरकारसँग मात्रै किन इश्वरसँग ‘मलाई यही देशमा जन्माइदेऊ’ भन्ने थिएँ ।” – राजदूतले केही ठट्यौलो र केही आकांक्षाको स्वरमा भन्यो । त्यसै बेला उनीहरूकी किशोरी छोरी आएन हेम्लर त्यहाँ आई उसले वगलमा एउटा सानो छाउरो बोकेकी थिई । त्यो सानो छाउरो डल्फिन बेबीलाई देख्ने बित्तिकै सुन्दरी एनीको अँगालोबाट फुत्किएर दगुर्दै डल्फिनको काखमा लुटपुटिन आइ पुग्यो । ऊ डल्फिनको काखमा उफ्र‌दै उसको आँखा, नाक, मुख, गर्दन सबैतिर चुम्मा लिन थाल्यो । डल्फिन पनि उसलाई दुबै हातले च्यापेर आफ्नो छातीमा टास्तै उसको गालामा गाला जोर्दै, सबैतिर चुम्न थाली । त्यो दृश्य कस्तो लाग्थ्यो भने यी दुइ मानव पुत्री र श्वान पुत्रको मिलन अहिलेको मात्र होइन, यो त उनीहरूको जन्म जन्मान्तरको आत्मीय सम्बन्ध हो !

यो अत्यन्त संवेदनशील मिलन दृश्य देखेर राजदूत दम्पति पनि मुग्ध भएका थिए । उनीहरू बहुतै संवेद्य भएका थिए । “बुबा ! यो पप्पी कति राम्रो छ हगि , कति माया लाग्दो । कति डार्लिङ्ग ! ……… बुबा हामीलाई पनि एउटा यस्तै पपी ल्याइदिस्योस् न । है बुबा – है, है !” – बेबी डल्फिन छाउरोलाई त्यसै त्यसै आफूमै लीन गराउँला झैं छातीमा टाँसेर बाबूसँग आग्रह गर्न थालेकी थिई, लाडिन थालेकी थिई । त्यो अत्यन्त भावुक क्रीडा गहिरिएर हेरिरहेको राजदूतले एक्कासी सोध्यो – “नानीलाई पप्पी मन पर्छ Û हो < यो तिमीलाई भयो Û तिमी यसलाई धेरै धेरै माया गर्नु ल । ” “होइन होइन महामहीम (योर एक्सेलेन्सी) त्यसो नगरौं ! यो त यसको बच्कानापन हो, बच्चाको क्षणिक सोख रहर …. नयाँ कुरा देख्यो कि त चाहिहाल्ने । अनि त्यो पाएपछि एक दुइ घण्टा बढीमा एकाध दिनमै बिर्सने; त्यत्तिकै फालिदिने । …महामहीमले यस्तो गर्नु पर्दैन ।” कर्णेलले बडो सङ्कोच मानेर भने । तर राजदूतले बडो आग्रहसँग भन्यो – “न, न, मलाई कुनै बोझ छैन कर्णेल , सङ्कोच नमान्नोस् । यो हाम्रो तर्फबाट छोरीलाई मायाको सानो चिनो ।” “एस् कर्णेल, यो बेबीलाई हाम्रो सानो गिफ्ट (उपहार)” श्रीमती मार्गरेट हेम्लरलेपनि अत्यन्त खुशीको स्वरमा लोग्नेको समर्थन गरिन् । यसरी कर्णेल जङ्गध्वज हमालको घरमा जर्मन शेर्फड जातिको त्यो छाउरो – लाइकाको प्रवेश भयो । त्यसको जर्मन नाउँ त के थियो कुन्नि, तर डल्फिन बेबीले चन्द्र लोकको पहिलो यात्रु कुकुर लाइकाको नाउँ दिएर त्यसको इज्जत गरेकी थिई ।

लाइका कर्णेलको घरमा बेबी डल्फिन राणाकै साथमा अत्यन्त पुल्पुलिएर हुर्कदै बढ्दै अब चार वर्षे कुर्कुरे बैंसको गल्लीमा लर्खराउन थालेको थियो । अनि बेबी डल्फिन पनि बाल्यवयको अन्तिम मोडबाट उतापट्टिको किशोर वय प्रवेशको नौलो फूलबारीमा प्रवेश गर्न तर्खराउन थालेकी थिई । यसरी शिशिरको सँघारबाट वसन्तको पहिलो फूलमा हाँस्न खोजेको कोपिला जस्ती मानव किशोरी र उरण्ठ्यौले बैंसले कुतकुतिएको श्वानपुत्र लाइकाको मितेरी भावना अप्ठेरो गोरेटो हुँदै सँगसँगै हिड्न थालेको थियो । लाइका जवानीको पूर्ण नसामा आँखाभरि के के चाहनाको चमक बोकेर संसारलाई हेर्न थालेको थियो । उसका सम्पूर्ण नसाहरूमा तातो रगत दगुर्न थालेको थियो । त्यसैको गर्मीले उसका सबै अङ्गमा फूर्ति र गति भरिदिएको थियो । तर ऊ घरको चोटा-कोठा, छत बरण्डाको चारकिल्ला नाघेर बाहिर स्वतन्त्र हावामा जान पाउँदैनथ्यो । ऊ सम्भ्रान्त घरको उच्च जातको कुकुर, उसलाई परिवारको सम्भ्रान्त परिवेशबाट बाहिर जान दियो भने उसले गल्लीका खिचाहरूसँग मिसिएर आफ्नो जात फाल्ने जोखिम थियो । त्यतिमात्र होइन बाहिरका ढल रछानमा मिल्किएका सडेका कुहिएका गलेका फोहर विष्टाहरूमा थुतुनु गाडेर पूरै गल्ली खिचाको संस्कार, चरित्र बोक्न सक्थ्यो । त्यसैले उसलाई एक्लै घरबाट बाहिर खुलामा घुम्ने अनुमति थिएन । बाहिर ऊ त्यति बेला मात्र जान पाउँथ्यो, जुन बेला कर्साप बाहिर दौडाहा सौडाहा र लामो ड्यूटीमा हुँदैनथे र घरै हुन्थे । उनी आफू घरै भएको बेलामा भने प्रायः साँझ बिहान ताजा हावा खान (इभनिङ्ग वाक मोर्निङ्ग वाकमा) निस्कन्थे । त्यतिखेर उनी लाइकालाई पनि लिएर जान्थे । कित आफू शिकार गएको बेलामा सँगै लान्थे । तर त्यस बेला पनि ऊ स्वतन्त्र विचरण गर्न भने पाउँदैनथ्यो; साङलाले बाँधिएर घिच्चिएको हुन्थ्यो । त्यसैले बैंसको काउकुतीले कुत्कुतिएर स्वतन्त्र घुम्ने उसको चाहना त्यत्तिकै कुण्ठित हुन्थ्यो । अनि ऊ घर भित्रैको कोठा, चोटा, छत, बरण्डाको सीमित घेरा भित्र उद्विग्न भएर कुइ-कुइं गर्दै छत बरण्डाको एक कुनादेखि अर्को कुनासम्म लरखराइरहन्थ्यो । उसको यो रन्थन्याइ डल्फिन बेबी स्कूलबाट घर फर्केपछि मात्र अलि मत्थर हुन्थ्यो । किन भने ऊ बेबीसँग खेल्न पाउँथ्यो ।

हुन त बेबी बाहिर गएको र कर्णेलको लामो अनुपस्थितिको मौका छोपेर कर्णेल्नी मोनिका राणा पनि उससँग मन बहलाउन र उसको न्यास्रो मेटाउन नखोज्ने होइनन्; उसलाई छातीमा टाँसेर आफ्नो मन भरिको माया पोख्न उनको अन्तरकी बालिकाले जुरमुराउन नखोज्ने त कहाँ हो र < तर कहाँकी ताजा गुनकेशरी बेबी कर्णेल अनि कहाँकी उसकी आमा-ओइलाएको पलाँस जस्ती अधबैंसे पोथी । कुकुर भनेर कहाँ हुन्छ र < ताजा र बासी सुँघ्न सक्ने शक्ति त उसमा पनि त हुन्छ । त्यसैले ऊ मोनिका राणाको बासी अँगालोबाट बलैले फुत्किएर परतिर भाग्दथ्यो । र सकेसम्म ऊ उनको नजिकै पर्दैनथ्यो; तर्केर हिंड्थ्यो । अनि न्यास्रिएझैं एउटा कुनामा गएर टाङ्गमुनि मुन्टो घुसारेर पस्रिइरहन्थ्यो । खान पनि मन गर्दैनथ्यो । अनि बेलुकी डल्फिन बेबी घरफर्के पछि मात्र उसको न्यास्रो मेटिन्थ्यो र उसमा फूर्ति भरिन्थ्यो । अनि ऊ डल्फिनको काखमा चढेर खुशी हुँदै उसलाई झँगेल्न थाल्थ्यो । तर हिजो आज बेबी पनि चाँडो घर आउन्नथी । एस्.एल.सि. परीक्षाले उसको ढोका घच्घच्याउन थालिसकेकोले स्कूलपछि ऊ प्रायः साथीहरू कहाँ सह अध्ययन गर्न जान्थी र राती अबेलै फर्कन्थी । घर आएपछि पनि उसलाई लाइकासँग खेल्ने त्यति फुर्सत हुँदैनथ्यो । उसप्रतिको कर्तव्य ऊ फगत उसका बारेमा खै खबर गरेर मात्र पूरा गर्थी – “लाइका डियर ! मुवाँ ! लाइले खायो के खायो मुवाँ । ” बस् । त्यसपछि ऊ आमाको जवाफलाई सम्म पनि नपर्खिएर आफ्नो पढाइमा लाग्थी । उसको यो व्यवहारले लाइकाको मनमा कस्तो भावना उठ्दो हो त्यो मान्छेले बुझन सक्तैनथ्यो ! अनि उसको उद्विग्नता र अशान्ति बढ्दथ्यो र ऊ रातभर कुइं कुइं कुइंकिदै र भुक्तै रिङरिहन्थ्यो । अनि मान्छेले ठान्थ्यो ऊ आफ्नो श्वान (कुकुर) धर्मको पालना गर्दैछ; मालिकको धनमालको रक्षा गर्न घुमी घुमी भुक्तैछ । शरद-हेमन्तको ऋतु शुरु भएपछि त्यो ठूलो घर (महल) भित्र बन्दी तुल्याइएर एकलो परेको लाइका अब धेरजसो सडकपट्टिको बरण्डाको डण्डीबार (रेलिङ्ग वाल) को टाउकामा अगाडिका दुइ खुट्टाले टेकेर करुण आँखाले एक टकले सडक पारिको बङ्गलाको झयालतिर हेरेर उभिइरहन्थ्यो । ऊ त्यहाँ उभिन पुगेपछि त्यो पल्लो घरको झयालमा पनि त्यस घरकी कुकुर्नी आएर उसैलाई मायालु आँखाले हेरेर उभिन्थी । सडक पारिको यो बङ्गलापनि कर्णेलकै हाराहारीको तर बिग्रिएको खान्दानी बाबुसाहेबको थियो । ‘हिङ्ग नभए पनि हिङ्ग बाँधेको टालो त छ ए’ भन्ने उखानलाई चरितार्थ गर्दै बाबुसाहेवले आफ्नो पुर्ख्यौली शोख पालेकै थिए – एउटी बैंसालु बेलाइती कुकुर्नीका रूपमा । लाइका आफ्नो एकलोपनको न्यास्रो मेटाउन (कि आफ्नो अतृप्त वासनालाई मानसिक तृप्ति दिलाउन ) त्यससँग मूक प्रणययाचना गरिरहन्थ्यो । तर उसको यो तृप्ति धेरै बेर रहन पाउन्नथ्यो । एउटी तरुनी आइमाई आएर उसकी प्रेयसी (शायद) लाई तानेर (कहिले कहीं बोकेर पनि) भित्रतिर लान्थी । अनि त लाइकाको विक्षोभ झन अकासिन्थ्यो र ऊ भाउन्नाएझैं टप (छत) र वरण्डामा रिङ्न थाल्थ्यो ।

रिङ्दा रिङ्दै ऊ फेरि रेलिङ्गको अन्तरबाट टाउको छिराएर तल सडकमा हेर्न थाल्थ्यो । त्यो इलाका आवासीय भएकोले सवारीको आऊ जाऊ त्यति साह्रो हुदैनथ्यो, खालि फाट्फुट् सबारी देखिन्थे सडकमा । बरु त्यहाँको सामान्य दृश्य भनेको गति छाडेरै आपसमा लठारिएर हिंडेका एकआध कुकुरे बैंसका ठिटा-ठिटीका जोडी र हेमन्त ऋतुका गल्ली खिचाका जोडी मात्र हुन्थे । यो दृश्यले लाइकाको उत्तेजनामा घिऊ थप्ने काम गर्थ्यो शायद ! उसको भुकाइ पनि आक्रामक हुन्थ्यो र चेष्टा पनि । अगि पछि आइरहने र राम्ररी चिनिएको मानिसलाई पनि ऊ झम्टन पुग्थ्यो । त्यसैले मानिसहरू त्यो घरमा आउँदा निकै होस गरेर मात्र आउँथे । बेबी सँगै प्रायः त्यहाँ आइरहने उसकी घनिष्ठतम संगिनी रेजिनालाई पनि उसले एक दिन एक्कासी झम्टिन पुगेको थियो । अनि रेजिनाले सोधेकी पनि थिई – “तेरो लाइका कतै बौलाउन त लागेन < तैंले उसलाई रेबिजको सुइ त दिइस् ।” “होइन, त्यस्तो त केही छैन ! हिजो आज अलि उत्ताउलिएको छ यो, बढी नै भुक्छ । तर कसैलाई टोकिहालेको चैं छैन ।” – डल्फिनले भनी । अनि दुवै जना पढाइमा हराए । लाइकाको बारे डल्फिनले पनि बिर्सिइ । त्यस दिन अर्थात् जुन दिन त्यो वीभत्स घटना भयो, लाइका सधैं झै छत (टप) को पश्चिमी रेलिङ्गको वालमा टेकेर सडकपट्टिको साबिक झयालमा हेरेर उभिएको थियो । उताको झयालमा पनि उसकी मायालु बसेकी थिई । दुवै प्राणी मूक भाषामा आँखै आँखामा मनका कुरा गरिरहेका थिए शायद । त्यसै बेला त्यस बङ्गलाकी तरुनी (छोरी बुहारी के हो, कि तरुनी नोकर्नी सुसारे हो) आएर कुकुर्नीलाई घिच्याउँदै भित्रतिर लगी । त्यसले लाइकाको उन्मादलाई चरममा पुर्‍याइदिएको थियो । ऊ रौं ठाडा पारेर आँखामा हिंसाको फिलिङ्ग भरेर गुर्राएको थियो – “ङयार्र्रर्र्रर्र ! र्घर्ुररर !” ठीक त्यसै बेला बेबी डल्फिन बाहिरको सिक्रीद्वार खोलेर उसलाई बोलाउँदै भर्‍याङ चढ्न थाली – “लाइका ! लाइका ! लाइका के गर्दै छ मुवाँ – त्यसलाई खान दिस्यो – … के खायो त्यसले <

उसको स्वर सुनेर लाइकाको उन्माद साँच्चै चरममा पुगेको थियो । ऊ विक्षिप्तझैं भर्‍याङतिर झम्टदै गयो । डल्फिन बेबी भर्‍याङको पहिलो घुम्ती घुमेर दोस्रो खण्डको तीन चार सिढी उक्लिइसकेकी थिई । लाइकाले एक्कासी झम्टादिएर उसलाई समेत लिएर खुर्मुरियो । दुवै एकै पल्ट खुर्मुरिदै घुम्तीको विश्राम (प्लेटर्फम) मा डल्फिन मुनि लाइका माथि पर्ने गरी खसे । डल्फिनलाई लाइकाको हेक्कै रहेन । कुनै अज्ञात जनावरले आफूलाई हमला गरेको ठानेर ऊ नराम्ररी चिच्याई – “आमा ! लौन ! लौन ! मार्‍यो आमा ! ” यस पल्ट उ उसको समाजमा प्रयोग गरिने सभ्यताको जडाउरी शब्द ‘मुवाँ’ को सट्टा अज्ञानमै नेपाली भाषाको ‘आमा’ शब्द स्वाभाविक रूपले बोल्न पुगी । उसको त्यो आतसको चित्कार सुनेर उपल्लो समाज (माथ्लो सोसाइटी) को कीटि पार्टीबाट भर्खरै फर्किएर शयन कक्षमा लुगा कपडा र गहना फेर्न थालेकी मोनिका राणा (आमा) आत्तिदै भर्‍याङको टाउकामा पुगिन् – “लौ न, लौ न ए के भो बेबीलाई – बेबी ! किन यसरी चिच्याएकी के भयो लाइकालाई । त्यसै बेला अफिसको ड्यूटीबाट फर्केका करसाप पनि गराजमा आफ्नो मोटर थन्क्याएर आइ पुगेका थिए । भित्र पस्ता पस्तै उनका आँखा भर्‍याङको पहिलो मोडको विश्रान्ति (प्लेटर्फम) मा लडिरहेकी छोरी र उसमाथि चढिरहेको लाइका डाँगोलाई देखेर उनका आँखामा बलात्कारको दृश्य चित्रित भयो । बिना सोच छोरीलाई त्यस कुकुरले बलात्कार गर्न लागेको ठाने उनले । उनको दिमागले अरु कुरा सोच्नै सकेन । एक्कासी उनको खानदानी फौजी क्रोध उम्लि हाल्यो । उनले बगलको दापमा झुण्डिएको फौजी रिभल्वर झिकेर ठोकीहाले – ठ्याईं ठ्याईं ठ्यार्इं । कुकुर ऐया पनि भन्न नपाई ठण्डा भयो । अनि कुकुरको लासले थिचिएकी, आतङ्कले नीली फुस्री भएकी छोरीलाई उठाएर सुम्सुम्याउँदै कम्पित स्वरमा भने – “के भयो छोरी – तिमीलाई सारो चोट त लागेन < किन यसरी बौलायो यो लाइका < यस्तो त कहिल्यै गर्दैनथ्यो किन बौलायो यो < .. ल अब नडराऊ ! त्यो मरिसक्यो ।” उनको फौजी रिभल्वरको तातो तातो गोली खाएर ऐया पनि भन्न नपाई ढलेको त्यो निरीह प्राणीले मर्ने बेलामा अत्यन्त करुण आँखाले उनलाई हेरेको थियो । ती निरीह आँखामा छल्किएको अनन्त पीडाको सम्झनाले उनलाई एक्कासी भावुक तुल्याइदियो । यस बिचराले बाँचुञ्जेल त उनको राम्रै सेवा गरेको थियो; धन मालको र घर परिवारको हेरचाह त गरेकै थियो शिकार जाँदा पनि उनलाई निकै सहयोग गरेको थियो । आज यसरी आफ्नै हातले उसको जीवनको अन्त्य गराएका थिए उनले ।

जीवन भरको निरंकुश फौजी अनुशासनमा अत्यन्त कठोर बनेको उनको छाती पनि अहिले पग्लिएर आँखामा पानी बनेर छल्कन थाल्यो । त्यसले उनको स्वरलाई पनि भिजाइदियो । उनले भक्कान्निएको स्वरमा आफ्नो अर्दलीलाई बोलाएर आदेश गरे – “लौ यसलाई रानीबाग (किङ्गस् गार्डेन_ को पारिजातको रुखमुनि लगेर हिफाजतसाथ गाडिदिनु । यसले प्रयोग गर्ने गरेका सबै सामान थाल (प्लेट), कचौरा (बाउल्स्) हरू पनि यसैका साथमा गाडिदिनु । …. अँ, अनि सुन्, पुरेतलाई डाकेर यसको सद्गत् पनि गरिदिनु । बिचरा छोरोजस्तै गरी पालेको यसलाई आज आफ्नै हातबाट ……. के गर्नु यसले यसै गरी मर्नु लेखेको रहेछ ।” बोल्दा बोल्दै कर्णेलको घाँटी अँठिए जस्तो भएर उनी बोल्न सकेनन्; आँखा पनि बढी नै छल्छलाएर आयो उनको । उनले प्लेटफर्ममा तेर्सिएको लाइकाको लास र त्यसको आसपासमा फैलिएर सुक्तै गएको कालो रगतलाई हेर्नै सकेन, हतार हतार सिढी चढ्दै आफ्नो कोठातिर लागे ।

Nepali Katha – Ratyauli

गगनेको विवाह हुने भयो नि । एकाबिहानै पँधेरामा भुन्टीले कान्छीको कानैमा गएर खुसुक्क भनी । ए हो र कहिले कहाँ मलाई त पत्तै थिएन त । कान्छीले पनि उत्सुकतापूर्वक सोधनी गरी । यही चौविस गते हो रे कहाँ हो त्यो त मलाई पनि थाहा छैन । तर जे होस् बिहे त गर्ने नै भएछन् । प्रतिउत्तरमा भुन्टीले भनी । यत्तिकैमा रमा पनि गाग्री लिएर पानी भर्न टुप्लुक्क आइपुगी । खासखुस गरिरहेका भुन्टी र कान्छी हठात् चूप भए । चूप लाग्नुको कारण रमा गगनेकी भाउजु थिई । कुरो झिकेर रमाबाट सबै गुह्य कुरा दुहुने मनसायले होला सायद कान्छी प्याच्च बोली । रत्यौली त मज्जासँग खेल्न पाइने भो यसपाला । यो गाउँको यसवर्षको पहिलो बिहे । कसको रत्यौली नै आच्या । अनभिज्ञता प्रकट गर्दै रमाले भनी । हेर न त्यहाँ स्वाङ पारेकी । बडो हामीलाई लुकाउन खोज्ने हो र कि खुसुक्कै दुलही भित्र्याउने सुर छ कि क्या हो रमा देवरको । यतिाजेल चुप भएकी भुन्टी कुरोको चुरो फेला पर्न थालेपछि खूब टाँठी भई । रमा आश्चर्यमा परी । पर्नु पनि स्वाभाविकै थियो । हिजो बेलुका मात्र केटीको घरबाट टीकाटाला गरेर फर्किएका हुन् उसका देवर र लोग्ने । उनीहरु केटी माग्न गएको पनि कसैलाई पत्तै थिएन । बिहेको कुरो न हो भुसको आगोझैं फैलन्छ । हुन त एकदिन थाहा हुनुपर्ने कुरो हो तर पनि थोरै वास्तविकतामा धेरै अस्वाभाविक कुराहरु थपेर कानकान फुक्दै हिँड्छन् मान्छेहरु । हो हो हिजो बेलुका मात्र बिहे आँटेर आए चौबिस गतेलाई । कसले भन्याहोला यिनीहरुलाई । घरमा थाहा नहुँदै गाउँलेलाई पत्तो । यस्तो पनि हुने । रमालाई वास्तविक कुरो खोल्न करै लाग्यो । त्यसबेलासम्म पँधेरामा सात, आठजना आइमाइहरु जम्मा भइसकेका थिए । रमाको कुरो सुनेर सबै हाँसे । आआफ्ना गाग्री भरेर सबै घरतिर लागे ।

गाउँघरका महिलाहरुलाई त्यति फुस्रद हुँदैन । बिहान उठेदेखि बेलुकी सुत्नेबेलासम्म उनीहरु काममै व्यस्त हुन्छन् । खेतीपाती गोठधन्दा आदि गाउँलेहरुका जिउने साधनहरु हुन् । हाम्रो समाजमा व्यवस्था जति परिवर्तन हुन्छ तर अवस्था भने जहाँको तहीं रहन्छ । पुरुषको तुलनामा महिलाहरु नै काममा बढी जोतिन्छन् । उनीहरुलाई न कसैसँग बोल्ने फुस्रद हुन्छ न त कसैसँग भेटघाट गर्न नै । त्यसैले त महिलाहरुको महत्वपूर्ण कुराहरु गर्ने ठाउँ नै बनेको हुन्छ पँधेरो । एकाबिहानै पँधेरामा महिलाहरुको जमघट हुन्छ । किनभने घरको कामधन्दाको सुरुवात नै उनीहरुबाट हुनेगर्छ । त्यसैले त आज गगनेको बिवाहको कुरो त्यही पँधेराबाट चारदिशा फैलियो । बिबाह हुने नै भयो गगनेको । धुमधामसँगै हुने भयो । बाजा बजाएरै हुने भयो । जन्त जान पाइने भो भनेर गाउँका लोग्नेमान्छेहरु हौसिएका छन् रत्यौली खेल्न पाइने भो भनेर आइमाइहरुका खुट्टा भुईंमै छैनन् । सबैसँग हाँसी बोल्ने गगने । कसैसँग कलह र झगडा नगर्ने गगने । आपत परेका बेला अरुलाई मद्दत गर्न तम्सने गगने । इमान्दार गगने । सोझो लपनछपन नजानेको गगने । सबैको प्यारो गगने आँखामा राखे पनि नबिझाउने स्वभाव । त्यसैले त उसको बिहेले यति छिटै चर्चा पायो । उसको बिहेले गावैं उचालेको छ । ए ! यता सुन् त बिहे त रातीकै रहेछ नि । उही पँधेरामा उही एकाबिहानै गौंथलीले सुन्तलीलाई भनी । केटीको गाउँ अलि टाढा भएर रातमा गर्ने भएका हुन् रे क्या । दिनमा नभ्याउने भएर । सुन्तलीले आफुले सुनेको कुरालाई ओकेली । अझ थप्दै गई । यसपालाको रत्यौली त बल्ल रत्यौली जस्तो हुने भो । रातमा कसैले पनि देख्दैन म त लुठो भएर नाच्ने हो ।

ऊ कुत्कुतिएको देखेर त्यहाँ भएका अरु पनि गलल हाँसे । यस्तै पँधेरीबैठक हुँदाहुँदै बिहेको दिन पनि आयो । जीवनको त्यो महत्वपूर्ण घडीमा गगने पनि मख्ख छ । उसको घरमा बिहेको धूमधाम तयार छ । इष्टमित्र पाहुनापाछा सबै आइसकेका छन् । बिहेको दिन गगने सुटपाइन्ट र टाइमा चिटिक्क सजियो । टाउकाको ढाका टोपी र खुट्टाका टल्कने छालाका जुत्ताले उसलाई झन् लोभलाग्दो बनाइदिए । गाउँका बूढापाका तन्नेरीहरुदेखि लिएर दशपन्ध्र वर्षसम्मका अल्लारे केटाहरु जन्त हिँडे । साना भुन्टाहरुलाई ुबाटो लामो छ ु भनेर प्रतिबन्ध गरियो । त्यसमा पनि रातको बिहे साना केटाकेटीहरुको जिम्मा पनि कसले लिने उता हिँड्नका लागि लौरीको भर लिनेहरु जान सक्ने कुरै भएन । आखिर पाचेबाजा र जन्तीहरुको बीचमा रहेर गगने दुलही लिन घरबाट प्रस्थान गर् यो । यता आइमाइहरु बल्ल फुक्का भए । जन्ती घरबाट अलि पर के पुगेका थिए आँगनमा जमघट शुरु हुन थाल्यो । बाबै नि ! एकछिनमा त आँगन खचाखच भयो । मादलको तालमा आइमाइहरु रत्यौली सुरु गर्न थाले । जति जति रात छिप्पिन थाल्यो आइमाइहरुको रत्यौलीको रौनक पनि त्यति नै चरम सीमामा पुग्न थाल्यो । आमै नि ! लाजशरम सबै माटामुनि गाडेर उन्मत्त हुन थाले आइमाइहरु । त्यो उनीहरुको पनि दोष थिएन । किनकि उनीहरु सँधैं स्वतन्त्र छैनन् । आफ्ना इच्छा र चाहनाहरु सामाजिक संस्कारभित्र थुनिएर रहेका छन् । पशुलाई त बाँधेर राखिराख्दा अनि कुनैबेला फुकाउँदा त्यसलाई थाम्न गाह्रो हुन्छ । उनीहरु त मानिसहरु हुन् । समाजले र परिवारले उनीहरुलाई बाँधेर राखिराखेको फल हो त्यो । जे होस् रत्यौलीको माध्यमबाट आफ्ना भावहरु उनीहरु पोखिरहेका छन् ।

कान्छी भुन्टी सुन्तली गौंथली देखि गाउँका सबै सासुबुहारी चेलीबेटी लगायत घरैका सासुबुहारी रत्यौलीमा खूब मात्तिन थाले । चकमन्न रातको त्यो समयमा डरत्रास केही थिएन । केही आइमाइहरु आफ्ना पतिदेवका दौरासुरुवाल कमिज इष्टकोट जे मिल्छन् त्यही पहिरिएर लुठो बनेर लोग्नेमान्छेको नक्कल गरिरहेका छन् । बसेका आइमाइहरुलाई एकएक उठाएर आफ्नो जोडी बनाएर नचाउँदै गरेका छन् । लाजसरम पचिसकेको छ । आफ्ना श्रीमानसँग हुने कि्रयाकलापहरुको नक्कली प्रदर्शन भइ नै रहेका छन् । रमा आफ्नो पतिको सर्ट पाइन्टमा लुठो बनेर नाचिरहेकी थिइ । ऊ सुन्दर थिई । बाटुलो अनुहार बदामरुपी आँखा सुडोल शरीर गहुँगोरी कालो र लामो केश चिटिक्कै परेकी । पतिदेवका कपडा निकै सुहाएको थियो उसलाई । त्यत्तिकैमा एउटी आइमाइले उसलाई पाखुरामा च्याप्प समाती अनि उसको गालामा च्वाप्प म्वाइ खाइ । रमा पनि के कम थिई र ऊ त झन् पुरुष बनेकी थिई मर्दको संज्ञा पाएको पुरुष । त्यस आइमाइको गालैमा टोकिदिई । आइमाइ झन् उत्तेजित भई । रमालाई तानेर पिँढीतिर उकाली । आँगनका लुठा र आइमाइहरु आगनमै रौसिइरहे । मानौं अन्धकार रातले सबैलाई निलिरह्यो । यता आइमाइले रमालाई जाँतो भएको कुनामा पुर् याई । दुबै मात्तिएका थिए । आइमाइ तल परी रमा माथि । एकैछिनमा रमा तल आइमाइ माथि अनि त्यसपछि । रमा त्यसबेला मात्र झसङ्ग भई । जुनबेला उसले वास्तविक रुपमै पुरुषको संसर्गको अनुभव गरी । ऊ खग्रास भई । झटपट उठेर हेरी आइमाइ त्यहाँ थिइन । हँ के भयो यस्तो को हो त्यो आइमाइरुपी पुरुष रमा खूब आत्तिई । बल्ल ऊ पूर्ण रुपमा सचेत भई । तर के गर्नु रत्यौलीले उसको नारी अस्तित्वलाई लुटिसकेको थियो ।

Nepali Katha – Ghodchadhi

नयाँ सरकार बनेपछि गाउँ पुग्ने इच्छा, उत्सुकता र आवश्यकताबोध गरेर एक जना पत्रकार सहरबाट गाउँतिर लाग्यो । गाडीबाट झरेपछि उसले एक जना गाउँलेलाई पनि साथमा लियो ।

दिनभरिको हिँडाइपछि गोधुलीमा ऊ एउटा भञ्झ्याङ अर्थात् नेटोमा पुग्यो । चौतारी थियो, पसिना ओभाउन , सुस्ताउन चाह्यो । त्यति नै बेला दुई जना कुद्दै र पसिना पनि पुछ्दै स्याँस्याँ र फ्याँफ्याँ गर्दै त्यतैतिर आउँदै थिए । पत्रकार अलि डराए जस्तो पनि भयो- बन्दुक बोकेका ती दुई जना देखेर । उसले पुलुक्क हेर्‍यो गाउँलेतिर ।

“सेनाका मान्छे हुन्”- गाउँलेले विश्वस्त पार्‍यो ।

ती दुई बन्दुकधारीले पनि चौतारामा बस्नेहरूलाई पुलुक्क हेरे र फेरि कुदे ।

पत्रकार र गाउँले पनि ओरालो लागे । दस मिनेट तल जति गाउँ थियो । गाउँको मुखमै पुगे । त्यहाँ पनि बन्दुक बोकेको एउटा मान्छे कुद्दै अघिअघि आउँदै थियो र अलिकति पर चार पाँच जना घोडचढीहरू त्यतै आउँदै थिए । उनीहरू तल झर्दै गए, घोडचढीहरूसितको दूरी कम हुँदै गयो । पत्रकारमा केही मात्रामा भय पनि थियो र कौतुहलता पनि । घोडचढी र पत्रकारबीचको दूरी झन् कम भयो ।

बन्दुक बोकेर अघिअघि कुदेको मान्छेले आफ्नो गति बढायो ।

सबैभन्दा अगाडि कालो घोडा थियो । यस्यल्आर् बोकेको सेनाको मान्छे त्यहाँ थियो । त्यसपछि सेतो घोडा थियो, युवा कामरेड त्यसमा थियो । त्यसपछि थियो- रातो घोडा । त्यसमा केही अग्लो, मोटो, भुँडीवाल, खाइलाग्दो, जीउडाल र अनुहार परेको मान्छे चढेको थियो, त्यसको पछाडि खैरो घोडा थियो । त्यसमा एक जना अधबैंसे थियो र घोडाहरूको पछाडि यस्एल्आर बोकेका दुई जना , घोडालाई पछ्याउँदै कुद्दै थिए ।

घोडाहरू एउटा घरको आँगनबाट धुलो उडाउँदै कुदे, मान्छेलाई मिच्तै कुदे । कुखुराका चल्लाहरू यताउति कुदे, केटाकेटी छेउ-किनारा लागे । एक जना बूढीआमै घरको पिँढीमा बसेकी थिइन्, डरले भित्र कुदिन् । जान्न मन लाग्यो र सोधिन् ।

“फेरि बडाहाकिमहरू आउन थाले कि क्या हो गाउँमा ?”

”कस्तो नचिन्नु भा’को हाम्रा नयाँ मन्त्री होइनन्” – नातिनीले उत्तर दिई ।

उनले हावामा हात हल्लाइन्, हात हल्लाइको भाव अनुहारमा झल्कियो ।

त्यसको लगत्तैजसो एक जना गाउँलेले डोकोमा, मोर्चामा घाइते भएर दुवै खुट्टा गुमाएको जनमुक्ति सेनालाई बोकेर ल्याउँदै थियो ।

पत्रकारले पछाडि फर्केर हेर्‍यो । घोडचढीहरू पर पुगिसकेका थिए । बाटोमा धुलो उडेर कुइरिमन्डल भएको थियो ।

घाइतेलाई बोक्ने गाउँलेले भिन्नै अनुहारका साथ घोडचढीहरूलाई हेर्‍यो र लामो सास फेर्‍यो ।

पत्रकारको मुखबाट अनायास लामो उच्छवास निस्कियो ।

हिमालको चुचुरोबाट बाफ निस्किरहेको थियो ।

Nepali Katha – Dashain Ra Abodh Fuchhe

दशैं आउँने बेलाको मौसम साँच्चीकै रमाईलो हुन्छ । भौगोलिक हिसाबले पनि नेपालमा दशैं मान्नकै लागि प्रकृतिले सबै कुरा जुराई दिएको हो कि जस्तो लाग्छ । तर…. तर…. त्यहींका धेरै जसो जनताका लागि प्रत्यक बर्ष दशैं, दशैं हैन दशा बन्ने गरेको छ ।

फुच्चे ! पोहर, परारतिर त सानै भएकोले हामी गरिब छौ भन्ने थाहा पनि थिएन र उस्लाई के दशैं, के तिहार मतलब पनि थिएन । आमाको बाबुले अटम भर्दै आएको फुच्चेले यो पालीदेखि आमालाई कल्पनै नगरेका प्रश्नहरू एक पछि अर्को गर्दै सोध्न थालेको छ । पुच्चेले अरु सबै सोधे पनि हाम्रो बाबा खोई ? भनेर नसोधे हुँदो हो भन्ने उसको आमालाई ठूलो जलतराश थियो अर्थात चिन्ता लागिरहेको थियो ।

सुख र खुसी कुन चराको नाम हो ? भन्ने थाहा नै नभएको फुच्चेकी आमाले दशैं र तिहार त झन मान्नै बिर्सेकी थिई । बिहान के खाउँ, बेलुकी के खाउँ भईरहने फुच्चेकी आमा साहुहरूको खेतबारीमा काम नजुरेको दिन त व्रत बसेर दिन काट्दै आएकी थिई । अब त छोरोलाई पनि त्यो गुन्युको भोटो सानो हुदै आएको थियो । फुच्चेलाई गतिलो कमिज र जाँघेको जोह गर्न नपाउँदै दशैं नजिकिएको मार फुच्चेकी आमालाई पर्नु परेको थियो ।

फुच्चे गर्भमा छ भन्ने थाहै नपाई बिदेश लागेका दिलको मालिक आज सम्म अत्तो पत्तो छैन । बेजातीसँग बिहे गरिस भनेर न माईतीले हेरे, न घरकाले स्वीकारे । न घरकी न घाटकी भएको बेला झन गाउँबाटै निकाला गरियो । गाउँ-गाउँतिर डुल्दै जाँदा गाई भैसीको शरणमा एउटा साहुको गोठमा ओट लागेकी थिई । एकातिर भुँडीमा पापको डल्लो हुर्कदै थियो । छोरी जन्मियोस भन्ने कामना गर्दा गदै दुर्भाग्य बस भैंसी गोठमा छोरोको जन्म भयो । न्वारन नै नभएको छोरोको नाम वरपरका सबैले ए…फुच्चे भनेर बोलाउन थाले । आफू पनि छाती माथी ढुंगा राखी आफ्नो मुटुमा फलेको छोरालाई फुच्चे भनेर बोलाउन बाध्य हुन्थी ।

अब त फुच्चेले पनि दशैंको बेला अरुको आमाले घर, आगन र चौका सिंगार पटार गरेको देख्न थाल्यो । अरुको बाबाले “भ्या….भ्या …” गर्दै खसी ल्याएको पनि सुन्यो । अनि त्यस्तै अरुको बाबा बिदेशबाट बाकस टल्काउदै चरप्पै चाचा, पापा ल्याएको बुझ्यो । उसका सबै दौंतारीहरूले नयाँ-नयाँ लुगा लगाएको र मिठा-मिठा खाएको महसुस गर्न थाल्यो । त्यसैले होला अरुको लैलैमा फुच्चे पनि अन्यासै खुसी हुँदै थियो । अवश्य फुच्चेको अबोध मानस्पातलभरि अरुको घरमा जस्तै आफ्नो घरमा पनि धुमधामका साथ दशै भित्रिने आशा गरेको थियो । तर फुच्चेको आशा निराशामा परिणत हुँदै थियो । ऊ आमालाई प्रश्नमाथि प्रश्न थुपार्दै थियो । गर्दा गर्दा उस्का अबोध धेरै जिज्ञासाहरू उस्को आमाको मौन र अमिलो अनुहार अनि बलिनधारा आँशुसँगै नाजवाफमै टुङ्गिन बाध्य भएको थियो । बिचरा ! अबोध फुच्चेको के दोष ????

 

Nepali Katha – Nari Akarshan

“होस्टेलको कोठा हो यो फिल्महल होइन बुझिस्” होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटे पछि वार्डेन सरलाइ उसको च्यावनप्रासे चाला देखेर झ्वाँक चल्नु पनि स्वाभाबिक थियो । एक चड्कन हानेर वार्डेन सर एक्लै भुतभुताए “छ कक्षा पास भाछैन के सारो बैश अाको हँ यो टिपुरे केटालाइ” । अाइन्दा “यस्तो हरकत” कायम रहे स्कुलबाट निकाल्ने धम्की पनि दिए । उसको ति नायिका प्रतिको लगाव एक इन्च पनि घटेको देखिएन, पढाइ भने दिन प्रतिदिन खस्किदो थियो ।
दश एघार बर्षको फुच्चै ब्यावसायिक फिल्मकी एउटी नायिका प्रतिको यो लगाबको खवर पत्रिकाको “निकै मनोरञ्जक समाचार” बन्यो, बजारको यस समाचारलाइ “शालीन (?)” गृहिणीहरूले टिप्पणी गरे “अचेलका बच्चा उम्रिदै तिनपात !”। समाजका जेठा बाठाहरू भने अहिलेका केटाकेटीहरूलाइ “अस्लील चलचित्रले बिगारेको” निस्कर्षमा पुगे । “केटी भने पछि केटाहरूको जातै यस्तो” क्याम्पस पढ्ने युवतिहरूले अाफ्नो थेसीस अगाडी सारे । “पाठ-यपुस्तकमा नैतिक शिक्षाको कमी भएको” ठोकुवा गरे भरखर नयाँ पार्टीमा पसेर अाफ्नै पुरानो राजावादी पार्टीलाइ सराप्दै हिड्ने “क्रान्तिकारी” नेताले ।

मनोचिकित्सकको टोलीले गम्भिर अध्ययन पछि “शिशिरकी दिबङ्गत अामाको अनुहार उक्त नायिका सङ्ग मिल्ने हुनाले नायिका प्रति यस्तो लगाव देखिएको” निस्कर्ष निकाल्यो ।

Nepali Katha – Ganatantra Ko Sanskirti

लालपुरमा संविधान सभाको परिणामले गणतन्त्र घोषणा भयो । देशबाट सामन्तवाद अन्त भएको विधिवत घोषणा भयो । दरवारको वारेमा जीवनभरि अध्ययन गर्दागर्दै दशकौं विताएको बलबहादुर अत्यन्त उत्साहित भयो । जीवनभर दरवारको अपमान, अत्याचार र भेदभावले आजित भएको बलबहादुरले साँचो अर्थमा मुक्तिको अनुभव गर्‍यो ।

लालपुरको भू.पु. राजा निर्वासित भएर पलाएन भईसकेका थिए । अफ्रिकी महादेशको एउटा टापु नै किनेर बसेको खबर बलबहादुरले पनि पढेको थियो । बलबहादुर गणतन्त्र प्राप्तीको आन्दोलनमा अग्रणी मोर्चामा उभिएको आन्दोलनकारी पनि थियो । दरवारकै सेरोफेरोमा अध्ययन केन्द्रीत गर्ने व्यक्ति पनि यसरी गणतन्त्रको आन्दोलनमा सकृय भएर जेल नेल खेपेकाले गणतन्त्र प्राप्ती पछि उसलाई एकदुई सभामा दोसल्ला पनि ओडाइएको थियो । बलबहादुरलाई प्राप्त सम्मान र उत्प्रेरणाले प्रखर गणतान्त्रिक पनि बनाएको हो ।

वैदेशिक भ्रमणको सिलसिलामा अफ्रिका जाँदा भू.पु. राजालाई भेटेर बलबहादुरले आफ्नो अपमानको बद्ला लिने निधो गर्‍यो -“मैले पनि अब त्यस भू.पु.राजालाई “तँ” भनेर सम्बोधन गर्छु । त्यसले मलाई जीवनभर तँ भन्यो, मैले अपमान सहनु पर्‍यो । म अव अवश्य वदला लिन्छु ” ।

रेल, पानीजहाज चढेर सयौं किलोमिटर परको टापुसम्म पुग्यो । टापुमा भव्य दरवार थियो । दरवारको गेटमा बसेको पालेलाई आफू लालपुर भन्ने देशबाट आएको र आफू सोही भु.पु.राजाको नजिकको भएको बतायो । गेटको पालेले भित्र “बिन्ति” चढायो । प्रवेश गर्न “अनुमति निगाहा” भएको जानकारी पाएपछि बलबहादुर गेट भित्र पस्यो ।

त्यत्रो अजंग र भव्य दरवार उसले कहिलै देखेको थिएन । एकातर्फतरवारका चमकिला धारहरुका ताती एकापट्टी र अर्कोतर्फआधुनिक हतियार बन्दुक, एल.यम.जी., जि.पि.एम.जी. र रकेट मोटारहरु लस्करै सजाइएको थियो । ऊ एकतमाससँग हेरी रहेको थियो यत्तिकैमा अटाली माथीबाट रवाफका साथ आवाज आयो । “ए बले किन आईस यहाँ” । बलबहादुर खङग्रङ्ग तस्र्यो । तक्षण बलबहादुरले आफू त्यहाँ किन आएको थियो भन्ने कुरा विर्सियो र हतार हतार विन्ति चढायो -“मौसुफको पाऊमा दर्शन गर्न महाराज !” बलबहादुरको जीऊ एक्कासी चीसो भयो ।

कथा – सल्लेरी बजारको

सल्लेरीको माथितिर पातलो दमै बस्ती छ । १५–२० घर होलान् दमैहरू । बजार छेउछाउमा भने बाहुनहरूको बाक्लो बस्ती छ । सल्लेरी पुरानो बजार हैन । भर्खर विस्तार हुँदै गरेको बजार हो । विदेशी सहयोगमा मोटर बाटो खुलेपछि सल्लेरी गाउँले बजारको रूप लिएको हो । त्यसले सल्लेरी बजारको अनुहार नै फेरिदियो ।

बाटोको छेउतिर टक्राकटुक्रुक दोकान उभिए । बजार खुलेपछि नजिकैका बाहुनहरूले बाटोछेउ घर बनाउन थाले । बजारभन्दा केही माथि रहेका दमैहरूको घर–घडेरी बाटो छेउमा नपरेकाले उनीहरू जहाँकोत्यहीँ भए ।
पैसा हुने बाहुनहरूले बाटोछेउमा पिल्लर ठड्याउन थाले । पैसा नहुनेहरूले जसोतसो माटोकै भए पनि घर बनाउने सुर कसे ।

पण्डित हरिद्वारले पनि बाटोछेवैको घडेरीमा पिल्लरसहितको तीनतले घर उभ्याए । पण्डित हरिद्वारको खास नाम कृष्णप्रसाद हो । उनले हरिद्वारबाट आचार्य गरेका थिए । उनका हरेक गफमा हरिद्वारको कुरो आउँथ्यो । गफले दिक्क स्थानीयहरूले उनको नामै हरिद्वार राखिदिए । त्यसपछि सल्लेरी बजारमा उनको नाम हरिद्वारले प्रख्यात भयो ।

हरिद्वारका दाजु थिए । उनी बजारछेउ सरे पनि दाजुले पैसा कमाउन नसकेकाले जहाँको त्यहीँ बस्नुप¥यो । घर नभए पनि भाइको सँगै जोडिएको घडेरी थियो । अंश भागमा पाएको । खासमा पैसा भएको भए पनि भाइको घरछेउ उनलाई बस्ने मनै थिएन । अंश मुद्दामा ठाकठुक परेपछि बोलचाल बन्द भएको थियो ।

बोलचाल नभएको भाइको घरछेउको घडेरी राखिराख्न मन लागेन । भाइको मेख मार्नकै लागि बेचिदिए– कान्छो दमैलाई । चलनचल्तीको भन्दा झन्डै दोब्बर मूल्यमा । कान्छो दमै घडेरीको दोब्बर मूल्य तिर्नुपर्दा पनि दुःखी थिएन । खुसी थियो । उसलाई वरपरका बाहुनहरूले छिमेकमा दमै आउने भयो भनेर घडेरी नै दिँदैनथे । दाजुभाइको झगडाले गर्दा घडेरी पाएको उसलाई राम्रोसँग थाहा थियो ।

घडेरी किनेको छ महिनापछि कान्छो दमैले सटर राखेर एक तले पिल्लरवाला घर बनायो । बजारभरिमा सटर भएको पहिलो घर उसकै भयो । कान्छो दमै अरुभन्दा गरिखाने दमै थियो । साहै्र मेहनेती । हातमा सीप थियो, घरको सटरमा टेलर खोल्यो । आफ्नै घरको सटरमा टेलर खोलेपछि भने कान्छो दमैप्रति वरिपरिका बाहुनहरूले टाउको दुखाए– छिमेकमा अछुत जात आयो भनेर । सबैभन्दा बढी पण्डित हरिद्वारको टाउको रन्कियो । रिस फेर्न छिमेकमा अछुत दमै हुलेकोमा दाजुप्रति रिस देखाए । झिँगाको सरापले डिँगो मर्दैन भनेझैं दाजुले वास्तै गरेनन् ।
कान्छो दमैको टेलर भने खाली भएन । दिनहुँ व्यस्त भयो । घडेरी किनेपछि पटक–पटक ‘बाहुनको बीचमा बस्न सक्दैनस् बेच्’ भनेका थिए, पण्डित हरिद्वारले । बल्लबल्ल पाएको घडेरी बेचेन । अहिले टेलर चल्दा कान्छो मख्ख छ ।

० ० ०

पण्डित हरिद्वारकी जेठी छोरी माइतै बस्थी । उसको नाम थियो सावित्री । बिहे गरेको छ महिना नपुग्दै लोग्नेले छाडिदिएछ । पण्डितसँग रिस उठेकाहरूले उसको चरित्रमा शंका गर्थे । पण्डितसँग राम्रो भएकाहरूले केटो नै उस्तो भन्थे । खास के हो, अरु कसैलाई थाहा थिएन । कि सावित्रीलाई थाहा थियो कि दैवलाई । एक साँझ, सावित्री कुर्था सिलाउन कान्छो दमैको टेलरमा पुगी । कान्छो लुगा सिलाउँदै थियो । उठेर सावित्रीको चोलाको नाप लिन थाल्यो । कान्छोले पाखुराको लम्बाइको नाप लिएपछि कम्बरको नाप लियो । छातीको नाप लिने बेला सावित्रीले कान्छाको गाला चिमोटिदिई । कान्छो झसंग भयो र सावित्रीको अनुहारमा हे¥यो ।

कान्छोकी स्वास्नी त्यही दिन माइत गएकी थिई । के भन्ने कसो गर्ने, कान्छो आत्तियो । कुर्थाको नाप लिँदालिँदै रोकिएको कान्छोलाई च्याप्पै समाई सावित्रीले । कान्छो हल न चल भयो । गँगटोले च्यापेको माछाको भुराजस्तो । ऊ असिनपसिन भयो । के बोल्नु, के बोल्नु– अलमलियो । चाहेर पनि बोल्न सकेन । सावित्री भने हनहनी ज्वरो आएझैं तातेकी थिई । “छि ! छाडिदेऊ बजै !!” ओठ–मुख सुकेको कान्छो बल्लतल्ल बोल्न सक्यो । साँझ परेकाले कान्छाको टेलरभित्र अँध्यारो बढ्दै गएको थियो । घुर्मैलो उज्यालो थियो । पण्डित हरिद्वारले बाहिरैबाट देखेछन् । ढोकासम्म आएर ठम्याए । कुरो प्रस्ट भएपछि बाहिर निस्केर कराउन थाले ।
“गुहार ! गुहार !!”
“ए ! गुहार ! गुहार !!”
वरपरबाट दौडादौड गरेर केही मान्छे भेला भए । सल्लेरी बजार कान्छाको टेलरअगाडि जम्मा भयो । त्यतिबेलासम्म सावित्री टेलरबाट बाहिर निस्किसकेकी थिई । कान्छो भने डर र लाजले चाउरिएर भित्रको भित्रै थियो । जम्मा भएकाहरूलाई पण्डितले सरासर भने, “मेरी छोरीलाई कान्छोले समायो ।” “के बलात्कार ….?” सावित्रीलाई परेको आपतमा स्याल ठिटाहरू झन्डै बाघ भएर गर्जिए, जो सावित्रीलाई असाध्यै माया गर्थे । बाबुको अगाडि आफैं समाएको कसरी भनोस्, सावित्रीले कान्छोले समाएकै हो भनिदिई । लाज र डरले भन्दा चोखो बन्न ऊ रुन थालेकी थिई ।

हुल्याहा केटाहरू सटरभित्र छिरेर कान्छोलाई घिसार्दै बाहिर ल्याए । रिसको झोंकमा पाक्कपुक्क हाने । कसैले लात्तले, कसैले मुड्कीले । कान्छाको नाथ्री फुटेर रगत बग्यो । रगत देखेपछि सबै रोकिए । कान्छाले लगाएको कपडा च्यातचुत भएछ । हुलिया केटाहरूले टेलरभित्रको सामान बाहिर ल्याएर मिल्काइदिएछन् । त्यो देखेर उसलाई पिटेभन्दा बढी दुख्यो । कसलाई के पो भन्नु ! आफ्नो कन्तबिजोक शरीर जता छोए पनि दुख्ने भएको थियो । त्यतिबेलासम्म झमक्क साँझ परिसकेको थियो । निसाफ भोलि छिन्ने निष्कर्षमा सबै आ–आफ्नो बाटो लागे । घाइते भएको कान्छो भने डरले थर्रर काँप्दै थियो । बोल्न सकेको थिएन ।

० ० ०

भोलिपल्ट सल्लेरी बजार ढाकेर समाज बस्यो । घाइते कान्छाको मुख गहुँको रोटीझैं भुक्क उक्सिएछ । त्यो बजारले कान्छाको चिनामा बलात्कारी लेखिसकेको थियो । कान्छालाई कसैले कठै भनेनन् । उसको आफ्नै दाँतले जिब्रो टोकेर बोली लर्बरिने भएछ । बिचरो नाके डाँडी स्टिलको भाँडोझैं कुच्चिएछ । निलै भएछ । कसैले सोधेन यो हालत कसरी भयो भनेर । सबैले उही सोधे, “सावित्रीलाई किन बलात्कार गरिस् ?” उसले धुरुधुरु रोएर भन्यो, “म परिबन्दमा परें ।” तर, उसको त्यो बोली कसैले सुनेन । बरु उसैले सुन्यो, कसैले पाता फर्काउनुपर्छ भनेको, कसैले डाँडो कटाउनुपर्छ भनेको, कसैले जेल कोच्नुपर्छ भनेको । कान्छोले स्पष्टीकरण दिने मौकै पाएन । सबैले होहल्लामात्र गरे । ठोक्नुपर्छ, त्यतिकै छाड्नु हुँदैन भने । कसलाई भनोस् आफ्नो यथार्थ ?

कुटाइले उसका आँखा सुनिनमात्र बाँकी थियो । त्यो पनि सुनियो । लुगा सिलाउन जानेजस्तो कुरा सिलाउन जानेको भए बिचरोले यो दुःख पाउँदैनथ्यो । तर, जानेन । रडाको नसकिँदै माइत गएकी कान्छाकी स्वास्नी आइपुगी । कुरो बुझेर ऊ झन्डै बेहोस भइन । उसले रुँदै पण्डित हरिद्वारका खुट्टामा टाउको बिसाएर भनी, “पण्डित बा ! एकपटकलाई माफी पाऊँ । यो लाटाले जे गर्नु गरिगो ।” कान्छो दमैकी स्वास्नीको नाम हो हीरा दमिनी । नामले मात्र हीरा हैन, अनुहार र शरीरले पनि ऊ हीरा नै हो । दमिनी भएरमात्रै घाटामा परी नत्र धनीकी बुहारी हुन्थी ।

हिराको कुरो पण्डितले पटक्कै सुनेनन् । ऊ धरधरी रोएकी थिई खुट्टा समाएर । पण्डितले वास्ता गरेनन् । कुरो टुंगोमा नपुगी सल्लेरी बजारको रमिता अन्त्य भयो । यसमा सबैको एउटै मत थियो । कान्छालाई कारबाही दह्रो हुनैपर्छ । गाउँमा चेलीबेटी जोगाउन गाह्रो भो । त्यो दिन त्यसै बित्यो ।

भोलिपल्ट पण्डित हरिद्वारले कान्छो दमैलाई अदालतमा मुद्दा लाएर आए । यो कुरो खरबारीको डढेलोझैं सल्लेरी बजार फैलियो । जता गयो, उही कुरा । बलात्कारीलाई त्यत्तिकै छोड्नु हुँदैन– सबैको मत एउटै भयो ।
कान्छोले पढेको थिएन । ८ कक्षा पढ्दापढ्दै छाडेको थियो । पण्डित हरिद्वारले मुद्दा दिएपछि ऊ आत्तिएर अब के हुने हो, धेरैलाई सोध्यो । कोहीले के भने, कोहीले के । सबैको एउटा कुरोचाहिँ मिल्यो, कानुनका नौ सिङ हुन्छन् । सबैले उही कुरो भन्दा कान्छो सोच्थ्यो– नौ सिङ भएको कानुनले हानेरै मार्ने भो !

कान्छो दुई–तीन दिनसम्म के–के सोचेर तड्पिँदै बस्यो । भेट्ने जति सबैले एउटै भाका भन्थे, “बेकार झेलखानामा कोचिने भइस् । बलात्कारको मुद्दाले त मान्छे त झेलखाना पर्छपर्छ, सम्पत्ति पनि स्वाहा हुन्छ ।” हितैषी दमैहरूले पनि उसका अगाडि दया देखाउन थाले । “बज्जे सोझो थिइस् । जाली बाहुनको फेला परिस् । कोखमा दाँत हुनेको केही भर हुँदैन । अब के पो हुने हो ! जान्नेहरू जीवनभर जेल बस्नुपर्छ भन्छन् ।”
केही दिनपछि कान्छो कसैको कुरा सुन्न नसक्ने भयो । बिहान पीपलको बोटमा पासो लगाएर झुन्डिएको भेटियो ।

० ० ०

सल्लेरी बजारको पूर्वपट्टि टिनले छाएको निम्न माध्यमिक विद्यालय छ । विद्यालयका हेडसर हुन् रामहरि शर्मा । रामहरि शर्मा सहयोगी थिए । सबैलाई सहयोग गर्थे । आपत परेकाहरूलाई सहयोग गर्नु उनी आफ्नो धर्म सम्झिन्थे । गाउँको विकास र प्रगतिका निम्ति रामहरि शर्मा जिउज्यानले लागिपर्थे । उनको सहयोग नभएको भए आजसम्म सल्लेरीको बाटोमा मोटर चल्दैनथ्यो । उनी विद्यालयका मास्टरमात्र थिएनन्, सामाजिक कार्यकर्तासमेत थिए । कान्छो दमैलाई परेको आपतमा एक–दुईले साथ दिएका थिए । त्यसमध्ये उनी एक थिए, जसले गर्दा बजारका धेरैले उनको कुरो काटे ।

डुम हेड सर !
नामै फेरिदिए ।
उनले त्यस्ता आलोचनाको मतलबै नगरी कान्छोलाई सहयोग गर्छु भनेका थिए । ‘नडरा, म छु’ भनेथे । तर, कान्छोले उनको कुरा पत्याइदिएन । पत्याओस् पनि कसरी ! सबै ‘कानुनका नौ सिङ हुन्छन्, तँ फन्दामा परिस्’ भनेर अत्याउँथे । जीवनभर जेल बस्नुपर्छ भने । सहन नसकेर आत्महत्या ग¥यो । रामहरि शर्मा निडर थिए । द्वन्द्वकालमा पनि उनी कसैसँग डराउँदैनथे । गल्ती हुनेहरूलाई ठाडै तेरो गल्ती हो भनिदिन्थे । उनका अगाडि गल्ती गर्ने हिम्मत कसैले गर्दैनथ्यो ।

सामान्यभन्दा केही अग्ला कदका रामहरि शर्मा केही पर्दा प्रस्ट विचार राख्थे । त्यसैले होला– सल्लेरी बजारमा उनको नाम छुट्नु सम्भव थिएन । त्यस्ता असल व्यक्ति रामहरि शर्मा अचानक हराए । सामान्य बिरामी भएर अस्पताल गएका फर्किएनन् । कता गए, कहाँ गए– घरपरिवारमा कसैलाई थाहा भएन । एक बिहान उनी सल्लेरी बजारको पीपलको बोटमा झुन्डिरहेको अवस्थामा फेला परे । उनको मृत्यमा सल्लेरी बजारले आँसु झा¥यो । केही महिनासम्म सल्लेरी बजारमा उनको मृत्युबारे विभिन्न टीकाटिप्पणी चले । हेडसर रामहरि शर्माको मृत्युबारे सबैले आ–आफ्नै अड्कल लगाउँथे तर सत्य कसैलाई थाहा थिएन । सल्लेरी बजार आफैं अड्कल काट्थ्यो र आफैं हैन भन्थ्यो ।

० ० ०

सल्लेरी बजारका अर्का हर्ताकर्ता व्यक्ति हुन्, रामदेव पाण्डे । उनी स्थानीय नेता थिए । उनको पहुँच केन्द्रीय राजनीतिसम्म थियो । मन्त्री÷प्रधानमन्त्रीसँग सिधै भेट्न सक्ने हैसियतका थिए उनी । गरिबहरूको सत्ता ल्याउनुपर्छ भन्ने रामदेव पाण्डे गरिबहरूको हितका लागि जे पनि गर्छु भन्थे । गरेका पनि थिए । कान्छो दमैको आत्महत्यापछि उनले पण्डित हरिद्वारलाई कारबाही गर्नुपर्छ भन्दै हिँडे । यो कुरो सल्लेरी बजारको तात्तातो समाचार बन्यो । साँझ सल्लेरी बजारमा चिया खाएर गफ गर्नेहरूका लागि यो विषय गफको मेलो थियो । चिया खाएर उग्राउने मेलो ।

रामदेव पाण्डेले मुद्दा हाल्छु भनेर हो या केही कारणले पण्डित हरिद्वार बिरामी परे । मेडिकलको औषधिले उनको व्यथा निको भएन । सधैं रुघाखोकी लाग्ने । त्यसमाथि दम बढ्दै गएपछि उनी सदरमुकाम पुगे, स्वास्थ्य जाँच गर्न । पण्डित हरिद्वार स्वाथ्य जाँच गर्न सदरमुकाम गए पनि सल्लेरी बजारले कुरो अर्कै बुझ्यो । नेता रामदेव पाण्डेले मुद्दा हालेकाले तारिख धाउन गएको हल्ला चल्यो । नेता रामदेव पाण्डेले मुद्दा हाले/हालेनन् कसैलाई थाहा थिएन । पण्डित हरिद्वार सदरमुकामबाट स्वाथ्य जाँच गरेर फर्किएको भोलिपल्ट सल्लेरी बजारमा अर्को अचम्म भयो ! पण्डित हरिद्वारले सल्लेरी बजारको नजीकमा रहेको पीपलको बोटमा झुन्डिएर आत्महत्या गरेछन् ।

त्यस दिनदेखि सल्लेरी बजार झन्–झन् रहस्यमय बन्दै गयो । सल्लेरी बजारकामात्र हैन, यो खबर सुनेकाहरूले पनि सल्लेरी बजारको पीपलको रुख हेर्न सकेनन् । सल्लेरी बजारका स्थानीयहरूले सल्लाह गरे । यो अचम्म के भयो ? तर, कसैले पनि यसै भयो भन्न सकेनन् । कान्छो दमै मरेको सात महिना नपुग्दै पण्डित हरिद्वारले त्यही रुखमा झुन्डिएर आत्महत्या गरेपछि धार्मिकहरूले देवी–देउता बौलाएको शंका गरे । धूपधुवार गरे ।

० ० ०

करिब दुई वर्षपछि ! सल्लेरी बजारमा नेता रामदेव पाण्डेको पहलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । त्यो विशाल स्वाथ्य शिविरमा सल्लेरी बजारका सम्पूर्णले स्वाथ्य परीक्षण गराए । बच्चादेखि वृद्धसम्म । स्वास्थ्य परीक्षणको रिपोर्ट हप्तादिनपछि आउने भयो । त्यसको जिम्मा लिए नेता रामदेव पाण्डेले । तर, हप्ता दिनपछि सल्लेरीमा चमत्कार भयो ! सल्लेरी बजार नजिकैको पीपलको रुखमुनि जम्मा भयो । पीपलको रुखमा स्थानीय नेता रामदेव पाण्डेले पासो लगाएर आत्महत्या गरेछन् !

प्रभावशाली नेताको आत्महत्या सानो कुरा थिएन । डरले सल्लेरी बजार काम्यो । उनको पार्टी प्रतिपक्षमा थियो । पार्टीले स्वतन्त्र छानबिन गर्न सरकारसमक्ष जोडदार माग ग¥यो । जनता जोगाउन नसक्ने प्रधानमन्त्रीको राजीनामा मागियो । गृहमन्त्रीविरुद्ध चर्का नारा लागे ।
विपक्षीको मागअनुसार सरकारले छानबिन गर्न प्रहरी प्रशासनलाई पठायो । प्रहरी प्रशासनले नेताको मृत शरीरलाई पीपल रुखबाट झा¥यो र मृत नेताको शरीर जाँच ग¥यो ।

मृत नेताको गोजीमा एउटा रिपोर्ट रहेछ, जुन रिपोर्ट हप्ता दिनअघि भएको स्वास्थ्य शिविरमा स्वाथ्य परीक्षण गराएकाहरूको थियो । प्रहरीहरूले खोलेर हेरे । रिपोर्टअनुसार सल्लेरी बजारका स्थानीयमध्ये आधाभन्दा बढीलाई एड्स रहेछ ! रिपोर्टको पुछारमा अर्को अचम्मको कुरा के थियो भने हीरा दमिनी गर्भवती थिई । प्रहरी प्रशासनले हीरालाई सोधपुछ सुरु ग¥यो । हीराले धेरै झन्झट दिइन । उसले सजिलैसँग आफ्नो गर्भमा रहेको शिशुको बाबु चिनाइदिई । नाम लिँदा पण्डित हरिद्वार, हेडसर रामहरि शर्मा, नेता रामदेव पाण्डेको नाम छुटाइन । हतारमा अन्य १५–२० जनाको नाम सम्झिन भ्याई । त्यस दिनदेखि त्यो अनाम सल्लेरी बजार मसानघाटजस्तै भयो ।

(यो कथा नेपालको गत शनिबार प्रकाशित ‘रित्तो आकाश’ कथा संग्रहबाट लिइएको हो ।)

नेपाली कथा – सिंह र खरायो

कुनै ठाउँमा एउटा ठूलो वन थियो । वनमा बाघ, सिंह, भालु, हात्ती, गैंडा, खरायो, जरायो, बाँदर आदि थिए । सिंहचाहिँ वनको राजा थियो । सिंहले मनपरी ढङ्गले वनका जनावर मारेर खान्थ्यो ।
एकदिन सबै जनावर एकै ठाउँमा भेला भए । सिंहको आहारा हुन पालैपालो जाने सल्लाह भयो । यो कुरो जनावरहरुले सिंहलाई पनि भने । सिंह पनि दिनदिनै सिकारको खोजीमा जानुनपर्दा खुसी भयो ।

जनावरहरु आ-आफ्ना पालामा सिंहको आहारा हुन जान थाले । एकदिन एउटा खरायोको पालो आयो । “मर्नका लागि किन छिटो जाने ?” भनेर खरायो सिंहकहाँ ढिलो गयो ।

अबेरसम्म केही खान नपाउँदा सिंहलाई खुब भोक लागेको थियो । उसलाई जनावरदेखि निकै रिस उठेको थियो । उसले खरायोलाई देख्नासाथ गर्जेर सोध्यो, “किन यति ढिलो आइस् ?”

खरायोले नरम भएर भन्यो, “महाराज! मलाई हजुरजस्तै सिंहले बाटामा समायो । उसले मलाई खान लागेको थियो । मैले ऊसँग हजुरकहाँ भेट गरेर आउने बाचा गरेँ । अनि मात्र म यहाँ आउन सकेँ ।”

सिंहले अझै गर्जेर भन्यो, “मेरो राज्यमा अर्को सिंह कसरी आयो ? त्यो कहाँ छ, मलाई देखाइहाल् । म त्यसलाई जिउँदो छोड्दिनँ ।”

खरायोले “जो हुकुम महाराज” भनेर सिंहलाई आफू आएको बाटो लिएर गयो । खरायोले सिंहलाई एउटा इनार देखायो । उसले सिंहलाई भन्यो, “महाराज! त्यो यही इनारमा लुकेको छ ।”

सिंहले इनारभित्र हेर्‍यो । उसले इनारमा अर्को सिंह देख्यो । उसलाई त्यो सिंह देखेर रिस उठ्यो । सिंह त्यसलाई मार्न इनारमा हाम फाल्यो । मुर्ख सिंहले आफ्नै छाया पनि चिनेन । ऊ इनारमा डुब्यो ।

जनावरहरुलाई अब सिंहको डर भएन । उनीहरु रमाएर बाँच्न पाउने भए । सबैले खरायोलाई स्याबासी दिए । 

नेपाली कथा – विकल्पहीन

यहीं कतै शहरकै छेउछाउमा भए पनि यस यात्रालाइ कठिनतम यात्रा मान्नुपर्छ। यस यात्राको यात्री हो लक्ष्मीपुरे डल्ली, जात भैगो जात नभनौं जातले उसलाई केही दिएन। यस विकराल यात्रामा ऊ एक्ली छैन, उसँग एउटी टुकुटुकु हिंड्ने र एउटी काखे छोरी जम्मा तीन यात्री। कुनै कल्पनाशील व्यक्तिले कल्पना गरून् एकसय विघा जमीनमा योजनाबद्ध लगाइएका रंगीबिरंगी गुलाफका खेती र त्यसको सुगन्ध। मन्द गति सवारीमा बसी गुलाफ फूल्ने सिजनमा उसले त्यस खेतीको यात्रा शुरू गरोस्। अघि पछि , अगाल बगाल सुन्दरता, रंग र सुगन्ध। यस्तो यात्रा सहजै परिणत हुन्छ … आत्मविभोरता डल्ली लक्ष्मीपुरेको यात्रा यसको ठीक प्रतिकूल छ। यो यात्रा सय विघा जमीन जति लामो छैन तर जटि घुम्तीहरूले गर्दा यसलाई सय विघाभन्दा दश खन्ड लामो तुल्याइदिएको छ। यहाँ बालुवा नभए पनि यसलाई मरूभूमिको यात्रा भनिदिए फरक पर्दैन तर लक्ष्मीपुरे डल्ली ऊँटमा चढेकी यात्री होइन। ऊ पैदल छे र उसको दायाँ बायाँमाथि तल भनौं जता छाम्यो त्यतै घोर गरिबी र यस्ता गरिबीका साथी आश्रयहीनता सिंगो परिवेश भएर फैलिएको छ। यस विपन्नताको विकराल यात्रामा भरोसाको एउटा सिंगो हाँगा पनि ऊ देख्दिन, जहाँ यसो अडेस लाग्न सकोस्।
अँ, डल्ली लक्ष्मीपुरेको वर्ण यहाँ उल्लेख भएन। ममाथि उसको एउटा चिनारी छ त्यो हो एउटा गरिब र तिरस्कृत स्वास्नीमान्छे, जो गरिबीबाट आएर आज गरिबीसम्म पुगेको छ। उसले बाँचेकी, उसले भोगेकी संसारको बढो स्पष्ट नक्सा कोर्न भने सजिलै सकिन्छ। उसको संसारमा एकथरी अति निर्दय र स्वार्थी लोग्नेमान्छेहरू छन् र तिनीहरूलाइ धाम मार्ने क्रुर हत्केलाहरू छन्। उसको संसारमा न्यायको अर्थ हो कानुन, फगत एउटा कागजी कानुन, जो मात्र लागु हुनसक्छ, पाउन सकिंदैन। उसको संसारमा स्वास्नीले लोग्नेलाई उपेक्षा गर्नु, दुत्कारनु अपवाद मात्र हो र लोग्नेको स्वास्नीलाई उपेक्षा गर्नु दुत्कारनु एउटा जीवन शैली, एउटा व्यवहारिकता। उसको संसारमा यस्तो भइरहन्छ। इज्जत हुनेहरू लुकेर र नहुनेहरू खुलारूपमा।
यसरी कथा नायिका लक्ष्मीपुरकी डल्लीले आफू बिहे भएर यस शहरमा आउँदा कुनै दिन उसको जीवन एउटा विकल्पहीन स्थितिमा पुग्छ भन्ने सोचेकी थिइन। त्यसो त कुनै भव्य संसारबाट आएकी होइन, दुःख त उसको जन्मजात साथी तर आजको यो विकल्पहीनता…। ऊ विश्वास राख्दथी कि गरिबको जीवनमा पनि सुखको केही हिस्सा हुन्छ, सुख र दुःखको संगम नै जीवन हो सोच्न त मनासिब सोचेकी थिई उसले। केही दुःख गरे सुख पाइन्छ भन्ने आम धारणा थियो उसको पनि एकदम स्वाभाविक। जति दुःख गर्‍यो उति दुःख थपिंदोरहेछ समयको निकै अन्तरालपछि आज यस्तो पनि ऊ सोच्दैछे, उसको यो कठिन यात्रामा उ विश्वास छे उसको यस यात्रामा कुनै चमत्कार छैन कुनै अलादीनको जीन निस्केर उसलाई हत्केलामा राखेर अज्ञात राजमहलतर्फ उडाउने होइन, भगवानको कुनै पनि रूप यहाँ प्रकट हुने छैन, कुनै साधु महात्मा निस्केर “क्या तकलीफ है बेटी?” भनेर सोध्ने छैन। वास्तवमा यति धेरै कल्पना नै किन? कुनै एकजना पैसा भएको मान्छेले उसलाई “लौ केही केही किनेर खाऊ” भनी एक कौढी दिने पनि होइन। परम्परा यस्तै छ।
एउटा ढुंगे धारामा आफू लगायत छोरीहरूलाई पेटभरी पानी खुवाएर डल्ली लक्ष्मीपुरे छेउको एउटा ढिस्सोमाथि सुस्ताउन बस्छे। ठीक यति नै खेर उसले आफ्नो विगतको दुई पाता संक्षिप्तरूपमा पल्टाउँदैछे। साढे ६ वर्षको बीचमा दुईटै छोरी पाएकी हो। दुइजनाको माया पनि बसेकै त थियो कहिलेकांही झोंकिएर आउँथे, यसो स्वास्नीलाई रिस बिसाउँछन् त के भयो? कहिले ठाकठाकु ठुकठुक परिहाल्छ, अगुल्टो पनि नठोसी बल्दैन क्यारे। एक छाक खान, एकसरो लाउन दिएकै थियो। रिस चाहिं शुरूदेखि चर्कै हो। एकदिन उसको एउटा साथीले होटेलमा एघार सय तलब खाने जागिर मिलाइदिन्छु भनी लगेर गयो। त्यसदिन अलिक मिठो खान राम्रो लाउन पाइएला भनी म रमाएकी मेरो बास्सै … अहिले सम्झँदा त थकथकी लाग्छ। पैसो पनि लिएर आएकै हो, त्यसपछि ऊ विस्तारै मदेखि पर पर भएको मलाई राम्रैसँग थाहा छ विस्तारविस्तार घरमा कम आउन थाल्यो र एकदिन मैले सुनें, तिनले डेरा गरेर बाहिर अर्को आइमाई राखेका छन् रे। म त आकाशबाट खसें। सोचें के पुगेन उसलाई छोरो भन्थे त्यो पनि हुन्थ्यो होला बसेको भए। जालो के बनियो खै म निमुखा के बुझुँ। सौताको डेरा खोजेर हिंडे यत्रो भवसागरमा के पत्तो लाउनु। बिस्तारै भाँडाहरू पनि ओसारे। झगडा कटपिटको मात्रा बढ्यो र एकदिन हुँदै नभएको मान्छेसँग बात लगाएर घरबाट निकालिएदिए। कोठाको घरपतिले ताल्चा ठोक्यो छोरीहरूको बाबुले छोडे। म सुटुक्कै हिंडे तीनजना ज्यान घिसारेर। यहाँ मैले चुकचुक गर्ने मान्छे कोही थिएन। आफ्नै थाप्लोमा आइपुग्ला भन्ने डर तर सबैलाई हुन्छ।
यति संस्मरणमा रंगमगिइसकेपछि लक्ष्मीपुरकी डल्ली शान्त भई उसलाई सोच्न मन लागेन। टोलमा उसको निम्ति कोही बोलेन कानुनको सुत्र उसले कतै पक्रनै सकिन। पक्रेर पनि उसले केही हुनेवाला थिएन। जुत्ता मिल्काए जस्तो मिल्क्याई त हाल्यो। स्वास्नी त यहाँ जति पनि राख्न पाइहालिन्छ। दाना पानी नभरे कानुनले टाउको दुखाउने होइन, कानुन न्याय होइन। त्यसैले उसको यात्रा छोटो भएर पनि साह्रै जटिल र कठिन हुन गयो। काम पाइन्छ कि ठूला घर हुँदो यसो चियाएर हेरी सबै ठाउँ उसले एउटै जवाफ पाई, छोराछोरीको आमा हुँदैन। काममा अल्झो हुन्छ पहिले पहिलेबाटै केटाकेटीलाई खुवाइ हाल्छन्, आमाको मन हो चोरेर लान के बेर महिला संगठनमा भन्नपर्छ आदि–आदि।
यात्रा झ्नझन् विकराल हुँदै गयो। अपराह्रतिर एउटा बम बिसौनीमा आइपुग्छ डल्ली लक्ष्मीपुरे । उसको यात्रा अविश्वसनीय लाग्छ ऊ आफैलाई। त्यसैले मौन छे पेटमा केही छैन। लुगाफाटाको हकमा अब नांगिन बाँकी छ। यस्तो परिस्थितिमा अब के हुनसक्छ ऊ अब केदेखि के भएकी छ यो उसले चरम विन्दुमा बुझसकेकी छ। अब माग्नपर्छ बाटो हिंड्नेसँग, यति चाँडै ऊ माग्ने भइसकेकी छ। उसको मुटु एकपल्ट चिटिक्क चिमटियो, मृत्यु कल्पना गरी तर आमा जात त्यो भन्दा अघि बढ्न सकिन।
एकै छिनपछि बस बिसौनीमा मान्छेहरू आउन थाले। उसले एउटी सम्भ्रान्त महिला, जसको हातमा एउटा ठूलो व्याग थियो,–लाई एकपल्ट हेर्छे र एउटा दीनहीन निष्कर्षमा पुग्छे।
उसले मनमनमा सलाम गर्न सिकी र माग्नेको भाषा अलिकति रिहर्सल गरी। त्यसपछि उसले राम्रैसँग अभिनय गरी “भोक लाग्यो हजुर यी छोरीलाई भोकै छन् केही पाउँन।” मनको हावभावले इशारा गर्‍यो तर सही आँखाले अभिव्यक्ति दिएन, सही ओठै खुलेन सलाम गर्नलाई सही हात उठेन। ऊ नमज्जासँग विफल भई उसले देखी माग्न झन् दुष्कर छ।
एकैछिनपछि बस हिंड्छ। अब उसले यहाँ बसिरहनुको कुनै आवश्यकता छैन। ऊ अलिक परको रूखमुनि गएर बिसाउँछे। नजिकै दुईवटा भूसिया कुकुरको बच्चा आपसमा गुडुल्किएर सुतेका छन्। केही क्षणपछि एउटी पेट सेप्टिएको माऊ कुकुर आउँछे बच्चाहरू उसलाई उफ्री उफ्री चाट्न थाल्छन्। कुकुर माऊले मुखैमा राखेर भातका सिताहरू ओकलिदिन्छे। बच्चाहरू त्यही नै खाएर सन्टुष्ट हुन्छन्।
लक्ष्मीपुरकी डल्ली यो दृश्य देखेपछि मर्माहत हुन्छे, यसो आफ्नो छातीभित्रको आमापनलाई सुम्सुम्याउन नभियाउँदै आँखाहरू छलेर बगिदिए बरर…। उसले मन मनमा भनी, “कठै काली माऊँ तँ त कुकुर होस् रछ्यान पनि चाहछेर्स, अरू थोक पनि खान्छेस्, म के गरूँ, तँभन्दा त मै दुःखी रहिछु।
यात्राको यस मोडमा आइपुगेपछि डल्ली लक्ष्मीपुरले घामतिर यसो हेर्दै ओठ खोलेर एक्लै बोली। यो सुर्जे नारान कति टाढा होला…? एउटा अव्यक्त उराठले उसलाई कताकता पोल्छ, ऊ थाहा पाउँदिन, कहाँ पोल्दैछ र त्यो पोल्नु कसरी शान्त हुन सक्छ। अगाल बगाल उसका छोरीहरू प्रश्नचिन्ह जस्तै आकारमा गुडुल्किएर निदाइसकेछन्। अब रात झन् विकराल प्रश्न थियो उसको अघि।

नेपाली कथा – स्वास्नी पोइल गई

माघे झरीपश्चात् कलिला घामरश्मिहरू पृथ्वीमा आउन तँछाडमछाड गरी बाटो खोजिरहेका थिए। हो, तिनै घामरश्मिहरूलाई पछ्याउँदै म पनि खाना खाइवरी घरदेखि पारपिट्टिको चौतारोमा पुगेर यसो बसेको मात्र के थिएँ, माथिबाट एक जना मानिस पागलसरि कराउँदै तल झर्‍यो। स्वास्नी कता गई मेरी, स्वास्नी कता गई ! स्वास्नी पोइल गई मेरी, स्वास्नी पोइल गई। सत्ता हत्याउने दाउमा आरक्षणको नारा घन्काउनेहरूको सत्यानाश होस्। विदेशी भाषालाई अंकमाल गरी स्वदेशी भाषाहरूलाई लत्याउनेहरूको सत्यानाश होस्। राष्ट्रिय जनशक्तिलाई विदेश जान बाध्य पार्नेहरूको सत्यानाश होस्। सत्यानाश होस् ! सत्यानाश होस् ! सत्यानाश होस् ! उठेर यसो हेरेको रामप्रसाद पो रहेछ। अनि, हातले भाउ लगाउँदै भनेँ, “के पागलसरि कराउँदै हिँडेको?” को पागल? भन्दै मतिर फक्र्यो र झस्यांग भएजसरी भन्यो, “ओहो ! काका नमस्कार ! कहिले आउनुभो काठमाडौँबाट?”
“हिजो बेलुका अनि कता हो कराउँदै?” “खै ! कता हो, कता?” अलि भावुक बनेर, “मेरी त स्वास्नी पोइल गई, काका !” “के भन्छ यो? कहाँ गई, कहिले गई, कोसँग गई? जे पायो त्यही बोल्दै हिँड्ने? फुस्कियो कि क्या हो ! कतै गएकी होली, आइहाल्छे नि, एक-दुई दिनमा !” अलि रिसाएको भावमा मैले भनेँ। “खै ! आउने गरी हिँडेकी हो जस्तो लाग्दैन काका मलाई त!” “किन? चर्को झगडा भयो कि क्या हो !” केही सोचेझै अमिलो मन बनाएर मधुर स्वरमा भन्यो, “त्यस्तो झगडा त केही भएको होइन।” फेरि एकछिन रोकिएर भावुक हुँदै भन्यो, “गत वर्ष उपचारकै क्रममा बाबुको …।” “के रोग लागेको थियो र?” मैले बिस्मात्को भावले सोधेँ। “थाहै भएन, कहिले ज्वरो एक्कासि बढ्ने, कहिले घट्ने भइरहेको थियो। सन्चो होला नि भनेर आठ-दस दिनजति बाटो हेरियो। घट्दै घटेन। गाउँतिर सबैले कराउन थाले। अनि, खर्च खोजखाज बनाएर भरतपुर लगेका थियाँै। त्यही बेलामा के भएर हो डाक्टरहरूको आन्दोलन भएर अस्पतालजति सबै बन्द रहेछन्। फाट्टफुट्ट क्लिनिकहरूचाहिँ खुलेका थिए। उनले त लैजाऊँ भन्दै थिइन्। असाध्यै महँगो हुने डरले लगिएन।” आँसु पुछ्यो र फेरि भन्यो, “ठूलो गल्ती भएछ।” “अरू बच्चा?” छैनन् भन्ने भावमा केवल टाउको हल्लायो। “त्यसपछि?” केही सम्हालिएर, “त्यसपछि धेरै नबोल्ने, सानो कुरामा पनि रिसाउने, मान्छे जम्मा भएको ठाउँमा नजाने। कस्ती कस्ती भएकी थिई। अहिले गएको मंसिरमा मेरो भान्जाको बिहे थियो। बिरामी भएको बहाना बनाएर बसिरही। जति कर गरे पनि बिहेमा गइन। पछि बुझ्दा थाहा भयो। बिहेमा जाँदा लगाउने गहना थिएन। त्यसैले उसकी दिदीसँग भनिछ। दिदीले कता हो बिहेमा जानुपर्ने भएकाले गहना दिन सक्दिनँ भनिछन्। फेरि उसैकी बहिनीसँग भनिछ। बहिनीले पनि बैंकमा छ भनिछ। उसकी भाउजूसँग पहिले खोइ के कुरामा हो ठाकठुक परेको थियो। त्यसैले भन्दै भनिनछ। यता मेरा दिदीबहिनी सबैले त्यही बिहेमा जाँदा लगाउन परिगो। छिमेकमा खै कससँग हो भनेकी थिई अरे, दिइनछ। कतै माग्दा पनि गहना नपाएपछि बिहेमा नगएकी रे! त्यसपछिका दिनमा खासै खुलेर गफ गरेकी थिइन। बेलाबेलामा वचन लगाउँथी। आफ्नो कमाइ नभएपछि सबैले वचन लगाउँदा रहेछन् भन्ने सोची म सहेरै बस्थेँ।”

“गहना र फेसन अनुसारका साडीको मागले पनि थोरै आम्दानी हुनेहरूलाई त श्रीमती पाल्नै गाह्रो भइसक्यो त नि! अनि, कस्ता वचन लगाउने के भन्थी र?” “पढ्ने बेलामा यस्तो बुर्जुवा शिक्षा पढेर के काम भन्दै नेता बनेर दुनियाँलाई थर्काउँदै हिँड्यौँ। अहिले आफूलाई एक पेट खान र एकसरो लगाउन पनि चम्धारा रुन परेको छ। यस्तै यस्तै …। ऊ कराइरहन्थी म नबोलीकन बस्थेँ। के झगडा भन्नु त्यस्तो नि?” “तिमीले मास्टर डिग्री सकेको भन्या होइन र?” “हुन त हो नि, पहिला द्वन्द्वकालमा यस्तो शिक्षाको काम छैन। यो त बुर्जुवा शिक्षा हो भने सबैले। हो रहेछ क्यारे भनेर पढिएन। पछि फेरि यही शिक्षा ठीक हो अरे भने। त्यसपछि फेरि पढ्न सुरु गरेँ। पढ्दापढ्दै सम्पत्ति पनि सकियो। नेपालीमा एमएड गरेको त हो तर अर्थ भएन।” “अनि, शिक्षा आयोगको परीक्षा दिएनौ?” “१७ वर्षसम्म आयोग नै खुलेन। बल्ल यसपटक खुल्यो र दिएको, त्यही पनि भूतले खाजा खाने बेला परेछ। आफू परियो बाउन। महिला, दलित, जनजाति, अपांग, मधेसी, सीमान्तकृत के के, के के भन्दाभन्दै आफ्नो भागै पुगेन। नामै निस्केन। नाम ननिस्केको दिनदेखि ‘यस्ता नामर्दले किन बिहे गर्नुपरेको? स्वास्नी पाल्न नसक्ने हुतिहारा !’ यस्तै यस्तै भनेर कराइरहन्थी। मलाई देखेपछि ऊ कराइरहने भएकाले म जागिरकै धुनमा हिँडिरहन थालेँ। चिनजान भएकाहरूसँग रुने, कराउने, भनसुन गर्ने सबै भइसक्यो। खै ! कतै केही मेसो मेलै भएन। दिग्दार भएर काठमाडौँका बोर्डिङ्हरूतिर छिर्न थालेँ। त्रिविका प्राडाहरू क्याम्पसमा एक-दुई पिरयिड पढाएर बोर्डिङ्मा धाउँदा रहेछन्। फेरि तिनीहरू हाम्रा कुरै सुन्दा रहेनछ। म आजित भइसकेँ काका, आजित।” “अब आत्तिएर पनि हुँदैन। कराउँदै हिँडेर पनि केही छैन। फेरि शिक्षा आयोग चाँडै खुल्छ भनेका छन्। बरू राम्रोसँग पढ। अर्काेपटकचाहिँ नाम निकाल्नुपर्छ।” “पढेर के गर्नु? साँच्चै भन्दा भएभरका सर्टिफिकेट त्यही त्रिविको आँगनमा लगेर च्यातूँजस्तो भएको छ। सर्टिफिकेटको थुप्रो देखेपछि मन झन् पोलेर आउँछ। बरू आफैँले उछिन्दिएपछि ढुक्कै। गएको असोजदेखि ४० वर्ष लागेँ। अब शिक्षा आयोग दिनै पाइँदैन। विदेश जाऊ, हर्के साहिँलाको छोरो मलेसिया गएको आज २० वर्ष भइसक्यो, बेपत्ता छ। आफ्नै देशमा त आरक्षणको नाउँमा सौताका छोराछोरीजस्तो गरेका छन्। अझ विदेशमा त के? फेरि यो बुढेसकालमा? मैले त चित्त बुझाउने ठाउँ नै पाइनँ काका। आफूले आफैलाई सम्हाल्न गाह्रो भइसक्यो।” अनि, ऊ थचक्क बस्यो र बरर आँसु चुहायो। “कति दिन भो उनी हिँडेको?” “थाहै भएन काका। एक महिनाजति भयो, म जागिर खोज्ने सिलसिलामा काठमाडौँ गएको थिएँ। एउटा सानोतिनो जागिरजस्तो भेटियो र उतै थिएँ। बुबाआमा बितिहाल्नुभो, दिदीबहिनी आ-आफ्नै घरमा। ऊ घरमा एक्लै थिई। त्यसैले दुवै जनाले काम गर्न मिल्ने खालको भएर उसलाई लिन आएको। ऊ त हिँडिसकिछ।” “कस्तो जागिर? केमा काम पायौ?”

“जागिर भन्ने कि, के भन्ने अब?” “भन न, केमा हो?” “रातमा चाउचाउ, बिस्कुट आदिका विज्ञापन भएका पम्प्लेटहरू टाँस्दै हिँड्ने हो। एउटा टाँसेको पाँच रुपियाँका दरले दिन्थ्यो। एक रातमा त्यै सयवटाजति टाँस्थेँ।” “रातमा एक्लै, डर लाग्दैन?” “डर त लाग्छ नि काका। अरू डरभन्दा पनि प्रत्येक दिन हाकिमले एउटा बाटो बताउँथ्यो। त्यो बाटोका मुख्य मुख्य ठाउँमा टास्नपर्यो । त्यस्ता महत्त्वपूर्ण ठाउँमा अरूले पहिल्यै टाँसेका हुन्थे। अरूले नदेख्ने गरी टाँस्दै भाग्नुपर्‍यो। फेरि अरूले भेट्टाए भने त मारहिाल्छन् नि? साथी हुन्थी भनेर लिन आएको, यता यस्तो पो रहेछ।”
“ऊ हिँडेकी नै होली र? दुई-चार दिनमा रसि मरेपछि आउली नि?” आउँदिन भन्ने भावमा घोसे मुन्टो लगाएर टाउको हल्लायो। अनि, झोलाबाट एउटा पोको झिक्यो र मतिर सारिदियो । कौतूहल बन्दै मैले सोधेँ, “यो के हो?” “हेर्नु न खोलेर,” आँसु पुछ्दै भन्यो। कालो प्लास्टिकको सानो पोको छिटोछिटो खोलेर हेरेँ। पोको खोल्नेबित्तिकै दंग परेँ। अरू चीज चलाइनँ। बुझेँ, भइगो। त्यही पोकोभित्र एउटा सानो कागज रहेछ। त्योचाहिँ झिकेर हेर्न थालेँ। त्यसमा लेखिएको थियो । नामर्द पूर्वपति जीवनभरिको बिदाइ ! जीवनका पन्ध्रौँ वसन्तसम्म तिमीलाई साथ दिइरहेँ तर बदलामा मैले केही पाउन सकिनँ। न साथ दियौ, न त रात दियौ। न भात दियौ, न त बात दियौ। न आँत दियौ, न त उन्माद दियौ। दियौ केबल एउटा फूल, त्यो पनि कोपिलैमा झर्‍यो। साँच्चै भन्दा तिम्रै कारणले झर्‍यो। त्यसैले नामर्दकी श्रीमती भएर बस्नुभन्दा बाटो तताउनु नै बेस ठाने । मलाई नखोज्नू ! किनभने, अब म तिम्री रहिनँ। तिमीले मलाई दिएको सिन्दुर, पोते, धागो, टीका पत्रसँग फिर्ता गरेकी छु। जीवनमा कतै जागिर पायौ र श्रीमती पाल्ने आँट आयो भने अर्को बिहे गर्नू। नत्र सुखमा रमेकी अर्काकी छोरीलाई ल्याएर रुवाउने काम नगर्नू। उही शर्मिला पत्र पढ्दापढ्दै मेरा त गहभरि आँसु भरिएछन्। अनि, द्रवीभूत नेत्रले उसलाई यसो हेरेको मात्र थिएँ, ऊ बरर्र आँसु झार्दै रहेछ। एकैछिनको सन्नाटापछि रोकिई रोकिई उसले भन्यो, “काका हजुर साहित्यमा कलम चलाउनुहुन्छ, यदि मेरो जीवनको यो सत्य व्यथा साँच्चै कथा बन्छ भने छपाइदिनु होला।”
अनि, ऊ बाटो लाग्यो। म बोल्नै सकिनँ। अलि पर पुगेपछि के सोचेछ कुन्नि? अलि चर्काे स्वरमा भन्यो, “काका ! कथा छपाउँदा रामप्रसाद बाउन, लाखुभीर, तनहुँ लेख्नचाहिँ नभुल्नुहोला है !”

नेपाली कथा – भासुभीरको भूत

देउतीबजारभन्दा पर एउटा छाप्रोजस्तो चियापसलमा पुगेर गाडी रोकियो। भर्खरै देउतीबजारमा चिया र खाजाका लागि रोकेको गाडी फेरि यहाँ किन रोकेको होला भनेर सोच्दै थिएँ। सबै मानिस हुरुरु ओर्लिए। लगत्तै छतमा उक्लिए। गाडीभित्रका खलासीले मलाई सोधे, “तपाईंलाई चाहिँ आफ्नो ज्यानको माया लाग्दैन?” “किन?” “किन छतमा नगएको त?” उसले फेरि सोध्यो। मलाई आश्चर्य लाग्यो। मैले केही नबुझेर ड्राइभरतिर हेरेँ। “उहाँ नयाँ हुनुहुँदो रहेछ। देवी, बताइदे उहाँलाई सबै कुरा !” ड्राइभरले भन्यो। देवीप्रसाद नाम गरेको खलासी मेरो नजिकै आयो र भन्यो, “दाइ, भासुभीरमा भूत आउँछ र गाडीभित्र बसेका सबैलाई मार्छ।” “अनि, तिमीहरूलाई चाहिँ मार्दैन?” “हामीलाई पनि मारे त गाडी कसले चलाउने नि?” ऊ हाँस्यो। “त्यसो भए मलाई पनि मार्दैन।” मैले भनेँ। तीन-चार जना बूढाबूढी र म मात्रै गाडीभित्र थियौँ। सबै सकीनसकी गाडीको छतमा उक्लिएका थिए। “चौकी या सेनाको चेकपोस्टमा पुगेपछि गाडीका छतमा बसेकाहरू सबै गाडीभित्र चढेको देखेको थिएँ। तर, भित्र बसेका सबै छतमा चढेको पहिलोपल्ट देखियो।” मैले सँगै बसेका बूढातर्फ हेर्दै भनेँ। “के भनौँ नानी, भासुभीरमा भूतले गाडी पल्टाइरहन्छ। अनि, मान्छेहरू आत्तिनु पनि स्वाभाविक हो।” “तपाईंचाहिँ किन नआत्तिएको नि !” “उमेरले नेटो काटिसक्यो, अब मर्नलाई के डराउनू? फेरि भूतलाई पनि हट्टाकट्टा जवान नै मनपर्छ कि क्या हो !” भासुभीर कटेपछि भने सबै जना तल ओर्लिए। “लगेन है आज भूतले।” सबै दंग हुँदै बसभित्र चढे।

स्थानीय बसपार्कमा पुगेर बस रोकिइसकेपछि अरूसँगै म पनि झोला बोकेर ओर्लिएँ। तर, मलाई भासुभीरको भूतले तानिरह्यो। “किन यस्तो अन्धविश्वास?” “यो अन्धविश्वास होइन। सत्य हो। भासुभीर पुगेको बेला म पनि छतमा नै चढ्छु।” पछिल्लो बीस वर्षदेखि प्राथमिक विद्यालयमा प्रधानाध्यापक रहेका एक जनाले भने। “कस्तो सत्य हो यो? मलाई भन्नूस न!” “तपाइर्ं केन्द्रमा बसेर पत्रकारतिा गर्ने मान्छे। तपाइर्ंलाई झन् थाहा छैन?” उनले आश्चर्य व्यक्त गरे। उनले मलाई एक जना स्थानीय नेता र दैनिकका पत्रकारसँग भेटाए। “यो भासुभीरको भूतको कुरा के हो?” मैले रवि धामीलाई सोधेँ। उनले मलाई आफ्नो कार्यकक्षमा लगे। एउटा सानो कोठामा एउटा कम्प्युटर र केही मेच थिए। भित्तामा एउटा चार्ट टाँसेको थियो हातले कोरेको। त्यही चार्टतर्फ इसारा गर्दै रविले भने, “हेर्नूस् पछिल्लो चार वर्षमा ११औँपटक दुर्घटना भएको छ भासुभीरमा। असारमा भएको पछिल्लो दुर्घटनामा २२ जनाले ज्यान गुमाए। तर, छतमा बसेका कोही मरेनन्।” “सबै दुर्घटनामा यस्तै भएको छ। ड्राइभर-खलासी बेपत्ता हुन्छन्। बसभित्रका मर्छन् र छतमा बसेका सबै बाँच्छन्।” स्थानीय राजनीतिमा सक्रिय अमर जोशीले भने। भोलिपल्ट खाना खाएर म स्थानीय यातायात व्यवसायीहरूको कार्यालयमा गएँ। त्यहाँ भेटिएका यातायात व्यवसायीहरूलाई भासुभीरको भूतको प्रसंग सोधे । उनीहरू मुखामुख गर्न थाले। त्यहाँका अधिकांश बस व्यवसायीले त्यस रुटबाट आफ्नो गाडी निकाल्न खोजेका रहेछन्। “भूतबाट डराएर बस निकाल्न लागेको?” मैले सोधेँ।
“कुन बेला भूत आउँछ, केही थाहा हुँदैन अनि के गर्नु त?” एक व्यवसायीले भने। “दुर्घटनामा जोगिएका ड्राइभरहरूसँग कुरा हुँदैन तपाइर्ंहरूको? के हो भूतको प्रसंग?” “लौ, तपाइर्ंलाई थाहा छैन !” ती व्यवसायीले आश्चर्य माने, “यहाँ भएका ११ वटै दुर्घटनामा ड्राइभर-खलासी भेटिएका छैनन्।”
“के उनीहरू पनि मरे?” “होइन, भासुभीरको अख्रले चौतारो पुगेपछि ती ड्राइभर र खलासी ओर्लिंदा रहेछन् र गाडी आफै भीरबाट गुल्टिँदो रहेछ।” “के भनेको?” “हो, कतिपटक त गुड्दागुड्दै ड्राइभर-खलासी र छतमा भएका यात्रु हाम फाल्छन् र जोगिन्छन्। भित्र भएका सबै मर्छन्।”
“कस्तो कुरा गर्नुहुन्छ? ती ड्राइभर-खलासीको नाम, नम्बर र परविारका बारेमा त तपाईंहरूको समितिसँग जानकारी होला नि !” “के कुरा गर्नुहुन्छ पत्रकारज्यू, यस रुटमा गाडी चलाउने सबैको नागरकिता र लाइसेन्सको फोटोकपी हामीसँग हुन्छ। तर, जुनजुन गाडी पल्टिएका छन्, तिनका फोटोकपी पनि गायब छन्। त्यहाँ गाडी पल्टिएपछि ड्राइभरको पहिचान नै हराउँछ। खोइ के हो के हो? अस्ति असारमा पल्टिएको गाडी मेरो हो। सिन्धुपाल्चोकको तामाङ ड्राइभर थियो। खलासी पनि उतैको। उसको परविारसँग पनि मेरो बारम्बार कुरा हुन्थ्यो। तर, दुर्घटनापछि फोन लागेन। नागरकिता र लाइसेन्समा भएको नामका आधारमा खोजी गर्दा उसको गाउँमा यो नामको मानिस नै भेटिएन।” स्थानीय बस व्यवसायीको कुराले म थप हैरान भएँ। के साँच्चिकै भासुभीर भूतहरूको अखडा हो।

म भासुभीर हेर्न गएँ। अस्ति गाडीमा आउँदा राम्रोसँग हेरेकै रहेनछु। डरलाग्दो भीर रहेछ। गाडी अलिकति छेउमा गयो कि सीधै सय फिट तल खोलामा पर्ने। सात दिनको बसाइ सकियो। म त्यही भासुभीरको बाटो हुँदै सकुशल काठमाडौँ फकिएँ। तर, भासुभीरको भूतप्रतिको उत्सुकता र जिज्ञासा उस्तै थियो। म सिन्धुपाल्चोकको तामाङ ड्राइभरको नागरकिता र लाइसेन्सको फोटोकपी बोकेर सिन्धुपाल्चोक हानिएँ। नागरकिताको फोटोकपीमा लेखिएको थियो- ‘वीरबहादुर तामाङ, जन्म २०३५ साउन २०, मानेश्वारा गाविस ३ सिन्धुपाल्चोक।’ बाह्रबीसे पुग्नुभन्दा दुई-तीन सय मिटर यतैबाट म चढेको जिप उकालियो। ग्राबेल मात्र गरेको घुम्ती बाटोमा जिप पल्टिएलाजस्तो लाग्छ। कति ठाउँमा त भासुभीरको भूत नै यतै आउलाजस्तो। मानेश्वारा गाउँ पुगेपछि म ओर्लिएँ। जिप यहीँसम्म आउँदो रहेछ। तीन घन्टा हिँडेपछि म म्हाने गाङ गाउँ पुगेँ, साँझको ५ बजे। मैले चौतारोनजिकैको चिया पसलमा बसिरहेका स्थानीयलाई वीरबहादुर तामाङको घर सोधेँ। सबैले मुखामुख गरे। आश्चर्यचकित भएर उनीहरूले कहिले मलाई, कहिले आफूआफूलाई नै हेर्न थाले। “त्यो भासुभीरमा गाडी चलाउने वीरबहादुर क्या।” मैले फेरि भनेँ। “चिनेका छैनौँ हामीले। यो गाउँमा यो नामको कोही छैन।” एक बूढाले झोक्किँदै भने। “गाउँमै नभएको मानिस खोज्दै आउने? तपाइर्ं गइहाल्नूस्। यो गाउँमा बस्दै नबस्नूस्।” एक जना अधबैँसे कड्किए। “गाउँमा बस्नै नहुने के अपराध गरेँ र मैले? वीरबहादुर छैन भने ठीकै छ। तर, यो गाउँबाटै गइहाल भन्न त मिलेन नि !” म पनि कड्किएँ।
“हुँदैन। यो गाउँमा बस्न पाइँदैन।” ३०-३५ वर्षको तामाङ अनुहार चिच्यायो। “हेरौँ त कसले रोक्दो रहेछ मलाई, यो गाउँमा बस्नलाई? म यहीँ बस्छु।” म अझ जंगिएँ। “के रे! भनेको नमान्ने? तु गइहाल यहाँबाट।” त्यो तामाङ अनुहार मलाई गलहत्याउन आइपुग्यो। “ए…ए… के गरेको? छोड आइते! उहाँलाई केही नगर।” एउटी अधबैँसे महिलाले रोकिन्। “तपाईं हिँड्नूस् मसँग।” त्यहाँ कोही बोलेनन्। म ती महिलाको पछिपछि लागेँ। १५-२० मिनेटको बाटो हामीले नबोली पार गर्‍यौँ। घरमा पुगेपछि म पिँढीमा थचक्क बसेँ। गलेको थिएँ। उनले गुन्द्री ल्याइदिइन्। गुन्द्रीमाथि सरेँ। “छ्याङ पिउने हो?” उनले सोधिन्। मैले नपिउने संकेत गरेँ। ‘त्यसो भए चिया बनाउँछु’ भन्दै उनी भित्र छिरनि्। मैले चारैतिर हेरेँ। फराकिलो सफा आँगन। एक छेउमा सेतो पहेँलो कपडाको झन्डाजस्तो झुन्ड्याइएको थियो। झन्डाभरि के के नबुझिने अक्षरहरू थिए। साँझ छिप्पिँदै गइरहेको थियो। पर कतातिर हो, एफएममा पुराना नेपाली गीत घन्किरहेका थिए। छिप्पिँदो साँझमा चिया पकाउन भित्र छिरेकी उनले रात ओर्लिएपछि मलाई भित्रै बोलाइन्। भित्र फराकिलो गुन्द्री ओछ्याइएको रहेछ। म त्यसैमा बसेँ। उनले चियाको गिलास दिइन्। आफूले पनि एउटा गिलास समाइन्। त्यत्तिकैमा अघि तल होटलमा मेरो कठालो समातेको ३०-३५ को तामाङ अनुहार घरभित्र छिर्‍यो। मेरो सातोपुत्लो उड्यो। लौ मार्ने भए जस्तो लाग्यो।

“न आत्तिनूस्, यो मेरो छोरो हो आइते। केही गर्दैन।” महिलाले मेरो अनुहारको भाव बुझेर भनिन्। कुन्नि के हो लिएर लगत्तै त्यो तामाङ अनुहार बाहिरयिो पनि। “तपाईंले किन खोज्नुभएको वीरबहादुरलाई?” उनले सोधिन्। “तपाइर्ं चिन्नुहुन्छ र वीरबहादुरलाई?” मैले खुसी हुँदै सोधेँ। “उहाँ मेरो बुबा हो।” “हँ के भनेको?” मलाई आश्चर्य लाग्यो, “मैले त अस्ति भर्खर भासुभीरमा बस दुर्घटना भएर बेपत्ता भएको ड्राइभर वीरबहादुर तामाङको कुरा गरेको।” “हो, मैले उसैको कुरा गरेको। उहाँ मेरो बुबा हो। भासुभीरमा गाडी चलाउनुहुन्थ्यो। तर, उहाँ गाडी दुर्घटना भएर बेपत्ता भएको होइन। गाडी ठोक्कियो भनेर त्यहाँका मान्छेहरूले कुटीकुटी मारेका हुन्।” उनले भनिन्। कुरा बाझियो। कुरा मिल्ने छाँट पनि देखिनँ। ०३५ सालमा जन्मिएका वीरबहादुरकी छोरी अधबैँसे कसरी हुन सक्छिन्? “मैले गएको असारको कुरा गरेको। त्यस बेला त्यहाँ बस दुर्घटना भएको थियो। २२ जना मरेका थिए। ड्राइभर-खलासी बेपत्ता थिए।” “गएको असार होइन। यो ४० वर्षअघि असारको कुरा हो। त्यस बेला म पाँच वर्षकी थिएँ। मेरो बुबा भासुभीरमा बस चलाउनुहुन्थ्यो। ऊ त्यो तामाको फोसी छ नि, बुबाले उतै धनगढी बजारबाट किनेर ल्याएको। मलाई दाइजो दिन।” मैले त्यो पुरानो तामाको फोसीतिर दृष्टि घुमाएँ। “बुबा वर्षमा एक-दुईचोटि घर आउँदा केही न केही लिएर आउनुहुन्थ्यो। त्यसताका त्यताका सबै युवा काम खोज्दै भारत हानिएका थिए। गाडीको बाटो त गयो तर गाडी चलाउने मानिस नै पाइएन। काठमाडौँमा गाडी चलाउँदै गरेको बुबालाई उतैका मानिसले अनुरोध गरेर भासुभीर पुर्‍याएका।” बोल्दाबोल्दै उनी गम्भीर भइन्, “कुटेर मार्नु रहेछ र पो जिद्दी गरेर लगेका रहेछन्।” “उहाँले गाडी चलाउन थालेको आठ-नौ वर्षपछि एक दिन भासुभीरको भित्तामा गाडी ठोकिएछ। सामान्य चोटपटकबाहेक कसैलाई केही भएको थिएन। तर, उत्ताउला यात्रु र आवेशमा आएका गाउँलेले बुबा र बुबाको उतैको एक जना खलासीलाई कुटीकुटी घाइते बनाएछन्। त्यतिले नपुगेर मेरो बुबा र खलासीलाई त्यही भीरमा खाल्डो खनेर गाडेछन्।” म अवाक् भएर सुनिरहेँ भासुभीरको दर्दनाक कहानी। “पछि हाम्रा नानाहरू जाँदा जिउँदै हुनुहुन्थ्यो मान्छेहरूले त्यत्तिकै गाडेर मारे भनेछन् ।” उनले भित्तामा टाँगेको श्यामश्वेत फोटो हेरनि्, “त्यसपछि हामीले आफ्ना सन्तान कसैलाई पनि गाडी चलाउन दिएका छैनौँ।” “अनि, यो भूतको प्रसंगचाहिँ के हो त?” मैले जिज्ञासा राखेँ। “खोइ थाहा छैन, उहाँको आत्मा शान्त भएको छैन भन्छन् गुरुबाले। त्यही भएर बेलाबेलामा भट्किरहन्छ र बदला लिइरहन्छ रे!” “यस्तो पनि हुन्छ र?” “हुँदो रहेछ, नपत्याएर के गर्नू? ४० वर्षअगाडि मरेका मेरा बाउको नाम लिएर तपाईं कसरी यहाँ आइपुग्नुभयो? हरेक वर्ष कोही न कोही यहाँ बुबाको नाम लिएर सोध्न आइपुग्छन्। त्यहाँ दुर्घटना हुँदा ड्राइभर वीरबहादुर नै किन हुन्छ त?” म केही बोल्न सकिनँ। भासुभीरको भूतले मेरो मथिंगल झन् रन्थनियो।

कथा – परीक्षा

साँझपख मेरो फोनको घन्टी बज्छ। छोरीलाई दूध खुवाइरहेकी मैले त्यो अपरिचित फोन उठाउन त्यति जरुरी ठानिनँ। म भान्सामा खाना पकाउन लाग्छु। गएको तीजमा सबै दिदीबहिनीले ‘स्कुलमा त राम्रो विद्यार्थी थिइस्, किन अहिलेसम्म जागिर पाइनस्’ भनेर सोध्दा म निरुत्तर रहेको कुराले मलाई अहिले भित्रभित्र पोलिरहेको छ। भान्सामा पाकिरहेको खानासँग मेरो मनका कुराहरू पाकिरहेका छन्।

फेरि सोही नम्बरबाट फोन आयो। मैले उठाएँ। उताबाट आवाज आयो, “हेलो, तपाईं सुनीता हो?”

“हो, को बोल्नुभएको, मैले चिनिनँ नि !”

जवाफ आयो, “म तपाईंलाई चिन्छु। तपाईंलाई थाहा छ, लोकसेवा आयोगले महिलाहरूका लागि विज्ञापन खुलाएको छ।”

मैले खुसी हुँदै भनेँ, “ए हो र ! अब मैले के गर्नुपर्छ त परीक्षामा सहभागी र पास हुन?”

“यदि तपाईं चाहनुहुन्छ भनेे म तपाईंलाई सहयोग गर्न सक्छु। मसँग लामो अनुभव छ, यस विषयमा। र, धेरैलाई सहयोग गर्दै आएको पनि छु।”

मैले भनेँ, “तपाईं मलाई साँच्चिकै सहयोग गर्नुहुन्छ? मलाई त लोकसेवा आयोगबाट लिइने परीक्षाका बारेमा केही पनि थाहा छैन।”

उताबाट जवाफ आयो, “त्यसैले त फोन गरेको, तपाईंलाई सहयोग गर्नका लागि।”

“साँच्चि हो?” खुसीको सीमा रहेन। भोलि उहाँको कार्यालय समयपछि ‘साढे ५ बजे बानेश्वरको एक बेकरी क्याफेमा भेटेर कुरा गर्ने’ भन्दै फोन राखेँ। खाना पकाउँदै कल्पना गर्न थालेँ, जागिर खाएको, कार्यालय गएको, सरकारी कर्मचारीले लगाउने नीलो रंगको कोट-पाइन्ट लगाएर छोरीलाई चुप्पा खाएर घरबाट साढे ९ बजे अफिसका लागि निस्किएको, कहिले भ्यान्टा कलरको सारी लगाएर अफिसको मिटिङ्मा बसेको आदि, आदि। त्यो रात मीठामीठा कल्पना गर्दा गर्दै यताउता पल्टिरहेँ। कति कोसिस गर्दा पनि निदाउन सकिनँ।

एक्कासि घडीको घन्टी बज्यो। छोरीलाई लिटो खुवाउने बेला भएछ। रातभर अनिदोले टट्याइरहेका आँखामा चिसो पानी छम्किँदै साँझको प्रतीक्षा गररिहेँ। यत्तिकैमा हजुरआमाले दसैँमा टीका लगाउँदै ‘पेन्सने जागिर खाएस् नानी, बुढेसकालमा मैले जस्तो कसैको हात थाप्नु नपरोस्’ भनेर दिएको आशीर्वाद सम्झिन पुगेँ।

आजको दिन कति लामो भएको, महिनाभन्दा पनि लामो। घडी घुमिरहेको छ। तर, साढे ५ बज्दै बज्दैन। उत्साह, छटपटी र आशा मनमा राखेर घरका काम सिध्याएँ। छिमेकी दिदीलाई फोन गरेँ, दुई घन्टाका लागि छोरी राखिदिन अनुरोध गर्दै। ५ बज्यो। छोरीलाई उहाँको घरमा पुर्‍याएँ। टेम्पोबाट बानेश्वर पुग्दा ढिला भइसकेको थियो। उहाँ मलाई कुररिहनुभएको रहेछ। म गएपछि ‘के खाने’ भनेर सोध्नुभयो।

“म भर्खर घरबाट खाजा खाएर आएको, केही खाने मन छैन। हजुरलाई जे खान मन छ, त्यही लिनूस्। तर, छिट्टै घर जानुपर्छ। छोरीलाई छिमेकीको घरमा राखेर आएकी छु,” मैले भनेँ।

“छोरी बसिहाल्छिन् नि, पछि जागिर गर्न लागेपछि छाड्नैपर्ने हो,” उहाँको जवाफले मातृवात्सल्यको महत्त्व नबुझेजस्तो भान दिन्थ्यो। मलाई जागिरकै बारे कुरा गर्ने हतारो थियो। उहाँ भने अरू नै विषयमा कुरा गर्न चाहनुहुन्थ्यो। विषयान्तर हुन नदिन मैले सोधेँ, “हिजो भन्नुभएको लोकसेवा पास गरेर सरकारी जागिर कसरी खाने हो?”

“लाटी, त्यो त म भएपछि के चिन्ता गररिहेकी, म तिमीलाई सहयोग गरिहाल्छु नि !”

पहिलोपटक भेटेको मान्छेले सीधै ‘तिमी’ सम्बोधनमा उत्रिँदा मनमा असहज महसुस भयो। जागिरका लागि विवश थिएँ। त्यसैले कुनै प्रतिक्रिया जनाउन सकिनँ। उहाँले ‘भोलि म तिमीलाई लोकसेवा आयोगको पाठ्यक्रम ल्याइदिन्छु, यही ठाउँमा यही समयमा भेटौँ न त !’ भन्नुभयो। तर, म यो कुरामा सहमत हुन सकिनँ। किनभने, घरमा छोरी हेर्ने कोही थिएन।

मेरो कुरा बुझेर होला ‘तिम्रो घरनजिकैकी साथीको हातमा पठाइदिन्छु, त्यहाँ गएर लिनू !’ भन्नुभयो। लोकसेवा आयोगमा फाराम भर्ने वाचा गराउनुभयो। पाठ्यक्रमका आधारमा केही तयारी गरेपछि एक सातापछि लेखेका कुरा उहाँलाई देखाउने थप वाचासहित म छुट्टएिँ।

मैले तयारी सुरु गरेँ। फोनबाट उहाँले मलाई पढाइका बारेमा सल्लाह दिइरहनुहुन्थ्यो। मनमा लाग्यो, अरूका बारेमा भलो चिताउने यस्ता असल मान्छे पनि यही समाजमा रहेछन्। मलाई त उहाँ वर्षौदेखि चिनेजस्तो लाग्न थाल्यो।

साता दिन बित्न लाग्दै थियो, उहाँ आफैँले फोन गर्नुभयो र मैले लेखेको कपी लिएर आफूलाई भेट्न भन्नुभयो।

सोधेँ, “कहाँ भेट्ने?”

भन्नुभयो, “सधैँ बेकरीमा भेट्दा मान्छेले कुरा काट्न सक्छन्। तिम्रो श्रीमान् विदेशमा भएकाले तिमीलाई असहज हुन सक्छ। म त केटा मान्छे, मलाई के हुन्छ र !” उहाँको कुरा ठीकै थियो। लाग्यो, मेरा बारेमा साँच्चिकै कत्ति चिन्ता गर्नुहुन्छ !

“हुन्छ, हजुरले जहाँ भन्नुहुन्छ, त्यहीँ आउँला नि !”

एक सातासम्म लेखेका उत्तरहरू पोको पारेँ, उहाँले बोलाए अनुसार नै बागबजारतिर लागेँ। बागबजार नपुग्दै उहाँको फोन आयो, “रत्नपार्कमै बस्नू, म त्यहीँ लिन आउँछु।”

मनमनै खुसीले दंग थिएँ। मलाई लाग्यो, आज म एक विज्ञबाट छोटो समयमा धेरै कुरा सिक्दै छु।

उहाँको रोजाइको त्यो सुरक्षित ठाउँ घुमाउरो गल्लीभित्र पो रहेछ। त्यो ठाउँ देखेर मलाई कताकता डर लाग्यो। उहाँको हाउभाउले लाग्थ्यो, त्यो उहाँ बारम्बार आइरहने ठाउँ हुनुपर्छ।

“हामी कहाँ जाँदै छौँ?” मैले सोधेँ।

“मैले तिमीलाई नराम्रो ठाउँमा लाँदै छु जस्तो लाग्यो र?” उहाँले मेरो पिठ्यूँमा धाप मार्दै भन्नुभयो।

आफ्नो जीउमा यसरी केटा मान्छेले छोएर कुरा गर्दा नराम्रो नलागेको होइन। तर, यो कुरालाई मनमै दबाएँ। यस्तो पनि सोचेँ, छोरी वा बुहारीजस्तै ठानेर यस्तो गर्नुभएको होला। गाडी साँघुरो गल्ली छिचोल्दै अग्लो घरको कम्पाउन्डभित्र छिर्‍यो।

“यो ठाउँ गोप्य छ, साथै शान्त पनि। हाम्रो छलफलका लागि उपयुक्त छ,” उहाँले भन्नुभयो।

कोठामा पुगिसकेपछि पो थाहा पाएँ, त्यो त होटल रहेछ। त्यस्तो होटल, जहाँ बाहिर कुनै साइनबोर्ड थिएन। लामो चिनजान नभएको मान्छेसँग त्यसरी कोठामा बस्दा असहज महसुस हुनु स्वाभाविक थियो। तर, मेरो उहाँप्रतिको विश्वासले गर्दा आफूलाई सहज बनाउन कोसिस गरेँ। उहाँले केही खानेकुरा अर्डर गर्नुभयो। मलाई खाना होइन, सिकाइको भोक लागिरहेको थियो। खानेकुरा आइपुगे। खाना ल्याउने मान्छे जानासाथ उहाँले ढोका बन्द गर्न लाग्नुभयो।

अब भने मलाई डर लाग्यो। ढोका खुलै राख्न भनेँ मैले। उहाँले मेरा कुरा नसुनेझैँ गर्नुभयो। चुकुल लगाइछाड्नुभयो। डरले मेरो धड्कन बढ्न थाल्यो। उहाँले मलाई खानेकुरा लिन भन्नुभयो। आफू पनि खान थाल्नुभयो। यति बेलासम्म डरले मेरो होसहवास उडिसकेको थियो। तर पनि खाएजस्तो गरेर साथ दिएँ।

उहाँले पढाइको प्रसंग नै निकाल्नुभएन। बरू एक्कासि मलाई सुमसुम्याउन लाग्नुभयो। मैले त्यसो नगर्न आग्रह गरेँ। मेरो आग्रहलाई बेवास्ता गर्दै कडा हातले मलाई अँगालो हाल्ने कोसिस गर्नुभयो। मैले भाग्नलाई फुस्कन खोजेँ। तर, ढोका बन्द थियो। सुनसान कोठाभित्र, मेरो मुटुको आवाजले मलाई भुइँचालोले हल्लाएजस्तो लाग्यो।

“म जे जे भन्छु, मैले भनेको मानिनस् भने के हुन्छ थाहा पाउनेछेस्। यति गर्दासम्म मेरो कति समय खर्च भएको छ, तँलाई थाहा छ? तँलाई पनि त चाहना होला नि ! जिन्दगी खेर नफाल्। श्रीमान् साथमा छैन। तेरो के जान्छ र? मजस्तो राम्रो मान्छे तैँले कहीँ भेट्टाउँदिनस्।”

धम्की र लालसा मिसिएको भावमा उसले मलाई ‘कन्भिन्स’ गर्न खोज्यो। जब म उसको कुकृत्यमा चुपचाप संलग्न भइनँ, जबरजस्ती गर्ने प्रयास गर्‍यो। एकछिनअघिसम्म भगवान्का रूपमा देखिएको मान्छे अहिले दानवीय रूप लिँदै थियो। मलाई आफू सपनामा पो छु कि जस्तो पनि लाग्यो। तर, यो सपना थिएन।

यत्तिकैमा उसको फोनको घन्टी बज्यो। मैले राहत महसुस गरेँ। नर्कबाट मुक्त हुँदै छु जस्तो लाग्यो। ऊ बाहिर निस्क्यो। ढोकामा ठूलो आवाजले ढकढक गर्‍यो। ढोका खोलेँ। एक हुल पुलिस र पत्रकार पो कोठामा छिरे। पुलिसले ‘ल हिँड् मामाघर’ भन्दै मलाई घिसार्न थाले। एकाएक म एउटा अपराधीमा परण्िात भएँ। मेरो अपराध के थियो, बुझ्नै पाइनँ।

पुलिसचौकीबाट मेरो घरमा फोन लगाइयो, ‘तपाईंको मान्छेलाई हामीले आपत्तिजनक अवस्थामा भेट्यौँ, उहाँलाई छुटाउन आउनू’ भन्दै। भोलिपल्ट पत्रिकामा ‘लोकसेवाको तयारी गररिहेकी केटी बागबजारको होटलमा देहव्यापारमा संलग्न’ भन्दै समाचार पो आएछ।

गाउँमा सबैले मेरो कुरा काट्न थाले। श्रीमान्लेे पनि फोन गरेर ‘जोसँग गएकी थिइस्, त्यसैसँग जा, मेरो घर छाडिहाल्’ भन्नुभयो। अरू मान्छेले पनि थप्न थाले, ‘हामीलाई पहिल्यै शंका लागेको थियो, यसको चाला ठीक छैन, भन्न मात्र नसकेको हो।’

माइतीबाट पनि फोन आयो। बूढी आमाले रुँदै भन्नुभयो, “हाम्रो इज्जत खोलामा फालिस् नानी, मर्ने बेलामा हामीले यस्तो के सुन्नुपर्‍यो। तेरै सुखका लागि राम्रो घर-कुटुम्ब खोजेर दिएका थियौँ।”

श्रीमान्को फोन फेरि आयो, “अझै त्यहीँ छेस्, खुरुक्क कहाँ जाने हो, गइहाल्।”

उफ्, आफ्नो गल्ती केही छैन। आफैँ अपराधको सिकार बन्नुपरेको छ। तर पनि आरोप आफँैमाथि आउँछ। मैले भगवान्बाहेक अरू कसैलाई पुकार्न सकिनँ। झिलीमिली घाम लागेको दिन पनि मेरा लागि औँसीको अँध्यारो रातजस्तै भयो। सरासर पसलतिर लागेँ। एक बोतल मुसा मार्ने औषधी ल्याएँ। घरका सारा ढोका बन्द गरेँ। मोबाइलको स्वीच अफ गरेँ।

बोतल खोलेर खान मात्र के लागेकी थिएँ, पल्लो कोठाबाट आवाज आयो, ‘मम्मी…!’

म झस्किएँ।

आवाज मेरो मुटुको टुक्राको थियो, मेरी छोरीको थियो। छोरीको आवाजले जीउमा झड्का लाग्यो। हातमा भएको बोतल भुइँमा खसेर फुट्यो। भक्कानो छुट्यो। छोरीलाई काखमा च्यापेर बेस्कन रोएँ। लाग्यो, म कति स्वार्थी भइसकेकी रहिछु। म त छोरीका लागि पो बाँच्नुपर्छ। यसलाई यस समाजसँग जुध्न सिकाउनु छ।

फुटेको बोतलसँगै मेरो मर्ने चाहना पनि फुटेर गयो। भित्र भएका पीडालाई शक्तिमा बदल्ने साहस गरेँ। बाँच्ने आशा जागेर आयो।

घर र माइती दुवैतिर बन्देज थियो। साथी सुषमाको याद आयो। उससँग १० हजार रुपियाँ सापटी मागेँ। कीर्तिपुरमा एउटा कोठा भाडामा लिएँ। नजिकै एउटा स्कुलमा पढाउन थालेँ। छोरीलाई पनि सँगसँगै विद्यालय लिएर जान्थेँ। दिनभरि पढाउने, रातभरि लोकसेवाको तयारी गर्ने। यही मेरो दैनिकी बन्यो।

समय कति छिट्टै बित्दो रहेछ। शाखा अधिकृतमा मेरो नाम निस्कियो। आँखाबाट हर्षका आँसु र्झन थाले। सरकारी जागिर खाने सपना त पूरा भयो। तर, यो खुसी बाँड्न मसँग कोही छैन। सानी छोरी त छे तर उसले मेरो कुरा बुझ्न सक्दिन।

मेरो पदस्थापना महिला मन्त्रालयमा भयो। कटिबद्ध भएर काम गरेँ। छोरी पनि अलि ठूली भइसकी। स्कुलको रजिल्टमा टप गरछि। एकातिर मैले आफूजस्तै कठिन परिस्थितिबाट गुजि्रएका महिलाका लागि केही गररिहेकी छु। अर्कोतिर आफूलाई बाँच्न बाध्य बनाउने मेरी छोरीले पनि प्रगति गररिहेकी छ। मेरो र छोरीको प्रगतिको कथा समेटेर एउटा पत्रिकाले मेरो अन्तर्वार्ता छाप्यो।

माइती र घरकाले यो प्रगति थाहा पाएछन्। घरमा बोलाइयो मलाई। ‘कुलको कलंक’ र ‘चरत्रिहीन’ भनेर गलहत्याइएकी थिएँ। अहिले सबैको इज्जतको कारण बन्न पुगेछु। अपराध त मैले के नै गरेकी थिएँ र? तर, समाजले कति सतही रूपमा महिलाको मूल्यांकन गर्दाे रहेछ भन्ने आफैँलाई परेपछि थाहा पाएँ ।

कथा – लोभ

नदीको छेउबाट भँगालो आएको थियो । ऊ भँगालो तरेर नदी र भँगालोको बीचमा बसेर सोचिरहेको थियो- ‘नदीमा बाढी आयो भने म कता भाग्ने ? नदीको कति मीठो सुसेली ! ईश्वरले अहिले मलाई पखेटा हालिदिए नदीपारि पुगेर फेरि यतै र्फकन्थेँ ।’ मौसम परिवर्तन भयो । भीषण बर्षा भयो । ऊ खयरको रूखको फेदमा गएर ओत लाग्यो । पानी ठूलो परेकोले नदीको वहाव बढ्यो र भँगालोसमेत तर्न नसक्ने भयो । ऊ खयरको फेदमा ओत लागेर सोचिरहेको थियो- ‘खोलो बढेर आफू नजिक आयो भने के गर्ने, आज बाँचिदैन होला ।’ उसको मुटुमा ढ्याङ्ग्रो ठोकिरहेको थियो ।
उसले सोचेजस्तै नदीको पानी बढेर ऊ नजिक आयो । ऊ चिच्यायो, करायो- ‘प्रभु बचाऊ । ईश्वर बचाऊ , उसको होस्हवास उड्यो । उसले आफू मृत्युको मुखमा पुगेको अनुभव गर्‍यो । नदीको पानी बढ्दैबढ्दै उसको पैताला छोयो । ऊ झन् हतासहतास हुँदै चिच्यायो- ‘प्रभु बचाऊ ! भगवान् बचाऊ ! खै ईश्वर, खै भगवान् ? यदि भगवान् भएका भए म निर्दोष मान्छे विपत्तिले मर्न लाग्दा बचाउनुपर्ने हो तर ईश्वर रहेनछन् । ईश्वर मरिसकेछन् । ईश्वर भन्ने कुरा भ्रम हो । ऊ हतास हुँदै चिच्याइरहृयो । ‘मलाई किन पुकार्‍यौ मनुष्य ?’ एकाएक भगवान् प्रकट भए । उसलाई सपनाजस्तो लाग्यो । उसले आँखाले भ्रम देख्यो कि भनेर थुक लाएर आँखा मिच्यो तर उसको अगाडि साँच्चै ईश्वर प्रकट थिए । उसले हात जोडेर भन्यो- ‘भगवान् मलाई बचाउनुहोस् नदीले बगाउन लाग्यो ।’ ‘मूर्ख मनुष्य, बर्षा रोकि सक्यो । केहीछिनमा नदी घट्ला । किन आत्तिन्छस् । ‘होइन भगवान् बर्षा रोकिए पनि नदी रोकिएको छैन । मलाई बचाउनुहोस्’- उसले भगवानसँग अनुरोध गर्‍यो ।

भगवानले भने- ‘मलाई किन पुकारेको ? के माग्छस् माग, मलाई हतार भइसक्यो ।’ यस क्षण के माग्ने ऊ अत्तालियो । बचाउनुहोस् भन्दा नदी घट्न लागेको ईश्वरकै मुखबाट उसले सुनेकाले बाँच्ने आशा पलाएको थियो । गाडी, घर, सम्पत्ति, जग्गा, जमिन के माग्ने, ऊ सोच्दै थियो ।
छिटो माग तर एउटा कुरा मात्र माग्नुपर्छ भने भगवान्ले । ऊ झसङ्ग झस्कियो । के माग्ने मन्त्री, प्रधानमन्त्री, पद, प्रतिष्ठान, अर्बौँ रुपियाँ । के माग्ने ऊ एकीन गर्न सकिरहेको थिएन । छिटो माग मेरो समय सकिन लाग्यो- भगवान् उडौँलाझैँ गर्न लागे । उसले सोच्यो करोडौँ रुपियाँ माग्छु । पैसाको थुप्रो भएपछि यसैमा ओत लागे पनि हुन्छ । नदी पनि घट्दैछ । पैसा मागेँभने जेमा खर्च गर्दा पनि हुन्छ । उसले प्वाक्क बोल्यो- ‘एक अर्ब रुपियाँ दिनोस् प्रभु। ‘मूर्ख मनुष्य ! भगवान् मुसुक्क हाँसेर’ तथास्तु भनेर अन्तध्र्यान भए । छिपछिपे पानीमा एकाएक एक अर्ब रुपियाँको थुप्रो देखापर्‍यो । ऊ हर्षले चिच्यायो र आँखा चिम्लेर गम्ल्याङ्ग अँगालो हाल्यो । त्यति नै खेर नदीको वेगले उसलाई र पैसाको थुप्रोलाई बगायो ।

कथा – अस्तित्व

अन्ततः हामी छुट्टयिौँ । छुट्टनिु थियो, कि थिएन ? छुट्टनिे गरी हामी एक भएका नै थियौँ कि थिएनौँ अथवा हाम्रो मिसावटमा अब छुट्याउन सक्ने किसिमको के छ र ? हामी दुवैले पहिलो स्पर्शमा एकअर्कालाई छोएका थियौँ । हामीमा अपार सामीप्य थियो नै र त्यागसमेत थियो ।
अब सम्पूर्ण त्याग मेरो परिकल्पनामा गएर अल्झियो । त्यागको मेरो अर्थ र त्यागको उनको अर्थमा वेमेलका फलहरू फलिरहे । हामीलाई सन्तानको लहराले पनि अल्झाउन सकेन । हाम्रो वैदिक बिहे, बिहेपछिकै होस्, पहिलो प्यार र प्यारा विगतहरू चिरिँदै गए । हाम्रो यथार्थ हामीबीचको व्यक्तित्व विवाद थियो । अरू केही थिएन । एउटा घर थियो । समर्पण थियो । सत्यता जरुर थियो । एक पति र एक पत्नीत्वपूर्ण पालना गरेका हामीले एकअर्कालाई स्वतन्त्रताको नाममा कहिल्यै घात गरेनौँ । सन्देह, शङ्का अहँ सम्झना पनि गरेनौँ । आरोपका वाणहरू, छरेनौँ तर पनि हामी सँगै बस्न सकेनौँ । व्यवहारमा नमिलेको फाटोले मन पनि फाट्दै जाँदोरहेछ । मन फाट्यो । बोली फाट्यो र फाटिँदै गयो हाम्रो जीवनको सगोल फाँट ।

यो घर, उनले छोडेर गएको घर, कुनै दिन उनको एकसूत्रीय सपना थियो । एउटी पत्नीको पतिसँग माग्ने एकल प्रस्ताव थियो । त्यो पनि छोडेर गइन् उनी । अझ पसिनाका कुरा गर्दासमेत हामी बराबरीमा तामेल हुन्छौँ । उनको परिश्रम, जागिर र तपस्यासमेत हो यो घर । आज घर छ । कोठाहरू छन् । उनकै छनोटका रङ बोकेर यी गुलावी पर्दाहरू हल्लिरहेका छन् तर उदासीले छ्याप्प छन् । सन्नाटा छछल्किरहन्छ कोठाभरि । जागिरको सङ्घर्ष, डेराको साँगुरो र हल्ला कर्जाको भारी सबै सँगै बोक्यौँ र भर्खर मात्र सुखले पाइला हाल्न लागेको हाम्रो जिन्दगीका बन्धनहरू खुकुलिन थाले । बन्धनहरू यति कफल्ला हुन सक्दारहेछन् । हामीमा आएको परिपक्वतासँगै, तर्कसँगै, हिम्मतसँगै हाम्रो बन्धन पनि खुकुलिँदै गयो । हाम्रो तर्क अरू केही थिएन । म उनलाई आमा जस्तो सम्झन्थेँ । उनी आफूलाई आफ्नो बाटोमा साहसी पाउँथिन् र उद्देश्यहरूको लहरमा हराउँथिन् ।
मेरी आमा । जब म घर र्फकन्थेँ, ती मुस्काउँथिन् । गलिस होला भन्थिन् । रुवाउँथिन् । दिनभरि ती काम गर्थिन तर म बिसाउँथे । मैले त कहिल्यै आमाको सोच सोच्न भ्याइँन । मेरो भोको स्तर, मेरो रोग, मेरा लुगा, मेरा स्वादहरू, जहाँजहाँ म छु, म जसरी सुत्छु, म जुन स्वरमा रेडियो सुन्छु, म कुन समयमा पानी पिउँछु, उनले कसरी जान्दथिन् ? सधैँ हाजिर हुन्थिन्, म आमामा रोपिँदै गएँ । आपाङ्ग हुँदै गएछु । मलाई सम्पूर्ण विश्वका आमाहरू यसै गर्लान् जस्तो लाग्थ्यो । आमाको उत्पत्तिको अर्थ नै यही होला भनेर म अनर्थ पढ्दै गएछु । पछि वयस्क भएँ । बिहे गरेँ । आमामा रोपिएको म उनमा सर्दै गएँ । मेरो आमाबिम्ब क्रमशः उनीद्वारा पूरा हुनुपर्ने सोचले ग्रसित हुँदै गयो । म आमा पाउन उनीमा खानतलासी गर्न थालेँ । यसरी मेरी श्रीमती, मेरै छोराहरूकी आमालाई म आˆनै आमा जस्तो हुन दबाब दिँदै गएँ ।

समयको गतिले धेरै परको यात्रा तरेको रहेछ । मेरी नपढेकी आमा र जागिरे श्रीमती, वात्सल्यको अपरिमितता र मायाको बराबरी कसरी हिसाब मिल्थ्यो र ? म बिगि्रसकेको थिएँ । सामाजिक सेरोफेरोमा उनको व्यक्तित्व स्थापित हुँदै थियो तर ममा सेवा भोक अपुरो हुँदै थियो । उनी थाकेर आउँदा मैले कहिल्यै थकान सोधिनँ । ममा त्यो संस्कृति नै थिएन । उनले कमाउदा निश्चय म खुसी थिएँ । मेरो आर्थिक जग मेरै अन्य सहकर्मीको भन्दा बलियो थियो तर त्यसको जस कहिल्यै उनको भागमा परेन । भित्रभित्रै म उनको प्रतिद्वन्द्वी स्थापित हुनथालेँ । उनले घरबाहिरका क्रियाकलापहरूमा भाग लिनु, उनको शैक्षिक योग्यता बढ्दै जानु, सङ्गठनको नेतृत्व गर्नु मेरा लागि अपाच्य हुन थाले । आखिर सामान्य कुरा थियो । महिला विकास कार्यालयकी उनी त योग्य अधिकृृत थिइन नै, सहजकर्ता पनि थिइन् । जागिरमा अरू पनि महिलाहरू छन् । वर्षहरू बित्दै गएपछि जिम्मेवारी पनि थपिन्छ । पद, कार्यभार थपिन्छ । दिनभरि तिनीहरू तनावमा रहन्छन् । फेरि घर, खाना, छोराहरू सबै हेरेकै हो । त्यति धेरै लापरवाही त हुँदै होइन । छोराहरू समेत गुनासो गर्दैनथेँ । पढाइमा पनि उत्कृष्ट नै थिए । म मात्रै हीनताबोधले हार्न थालेँछु । मेरा अधिकांश सपना भत्किदै गए । झर्किने, नबोल्ने र एक्लाएक्लै बस्ने हाम्रो चलन भयो । उनी पढ्न बस्नु, उनको फोन आउनु मेरो लागि असहृय हुँदै गयो । पछिपछि उनले मैले देख्ने गरी पढ्न छोडिन् । फोन उठाउन छोडिन् । आˆनो जीवनप्रति हामी उदासीन रहन थाल्यौँ । उदासीनता झाङ्गएिर हाम्रो सामीप्य खतम भयो । आभास, उच्छभास या प्रतिक्रिया सब क्रियाहीन थिए ।

आ-आफ्नो कमाईका हिसाब गर्दागर्दै हामी कति घण्टा बिताउँथ्यौँ । अब दुःख नगर्ने है भन्थ्यौँ, बजार जान्थ्यौँ तर किन्ने बेलामा खर्चको हिम्मत दुवैमा हुन्थ्यो र हाँस्दै र्फकन्थ्यौँ । अब हामी एक-अर्कालाई थाहा थिएन हामीले कति कमायौँ, कति जोगायौँ र कति खर्च गर्‍यौँ ? हामी क्रमशः शारीरिक सम्पर्कमा समेत उदासीन हुँदै गयौँ । सिलसिला सुरु हुन मात्र गाह्रो कति छिटो अस्तित्वशील हुँदै गयो उदासीनता । सुरुसुरुमा एक/दुईपल्ट हामी समाजसँग डरायौँ । आफन्तसँग डरायौँ । कतिपल्ट नाटकीय सामीप्यको आयोजना गर्‍यौँ तर अब हामीले खुलमखुल्ला बहस सुरु गर्‍यौँ । यी छोराहरूले पनि हाम्रो मौनता थाहा पाए । या हाम्रो बहस थाहा पाए । मैले नै मौनता तोडेँ । म उनलाई जागिर छोडाउने पक्षमा पनि थिइनँ । उनलाई घरमा थुन्ने उद्देश्य पनि थिएन तर घरको अपुरो या मेरो मनको अपुरो हो, सहने स्थितिमा समेत तयार रहिनँ । हाम्रा हिसाबहरू तयार हुन थाले । यो मौनताको के हिसाब हुनु ? अनि बेहिसाब उनले मौनताको बाँध फुटाइन् । मलाई केही चाहिँदैन । म डेरामै बस्छु । जे कमाउँछु, त्यसैले खान्छु । यी सबै मेरा नामका धनीपूर्जाहरू आफ्नो नाममा सार्नुस् । छोराहरू तपाईं नै हेर्नुस् । म मेरो कैदमुक्ततासँग यिनीहरूको दूरता साट्न तयार छु । व्यक्तिहीनतासँग म मात्र आमा हुन अब मेरो परिवेशले दिएन । मनले दिएन । अस्तित्वले त झन् दिँदै दिँदैन । म कानुनद्वारा पनि तपाईंलाई मुक्त गरौँला । आफूलाई खुसी राख्न तपाईं जे गर्नुहुन्छ, खुसीसाथ गर्नुस् । कति मानिसहरू अरूकै खुसीमा रमाउँछन् । तपाईं आˆनी श्रीमतीको खुसी त के उसको अस्तित्वदेखि समेत घिनाउनु भयो । आˆना एकाध साथीहरूले मप्रति गरेका टिप्पणीहरू समेत विश्लेषण गर्नुभएन ।

मैले तपाईंलाई एउटा श्रीमान्ले दिनुपर्ने व्यवस्थाहरूको कहिल्यै जिकिर गरिनँ । काँधकाँध मिलाउने पाइलापाइला चलाउने जीवनसाथी बन्न खोज्दा तपाईंले गलत मूल्याङ्कन गर्नुभो र ममा एउटी आमा र श्रीमती दुवै सहजकर्ताका रूपमा मात्रै खोज्नुभो जति उपलब्ध गराउँदै गएँ उति विक्षिप्त बन्नुभयो । विक्षिप्तता अब हामीबीच छेकबार बनेको छ जुन उपचारहीन जस्तो भइसकेको छ । तपाईंले आफूबाहेक कहिल्यै मलाई सोच्नु भएन । अब म झन् कसैले साथी बनाउनसमेत झस्कने व्यक्तित्वमा बदलिनेछु । अयोग्य सावित हुनेछु । सामाजिक टिप्पणीका प्रहारहरूसँग झनै चिरिनेछु । छोराहरूको दूरताले बेहोसिनेछु तर ती सबै पीडाभन्दा बढी मलाई विक्षिप्तताको प्रहार असहृय छ । जन्मदेखि खेपेको यो परिवेशले मलाई अझै परिपक्व बनाएछ तर तपाईं झन् काँतर हुनुभएको छ । एकदिन यही कायरता तपाइर्ंमाथि आइलाग्नेछ र मेरो तपस्याको वकालत गर्नेछ । तपाईं ब्यूँझनुहुनेछ । उनी यस्तै भन्दै गइन् । मसँग बसुञ्जेल पनि, मलाई छोडेपछि पनि जित उनकै भयो । उनीसँग मेरो अस्तित्वसमेत लिएर गइन् । मेरो विक्षिप्तता, प्रतिद्वन्द्व, डाहा या दोष सबै बगाएर गइन् । म उनलाई उनीसँग उनीजस्तै स्वीकार गर्ने बकसपत्र लेखिरहेछु । मेरो पारिवारिकताले म हुर्किएको सामाजिकताले, मेरो मनोविज्ञान दोषी थियो । जसले मेरो घर ‘घर’ हुन दिएन । अब म विक्षिप्तताको सामना गर्नेछु । मलाई माफ गर श्रद्धा । म रोगी थिएँ । अब निको भइसकेको छु ।

कथा – झुमी

गितार समाएको युवकले निहुरेर लामो कपाल भित्तामा पछार्दै दर्शकलाई भन्यो, जस्ट फर यु । गितारले त्यही भाकामा भन्यो- झङ झङ झङ । स्टेजमा नाच्दै चिच्याइरहेकी युवतीले स्तन हल्लाउँदै दर्शकलाई भनी, जस्ट फर यु । गितारले त्यही भाकामा भन्यो- झङ झङ झङ । युवा जोशका केही दर्शकले उल्लासमय स्वरमा भने- जस्ट फर मी ।

छोटो हाफ पाइन्ट लगाएका दुइटी केटी एउटा केटासँग छाती जुधाउँदै अग्लो सिँडीमा नाच्न थाले । तल बःहालमा सङ्गीतको तालमा नाचिरहेका किशोरहरू तिनका नृत्य हेरेर रमाउँदै सिटी बजाउन थाले । केटीहरू झन्झन् उत्तेजित भइरहेका थिए ।

‘हाई गाइज, तपाईं मलाई बब मार्लीजस्तै देख्नुहुन्छ, होइन ? द सेम गाई हु स्यांग नो वमन नो क्राई Û’ स्टेजमा अब अर्को युवकको प्रवेश भएको थियो । किशोर दर्शक चिच्याए, ‘या.ऽ..या.ऽ..बब मार्ले, नो वमन नो क्राई ।’

‘तर म बब मार्लेले जस्तो वाइहात रिभोल्युसनको गीत गाउने छैन । सोकल्ड प्रोगे्रसिभहरूले जस्तो अधिकारको गीत गाएर पनि तपाईंहरूलाई बोर गर्ने छैन । आई विल अफर यु अ परफेक्ट इन्जोयमेन्ट ।’ उसले अघि बेस्सरि हल्लाएको कपाल टाउकाबाट झिक्यो र टेबुलमा राख्यो । अब युवकको टाउको मुडुल्लो थियो । किशोर-किशोरी खुसीले तीन हात उपि|mए । ऊ मुडुल्लो टाउको कपाल भएजस्तै गरी हल्लाउन थाल्यो । हल्लाइरहृयो, हल्लाइरहृयो ।

‘इट इज जस्ट टु मेक यु इन्जोय ।’ सङ्गीत टोलीतर्फ दुवै हात उठाएर हरिवंश आचार्यले कुनै टेलिफिल्ममा जस्तै उसले आदेश दियो, ‘म्युजिक Û’ गितार र ड्रमसेटको चर्को आवाजले टोलका घरहरू थरर्र थर्कन थाले । नेपाली बब मार्ले सङ्गीतको भोलुमलाई जित्ने गरी गाउन थाल्यो-

पल्लो घरको झ्यालमाथि एउटी सुन्दरी छे

स्याउजस्ता गाला त्यसका, हिमालजस्ता छाती

देखाउँदै मलाई भन्छे आऊ न अलि राति

पल्लो घरको झ्यालमाथि एउटी सुन्दरी छे

रातिराति सधैँ मलाई त्यसले बोलाउँछे

किशोर-किशोरी, युवा-युवती जतिसक्दो जोडले उप|mँदै नाच्न थाले । यो खेलमा केही अध्बैँसे पनि संलग्न थिए । ती सकेसम्म किशोरीका हूलमा कोचिएर उप|mन्थे र छिनमै घचेटिएर छेउमा पुग्थे । किशोरीका हूलमा पुग्न त स्वयं किशोर र युवाहरू नै प्रतिस्पर्धा गरिरहेका हुन्थे । कतिसम्म भने अनौपचारिक सम्झौताजस्तै हलक्क बढेका किशोरहरू परिपक्व युवतीका हूलमा अनि जिम गरेर पहलमानको जस्तो छाती बनाएका युवकहरू किशोरीको हुलमा पुग्थे र तिनीहरूका पेट र कम्मरमा हात राखेर नाचिदिन्थे । हात त्यहीँ बसिरहनुपर्ने कुनै बाध्यकारी संविधान थिएन । अतः त्यो आरोही जस्तै निरन्तर माथिमाथि सर्दै छातीतिर सल्बलाउन थाल्थ्यो ।

यो सह-नृत्यमा किशोर र युवाहरू मात्र अघि बढ्थे भन्नु महिलाजनप्रति अलि अन्याय हुन्थ्यो । किशोरी र युवती पनि त्यतिकै स्वतन्त्रतापूर्वक पुरुषको हूलमा पाइला अघि बढाउँथे र कम्मर थमाउँथे । सत्य कतिसम्म थियो भने पुरुषको तुलनामा महिलाको सङ्ख्या तद्बेसिक कम थियो ।

रातको एघार बजे, चर्को सङ्गीत, चर्को स्वर र निमेषमै फेरिरहने बत्तीका विविध रङहरू ।

‘ऊ त्यो मिनीस्कर्टवालीलाई चिन्छस् ?’

‘त्यसको स्कर्ट यही तालले छोटिँदै जाने हो भने प|mकको तल्लो फेर नै त्यसको कम्मरमा पुग्छ यार ।’

‘ए त्यो श्रेया ? त्यल्लाई त अस्ति शुभकामना प्यालेसमा किस्नेले……Û’

‘त्यसको नाम शैया राखिदिऊँ । त्यसो गरे कसो होला ?’

देशमा सङ्गीतले कति क्रान्तिकारी मोड लिएको थियो भने अब यो श्रव्यबाट एकाएक दृश्यमा परिणत भएको थियो । त्यसमा गायक र सङ्गीतकार नै सङ्गीतको शव काँधमा बोकेर हिँडेका देखिन्थे । तिनलाई आˆनै गीतका रचनाकार को हो थाहा हुन्नथ्यो । तथापि, देशका केही कवि कविताकर्म छाडेर गीत नै सबथोक हो भन्दै नियमितरूपमा गायक-सङ्गीतकारको दैलो पोत्न थालेका थिए । उता, दर्शकलाई चाहिँ गीतमा अभिनय गर्ने रहरलाग्दा मोडलबाहेक सङ्गीतकार र गायककैसमेत वास्ता हुन छाडेको थियो ।

यो त प्रत्यक्ष कार्यक्रम नै थियो, जसमा गायक-गायिका नै मोडलको रूपमा देखा पर्थे ।

मञ्चमा अर्को टोली प्रवेश गरेको थियो । यो केही केटीको समूह थियो । त्यसमा नृत्य गर्न एउटा केटा पनि मञ्चमा उत्रियो । हाफ पाइन्ट र टाँक नलगाएको सर्टका तल्ला दुई फेर पेटनिर बाँधेकी केटी माइक समातेर अघि बढी ।

‘हाई गाइज, नाउ आई एम गोइङ टु प्रेजेन्ट लाइक अ भर्जिन बाई मेडोना, ओ के ?’

‘हाई गर्ल, आर यु अ भर्जिन ?’

‘ह्वाट डु यु थिंक ?’

‘नट बट जस्ट लाइक अ भर्जिन ।’

‘यु नटी, भेरी भेरी नटी ब्वायज । या…ऽ………।’

गितार र ड्रम सेटको चर्काे आवाजसँगै माइक समातेकी गायिका र जगल्टे युवकको नृत्य सुरु भयो । युवकहरूलाई यो निकै जोश दिने खालको थियो । केही युवक जबरजस्ती मञ्चमा छिर्न खोजे । सुरक्षा व्यवस्था निकै कडा थियो । यस कारण ती तलै बसेर उप|mन बाध्य भए । केटीले आफूलाई केटाको अँगालोमा छाडिदिई र आकाशतिर च्युँडो फर्काई । केटाले च्युँडोमा चुम्बन दियो । दर्शक तीन हात उप|mेर नाच्न थाले । यस्तो लाग्थ्यो, केटीले मेडोनाको गीतलाई पनि रिमिक्स गरिदिएकी थिई । पेटको लाम्टै बाहिर निकालुँलाझैँ गरी ऊ गाउन थाली ।

लाइक अ भर्जिन

फिल सो गुड इनसाइड

आ’हाभ नथिङ टु हाइड………………………………..

दिस इज अ आँपको दाना इट इज अ पाकेको

आइ एमको लर्के जोवन यु आरलाई साँचेको

दिस इज अ आँपको दाना…

मेडोनाको गीत सकिँदा नसकिँदै कथामा टेलपिसजस्तै उसले जीवन्त नृत्यसहित अर्को पपगीत गाई जुन रेडियोमा केटाको स्वरमा सुनिन्थ्यो । गीतमा उसले लंैगिक शब्द मिलाएकी थिई र पाकेको आँपको दानारूपी आफ्नो शरीर कसैका लागि साँचेको इशारा गरेकी थिई ।

दर्शकको उत्तेजनालाई बीचमै रोकेर ऊ मञ्चको पछिल्लो भागबाट तल ओर्ली जहाँ कुनै टेलिभिजन संवाददाता र क्यामेराम्यान उसलाई पासो थापिरहेका थिए ।

‘यु लुक सो स्मार्ट एन्ड सेक्सी ‘

‘थ्याङ्क यु, सबै जना यसै भन्छन् ।’

‘ब्वायप|mेन्ड्स कति छन् ?’

‘डु यु वान्ट टु बी वन अफ देम ?’

‘म्युजिक के हो ?’

‘ह्वीच मेक्स यु इन्टरटेन ।’

‘गायिका हुन केके आवश्यक छन् ?’

‘सेक्स अपिल । ह्याभ यु गन क्रेजी ? आइ एम प|mांकली स्पिकिङ ।’

‘मनपर्ने गायक ?’

‘द ह्यान्डसम ओल्डी जर्ज माइकल हु सिंग्स आइ वान्ट योर सेक्स ।’

‘मनपर्ने नायक ?’

‘उम् माइ ह्यान्डसम ब्राड पिट । आइ एम जेलस टु हलिवुड साइरेन एन्जेलिना जोली हु सिज्ड हिम ।’

‘तपाइँ मेसोकिस्ट हो ?’

‘तपाइँ स्याडिस्ट हो ? एनी वे, यु क्यान एक्सपिरिएन्स योरसेल्फ ।’

‘ह्याभ यु गट म्यारिड ?’

‘देयर इज अ भ्याकान्सी । यु क्यान अप्लाई ।’

‘राति सुत्दा कस्तो लुगा लगाउनुहुन्छ ?’

‘नटी ब्वाय, नो एन्सर ।’

‘जस्ट गिभ सर्ट एन्सर्स । तपाइँको गीतमा र्‍याप हुन्छ कि रेप हुन्छ ?’

‘रेप नै हुन्छ । तपाइँ यही चाहनुहुन्छ, हैन ?’

‘म्यारिज के हो ?’

‘एभ्री भर्जिन इम्प्यासेन्टली वेट्स फर एन्ड एभ्री स्पाउज वान्ट्स टु बी अवे प|mम ।’

‘सेक्स ?’

‘धत्…। हे..हे..सो फार, जस्ट फाइभ चान्सेज ।’

‘आइ जस्ट मिन योर जेन्डर

‘ओ, शिट डु यु थिङ्क एम आई थर्ड सेक्स ?’

मञ्चमा फेरि अघिकै ‘बब मार्ले’ र अघिकै केटी ओर्लिए । केटालाई अघिकै गीत गाउन आग्रह गरियो । उसले फेरि गायो-

पल्लो घरको झ्यालमाथि एउटी सुन्दरी छे

स्याउजस्ता गाला त्यसका, हिमालजस्ता छाती

देखाउँदै मलाई भन्छे आऊ न अलि राति

पल्लो घरको झ्यालमाथि एउटी सुन्दरी छे

रातिराति सधैँ मलाई त्यसले बोलाउँछे

बारुले छ कम्मर उसको, तर छाती फुक्का

उसलाई देखेपछि मन किन हुन्छ हुक्क

दुई टुक्रा प्याजजस्ता उसका दुई पाता

भुतुक्कै पारिहाल्ने कस्तो उसको जात

रामतोरियाँ उसका औँला, पिँडुलाचाहिँ थाम

मन कसरी थाम्नु मैले हरे राम राम

दर्शकको भीड अब निकै उत्तेजित थियो । तिनीहरू फेरि मञ्चमा उक्लिन खोजे । बाउन्सरहरूले फेरि तिनलाई रोके । प्रहरीले पनि बाउन्सरलाई सहयोग गर्‍यो । बत्तीको प्रकाश झिपिकझिपिक भइरहेको थियो ।

एउटा सङ्गीत टोली जबरजस्ती स्टेजमा गयो । ‘डियर अडेन्स, यहाँ हामीविरुद्ध षडयन्त्र हुँदैछ । हामीलाई गाउन नदिने षडयन्त्र हुँदैछ । आर यु विद अस ?’

‘एश ।’

‘देन प्लीज बी एट वसन्तपुर । वी विल पर्फम देयर ।’ बाउन्सर र प्रहरीले तिनीहरूलाई मञ्चबाट ओराले । तल गएर पनि तिनीहरूले दर्शकलाई वसन्तपुरमा आउन आग्रह गरे ।

केही दर्शक वसन्तपुर जान तयार भए । केहीले मुर्दावादका नारा लगाए । मञ्चमा नाचिरहेकी केटीले माइक समाएर दर्शकलाई आग्रह गरी । ‘डियर अडेन्स, वी विल पर्फम जस्ट फर यु अगेन ।’

दर्शकका पाइला अडिए र वसन्तरपुरतिर लागेका दर्शक पनि फर्की-फर्की आए । अघिको गीत ब्रेक भएको थियो । फेरि नयाँ सङ्गीत बज्न थाल्यो ।

केटाले दर्शकतिर हेरेर भन्यो, जस्ट फर यु ।

केटीले दर्शकतिर हेरेर भनी, जस्ट फर यु ।

केटाले अघिजस्तै कपाल भित्तामा पछार्दै घुमायो । केटीले त्यस्तै गरी । केटाले अघिजस्तै कपाल फुकालेर टेबुलमा राख्यो । केटीको कपाल नक्कली थिएन । यसकारण उसले साइबाबाको लकेट फुकालेर टेबुलमा राखी । केटाले सर्ट फुकालेर फालिदियो । केटीले पनि टिसर्ट फुकालेर फालिदिई । अब केटा भेस्ट र केटी चेस्टरमा मात्र थिए । केटाले भेस्ट पनि फुकालेर फालिदियो । केटीलाई आपत् पर्‍यो । ऊ त्यहाँ चेस्टर फ्याँक्न सक्दिनथी । दर्शकको एउटा तप्काले उसलाई चेस्टर फ्याँक्न आग्रह गर्‍यो । उसले प्यान्टबाट बेल्ट मिल्काएर फालिदिई । केटाले छाती हल्लाएर भन्यो, तपाईंहरूकै लागि । केटीले स्तन हल्लाएर भनी, तपाई्रहरूकै लागि ।

केटाले प्यान्ट पनि फुकालेर फालिदियो र भन्यो, तपाईंहरूकै लागि । केटी प्यान्ट फुकालेर पनि फाल्न सक्दिनँथी । ऊ अकमक्क परी । दर्शकले उसलाई प्यान्ट फुकालेर फाल्न आग्रह गरे । उसले हिन्दी सिनेमाकी कुनै हिरोइनले जस्तै पाइन्टको बटन खोली र जिपर खोलिदिई । त्यसपछि दुइटा हात आफ्ना दुई स्तनमा राखेर चारैतिर घुमी । त्यसपछि पाइन्टको बटन र जिपर लगाई । फेरि बेल्ट र टिसर्ट लगाई । केटाले पनि क्रमशः लुगा लगायो । अब सङ्गीत सुरु भयो । उनीहरू गाउन थाले, जस्ट फर यु । जस्ट फर यु । केटाले कपाल घुमायो । केटीले पनि त्यसै गरी । केटाले कपाल फुकाल्यो । केटीले लकेट फुकाली । केटाले टिसर्ट फुकाल्यो । केटीले पनि टिसर्ट फुकाली । सङ्गीतको एकोहोरो उँचो आवाज घन्किरहेकै थियो । दर्शक उप|mीउप|mी नाचिरहेका थिए ।

‘ए के भो ? के भो ?’

‘खै, के भएको हो ? केटीहरू रगतपच्छे भएर लडिरहेका छन् ।’

हेर्दाहेर्दै सिँडीमा उभिइरहेका दुई युवती सोत्राम भएर तल बःहालमा ढलेका थिए । तिनीहरूलाई छुरी हानिएको थियो । सङ्गीतको भोलम झन्झन् चर्किरहेको थियो । केही मानिस ढलेका केटीहरूलाई घेेरिरहेका थिए । तिनकै अगाडि ठिटाठिटी अनियन्त्रित भएर नाचिरहेका थिए । अगाडिबाट कसैले घचेट्यो । नाचिरहेका एक हूल किशोरकिशोरी ढलेका केटी र तिनीहरूलाई घेरिरहेका मान्छेमाथि गर्लम्म ढले ।

‘छुरा हान्ने त्यै झगडिया मुन्द्रे होइन ?’

‘खै कहाँ छ साले ?’

‘अपराधी बसिर’न्छ ?’

‘केटीहरू पनि बैँसले उम्लेकै हुन् है, नत्र यस्तो हुन्थ्यो ?’

‘होइन, के भएछ ?’

‘ठिटाले ठिटीको छाती समाइदे’छ ।’

‘अनि ?’

‘अनि के ? दुइटी ठिटी मिलेर चप्पल हाने । केटो लुरुक्क परेर हिँड्यो । एकैछिनपछि कुन सड्कोमा आएर दुवैलाई छुरी रोपेर टाप कस्यो ।’

‘समाउनु पर्दैनथ्यो ?’

‘छुरी बोकेको मान्छेलाई कसले समाउने ?’

‘थुक्क, यत्रा मान्छे भएर..।’

‘च.च..च..विचरी केटीहरू अस्पताल लानु पर्दैन ?’

‘लगेर कामै छैन, थिचिएरै मरिसके ।’

‘भनेर हुन्छ ? यत्रा मान्छे भएर यिनीहरू मरेको टुलुटुलु हेरिरहने ?’

‘क्या च्वाँक थे, मर्ने भए यार ‘

‘वा फेरि….., हुर्रे

‘ऊ…..या…….जस्ट फर यु । जस्ट फर यु ।’

‘हुइऽया…जस्ट फर यु । जस्ट फर यु ।’ -कोरस) ।

भीड पागल भएर नाचिरहृयो । झन्झन् नाचिरहृयो किनभने मञ्चमा केटाले फेरि पाइन्ट फालिदिएको थियो । केटीले फेरि पाइन्टको बटन खोलिदिएकी थिई । च

कथा – कोट

मेरो नाम सुराज हो । तपाइर्ं सोच्नुहुन्छ होला कस्तो नाम हो ! आमाबुबाले आफ्नो नाम मिलाउन खोज्दा यस्तो नाम जुर्‍यो । मेरा नजिककाहरू मलाई ‘सु’ भन्छन् । कहिलेकाही त उनीहरूले यसरी बोलाउदा केटाकेटीका लागि लघुशङ्काको अर्थ लागेर हासो उठ्छ । मान्छे म भावुक छु र हाल सत्ताइसको भए । बी.ए.पास छु । मेरो घर काठमाडौ, चिकंमुगलमा पर्छ । हाल पेशाले ट्याक्सी ड्राइभर भए पनि म आफूलाई ड्राइभर भन्न रुचाउन्न । यो मेरो केही समयको लागि गरिने काम मात्र हो । मलाई पढेर अझै धेरै गर्नुछ । स्नातक भएर पनि किन ट्याक्सी चलाइस् भनी साथीहरू भन्छन् तर जागिर खानु सजिलो कहा छ र ? उसमाथि अहिले भनसुन नहुने कुनै ठाउ छैन । चाकरी गर्दै हिाड्नु मेरो वशको कुरा हैन । शिक्षित बेरोजगारहरूको लाममा उभिनुभन्दा यो ट्याक्सी चलाउनु कुन नराम्रो हो र ? भएको अलिकति पुजीले ट्याक्सी किनें । ड्राइभर राख्यो उसैलाई तलब दिनुपर्छ । त्यसैले अरू ड्राइभर राख्नुभन्दा आफै गाडी हाक्नु निको ठानें । फेरि आफैले चलाउने हुदा अरू ड्राइभरले जस्तो समय र रकममा पाबन्द रहनु पनि परेन । मनमौजी तालको छु, मुड भएको दिन बिहानै ट्याक्सी हाक्छु, नभए दिनभरि पनि चलाउदिन । घरमा सानो सुखी परिवार छ । आमा घरै बस्नुहुन्छ । बहिनी अझै स्कुल पढ्दै छिन् । चञ्चले स्वभावकी बहिनी-बहिनीभन्दा बढी साथीजस्ती छिन् । हरबखत मसाग जिस्किरहन्छिन् । म उसलाई औधी माया गर्छु ।

आमाले घरधन्दाको बोझ देखाएर निकैपल्ट मसाग बिहेको लागि आग्रह गरिसक्नुभयो तर अहिलेसम्म भनेजस्ती फेला नपरेकी हुदा मैले उहाको त्यो इच्छा पुर्‍याउनक सकिरहेको छैन । बिहेको लागि जोडी त माथि नै बाधिइसकेको हुन्छ भन्छन्, आˆनो साइत भने जुरिसकेको छैन ।

मेरो आˆनो ट्याक्सीको कुनै खास रुट छैन । मैले आफ्नो ट्याक्सी कहीं पनि अड्याएको हुन्छु तर एउटा कुरा भने निश्चित छ, म प्रायः अबेरसम्म ट्याक्सी चलाउादिन । हद नाघे नौ नभए सााढे नौ । त्योभन्दा अबेरसम्म टयाक्सी चलाएको सायद अहिलेसम्म रेकर्ड छैन । एक त घरमा आमा र बहिनी मात्र, उसमाथि बहिनी म फर्की नआउन्जेल खाना कुरिरहन्छिन् । धेरैपल्ट नकुर्न भनिसकेा, बाहिर गएको मान्छे फर्किन कतिबेला हुन्छ के ठेगान तर उनी मान्दिनन् जसले गर्दा पनि बाध्य भएर मैले चााडै र्फकनुपर्छ । कुनै दिन कदाचित फर्किन ढिलो भए बहिनीको घुर्की र रिस खप्नुपर्छ । निकैबेर फकाएपछि बल्लबल्ल मान्छिन् । मलाई थाहा छ, यस्तो मनमौजी तालबाट मैले पैसा कहिल्यै कमाउन सक्दिन । बहिनीको पढाइ, उसको बिहे, घरको फेर्नुपर्ने छत …, यी धेरै कुराहरूको जिम्मेवारी मेरो सामु टड्कारो उभिएका छन् ।

कहुन त म आफूलाई त्यति साह्रो सज्जन ठान्दिन । चाड पर्वतिर लोकल चढेकै हुन्छ, कहिलेकाहीा चुरोट पिउंछु र ल्वाङ सुपारीको लत लागेको छ ममा । तर यति भइकन पनि मैले आफूलाई नैतिकताको स्तरदेखि गिर्ने मौका भने अहिलेसम्म दिएको छैन ।

हिजो राति छिमेकी साथी केदारको घरमा पार्टी थियो, बिहे गरेछ उसले । उसको घरबाट अलि ढिलै फर्किएा, सायद अलिअलि लागेको पनि थियो मलाई । उसकी श्रीमती देखेको थिएा, केदारको तुलनामा धेरै राम्री । चिटिक्क परेको भरिएको उनको जीउडाल आकर्षक थियो । हल्का बल्बमा अनिादो केदारको कोठा, म भने उनीहरूको सुहागरात सोचेर निकैबेरसम्म सुत्न सकिनं । ओल्टेकोल्टे गर्दै मध्यरातमा मात्र बल्ल निदाएछु । त्यसैले आज बिहान उठ्दा टाउको भारी थियो । ट्याक्सी चलाउने मुडै नभए पनि ट्याक्सी लिई बाहिर निस्कन्छु । किन हो, आज दिनभरिमा केही टिप मात्र भयो । सााझ चिसो र अध्यारो बढ्न थालेपछि घर फर्किने विचार गर्दै हुन्छु, एउटी युवती ट्याक्सीभित्र बस्छे । उसले लगाएको परˆयुमको तीव्र बासनाले टाउको दुख्छ । अगाडिको ऐनाबाट हेर्छु, आधुनिक पहिरन र मेकअपका परतहरूले पोतिएकी ऊ पूर्ण आकर्षक युवती देखिन्छे तर उसले बीस काटेकी छैन यो मेरो अनुमान हो । ‘लाजिम्पाट जाउा न’ ऊ भन्छे । उसको अनुरोधमा एउटा डर पनि थियो सायद ड्राइभरले अस्वीकार गरिहाल्ला कि भन्ने उसलाई लागेको हो । एक मन त लाग्छ जान्न भनुा, फर्किने बेला भइसकेको थियो । छिप्पिादै गरेको सााझ, अाध्यारो र एक्ली युवती, दिमागमा अलिकति टेन्सन भयो । म नबोली फर्केर प्रत्यक्ष उसको अनुहारमा हेर्छु । उसको गोरो अनुहार तातिएर रातो भएको छ । आाखा जुधेपछि अन्यमनस्कतामा ऊ अनुनयपूर्वक मुस्काउाछे ।

यो लास्ट टिप सोचेर गाडी उसको गन्तव्यतिर बढाउाछु । सडकका भीड, कोलाहल, र बत्तीहरू । बाटो जाम भएको छ । यो कुनै अनौठो हैन काठमाडौाको लागि । अगाडिको ऐनामा तरुनीलाई हेर्छु । उसको पहिरन र पोताई निकै भडकिलो देखिन्छ । अबेला राति एक्लै यात्रा गर्ने युवती आाटिली नै हुनुपर्छ । नत्र परिस्थिति र नियत सबैको राम्रो कहाा हुन्छ ? झ्याल बाहिर हेरिरहेका उसका आाखामा दौडिरहेका दृश्यहरू सायद थिएनन् किनकि बाहिरका कुनै पनि कुराले उसमा असर गरिरहेको थिएन ।
ट्याक्सी अगाडि गइरहेको हुन्छ । आाखाहरू सडकमा भए पनि म ऐनाबाट घरिघरि उसलाई हेर्न पुगिरहेको हुन्छु । आाखा चिम्लिरहेकी त्यस युवतीको तीखो र सुलुत्त परेको नाक आकर्षक छ । चिउाडोमा भएको अलि ठूलो त्यस्तो रातो कोठी मैले अरूमा देखेको छैन । ऐनामा देखिने उसका रसिला ओठ र भरिएका गाला पनि निकै राम्रा देखिन्छन् । यसरी बारुद भरिएर आगोको छेउ आएपछि आगो त लाग्छ नै, मानिसहरू त्यत्तिकै आगो लाग्यो भन्छन् । यसरी आएपछि नलुटिएला भन्ने पनि के छ र ? सबैजना मजस्ता कामनालाई बााध्ने पनि त हुादैनन् । “एकै छिन रोक्नुस है” । युवतीले अनुरोध गर्दा झसाग हुन्छु । सायद उसको गन्तव्य आएछ, सोच्छु । “दुई मिनेटको लागि पर्खिन सक्नुहुन्छ ? म एकजना मान्छे भेटेर आउाछु” रातिको समय अर्को ट्याक्सी नपाइएला भन्ने उसलाई पनि कत्रो पीर तर मलाई अबेर भैसकोले ऊसाग भाडा दिन अनुरोध गर्छु । “प्लिज एकैछिन मात्र हो । ” ऊ अनुनय गर्न थाल्छे । मलाई थाहा छ आज फर्केर फेरि बहिनीको घुर्की हेर्नुपर्नेछ मैले । युवती ओर्लेर नजिकैको घरभित्र पस्छे तर लगत्तै बाहिर निस्की ट्याक्सीभित्र अगाडि बस्दै भन्छे, “मान्छे नै भेटिएन, भाटभटेनीमा गएका छन् रे उतै जाउं न है” उसका आाखाभरि निकै आग्रह देखिन्छन् । धर्मसङ्कटमा पर्छु । उसको कुरा मानुा घर र्फकन ढिला भैसक्यो ,नमानुा रात यो बीच सडकमा एक्ली कहाा जाली ऊ । अर्को कुनै ट्याक्सी भेटिन्छ भन्ने कुनै ग्यारेन्टी पनि छैन । हुन त कुनै अपरिचितको ठेक्का मैले लिनु जरुरी छैन । मानवतावश नै सही उसलाई गन्तव्यमा छाड्ने विचार गर्छु ।

गाडी कुदेको छ तर हामी मौन छौा । गफाडी छैन तर म प्रायः आˆनो यात्रुहरूसाग गफ गरिरहन्छु । ऊसाग के गफ गर्नु ? चालामाला देख्दैमा बोल्न मन लागेन । भाटभटेनीमा पुगेर त्यहाा पनि ऊ एउटा घरभित्र पस्छे । लौ त्यहीं हराई कि भन्ने लागेको थियो तर ऊ र्फकन्छे । “अब कता ?” को भावमा म उसलाई हेर्छु । “धोबीघाट” ऊ निकै हताश देखिसकेकी छ । अघिको उसको गोरो अनुहारमा पीडा पोतिएको जस्तो छ । ऊ लामो निश्वास छाड्छे । आफूभित्रको पीडाले वा हताशपनको कारण बेचैनीमा ऊ लाइराखेको कोट पनि फुकाल्छे । स्लिवलेश लुगामा उसका सुडौल पाखुरा…म उसबाट ध्यान अन्यत्र लान खोज्छु । सडक बत्तीको चहकिलो प्रकाश उसमा पर्छ । अनुहार छोपेर टाउको निहुराई रहेकी ऊ एक्कासी सुाक्कसुाक्क गर्दै रुन थाल्छे । म हतप्रभ हुन्छु, केही बुझ्दिन । सुनसान बाटो, राति एक्ली युवती यसरी टयाक्सीभित्र बसी रुदा के अर्थ लाग्ला, मलाई डर पनि लाग्यो । “प्लिज यसरी नरुनुस् न, के भयो तपाईंलाई ?” मलाई उसको रुवाइमा भन्दा पनि उसको त्यो रोदन अरूले सुनेर के आपद आइलाग्ला भन्ने पीर लाग्यो । जमाना नै खराब छ । मेरो अनुरोधपछि उसको रुवाइ कम त हुन्छ तर अझै सुकसुकाइरहेकी छ । धोबीघाट आएपछि ऊ चुप लाग्छे । हिक्काहरू अझै उठिरहेका हुन्छन् । विस्तारै टाउको फर्काएर ऊ मतिर हेर्छे । गाजल लत्पतिएका आाखा र नाकको टुप्पासमेत राता भएका छन् । ऊ ढोका खोली बाहिर निस्कन्छे । परिस्थितिले लाटो बनाएको म ऊसाग भाडा पनि माग्न सक्दिन न त उसैले कति भयो भनी सोध्छे । दुवै जना चुप छौ । सायद उसले कुनै कडा टिप्पणीको अपेक्षा गरेकी थिई जब म केही बोल्दिन ऊ आफूले फुकालेको कोट मेरो हातमा थम्याई अगाडिको मोडमा गएर हराउछे । म ऊ गएको दिशातिर हेरिरहन्छु । यो कुनै स्वप्न हो वा यथार्थ छुट्याउन गाह्रो भएझै लाग्छ । रिस उठ्छ आफैादेखि, मैले यो टिप गर्नै नहुने थियो । स्तब्ध छु, यो मेरो कमजोरी हो वा उदारता, यत्तिका बेर सडक नापेर आफूले पाउनुपर्ने भाडा नपाउदा पनि रोएर आˆनो असमर्थता जनाउने युवतीप्रति म आक्रोशित हुन सकिान ।

परफ्युम छर्किएको कोट मेरो हातमा छ, नरम र सिल्की । पैसाको सट्टा उठेको यो ट्याक्सी भाडा हो आजको । कोटको भित्री खल्तीमा केही भएdmैा लागेर निकाली हेर्छु । बन्द नगरिएको खामभित्र एउटा चिठी हुन्छ । अरूको चिठी पढ्नु हुदैन भन्छन्, कौतुहलवश खोल्छु ।
आदरणीय बाबा, चिठी लेख्छु भन्दाभन्दै ढिला भयो । यहा काम खोज्न साह्रै गाह्रो रहेछ बाबा । अहिले चन्दवीर अङ्कलले एउटा काम खोजिदिनु भएको छ । त्यति गाह्रो त हैन तर थाक्छु । राति कलेज पनि जान्छु, सायद त्यसैले होला । अब बाबालाई छिटै पैसा पठाउाछु । यसपालि दाइको खुट्टाको अपरेशन गरिहाल्नुपर्छ । दाइले सक्नुभएको भए बाबालाई दुःखै हुादैनथ्यो । आशा छ, आमा सन्चै हुनुहुन्छ होला । बाबा हजुरले आˆनो खोकीको दवाइ नछुटाउनु होला । म सञ्चै छु, मेरो पीर नगर्नु होला ।

छोरी रन्जु चिठी पढेर अनायसै करुणा जाग्छ युवतीप्रति । उसले जेजस्तै काम गरिरहेकी भए पनि परिवारको निमित्त खटिरहेकी उसको सामु नतमस्तक हुन्छु । चिठी खसाल्न ठीक पारेकी उसले बिर्सेकी होली भनेर बाटोमा एकैछिन कुर्छु सायद चिठी लिन पो आइहाल्छिन् कि । त्यो बेला मात्र हैन मैले त्यसपछि पनि उसलाई अन्त कतै देखेको छैन । दुईचारपल्ट धोवीघाटतिर पनि नगएको हैन तर उसलाई भेटिना । बाटोमा कतै देखे यो उसको कोट उसैलाई फर्काएर उसाग भेटघाटलाई अगाडि बढाउन चाहेको छु । त्यही भएर यो कोट सधै साथमा लिई हिड्ने गरेको छु ।

के तपाईंले देख्नुभएको छ उसलाई ?

कथा – कार्यालय सरेको सूचना

कोठा ठूलो र फर्निचरले खचाखच भरिएको थियो । पिएको टेबुलबाहेक सबै कुर्सी पर्याप्त सङ्ख्यामा थिएन, ‘कतै कुर्सी खाली भए बस्नु हुन्थ्यो’ को सङ्ख्या पनि पर्याप्त थियो । कहिले भीडसाग वार्ता, अन्तर्वार्ता, कहिले फाइलसाग मन्त्री कक्षको भित्र बाहिर, कहिले फोन र टिपोट । पिए थियो अत्यन्त व्यस्त । भीड थियो पालोका लागि आतुर । एघार बजेदेखि पालो पर्खेर बसेको रामानन्द शुक्लको पालो आउन दुई बज्नुपर्‍यो ।
“भन्नुस्, तपाईंको के छ ?”
“म विगत तीन वर्षदेखि डोल्पामा छु । त्यस्तो दुर्गममा तीन तीन वर्ष बसे । सरुवा गरी पाउाको निवेदन लिएर आएको ।”
“कुन तहमा हुनुहुन्छ?”
“कृषि अधिकृत र हाल निमित्त हाकिम पनि ।”
“अफिसको तह सोधेको होइन, हाम्रो पार्टी सङ्गठनको तह भनेको ।”
“म पार्टीमा लागेको छैन, पिए साब ।”
“पाटीको सिफारिस छ ?”
“त्यो पनि छैन ।”
“यो पनि छैन, त्यो पनि छैन, अनि डोल्पामा नबसेर कहाा बस्ने त । मैले भन्नु पर्दा त तपाईंलाई निमित्त नै धेरै छ ।”
“म सधैाभरि कर्मचारी राजनीतिमा लाग्नु हुादैन भन्ने मान्यतामा बसेा ।”
“कहा छ तपाईंको मान्यता ?”
“निजामती सेवा ऐनमा ।”
“त्यसो भए हाकिम साहेबलाई सानो दुःख दिउ, हुन्छ ?”
“अवश्य, पिए साहेब ।” ओइलाउदै गएको रामानन्द केही उजेलियो ।
“दुर्गम जिल्लामा तीन वर्षभन्दा बढी बस्न नहुने ऐनको दफा ल्याउनु भयो भने सरुवा गर्न सजिलो होला, त्यही दुःख दिउ भनेको ।”
त्यसपछि रामानन्दसागै बसेको अर्को भीड सदस्यको पालो आयो- “ल भन्नुस् तपाईंको के छ ?”

कथा – सम्बन्धका दूरी

उसलाई आश्चार्य लागिरहेको थियो आज राति ओछ्यान पटक्कै बिझाएन । उठ्दा गर्धन र शीर दुखेको थिएन । हलुङ्गो महसुस गरिरहेकी थिई ऊ । उसले ओछ्यानको तन्ना तनक्क तन्काई । बुट्टेदार तन्नामाथि दुई सिरानीहरुलाई मिलाएर राखि । उसलाई आफ्नो ओछ्यानमाथि बुट्टेदार तन्नाको ताजापन साहै प्यारो लाग्छ । अनि टेबुलमाथिको चाँदीको प्रुेमभित्रबाट फोटो बाहिर निकालि स्वयंवरको ।

उसको झण्डै चार बर्ष अगाडि दिवशसँग बिवाह भएको थियो । दिवशको खान्दानी संस्कारमा घरका महिला वर्गले जागिर खाने चलन थिएन । पढेलेखेको परिवार भएर पनि घरका महिलाहरुले बाहिर काम गर्न सरकारी जागिर खान नपाउने परम्परावादी नियमलाई उल्लङ्गघन गर्ने हिम्मत कसैले गरेका थिएनन् । उसको घरमा बिवाहको प्रस्ताव लिएर आउँदा नै केटाकी माईजुले भनेकी थिईन -“घरमा आएका पाहुनालाई पानी पिउन िदंदा पनि सर्वत जस्तो मिठो हुने गरी दिने सुन्दर केटी चाहिएको छ । बेस्सरी सम्पत्ति छदैछ । आईमाईले कमाउने चलनै छैन । जेठी र माईली बुहारीले पनि बी।ए। एम।ए। पढेका छन् तर घरै सिगांरेर बसेका छन् ।� आफूहरुले जीवन जिउन बेस्सरी गर्नु परेको दःुखको झझल्को शायद मेटिनसकेकोले होला थुप्रो सम्पत्ति छ भन्ने कुराले आमा-बाबु लोभिएर उसलाई बिवाह गरि दिएका थिए त्यस घरमा ।

उसले झण्डै एक बर्ष त पानीलाई सर्वत जस्तै मिठो हुने गरी बाँडि । बिहानै उठ्नु नुहाई -धुवाई सकेर सासुलाई पूजाको तयारी गरिदिनु आफ्नो सिङ्गारपटार गरेर बिहानदेखि रातिको खाना-पिना नसकिन्जेल भान्साभित्रको काममा तल्लिन रहनु उसको दिनचर्या थियो । प्रत्येक दिन बुढा ससुरालाई हेर्न आउने सासु-ससुराका पुराना ईष्टमित्र खेतीबाट आएका हरुवा-चरुवा आफन्त आदिको लस्करै हुन्थ्यो । यति भएपछि घरका बुहारीहरु जति नै पढेका भएपनि भान्साभन्दा बाहिरी कामका लागि निस्कन नै कहाँ सक्थे र यस्तो समय धेरै रहिरहन पाएन । दाजु-भाइबीच व्यवहारमा हानाथाप स-साना कुरामा बढ्दै गएको असमझदारीले दिक्क भएर ससुराले तीनै भाईलाई अलग गरिदिनु भयो । सासु-ससुराले पनि घरको जेठो छोरो नै असल छ भनेर उनैसँग बस्ने निधो गरे । जग्गा निकै थियो तर सबै जग्गामा मोहियानी लागेर आफ्नो भागमा धेरै रहन पाएन । फेरी बुढा ससुराको काजकि्रयामा पनि तेह् जना ब्राम्हणहरुलाई जग्गा नै दान गरिएको थियो । काठमाडौमा पनि आठ रोपनी जग्गा नभएको होईन तर दुईटी छोरीहरुको बिवाहमा धितो राखेर लिएको ऋण समयमा नतिरेकाले लिलामीमा परेको थियो । त्यो ऋण सबै छोराहरुले मिलेर समयमा तिरेका भए राजधानीको त्यत्रो सम्पत्ति लिलामीमा परेर गुमाउनु पर्ने थिएन भन्ने गुनासो ससुराको अझै बाँकी छ ।

दिवश पेशाले अधिवक्ता थिए । मूलघरबाट छुट्टिएको केही महिना पछि नै त्यहाँको बसाई उनलाई असजिलो हुन थाल्यो । वकालतको चर्को आवश्यकता मोफसललाई भन्दा राजधानीलाई छ भन्ने बहानामा आफूलाई राजधानीतिरै सारे । यथार्थत त्यत्ति सजिलो कहाँ थियो र आफूलाई स्थापित गराउन त्यहाँ । निकै समय बितिसक्दा पनि दिवशको वकालत पेशाले गति लिन सकिरहेको थिएन । फलतः व्यवहारमा आर्थिक संकट हावी भएको आभास दुवैमा हुन थालिसकेको थियो । यद्यपी सन्तानको लागि भने खर्च गर्नु परेको थिएन । बिवाह पछि पटक-पटक गर्भ रहेको थियो उसको तर अडिन सकेको थिएन । डाक्टरलाई देखाउँदा औषधि खाएर अझैकेही समय धैर्य गर्न सल्लाह दिएका थिए ।

खान्दनी ढाँचा अनुसार चल्न मधेशको खेतीबाट बर्षमा एकपटक हात लाग्ने सिमित आयले कत्ति नै पो पुग्थयो र दिवशको आम्दानीको स्रोत पनि खासै निश्चित नहुदा संङ्गोलको बसाईको रमझम संझनामा कहिलेकाही आउन थालेको थियो ।

बुबाले घर चलाउनुहुन्थ्यो । तीनै छोराहरुले आम्दानीको केही भाग घरखर्चमा छुट्याउँथे । घर पनि बडेमानकै थियो । अनि सम्पत्तिको भागभण्डा नभएको हुदा आर्थिक अभाव कुन चराको नाम हो कसैलाई थाहा थिएन । त्यसमा पनि सधै कान्छो छोरो भएर खाएको दिवशलाई सपना जस्तो लाग्न थालेको थियो । समय एकैनाशको कहाँ रहन्छ र भाग भण्डासगै पुस्तैनि सम्पन्नता पनि बाँडिन गयो ।

घरको आर्थिक समस्या देखेर धेरै दिनदेखि आफूलाई काम गर्न मन लागेको बारेमा दिवशसँग कुरा राख्न खोजिरहेकी थिई ऊ तर हिम्मत जुटेको थिएन । खान्दानी चलनको हरबखत गर्व गर्ने आफ्नो लोग्ने हुनसक्छ उसको प्रस्तावलाई तुरुन्तै नकार्ने छ । ऊ भित्र डर थियो । “यदि हजुरले अन्यथा नमान्ने हो भने मलाई क्याम्पसमा पढाउने अफर आएको छ के मलाई अनुमति दिनसक्नुहुन्छ “श्रीमानको बोझ घटाउने उदेश्यले एक दिन हिम्मत जुटाएर सोधी उसले । प्रतिउत्तरमा मौनता मात्र छायो ।

आफ्नो क्षमतालाई घरको ढोकाभित्र बन्द गरेर नगर्नु पर्ने दुःख गरेर बस्नु लाचारीको दोस्रो रुप ठान्थी ऊ । तर उसले दिवशकेा अनुमतिलाई धेरै दिन पर्खिई अहँ उसले सहमति जनाएन । परम्परागत मान्यताको खिया लागेको लोग्नेको मानसिकतालाई धिक्कार्न बाहेक अरु के नै गर्न सक्थी र !

पन्ध्र दिन भित्रमा निर्णय नसुनाए अरुलाई नेै स्थान दिईने कुरा क्याम्पस प्रमुखले बताएका थिए । बिचरीले त्यो मौका पनि क्याम्पस प्रमुख आफ्नै नाता पर्ने भएकाले पाएकी थिई । दिवशको अनुमतिको पर्खाइमा तोकिएको दिन बितिसक्न लाग्दासम्म पनि उसले कुनै जवाफ पाईन । ूभोलि बिहानदेखि म पढाउन सुरु गर्दे छु । यो निर्णय मैले घरको आर्थिक बोझ घटाउने बिचारले गरेकी हुँ । हाम्रो भविष्य पनि त छ । मेरो क्षमताले केही गर्न सक्छु भने किन उपयोग नगर्ने � उसले आफ्नो निर्णय सुनाई । “जुन घरकी बुहारी भएर आएकी छौ त्यो घरको संस्कार चालचलनको मर्यादा भित्र रहनु तिम्रो कर्तव्य हो । खान लाउन मैले दिन नसकेका दिन सोचौला ।” दिवश गम्भिर भएर बोल्यो । उसलाई असैह्य भयो । ऊ आफ्नो लोग्नेको तर्कसँग पटक्कै सहमत हुन सकिरहेकी थिईन ।

“स्वावलम्बि हुनुले कुनै पनि घरको मर्यादालाई नकारात्मक आँच पुर् याउँदैन । यदि कसैलाई त्यस्तो लाग्छ भने त्यो मात्र भ्रम हो । दिनभर घरमा निकम्मा भएर बस्न म पटक्कै चाहन्न । बच्चा पनि छैनन् । सकारात्मक भएर सोच्ने हो भने दुवै दम्पत्तिले नोकरी गर्नु सामाजिक प्रतिष्ठाको कुरा पनि हो ।” ऊ आफ्नो अडानमा दृढ रहि । दिवश मात्र सुनिरहेको थियो । दुबैले आफ्नो अडान नछाड्दा समझदारी आखिरमा केही गरी हुन सकेन । दिवशको खान्दानी संस्कार उसका लागि घरको आर्थिक अभावभन्दा महत्वपूर्ण हुन सकेन । अन्तत ः उसले नोकरी शुरु गरी । नोकरी शुरु गरेकै दिनदेखि दिवशले उसका घरपरिवारबाट कडा प्रतिकि्रया खप्नु परेको कुरा उसलाई सुनायो । त्यसैका कारण दुईबीच चिसोपन बढ्न थाल्यो । हरेक रात नानाथरीका कुराले आफ्नी श्रीमतीलाई सताउनु उसको दैनिकी भयो । घर ढिलो फर्किने कहिले खबरै नगरी दुई-चार दिन बाहिरै बिताउन थालेको दिवशले धेरै भैसकेको थियो । जसलाई उसले सामान्य मान्न थालेकी थिई ।

मंगलबारको दिन थियो त्यो । दिउँसोको एक बजे ऊ क्याम्पसबाट घर फर्किसकेकी थिई । त्यही समय पारेर दिवश घर आयो । हाउभाउले ऊ एकदमै हतारिए झै देखिन्थ्यो । उसले अचम्म मानेर आफ्नो लोग्नेलाई हेरी । ऊ आज बिल्कुलै भिन्न लागिरहेको थियो । आँखामा चमक थियो ओठमा मुस्कान भरिएको थियो । उसले आफ्नो लोग्नेको ओठमा मुस्कान नदेखेको महिनौ बितिसकेको थियो । सायद काम सुरु गरेकै दिनदेखि दिवशको मुस्कान हराएको थियो कि उसलाई हेक्का भने छैन । “एउटा कम्पनी दर्ता गराउनु छ तिम्रो नाममा खै छिट्टै साईन गरिदेउ त ।”हातमा पानीको गिलास लिदै उसले भन्यो । “कस्तो कम्पनी अनि किन यति हतारमा पहिले त केही कुरा गर्नु भएको थिएन ” एक्कासि सधैभन्दा पृथक मुद्रामा देखिएको लोग्नेलाई उसले विश्वाश गर्न सकिरहेकी थिईन । “हत्तेरीका एक घण्टाभित्रमा दर्ता गराएन भने यो मौका अर्कैले लिनेछ । यत्तिका दिन भैसक्यो मेरो टाउको यसले खाएको । कत्ति पीर थियो मलाई यसको । छिटो गर न ! म भरे सबै प्रतिलिपी लिएर आँउछु अनि सबै बेलिबिस्तार लगाउँला ।”जोशिएर बोल्यो ऊ । मानौ ठूलै कम्पनिको मालिक भैसक्यो ।

उसले केही बुझिन । तैपनि लोग्नेमा देखिएको उत्साहलाई कदर गर्नु आफ्नो कर्तव्य ठानेर हतारमै सम्पूर्ण कागजमाथि हस्ताक्षर गरीदिई । अनायशै ऊ पनि आज फुरुङ्ग थिई लोग्नेको स्फूर्ति देखेर । बेलुकी लोग्ने कतिबेला घर फर्केला र सबैकुरा थाहा पाउँला भनेर दिनभरी उसले आँखा बाटोतिरै बिच्छ्याई । साँझ पर् यो घर फर्किने मान्छेहरुको लस्करले बाटो ढाकिएको थियो । मधुरो उज्यालोमा आँखाले भ्याईन्जेल लस्करभित्र उसले दिवशलाई नियाली तर ऊ भेटिएन । कहिलेकाही त रातको एक बजे पनि घर फर्किन्थ्यो । त्यसैले मध्यरातसम्म उसले पर्खिरही । यसरी नै कैयांैं दिन र रात पर्खाईमा बिते तर दिवश आएन ।

यसरी अचानक हराएको लोग्ने बीस दिन पछि घर फर्कियो । उसलाई देखेर उसका आँखा रसाएनन् उसलाई खुशीको झट्का पनि लागेन उसले मात्र हेरिरही । त्यसै पनि दुईबीचको सम्बन्ध चिसिदै गएको थियो । त्यसैले लोग्नेको अनुपस्थितिले उसलाई खासै फरक परेको थिएन । तर एका-एक कम्पनी दर्ता गराउन भनेर सहीछाप लिएर हिडेको लोग्नेको लामो अनुपस्थितिले भने उसलाई सताईरहेको थियो । यसपटकको दिवशको आगमन कुनै एक अपरिचितको झै थियो । मानौ उसले पहिलो पटक कसैसँग चिनाजानी गर्दैछ । उसले हातमा बोकेको सानो ब्यागबाट एउटा खाम झिकेर श्रीमती तिर तेस्र्यायो । कौतुहलतापूर्वक हतारिदै खाम खोलि । उसका आँखाले पृष्ठको मध्यतिर दृष्टि नपुर् याउँदै ऊ अवगत भैसकेकी थिई । दिवशले कम्पनी दर्ता गराउन तेस्र्याएका कागजातहरु त सम्बन्ध बिच्छेदका पो रहेछन् । परपुरुषसँगको सम्बन्धका कारण दुईबीचको सम्बन्धलाई अन्त्य गर्न राजी भएको व्यहोरा लेखिएको थियो ।

दिवशले पटक -पटक उसकै सहकर्मी शुरेशको बारेमा प्रसङ्ग उठाएर घरमा तनाव उत्पन्न गराउनाको कारण उसले बल्ल मात्र बुझी । यहाँ उसका ओठहरुले दिवशप्रति आक्रोश व्यक्त गर्ने उत्साह देखाएनन् । तर उसका हर धड्कनले घृणा गरिरहेको थिए । लोग्नेको तुच्छ मानसिकता र दम्भि चरित्रसँग उसलाई प्रतिवाद गर्न मन लागेन । आखिर स्वास्नीको वफादारीतालाई क्षण-क्षणमा लत्याउने एक पुरुषपात्रको आडमा जीवन बिताउन पक्कै सजिलो छैन भन्ने बुझ्न उसलाई अन्ततः धेरैबेर लागेन । त्यसैले सम्बन्ध बिच्छेदको प्रतिवाद गर्नुभन्दा स्वीकार्नु नै उचित ठानी उसले । सम्बन्ध बिच्छेदको निर्णयले क्षतबिक्षत भई पश्चातापको ज्वालामा लपेटिएर ऐया-आत्था गर्दै उसले चिच्याएको हेर्ने प्रवल ईच्छा बोकेर आएको दिवश प्रतिउत्तरमा श्रीमतीको मौनता र आत्मविश्वास देखेर अर्काे एकपटक अपमानित हुनपुग्यो । उसले मौनतामै सहजसाथ स्वीकारेको देखेर घरबाट बाहिर निस्कियो । तर उसको मनमा लोग्ने बिनाको भोलि कसरी सामु आईदिने हो भन्ने अज्ञात छटपटीले हलचल मच्चाई रह्यो ।

सम्बन्धबिच्छेदको पहिलो प्रभात । दिनचर्याको शुरुवातमा सधै झै छेवैमा राखेको घडीले किरिरिर्र� किरिरिर्र� आवाज दियो । हतारिदै उसका आँखा खुले । ऊ मन नलागि-नलागि उठी । हिजो रात बिगतले निकैबेरसम्म मानसपटललाई नमिठो स्पर्श गरेकोले झण्डै आधा रात कटेपछि मात्र उसका नयन जोडिएका थिए । मनमा अनौठो अनुभूति लहरिरहेथ्यो । फरक्क् फर्किएर रात बिताएको ओछ्यानलाई हेरी त्यो साम्रा्रज्यवादीहरुबाट मुक्ति पाएको कुनै राज्यभन्दा कम थिएन ।

बिवाहमा बुबाले मेचीबाट मगाएर दिनु भएको चाँपको पलङ्ग थियो त्यो । सिरानी र डसना पनि सिमलको नरम भुवाका थिए । तैपनि पलङ्गमाथिका ती सिरानी र डसनाले बिगतका रातहरुमा धेरै बिझाए उसलाई । कहिले नरम सिरानी पनि ढुगां जस्तो भएर बिहान उठ्दा गर्धन र शीर असाध्यै दुखेको हुन्थ्यो । कहिले मुलायम डसनामाथि अनायसै पैदा हुने गाँठागुठी बिझाएर रातभर सुत्नै अफ्ठ्यारो हुन्थ्यो । आखिर माईतीको माया न हो विवाहमा पाएको त्यो चिनोलाई फ्याँक्न सकिरहेकी थिईन ।

लोग्नेसँग छुट्टिएको पहिलो प्रभातमा सम्पूर्ण फरकहरुलाई नियाल्न मन लाग्यो उसलाई । उसले झ्यालको पर्दा उघारी । सुन्दर बिहानी पहिले जस्तै कलिलो घामसँगै झुल्किएको थियो । सडकका पेटीहरु त्यसरी नै लमतन्न भई बटुवाको स्वागत गरिरहेका थिए । मन्दिर परिसरमा घण्टीहरु उसरी नै बजिरहेका थिए अनन्तसम्म ध्वनि गुाजाएर । चराहरु खुला आकाशमा उडिरहेका थिए स्वतन्त्रताको उपभोग गर्दै ।

आखिर फरक केहीमा भेटिन उसले । शायद फरक आफूमा पो आयो कि भन्ने डर थियो उसलाई । त्यसैले पलङ्ग छेउ राखेको ठूलो ऐना अगाडि उभिई ऊ । मनले निर्दोष ऐनासँग केही वैमनश्यता नभएको निक्र्योल गरेपनि त्रसित उसका आँखाहरु भने बन्द थिए । उसले बिस्तारै आँखाहरु खोली । त्यो ऐनाले उसलाई यसरी बिम्वित गर् यो कि ऊ मुक्त थिई ।

कथा – लोप जीन

श्रवणकुमार उसको नाम होइन । धार्मिक कथामा बाबुआमाप्रति अनन्य भक्तिका नायक जो दशरथद्वारा मारिएका थिए, अयोध्याका राजा । तर, ऊ जहाँ बस्छ त्यहाँका छरछिमेकहरू उसलाई श्रवणकुमार भनी सम्झन्छन् ।

ऊ उमेर गएका बाबुआमासित पोखरामा बस्छ । दुवै ८० लागेका ।

ऊ रवि हो । सामान्य नाम । आकाशको घामसित कुनै सरोकार छैन । सायद धर्मले हिन्दू र कर्मले पावनसिन्धु । बाबुआमाले ढिलो, ५० तिर छोरो पाउँदा सूर्य भगवान्झैँ प्रतापी होस् भन्ने प्रतीकात्मक आकाङ्क्षा बोक्छन् ।

सत्तरीतिर लाग्दानलाग्दै बाबु पूरै अन्धो हुन्छ र आमा पूरै अन्धी ।
ऊ हुन्छ श्रवणकुमार नभएर पनि श्रवणकुमार ।
क्याम्पस छुट्छ । र, छुट्छ कम्प्युटर विज्ञानमा सफ्टवेयर पायोनियर बन्ने महान् सपना पनि ।
तर, ऊ छुटेको सपनाले उदास भए पनि भेटेको विपनाले दुःखी हुँदैन । ऊ त्यस साँचोको मान्छे हुन्छ, जो बौद्धिक वातावरणमा पनि अनुकूलता प्राप्त गर्न सक्छ । उसलाई एउटै दुःख हुन्छ, ऊ बाबुआमाका गुमेका आँखा फिर्ता ल्याउन केही गर्न सक्दैन ।

सकेजति आशा बोकी ऊ बाबुआमालाई देशका सबैजसो आँखा अस्पतालहरूमा पुर्‍याउँछ, श्रवणकुमारले झैँ खर्पनमा राखी होइन, भाडाका गाडीहरूमा राखी । तर, सबै व्यर्थ ।

बाबुआमाले सजिलै स्वीकार गर्छन्, यो उनीहरूको भाग्य हो, कुनै रोग होइन र अरू आँखा परीक्षण गर्न जान अस्वीकार गर्छन् । सबभन्दा राम्रो आशा नहराएर अनन्य भक्त छोरो रिसाइदिन्छ । स्वाभाविक नै हो ।

“यहीँको एउटा अस्पतालमा एक जना जान्ने डाक्टर आएको छ, किन नजचाउने त ?” रिसाइसकेपछि छोरो फेरि रिसाउँदैन । “छोरा, हामी बूढाबूढी भइसक्याँै । बुढ्यौलीको कुनै उपचार हुँदैन ।” परम्परागत अन्धविश्वास ! फेरि नरिसाएको छोरो रिसाउँछ ।

“नरिसाऊ छोरा । हामी बाबुआमाको साँचो भक्ति गर्छौं भने हाम्रो अन्तिम इच्छा पूरा गरिदेऊ …।” ऊ बुझ्छ अविवाहित छोरोसित मायालु बाबुआमाको अन्तिम इच्छा के हुनसक्छ, त्यसैले चुप भई बस्छ । उसलाई त्यस्तो केटीमान्छेसित बिहे गर्ने मन हुँदैन, जसलाई ऊ माया गर्दैन । र, माया अझै भएको छैन कसैसित ।

मायाको पर्खाइमा बिहे अपहत्ये हुन्छ । मायाबिनाको बिहे बेकारको बोझ मात्र हुन्छ । अरू शब्दमा । तर, पर्खाइको कुनै सीमा हुँदैन । यदि माया जीवनभर पर्खाइको घटना भयो भने के गर्ने त …।

“छोरा, तिमीलाई थाहा छ हामीसित पर्खिबस्ने समय छैन । हामी डाँडामाथिका घाम, कालका दूतहरू कुनै पनि बेला हामीलाई लिन आउन सक्छन् । त्यसभन्दा पहिले नातिनातिनीका मुख हेर्न पाए …।”

बाबुआमालाई चुप भई बस्ने आवश्यकता हँुदैन, त्यसैले क्रमशः क्रमशः अन्तिम इच्छालाई व्याख्या गरिरहन्छन् ।
बढीमा महिना दिनभित्र ऊ छिमेकको एक केटीमान्छेसित बिहे गर्छ । निश्चय पनि महान् त्याग, जुन समाजले बुझ्दैन ।
बाबुआमा खुसी हुन्छन् । अब उनीहरू एकैपल्ट परत्रका लागि भगवान् भजन र वरत्रका लागि बाजेबजै बन्ने सपना देख्छन् । शौभाग्यवश बुहारी पनि लक्षणकी पर्छे, सासू-ससुरालाई राम्रै सेवा गर्ने खालकी ।

केही महिना बित्छन् खुसीहरूमा र महान् त्यागका सन्तुष्टिहरूमा । तर एक दिन ऊ अर्थात् छोरो रवि अर्थात् लोग्ने रवि बिरामी हुन्छ । पहिले कुनै लक्षण नदेखाएर । ऊ कसैलाई खबर नगरी चिकित्सककहाँ जान्छ ।

“के भयो ?” सोधिन्छ । “थाहा छैन डाक्टर तर म अस्वस्थ महसुस गर्दैछु,” ऊ भन्छ । “त्यसो भए केही नहुनुपर्ने कुराहरू भइरहेछन् । मलाई जाँच्न दिनुहोस् ।” उसलाई भनिन्छ अनि जाँचिन्छ उसको शरीरमा सबैतिर । कुनै रोग देखापर्दैन । “तपाइर्ं स्वस्थ हुनुहुन्छ । आफूलाई अस्वस्थ मान्नु तपाइर्ंको मनोविज्ञान हो ।”

उसलाई उसको जाँचको नतिजा सुनाइन्छ । नतिजा अनपेक्ष्ाित हुन्छ, अपि्रय हुँदैन । ऊ खुसीखुसी घर जान्छ र खुसीखुसी आफ्नो अस्वस्थताको कुरा बिर्सन खोज्छ । तर, बिर्सन सकिँदैन ।

“के भयो ?” यसपालि चिकित्सकले होइन, बाबुआमाले सोध्छन् चिन्तित भई । “केही भएको छैन । म एकदम ठीक छु । चिन्ता गर्नुपर्दैन ।” ऊ भन्छ, बाबुआमाका चिन्तादेखि चिन्तित भई । “छोरा, तिमी हाम्रो बुढेसकालका सहारा हौ …।” बाबुआमाले चिन्ता गर्न छोड्दैनन् । अनन्य भक्त छोरोले बाबुआमाको कुरालाई स्वार्थ भनी बुझ्न मन पराउँदैन । त्यसै दिन बाबुआमाले थाहा पाउने गरी ऊ बाहिरतिर घुम्न निस्कन्छ ।

“डाक्टर, म साह्रै नै अस्वस्थता महसुस गर्दैछु । मेरो मनोविज्ञान ठीक छ ।”
“विश्वासपूर्वक भन्दै हुनुहुन्छ ?”
“अवश्य ।” तर, चिकित्सकलाई विश्वास पर्दैन ।
“ठीक छ, म फेरि जाँच्नेछु । ढुक्क भई बस्नुहोस् । चिन्ता गरी आफ्नो एम्युन प्रणालीलाई असफल नपार्नुहोस्,” चिकित्सकले भन्छ अनि आफ्नो काम थाल्छ । उसलाई एक विशेष यामीय उपकरण ९च्यदयतष्अ भ्त्रगष्ऊभलत० भित्र राखिन्छ । ऊ बुझ्छ, यो सामान्य जाँच होइन, माने केही गम्भीर र खर्चालु कुरा छ ।
“न्भलभतष्अ म्ष्कयचमभच” यामीय उपकरणले नतिजा प्रकाशित गरिदिन्छ तर कुन खालको प्रकाशित गर्न सक्दैन ।
ऊ बुझछ, जीनमा गडबडी … ।
“ठीक छ … । तपाईंलाई मानवजीन थेरापी आवश्यक छ ।” चिकित्सक भन्छ । आफ्नो योग्यताको कुनै तहमा अन्योलग्रस्त भई । जब ऊ अस्पताल भर्ना हुन्छ, अन्धाअन्धी बाबुआमाबाट यो कुरा लुकाउन सफल हँुदैन । उनीहरू हाहाकारमा पर्छन् । रुन्छन् । बेस्सरी रुन्छन् । उनीहरूका नदेख्ने आँखाहरूबाट देखिने आँसुका खोला बग्छन् । ऊ विश्वास दिलाउने प्रयास गर्छ, उसको रोग गम्भीर छैन । त्यसैले चिन्ता चिन्ताहीन छ, शोक शोकहीन छ, दुःख दुःखहीन छ । ईश्वरमाथि भरोसा राख्नुपर्छ, जसलाई प्रार्थना गरिन्छ । अन्धाअन्धी बाबुआमा ईश्वरमाथि भरोसा राख्छन् र बलिन्द्रधारा आँसुका प्रार्थना गर्छन् । अस्पतालको शय्यामा साताभरि नै केही फरक कुरा हुन्छ । ऊ अर्थात् छोरा रवि कुनै उपचारमा गुज्रँदैन । कुरो स्पष्ट छ, मानवजीन थेरापी भनेको जीन स्थानान्तरण ९न्भलभ त्चबलकाभच० द्वारा रोगोपचार गर्ने विधि हो र यस्तो पहिलो परीक्षण सन् १९९० मा सुरु गरिएको थियो । रोगीको ब्मभलयकष्लभ म्भamष्लबकभ न्भलभ लाई द्यymउजयअथतभक मा स्थानान्तरण गरेर । किनभने यो सन्जाइमदोष Immगलभ म्भाष्अष्भलअथ तर्फ लक्षित थियो र अत्यन्त घातकसिद्ध हुन्थ्यो । तर, यहाँ खास रोग पत्ता लागेकै छैन । कुन रोगको उपचार गर्न कुन जीन स्थानान्तरण गर्ने ? अनि कहाँ ?…

ऊ चिकित्सकका निम्ति एक प्रयोगको वस्तु भइदिन्छ र आफ्ना निम्ति एक गम्भीर पाठक । विषय मात्र जेनेटिक्स ।
जीन- सन् १९०९ मा सबभन्दा पहिलो डब्ल्यू जोहानसेनद्वारा नाम दिइएको ।
मेन्डल, डब्ल्यूएस सूट्टन- जीनका शास्त्रीय धारणाहरू ।
टीएच मोर्गन- ड्रोसोफिला मेलानो गाष्ट्रकमाथि प्रयोगात्मक कार्य ।
क्रोकोजोम- त्यो माध्यम, जसबाट वशंानुगत गुणहरू सर्दै जान्छन् एक पुस्तादेखि अर्को पुस्तासम्म ।
मोर्गनको क्रोमोजोम सिद्धान्त ९ऋचomयकomभ त्जभययथ या क्ष्लजभचष्तबलअभ०- यो धारणा राख्छ कि क्रोमोजोमहरू पृथक् एकाइहरूबाट बनेका हुन्छन्, जसलाई जीन भनिन्छन् ।

जीनहरू नै विशेष गुणहरूका यथार्थ संवाहक हुन् ।
जीन उत्परिवर्तन ९न्भलभ ःगतबतष्यल० जीनको रसायनिक संरचना- डीएनए अणुहरू ।
डीएनए संरचना र द्विगुमान/क्भाि म्गउष्अिबतष्यल ।
सन्देशवाहक आरएनए ।
स्ट्रक्चरता जीन, रेगुलेटरी जीन ।
जेनेटिक कोड र प्रोटिन सिन्थेसिसको नियन्त्रण ।
जीन कन्भर्सन/जीन सक्सप्रेसन/जीन म्यानिप्युलेसन/जीन ब्याङ्क/जीन लाइब्रेरी/जीन फ्लो/जीन पुल/जेनेटिक डि्रफ्ट/जेनेटिक लोड/जेनेटिक म्यापिङ्/जेनेटिक भेरिएसन/जेनेटिक स्प्लाइसिङ्/-ट्रान्सडक्सन)
ऊ आफूलाई पूरै जीनको ब्रह्माण्डमा हराइदिन्छ । र, सोच्छ भावुक कवि भएर कि ऊ जीनको एक सानो पृथ्वी हो । तर, उसलाई के भएको छ ?
यसपालि चिकित्सकले उसलाई सोध्दैन, उसले चिकित्सकलाई सोध्छ ।
“वंशानुगत दोष,” चिकित्सकले जानकारी दिन्छ ।
“त्यो भनेको के हो त ?” उसले सोध्छ ।
“वंशानुगत दोष भनेको तपाईंको निशेषिच कोषको क्रोमोजोम जीनमा भएको दोष हो । मेरो आसय जाइगोट् सेल ।”
“के मैले बुझ्नुपर्छ जन्मभन्दा पहिले मैले अपराध गरेको थिएँ ?”
“होइन, होइन, त्यसरी नलिनुहोला । विज्ञानको सत्यतालाई भावनामा लिनुहुँदैन ।” चिकित्सक भन्छ । ऊ केही भन्दैन । उसलाई जे बुझ्नु हुन्छ पहिले नै बुझिसकेको हुन्छ । अर्को दिन अर्थात् भोलिपल्ट जब अन्धाअन्धी बाबुआमा उसको स्वास्नीको सहारा लिई उसलाई भेट्न आइपुग्छन्, ऊ बोल्न अस्वीकार गरिदिन्छ । उनीहरू बुझ्न सक्दैनन् उनीहरूको एक मात्र छोरोलाई के भइरहेछ … ।

“छोरा, हामीलाई हाम्रो मृत्यु हुनुभन्दा पहिले यसरी नमारिदेऊ…। नमारिदेऊ…। दया गर छोरा…. ।” अन्धाअन्धी बाबुआमा बिलौना गर्छन् । त्यसले उसलाई विस्फोट गराइदिन्छ ।

“मूर्ख अन्धाअन्धी ! आफ्ना अपराधी जीनहरूद्वारा आँसु नबगाउनु । म घीन मान्छु दुवैलाई ।”
स्वास्नीलाई विश्वास लाग्दैन ऊ के सुन्छे । अन्धाअन्धी बाबुआमालाई विश्वास लाग्दैन उनीहरू के अनुभव गर्छन् । तर, जीवनका यथार्थ विश्वासहरू र अविश्वासहरूभन्दा परै हुन्छ । यथार्थ घटित भइसकेको हुन्छ । कुरा त्यति नै हो ।

उसको रोगको लक्षण के हुन्छ भने कुनै लक्षण हुँदैन, अरू जीनसम्बन्धी कारणले हुने रोगहरूमा जस्तै- एजभलथपिभतयलगचष्ब। क्ष्अपभ-अिभिि ब्लझष्ब, त्बथ-क्बअजक, क्उष्लब द्यषष्मब ध्बतभच यल तजभ द्यचबष्ल आदि चिकित्सकलाई थाहा हँुदैन कसरी नवः आविष्कृत वंशानुगत गुण विक्षेपण ९त्भिचष्मष्तबचथ त्चबष्तक त्चबलsmष्ककष्यल० दोषहरूलाई सच्याउन सकिन्छ । यामीय उपकरणद्वारा साङ्केतीत समस्या के समाधानरहित छ त… ?

पहिलेझैँ नै रोगीले याने उसले अस्वस्थताको अनुभव गरिरहन्छ -अनुभव रोगको लक्षण होइन) र कहिलेकाहीँ पसिनाले नुहाइन्छ -पसिना रोगको लक्षणभन्दा बढी श्रमको लक्षण नभए मनोविज्ञान हुन्छ) । यसरी समय आशालाग्दो निराशामा चलिरहन्छ ।

यी दिनहरूमा पनि ऊ दुःखी बाबुआमाप्रति बदलिएको व्यवहार बदल्दैन । यो उसको त्यही बुझाइको प्रतिक्रिया हुन्छ कि उसको जीवन अरू केही होइन, बाबुआमाका सच्याउन नसकिने भूलहरू हुन् । तब अस्पतालमा बसिरहनुको उपयोगिता के छ ‘गिनिपिग’ भएर ?

केही छैन/केही छैन/केही छैन ।

ऊ आफूलाई अस्पतालबाट छुट्टी गर्छ । उसलाई प्रयोग गरिरहेको चिकित्सकलाई पीडादायक विषयमा पारेर ।
घर । ऊ स्वास्नीलाई चिन्छ । ऊ अन्धाअन्धी बाबुआमालाई चिन्दैन ।
“छोरा, यस्तो व्यवहार गर्नुभन्दा हामी दुईलाई घाँटी निमोठेर मारिदेऊ ।”
बाबुआमा भन्छन् बिलौना गरी गरी अनि असहायतापूर्वक सोच्छन् उनीहरूको एक मात्र छोरोलाई कुनै दुष्ट आत्माले सताएको हुनुपर्छ । श्रवणकुमार श्रवणकुमार नै हुन्छ, दुष्टकुमार हुँदैन …!
उनीहरू अन्धो आँखा चिम्लिएर प्रार्थना गर्छन् ः “प्रभो ! छोरालाई पहिलेझैँ जाति बनाइदिनुहोस् …। बरु हाम्रो ज्यान लिनुहोस् …। हजुरकै शरणागत छौँ …।”
तर, बदलीमा कुनै बदली हुँदैन । ईश्वर पुकारा जारी रहन्छ । आशापूर्वक । हो, विश्वासपूर्वक । जहाँसम्म उसको कुरा हुन्छ याने छोरोको ऊ विस्फोटित भई बस्दैन, मौन भइबस्छ ।

आफूलाई पूरै कोठामा थुनेर । ऊ भेट्न चाहने साथीहरूलाई भेट्दैन । सम्बन्धीहरूलाई भेट्दैन । छिमेकीहरूलाई भेट्दैन । किन भन्ने कुरा कसैले बुझ्दैनन् तर जतिले बुझे भनी ठान्छन् उनीहरू त्यसको सम्बन्ध मनसित जोड्छन्, “त्यस्तै हो मन ठेगानमा नभएपछि …।”

एकदिन स्वेच्छिक काराबासको तेस्रो सातामा ऊ याने छोरोले होइन, लोग्नेले स्वास्नीलाई बोलाई भन्छ, “हेर, म कुनै पनि सन्तानको बाबु बन्न चाहन्न । मेरा जीनहरूबाट जुन मैले सजायको रूपमा पाएको छु । जीनहरूको संसारमा म मेरा जीनहरू सधँैभरिका लागि लोप भइगएको हेर्न चाहन्छु । त्यसैले म तिमीलाई मनपर्ने कसैसित बिहे गरिजाने सल्लाह दिन्छु, क्षमायाचनासहित ।”

त्यस्ता कठोर वचन सुनी कसै गरे पनि असल स्वास्नीले के गर्न सक्छे, रुनुबाहेक ?

स्वास्नी रुन्छे बस्सरी । लोग्ने स्वास्नीलाई आराम पुर्‍याउन केही गर्दैन । पग्लिने त कुरै आएन । ऊ चुप भइबस्छ र आकाशको शून्यतालाई हेरिबस्छ ।

आधा रातमा उसले आफूलाई कोठामाथिको पङ्खामा झुन्ड्याइदिन्छ, सधँैभरिका लागि आफ्ना मानवीय जीनहरू लोप पार्न ।

के यो वंशानुगत भूलसुधार हो त ? मलाई थाहा छैन । मलाई थाहा छ, त्यस परिवारका दुःख र शोकलाई कुनै शब्दहरूमा बयान गर्न सकिँदैन …।

कथा – भाग्य

पत्रपत्रिकामा आलिसान महल बनाउने व्यक्तिको सूचीमा कमरेड किशोरको नाम पनि थियो । कमरेड मोहनले यसलाई अचम्भको घटनाको रूपमा लिएका थिए र स्वाभाविक घटनाको रूपमा पनि । अचम्भको घटना यस अर्थमा कि उनले कहिले सपनामा पनि सोचेका थिएनन् कमरेड किशोर यसरी सुकुम्बासीबाट महलवासी हुन पुग्लान् तर यथार्थ यही थियो । सत्य यही थियो ।

कमरेड मोहनले कमरेड किशोरसित एकसाथ राजनीति सुरु गरेका हुन् भन्दा पनि हुन्छ । त्यतिबेला दुवै जना बनारसमा शास्त्री पढ्दथे । दुवै जना पुष्पलालको सम्पर्कमा आए । उनका राजनीतिक क्लास लिए । उनीहरूलाई कालिदासको शकुन्तला र मेघदूतभन्दा पुष्पलालको राजनीतिक व्याख्यान राम्रो लाग्यो । प्रभावकारी लाग्यो । कालिदासको शकुन्तला र मेघदूत पढ्दा उनीहरूलाई कताकता हराएकोजस्तो लाग्दथ्यो । कताकता जङ्गली युगमा पुगेजस्तो पनि लाग्दथ्यो । कताकता तिलस्मी दुनियाँमा हराएकोजस्तो पनि लाग्दथ्यो तर जब उनीहरूले पुष्पलालको राजनीतिक व्याख्या र विश्लेषण सुन्दथे उनीहरूलाई आफ्नै इतिहास पढेजस्तो लाग्दथ्यो । आफ्नै कथा पढेजस्तो लाग्दथ्यो । कति बेला त उनीहरूलाई शास्त्रीको किताबहरू बनारसको कुनै एउटा गल्लीमा मिल्काएर झोला बोकी नेपालमा तुरुन्त क्रान्ति गर्न जाउँजस्तो पनि लाग्दथ्यो । बन्दुक बोकौाजस्तो पनि लाग्दथ्यो ।

त्यतिबेला नै वी.पी. कोइराला पनि नेपालमा सशस्त्र सङ्घर्ष गर्न भनेर बनारसमा नै पुगेका थिए । उनले सारनाथलाई क्रान्तिको हेडक्वाटरजस्तो बनाएका थिए । वी.पी. कोइरालाको नेपालमा सशस्त्र क्रान्ति गर्ने कुरोले पनि कमरेड किशोर र मोहनलाई थप प्रभाव पारेको थियो । उनीहरूमा जागेको क्रान्तिकारी भावनालाई थप ऊर्जा दिएको थियो ।

त्यतिबेला नै नक्सलवादी आन्दोलनको प्रभावमा नेपालमा झापा विद्रोह भएको थियो । झापालीहरूले सामन्तका टाउका गिाडेर नेपालमा नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने उद्घोषण गरेका छन् भन्ने कुराको चर्चा बनारसका गल्लीगल्लीमा पनि हुन थालेको थियो । बनारसका पसल पसलमा पनि हुन थालेको थियो । झापा विद्रोहको आवाज सुनेर बनारसमा अध्ययन गरिरहेका कैयौा युवकहरू नेपाल फर्किने मनस्थितिमा पुगेका थिए । झापा विद्रोहको प्रभावमा परेर कति युवकहरूले पुष्पलालले अब नेपालमा क्रान्ति गर्दैनन् भन्न थालेका थिए । यही अवस्थामा कमरेड मोहनविक्रमका गद्दार पुष्पलाल निस्क्यो । गद्दार पुष्पलाल लेखेकोमा कतिले मोहनविक्रमको कडा आलोचना गरे । कतिले भने मोहनविक्रमको गद्दार पुष्पलाललाई राम्रै पुस्तक माने ।

बनारसमा शास्त्री पढ्न बसेका किशोर र मोहनलाई हरेक घटनाले असर पारिरहेको स्थिति थियो । उनीहरूलाई हरेक घटनाले सकारात्मक प्रभाव पनि पारेको थियो । नकारात्मक प्रभाव पनि ।

पुष्पलालले नेपालमा क्रान्ति गर्दैनन् कमरेड । क्रान्ति गर्ने भनेको झापालीहरूले नै हो । पुष्पलाललाई मोहनविक्रम पनि संशोधनवादी भन्छन् । झापालीहरूले पनि संशोधनवादी भन्छन् । पुष्पलाल पक्कै संशोधनवादी रहेछन् । संशोधनवादीहरूले कहिले क्रान्ति गर्न सक्दैनन् । हामीले कि पुष्पलालबाट विद्रोह गरेर अर्को छुट्टै क्रान्तिकारी पार्टी बनाउनुपर्दछ कि नेपाल गएर झापाली हुनुपर्दछ । बन्दुक बोक्न पर्दछ । दूध विनायकको एउटा चिया पसलमा बसेर गद्दार पुप्पलाल लेखेको पुस्तकका पाना पल्टाउँदै कमरेड किशोरले निकै जोसिादै भने ।

कमरेडका कुरा मैले गलत मान्दिन तर म अहिले न पुष्पलाललाई छोड्ने मनस्थितिमा छु न त नेपालमा गएर बन्दुक नै बोक्ने अवस्थामा । चिया पसलमा राखेको दैनिक जागरण पल्टाउँदै भने मोहनले ।

मनमा क्रान्तिको ज्वाला उठेपछि त्यो शान्त हुन सक्दोरहेनछ । कसैको मनमा एक किसिमले क्रान्तिको भूत चढेपछि त्यो त्यत्तिकै चुपचाप बस्न सक्दोरहेनछ । सायद यही भएर पनि होला कमरेड किशोर एक सााझ बनारसबाट रेल चढेर नेपालको साइत गरे ।

नेपाल पुग्नेबित्तिकै उनको सम्पर्क झापालीहरूको राजनीतिक सङ्गठन कोकेसित हुन पुग्यो । पछि कोके हुँदै उनी माले हुन पुगे । त्यतिबेला भूमिगत पार्टीको रूपमा क्रियाशील नेकपा मालेको नेता मात्र होइन कार्यकर्ता हुनु पनि निकै धैरै गौरवका कुरा थियो । त्यतिबेला कति मान्छेहरू भन्ने गर्दथे नेपालमा यदि कसैले क्रान्ति गर्छ भने त्यो माले पार्टीले गर्दछ । झापालीहरूले नै गर्दछन् । अरूले त क्रान्तिका कुरा गर्ने मात्र छन् । क्रान्ति गर्ने रहर गर्ने मात्र हो ।

भूमिगत रहेर दिन रात पार्टीको काम गर्ने क्रममा कमरेड किशोरले आफ््नो विवाह गर्न पनि बिर्सेका थिए । आफ्नो घर परिवार पनि बिर्सेका थिए

केही वर्षपछि पार्टीकै पहलमा उनको विवाह कमरेड मालतीसित भएको थियो । उनीहरू कम्युनिस्ट पार्टीको झण्डामुनि उभिएर माक्र्सवाद, लेनिनवाद र माओत्से तुङ्ग विचारलाई आफ्नो सैद्धान्तिक आधार मानी नेपालमा नौलो जनवादी क्रान्ति सफल पारेर समाजवाद र साम्यवादसम्म पुग्ने आफ्नो लक्ष्यको लागि समर्पित हुने प्रण गर्दै विवाह बन्धनमा बाँधिएका थिए ।

छयालीस सालको जनआन्दोलनपछि भूगिगत माले पार्टी खुला भयो । कमरेड किशोर र कमरेड मालती पनि खुला भए । खुला रहेर नै उनीहरूले पार्टीमा सक्रियतापूर्वक काम गर्न थाले ।

कमरेड मनमोहनको माक्र्सवादीसित एकीकरण भएपछि माले अब माले रहेन । यो एमाले भयो । कमरेड किशोर र कमरेड मालती पनि आˆनो पार्टीसित नै एमाले हुन पुगे । यस अवस्थामा उनीहरू माले भइरहने कुरो भएन । यो कुरा बेग्लै हो कि उनीहरूलाई एमालेको राजनीतिक लाइन मन परेको थिएन । पुष्पलाललाई गद्दार भनेर झापाली राजनीतिमा लागेका कमरेड किशोरलाई हिजो राजावादी भनेर चिनिएका मनमोहनको नेतृत्वमा काम गर्न मन त पटक्कै लागेको थिएन तर एमालेजस्तो सबभन्दा ठूलो पार्टी छोडेर उनलाई सय पचास कमरेडहरूको पछि दगुर्न पनि मन लागेन । उनलाई आफू क्रियाशील रहेको पार्टीले अब नेपालमा क्रान्ति गर्दैन भन्ने कुरामा त कुनै शङ्का रहेको थिएन तर पनि उनले नेपालमा क्रान्ति नै गर्ने कुनै अर्को पार्टी पनि देखेका थिएनन् ।

यसैबीच एमालेको नौ महिने सरकार पनि बन्यो । यसै बेला कोही मन्त्री बने । कोही राजदूत बने । कोही जी एम बने । कमरेड किशोर र कमरेड मालतीले भने कुनै राजनीतिक नियुक्ति पाएनन् । उनीहरूलाई लागिरहेको थियो उनीहरू पार्टीको माथिल्लो नेतृत्वदायी पदमा नभएको हुनाले मन्त्री वा राज्यमन्त्रीको पद नपाए पनि जी एमसम्म त बनाइनुपर्ने । उनीहरूले के पनि सोाचे भने पार्टीका सामन्य समर्थकहरू पनि ठूला ठूला डिग्रीधारी बुद्धिजीवी भएको कारण राजदूत बनाइए । जी एम बनाइए तर क्रान्तिको लागि बुर्जुवा डिग्री बहिस्कार गरेर आएको व्यक्तिको भने कुनै पनि मूल्याङ्कन भएन । उसलाई कुनै पनि ठाउँ दिइएन ।

पार्टीले कमरेड किशोर र कमरेड मालतीको कुनै मूल्याङ्कन नगरे पनि उनीहरूले पार्टीको नेतृत्व पंक्तिको राम्रै मूल्याङ्कन गरेका थिए । उनीहरूले देखिरहेको थिए हिजो रबरको सस्ता चप्पल लतार्दै हिाड्ने सर्वहारा कमरेडहरू यतिबेला पजेरो चढ्ने भइसकेका थिए । हिजो झुपडीमा बस्ने कमरेडहरू आज राजधानीमा नै महल बनाएर बस्ने भइसकेका थिए । हिजो कमरेडहरूले गद्दार भनेका पुष्पलालले बनारसमा पेटभरि पाउरोटी पनि खान पाउने थिएनन् तर नेपालमा क्रान्ति गर्न झापा विद्रोह सुरु गरेका कमरेडहरूका महलका कुकुरहरूलाई पनि मासुभात रुच्दैनथ्यो ।

पार्टीका नेतृत्व तहमा बसेका कमरेडका छोराछोरीहरू धमाधम विदेशमा डाक्टर, इन्जिनियर बन्न अमेरिका, बेलायत, रुस, चीन, जापान कताकता पुगेका थिए तर कमरेड किशोर र कमरेड मालतीलाई आफ्ना छोराछोरीहरूलाई सरकारी स्कुलमा पढाउन पनि गाह्रो भइसकेको स्थिति थियो । उनीहरूले के पनि देखे भने केही नहुनेहरूले पनि मलेसिया, दुवै, कतार, कोरिया, जापान आदि ठाउँमा पुगी प्रशस्त पैसा कमाएर काठमाडौामा घर घडेरी किनेका थिए तर विडम्बना न त कमरेड किशोर र कमरेड मालतीहरू पार्टीमा रहेर कुनै प्रगति गर्न सकेका थिए न विदेश लागेर नै । पार्टीकै पहलमा सञ्चालित एन.जी.ओ. आई.एन.जी.ओ.कामार्फत पनि कति कमरेडले आफ्नो सात पुस्ता सपारेको देखेका थिए । यो पनि उनीहरूको व्यापक असन्तुष्टिको कारण बनेको थियो ।

यस्तै अवस्थामा एक दिन कमरेड किशोर र कमरेड मालतीले आफ्नो पार्टी नेतृत्वसित आफ्ना सारा गुनासा राख्दै भने- हामी अब होल टाइमरको रूपमा पार्टीमा रहेर काम गर्न सक्दैनांै । हामी कुनै पेशा अपनाउँछौा र आफ्नो घर पनि हेर्दै सक्दो पार्टीको काम पनि गर्दछौा ।

दुवै जनाले यही कुरालाई दृढतापूर्वक राखेको हुनाले पार्टीले हुन्न भन्ने स्थिति आएन । उनीहरू आफूले चाहेअनुसार नै विविध पेशा गरेर पार्टी काम गर्न सक्ने भए ।

आफ्नो पार्टी सरकारमा भएको बेलामा कमरेड किशोरहरूको नाममा पनि सुकुम्बासीमा एउटा घडेरी दर्ता भएको थियो । उनीहरूले त्यही घडेरीमा एउटा छाप्रो हालेर आफ्नो गार्हस्थ जीवन सुरु गरे । कुरा त पैतृक सम्पत्तिमा दाबी गर्ने पनि उठेको थियो तर उनीहरूले पहाडमा आफ्ना दाजु भाइहरूले कोरेर खाएको एक टुक्रा जमिनमा दाबी गरेर उनीहरूलाई पनि किन सुकुम्बासीमा झार्ने भन्ने सोचले कुरा अघि बढाएनन् । उनले एकपछि अर्को गर्दै थुप्रै पेशामा हात हाले तर कतै पनि सफल हुने स्थिति देखा परेन । किराना पसल राखे । त्यो उधारोले सुक्यो । होटल राखे त्यसमा पनि उनीहरूले खासै प्रगति गर्न सकेनन् । रक्सी नराखे होटल नचल्ने । रक्सी राखे त्यसकै कारणले होटलमा नै दिनरात मारपिट भइरहने । केही समय उनले ठेक्कापट्टामा पनि मन दिए तर नेपालमा ठेक्का पट्टा गर्दा मनी र मसल दुवै चाहिने रहेछ भन्ने कुराको चेत भएपछि उनले छोडे ।

केही समय उनले उद्योग चलाउने जमर्को पनि गरे । ढाका उत्पादन गर्न तान राखे । उनको यस पेशाले पनि रोजगारी चल्न गाह्रो पर्‍यो । कामदारलाई महिना मर्नसाथ पैसा दिन पर्ने । आफू त नाङ्गाको नाङ्गै । भोकाको भोकै । फेरि उनीहरूले होजियारी राखे । यो पनि अन्ततः उनीहरूको लागि फलिफाप भएन । त्यसलाई बन्द गरेर केही समय फर्निचर उद्योग पनि खोले । यसमा बढी चोरीका काठ चल्ने । यो पेशा उनीहरूको निम्ति उपयुक्त नभएको कारणले मात्र होइन कम्पिटिसनमा आउन नसकेको कारणले यसबाट पनि हात धोएका थिए । केही समय कमरेड किशोर र कमरेड मालतीले पत्रकारिता पनि नगरेका होइनन् तर पत्रकारितामा आवश्यक गुण आफूमा नभएको हुनाले यसमा पनि उनीहरू धेरै समय टिक्न सकेनन् । केही समय फोटोकपी र फ्याक्सको धन्दा चलाए । त्यसबाट पनि कुनै उन्नति गर्न सक्ने सम्भावना नदेखेर कम्युटर इन्स्िटच्युटतिर ढल्किए । यो पेशा पनि उनीहरूले दुई डेढ वर्षभन्दा बढी चलाउन सकेनन् । चारैतिरबाट असफल भएपछि उनीहरूको अगाडि अब केवल दुईवटा उपयुक्त पेशा बाँकी रहेका थिए- जग्गाको किनबेचको कारोबार वा विदेशी रोजगारको कारोबार तर यसमा पनि कमरेडहरू सफल भएनन् ।

घरमा खर्च बढ्दै गयो । मागहरू बढ्दै गए । आवश्यकता बढ्र्दै गए । यी सब कुराको साथसाथै ऋण पनि बढ्दै गयो । उद्योग धन्दा खोल्छु भनेर बैङ्कबाट ल्याएको कर्जा तिर्न सक्ने अवस्था रहेन । सुकुम्बासीमा प्राप्त गरेको घर घडेरी विक्री गरे पनि ऋण बीसको उन्नाइस हुने छाँट देखिएन । कमरेड किशोर र कमरेड मालतीको पार्टी कामप्रति एक प्रकारको वितृष्णा लाग्न थाल्यो । उनीहरू बिस्तारबिस्तार निष्त्रिmय भएर बस्न थाले । वास्तवमा उनीहरू के गर्ने के नगर्ने भन्ने मनस्थितिमा पुगेका थिए ।

कमरेड किशोर र कमरेड मालतीले के देखे भने क्रान्तिकारी स्पि्रट भएका धेरै जसो कमरेड माओवादी भइसकेका थिए । उनीहरूमध्ये कति भूमिगत भइसकेका थिए भने कति बाहिर एमालेजस्तै देखिएर माओवादी पार्टीका गतिविधि सञ्चालन गरिरहेका थिए । कमरेड किशोरको एक मनले त क्रान्ति नै गर्ने हो भने माओवादीमा जानुपर्छ कि पनि भनिरहेको थियो तर फेरि उनको अर्को मनले भनिरहेको थियो यो उमेरमा आएर माओवादीले जति बलिदानीको भावनाले काम गर्न सकिन्न । यो उमेरमा आएर माओवादीहरूले जति ज्यान नै फालेर काम गर्न सकिन्न ।

यसैबीच प्रतिगमन आधा सच्चियो भनेर एमाले सरकारमा गयो । एमालेको कृपादृष्टि कमरेड किशोरमाथि पनि पर्‍यो । उनलाई पार्टीले जी एम पदले सम्मानित गर्ने निर्णय गर्‍यो ।

जिएम भएको एक/दुई वर्षमा नै कमरेड किशोरको पारिवारिक स्थितिमा ठूलो हेरफेर आयो । उनले राजधानीमा नै महल खडा गरेको खवरले समाचार पानाका पन्ना भरिन थाले । हुन त यसैबीच उनका जेठा छोरा कोरिया गएको एक/डेढ वर्ष जति भएको थियो । उनले आफूले राजधानीमा खडा गरेको भवन कुनै भ्रष्टाचारको पैसाले होइन । छोराले कोरियाबाट पठाएको पैसाले नै बनाएको हो भने । यो कुरा कतिले पत्ताए कतिले पत्ताएनन् तर साँचो कुरा के थियो भने यतिबेला कमरेड किशोर र कमरेड मालतीको अवस्था हिजोको जस्तो थिएन । उनीहरूको गणना राजधानीकै अभिजात वर्गमा हुन थालेको थियो ।

कमरेड मोहनको अगाडि एउटा पजेरो आएर रोकियो । पजेरो कमरेड किशोरको थियो । जिएम कमरेड किशोर ।

मलाई चिन्नु भयो मोहनजी ? कमरेड किशोरले गाडीबाट मुण्टो बाहिर निकालेर सोधे । आफ्नो अगाडि गाडी आएर रोकिादा कमरेड मोहन झस्किए । उनले देखे एक जना पेन्ट टाई सुट लगाएको व्यक्तिले उनलाई सम्बोधन गर्दै भनिरहेको थियो ।

उनले आँखा गाडेर हेर्दा चिनेजस्तो त लाग्यो तर ठहराउन भने सकेनन् । उनले विनम्रतापूर्वक भने- मैले तपाईर्ंलाई कतै देखेजस्तो त लाग्यो तर ठहराउन सकिनँ । आँखा कमजोर भएर पनि होला ।

म तपाईंको बनारसको लंगोटिया यार । कमरेड किशोर । कमरेड किशोरले मुस्कराउँदै भने ।

ए त्यसैले पो त मलाई तपाईं कुनै चिर परिचित व्यक्तिजस्तो लाग्नुभएको थियो । अहिले मलाई तपाईंलाई चिन्न गाह्रो भयो । हिजो किशोरजी वास्तवमा किशोर अवस्थामा नै हुनुहुन्थ्यो । अहिले यस्तो प्रौढ अवस्थामा मैले तपाईंलाई कसरी चिन्ने । दोस्रो कुरो तपाईं बनारसको धोती कुर्तामा हुनुहुन्थ्यो । अहिले यस्तो सुटेड बुटेड व्यक्तिलाई मैले कसरी चिन्ने ? उसरी तपाईर्ले मेरो कुनै खबर नलिए पनि तपाईंका बारेमा त मैले खबर लिादै गर्थैं । पछिल्लोपटक तपाईं जिएम भएको खबर पनि मेरा कानमा नपुगेको होइनन् । कमरेड मोहनले आफ्नो प्रतिक्रिया प्रकट गर्दै भने ।

भन्नोस् तपाईं अहिले के गर्दै हुनुहुन्छ ? केही गम्भीरजस्तो भएर कमरेड किशोरले प्रश्न गरे ।

के गर्ने गाउँमा मास्टरी गर्दै थिएँ । सरकारले मलाई आतङ्कवादी भनेर प्रहरी थाना पुरायो । सैनिक ब्यारेकमा पुरायो । जेलको दर्शन पनि गरायो । गायब नै पार्ने सुर पनि कसेको थियो तर नागरिक समाज, मानव अधिकारवादी सङ्घ-संस्था र कानुन व्यवसायीहरूको ठूलो प्रयासले छुटेको छु । यसमा न्यायाधीशहरूको पनि निकै ठूलो सहयोग रहेको छ । थाना र ब्यारेकमा ज्यादा यातना खाएर होला मेरो सम्पूर्ण शरीर मरेको जस्तो छ । अहिले उपचार गराउँदै छु । उपचार गराउन नै राजधानी आएको थिएँ । भोलि जिल्ल्ाातिर नै फर्किंदै छु । कमरेड मोहनले सबै कुराको बेली विस्तार लगाउँदै भने ।

आज मेरै निवास जाने कि ? दुःख सुखका कुरा गर्न सकिन्छ । कमरेड किशोरले उदारताको प्रदर्शन गर्दै भने । जान त जान हुन्थ्यो तर केही काम बाँकी रहेकोले अहिलेलाई क्षमा गर्नु होला । पछि कुनै दिन तपाईंको निवासमा अवश्य निस्किउँला ।

कुराकानी गरेपछि कमरेड किशोरको गाडी बानेश्वरतिर घुइक्यो । कपाल सेतै फुलेका कमरेड मोहन चुपचाप आफ्नो सेल्टरतिर लागे ।

कथा – मसली भाउजु

असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा खाने परम्परा छ । आˆनो घरमा दुहुना गाई/भैसी नहुनेले पनि किनेर, खोजेर, मागेर ल्याएर पनि खाने चाड मान्ने चलन छ । सबैका घरमा धेरथोर दही-चिउरा तयार हुन्छ । यस वर्षको मनसुन ढिलो प्रारम्भ भएको कारण पानी परेको छैन । सिचाइको अभावमा जमिन मुख बाएर बसेका छन् । अधिकांश आकाशे खेत बाझो पल्टेका छन् । थोरै कुलो लाग्ने खेतको पनि रोपाइ थालनी भएको छैन । राकसे बूढाको धेरैजसो खेत पानी पट्ने हुनाले खेतको काम भ्याइनभ्याइ छ । गाउमा राकसे बूढा आफैा पनि खेतमा दिन बिताउाछन् । हली, गोरु बिहानै खेतमा पुग्दछन् । आफू र जन-वन झण्डै बराबरी लगाउाछन् ।

सााझमा पानी छिट्याएजस्तो भएको थियो । बाहिर काममा जानेहरू अलि ढिलो घरमा भित्रिन आउने गर्थे । खेतको काम प्रशस्त हुने गथ्र्यो । दिन लामा, रात छोटा हुादा थकाई मार्दै काम गर्दा पनि कामको भाग बढी देखाउन सकिने । जोत्ने, आली काट्ने, बियाड उखेल्ने, रोप्ने आदि काम गर्नुपर्ने । खेतको कामको व्यस्तता छ भने बारीको कामको पनि व्यस्तता थपिन लाग्या छ । अघौटे मकै पूरै पाकेर भााच्ने समय भएको छ र पाकेको मकैलाई सुगाले ज्यादै खेदो गर्छ । केटाकेटी लगाएर टिन ठटाएर हाहा-स्यूास्यूा गरेर धपाउन बाध्य हुनपर्छ । अझ नजिक बाासझ्याङ्ग भएका स्थानमा त मकैको खेदो पाइलो गर्छ सुगाले । मकैको घोगैपिच्छे सुगा सलबलाउाछन् र ठुङ्छन् ।

राकसे बूढाको गाईले सााझ दूध दिएन, दुहुन बसेको नरमानलाई लात्तीले हानेर बलड्यान खेलाइदियो । नरमान तीन हात पर उछिट्टयिो । गोबरमा लटपटिन पुग्यो । नरमानले गाईको फााचो धुन मात्र के लागेको थियो, ढुङ्ग्राको पानी पोखिनुको साथै ढुङ्ग्रो विपरीत दिशामा घोप्टिन पुग्यो गाईको खुट्टाले । गोबरमा लटपटिएको शरीर लिएर नरमान जेठीमैयाालाई गाईले दूध नदिएको खबर सुनाउन पुग्यो । कोठीको चामल झिकेर नाङ्लोमा राखेर निफन्दै थिइन् जेठीमैयाा । के कुतल पर्‍यो । घाास पनि पुगेन कि भनेर चर्चा भएन, त्यतातिर कसैको ध्यान गएन ।

नाङ्लामा केलाउादै गरेको चामल भान्साकोठामा राखेर जेठीमैया सारी सुर्कदै आागनमा आइन् । ठूलो स्वरले “कुन रााडीले गाईलाई टुनामुना गरिदियो भनेर कराउन लागिन् । कुन रााडीका आाखा र छौडा लागे भन्दै आागनमा चक्कर काटिन् । बूढीका आाखा राता भए । चाडबाडका दिन अनेकथरिका रााडहरूलाई यहीा गाड्न मुन्ट्याउाछन् । ए नरमान जा धामी बोलाउन, पुछारघरे साहिला घरमा आइपुग्या होला, बोक्सी रााडीहरूको करामत हो । ब्याएको तीन महिना भएको छ ।” जेठीमैयााको आाखा गाईको थलामा घुम्न सकेन । गाईको थलामा घाास छ, छैन । चरणबाट आउादा गाईले पेट उकासो, उकासेन । दिउासो खोले पनि पायो पाएन आदिबारे जेठीमैयााको सोच पुगेन ।

दूध किन दिएन भन्नेतिर मात्र मन कुतकुत्तियो, आक्रोशित मात्र भइन् बूढी । बेला न कुबेला रााडीहरू घर-आागन-गुवाली चाहार्न आउाछन् । दशथरिका प्रश्न सोध्न तम्सिन्छन् । तरकारी, नून भुटुन चाहिन्छ बजिनीहरूलाई, रााडीहरूको केही खाएको न पाएको बोक्सी रााडी छिर्किनी गर्न आएकी थिई, उसैको नजर लागे क्यार । शोभ सालधुप र झुम्रो सल्काएर गाईको तारैतिर घुमाई दे, त्यही केही क्षणपछि नजर भगाएर दिन्छिन् कि जेठीमैयााको आक्रोश थामियो यति भन्दै ।

बुहारी शोभा सालधुप खोजेर, घुमाउनतिर लागी । सासूका वचन कानमा थापिरही, केही जवाफ गर्न सकिन । सासूका मुखबाट व्यक्त भएका असभ्य शब्दहरूसाग ऊ सहमत भने थिइन । शोभालाई बोक्सी विद्या भन्ने कुरीतिगत सोचाइमा त्यति विश्वास थिएन । विरोध गर्ने आाट पनि भएन ।

अलिकति घाास थपिदिन्छु, पेट उकासेपछि केही क्षणमा दिन्छ कि बाच्छो बााधेको छु । नरमानले नरम जेठीमैयाालाई जवाफ गर्‍यो । मकैको थाङ्ग्राको बलामा ल्याएर रित्तो ढुङ्ग्रो झुण्ड्यायो ।

केही क्षणपछि बूढीको बक्बक् पुनः प्रारम्भ भयो । जथाभावी कुरा छाद्न थालिन् । दिउासो त्यही लखवेश्या पापिनी सङ्गारे आइमाई उमेरमै पोइलाई अघि लगाएर, दुईवटी छोरी चेपेर जीवन घिसार्दै छनि, नक्कली विधवा भएर पनि कोरीबाटी गरेर हिाड्छे । चाउरी परेको गालाको मुजा थाहा छैन । छोरी पधलेर पोइ खोजेर हिाड्न आाट्याछन् । आमालाई बैासले छाडेको छैन । केही क्षणअघि मुन्टेकी थिई यहा । बजिनी निकै समयसम्म थच्चिई । बारह सत्ताइस कुरा बखानी । त्यसको देवर विदेश गएर पैसा कुम्ल्याएर पठाएको समाचारसमेत फलाक्थी । त्यस बजिनीको देवरले पठाएको सम्पत्तिसाग हाम्रो के नातो र स्वार्थ । चोथालेको देवर थियो, पोइ बनाएको हो कि, पैसा पठाइदिएकाले सुखका दिन आए भन्थी ।

नरमान बूढीका कुरा कान थाप्दै गुवालीको बलेसीमा घुर बाल्दै थियो । मच्छडले गाई-गोरु ज्यादै छट्पटाएका थिए । वषर्ा यस्तै हो । गोवरग्यास र बिजुलीको कारण र पानी नजिकै जमेपछि भुसुना र मच्छड लाग्नु स्वाभाविकै हुन्छ नि, गर्मी पनि त अति छ ।

पर दोबाटोको छेउमा सञ्जयले आमाको चर्को स्वर सुनेको थियो । केही नबोली सरासर आागनमा आएर उभियो । आमालाई भान्साकोठामा बसेर जथाभावी फलाक्दै गरेको देख्यो, सुन्यो । आमा यसरी किन उम्लिरहेकी थिइन् । ज्वालामुखी पड्केजस्तै । आखिर यो फलाको र ईष्र्या, डाह कोमाथि खन्याएको हो बुझ्न चाहृयो ।

आमाको आवेग र आक्रोश कम गर्न, शालिन तरिकाले नरम स्वरमा सञ्जयले सोध्यो ? के भयो आमा, किन यसरी ठूलो स्वरले जथाभावी गाली गर्दै हुनुहुन्छ । घरमा त नरमान र बुहारी मात्र छन् । बुइनी पनि देखिएकी छैन । साना नानीहरूलाई तपाईंका यी शब्द वाणसाग कुनै साइनो र सम्बन्ध हुादैन । भयो के ?

“बाबु खेतबाट दिनभरिको कामले लखतरान भएर खेतालाका साथ आउादै हुनुहुन्छ ।”

दिनभरि बजारमा घुमेर आएको छस् ता, पाहुनाजस्तो भएर टुपलुकिएझैा । घरमा कस्तो घटना घट्छ, कस्ता मान्छेले के टुनामुना गरेर जान्छन् । घरमा परेको बिघ्नबाधामा न उमेर पुगेकी छोरीलाई चासो छ, न बुहारीलाई, न जागिर खाएको छोरालाई । हण्डर खेप्नुपर्ने त हामी दुई जोई-पोइले मात्र त हो नि । उमेरले बूढो भनेर पार पाइएको छैन । हण्डर र मुक्तमान कति भोग्नु, जीवनभरि दुःख गर्न लेखिया रहेछ । दिनभरि घरमा बसेर अनेकौा लण्ठा भोग्नु न हो ।

“कमसेकम तपाईंले बुझेको, तपाईंलाई मर्का परेको झ्याउला पन्साउन परेको दिकदारी चोट हाम्रा सामु राम्रो तरिकाले बुझाएर भने पो न्याय, अन्याय र मर्का कस्तो पथ्र्यो बुझ्न पाए पो बोल्नु त”, सञ्जयले आमालाई कडा शब्द भावभङ्गी मिलाएर आागनको कुर्सीमा बस्तै व्यक्त गर्‍यो ।

पार्वती र शोभा पनि आागनमा आएर त्यही समयमा ठिङ्ग उभिए । उनीहरूको अनुहार गम्भीर चिन्तायुक्त देखिन्थ्यो । एक प्रकार स्थिति बेग्लै हुन गयो । वास्तविक कुरा खोतल्नु सञ्जयको कर्तव्य नै थियो । सबै जना आागन र दलानमा भेला भए । जेठीमैयाले उठाएको रडाको बारे पार्वती र शोभा अनभिज्ञ नै थिए । मेलोमेसो नै थिएन । झोल घोप्ट्याएजस्तो अनुहार पारेर नरमानले भन्यो गाईले दूध दिएन ।

गाई सबेरै बााधेको, खोलेपानी पनि दिन भ्याएको थिएन । खेतको चटारोले सबको ध्यान खेततिर केन्दि्रत भएको छ । शोभाले घोसेमुन्टो लगाएर डराई डराई भनी । सञ्जयले बोल्न नपाउादै बूढी सबका सामु कुर्लिन् । मसली आएकी थिई, थोरै बात चुटेर गई । रााडीका मुखका दाात झरेका छन् । अनुहार हेर्दै बोक्सीजस्ती लाग्छे । पोतो बसेको अनुहार छ । लेघ्रो तानेर चिप्लाई घसेर बोलेर गाड्छन् । काकीको त गाई दूध दिादै छ, थाकेको छैन । मेरो भैासी त थाक्यो, साटोपाटोको चााजोपााजो मिलाउन भनेको भनेर लेघ्रो तान्थी । निकै समय थचारिई । काम न काजकी बजिनीलाई पिाधमा फोका उठुञ्जेल बसे पनि के बित्ने लवस्तरीको । के तन्तर मन्तर गरेर गई, गाईले टाङमुनि बस्न दिएन । नरमानलाई नै पल्टाई दियो । तिमीहरूलाई भाग बस्न पाए भई हाल्ने, पुर्‍याउनु टार्नुसाग कुनै सरोकार छैन । छोराबुहारी र छोरीको सामु भुत्भुताएपछि बूढीको रिस आधा घट्यो । एकपल्ट आाखा फर्काएर पूर्वी आकाश हेरेर मौन भइन् । शोभा केही नबोली भान्सामा प्रवेश गरिन् । पेटभरि घाास खान दिउा दूध, देला नि । गाईवस्तु यदाकदा यस्तो भइहाल्छ नि । आमाको बानी पनि ठीक छैन क्या । बढी अर्कालाई आरोप र दोष लगाउनुहुन्छ पार्वतीले आˆनो मनको कुरा गरी ।

आमाले टिप्पा खाइन् । तालाई लवस्तरी, नक्कली । लाद्रो भर्न पाए भइहाल्छ । पोइको घर खान सकिनस् । बाबु र दाजुको कमाईमा भाउजूलाई कजाएर खान पल्केकी छस् र गोडा पसारेर हसुर्छेस् । टार्न पुर्‍याउने मान्छे दोषी हुन्छ । टार्नु पुर्‍याउनु नपर्नेलाई सधैा हाइसञ्चो ।

निकै गम खाएर सञ्जयले आमाको रिसलाई कम गर्ने प्रयत्न गर्‍यो । आमालाई सम्झाउने किसिमले भन्यो तपाईंले जीवनको लामो यात्रा पार लाउनुभएको छ । सत्तरीको नजिक पुग्नु भो । केश फुलेर हिमालजस्तै सेता भएका छन् । तपाईंको रिस कम भएको छैन । दायााबायाा बुझ्न हुन्न । कसैसाग रिस उठ्नेबित्तिकै बोक्सीको आरोपमा मान्छेलाई मुछ्नु हुन्न । अपराध हुन्छ । सक्नेले मुद्दा लगाइदिन सक्छन् । दाात झर्नेबित्तिकै बोक्सी हुादैन । विधवा अथवा एकल महिला हुनु अपराध होइन, बाध्यता हो । तपाईंका छोरा छन् । उनका छोरी मात्र छन् । तपाईंसाग सम्पत्ति छ, उनी गरिब छिन् । आफूले सम्मान पाउन अर्काको पनि सम्मान गर्न जान्नुपर्छ ।

सञ्जयले यति लामो कुरा गर्दा जेठीमैयाा कान थापेर सुनिरहिन् । एक शब्द पनि फर्काउन सकिनन् । आफूले गल्ती गरेको महसुस गरेर जवाफ नफर्काएको हुनसक्छ । बूढीको अनुहार मलिन भएको र पश्चाताप महसुस गरेको जस्तो लाग्दथ्यो ।

केही क्षणको मौनतापछि सञ्जयले आˆना कुरा फेरि भन्न थाल्यो बिचरी मसली भाउजूले भैासीको दूध बेचेर छोरी पढाएकी छन् । देवरले विदेशबाट पैसा पठाइदिन थाल्या छ । सुखका दिन आए भनेर खुसी छन् । नागरिकता बनाइदिन अधिकार पाए महिलाले छोराछोरीको नागरिकता बनाउन अब देवर-जेठाजुको शरण पर्न परेन गाईले दूध नदिनुको कारण त पेटभरि खोले-घाास खान नपाएर पो त हो त । बुढेसकालमा सम्मान खोज्नेकी अपमान । तपाईंले व्यक्त गरेका शब्दहरू र शब्दवाण मसली भाउजूले थाहा पाइन् भने के हुन्छ ? जीवनको नियति यस्तै कठोर हुन्छ कि नरम ?

सञ्जयले सम्झाएपछि जेठीमैयाको रिस केही कम त भयो तर भुत्भुताउन भने केहीबेरसम्म थामिएकी थिइनन् । के युग आयोआयो हगेका लिाडको शासन सहनुपर्ने, लाद्रो भर्न पाएपछि जे बोल्दा पनि हुने, अरूले पचाई दिनुपर्ने त्यसो त अब संसारमा भगवान् पनि छैनन्, धामी, झााक्री, ज्योतिषी सब नष्ट भए, बोक्सी नभए धामी किन चाहियो । गोठको धूप किन गर्ने, कुलाइन पूजा किन गर्ने ? आदि बकवासपछि बूढी भित्र प्रवेश गरिन् ।

पार्वती र शोभा केही बोलेनन् । नरमान गाईलाई खोले दिन थाल्यो । सञ्जयले घरमा भएका सबैले सुन्ने गरी पुनः आˆनो भनाइ राख्ने प्रयत्न गर्‍यो ।

विगतको युग नै त्यस्तै थियो, मान्छेले आˆनो शक्ति चिन्न-बुझ्न सकेका थिएनन्, अाध्यारो युगमा निरीह भएर बााचेका थिए, एक्लो जीवन बिताएका थिए । भौतिक प्रगति भएको थिएन । अाध्यारो युगले दिएको गलत संस्कृति र अन्धविश्वास हो । बोक्सीका कुरा अब गर्दै हिाड्नु अपराध हुन्छ । अब हामी नयाा युगमा प्रवेश गरेका छौा । भोलि उमेर, सम्पत्ति र छोराको धाक नदेखाई मसली भाउजूसाग यी आज व्यक्त गरेका बकवास र आरोप अब आइन्दा कसैलाई लगाउने छैन भनेर माफी माग्नुपर्छ भन्दै सञ्जयले आमालाई सम्झायो ।

सञ्जयका घरमा भएका कुरा थाहा पाएर हो या नपाई हो, मसली भाउजू बिहान सबेरै त्यस घरमा आइन् । राकसे बूढाका घरपरिवार सब चुपचाप भए । मसलीले जेठीमैयाालाई नमस्कार गर्दै आागनको कुर्सी तानेर बसिन् । केही क्षण सब मौन रहे । मसलीसाग बोल्ने आाट गरेनन् । केही क्षणको मौनतापछि मसली आफैाले भनिन्- “काकी तपाईंलाई देख्दा आमा देखेजस्तै लाग्दथ्यो र आदर गर्दथेा । कसैको नम्रता, श्रद्धा र आदर्शलाई कमजोरी ठानेर दशथरिका आरोप लगाउन कति निन्दनीय छ” भन्दै बसेको ठाउाबाट उठेर बाटो लागिन् । कसैले पनि उनलाई बस भन्न सकेनन् र विषय र प्रयोजन पनि कोट्याउन चाहेनन् ।

कथा – आल्मा

सर्प र मूर्खले न भाषा बुझ्छन् न भावना !’ ऊ यस्तै सोच्दै गइरहेको छ। मनमा शंका-उपशंकाको घाम उदाउने-अस्ताउने क्रम-उपक्रम चलिरहेको छ।

‘मलाई किन अदालत बोलाइयो?’ मन्द गतिमा गुडेको उसको गाडीसँगै यो प्रश्न पनि गुडिरहेको छ। अनि, यो प्रश्नसँगै मस्तिष्कमा त्यो त्रासद दिनका दुःस्वप्न पनि गुडिरहेको छ।

ऊ अदालत पुग्दा आल्मा कठघरामा उभिएकी थिई। उसलाई लाग्यो, ‘यो यमराज्ञीका भोका आँखाले मलाई नै खोजिरहेका छन्।’ आल्माका आँखामा उसका आँखा ठोक्किए।

अदालतमा उपस्थिति जनाएर ऊ सबैभन्दा पछाडिको बेन्चमा बस्यो। एकै छिनमा उसलाई अर्को कोठामा लगियो। कमिला हिँडेजस्तै उसका आँखा कोठाका भित्ता, भुइँ र सिलिङ्मा हिँडिरहेका थिए, एक्कासि ढोका खुल्यो। आल्मालाई डोर्‍याउँदै ल्याउने बन्दुकधारी सुरक्षाकर्मी बाहिर निस्कियो। ढोका अटोमेटिक्ली बन्द भयो। आल्मा उसको छेउमै बसी।

कहिल्यै बिर्सन नसक्ने आल्माको अनुहारलाई ऊ एकटकले हेररिहेको छ। आल्माले हग गर्न खोजी तर सकिन। हातमा हतकडी छ। ऊ भने मूर्तिवत् बसेको छ।

आल्माका निर्जल आँखा एकाएक सजल भए। हेर्दाहेर्दै ती आँखाबाट नाइल र अमेजन बग्न थाले। राता पोटिला गाला आँसुमा नुहाउन थाले। निःशब्द छे त्यो केटी, आँखा बोलिरहेका छन्।

हिमालसँग भेटका लागि उसले न्यायाधीशसमक्ष अपिल गरेकी रहिछ। कारण बताएपछि न्यायाधीशबाट एक घन्टाका लागि गोप्य भेट गर्न स्वीकृत भएछ।

ऊ आल्मातिर हेररिहेको छ। आल्माका उदास आँखा भने भुइँतिर गाडिएका छन्। अहिले उसका आँखा त्यसरी नै झुकेका छन्, जसरी त्यस दिन आल्माले निःसहाय हिमालका आँखा झुकाएकी थिई।

हिमाललाई सिंगै निलुलाँजस्तो गर्ने त्यस दिनको त्यही अनुहार आज निभेको बात्तीजस्तो भएको छ। आँखामा याचनाको तृष्णा सलबलाइरहेको छ। नूर गिरेकी निरीह आल्मा बोल्न खोज्छे तर सकिरहेकी छैन। उसका आँखाभरि उकुसमुकुसका बिरुवा बग्रेल्ती उम्रेका छन्। हिमाल भने बोल्नै चाहेको छैन।

“भन, अब के चाहन्छौ तिमी?” अन्ततः हिमालले नै मुख खोल्यो।

आल्माको जवाफ सुनेर सोच्नै सकेन। किनभने, सोच्दै नसोचेको जवाफ दिई उसले। हिमालले पनि सोच्दै नसोची जवाफको जवाफ दियो, “यो असम्भव छ।”

त्यो असम्भवतासँगै हिमालको आँखामा त्यस दिनका घटना सिनेमाको रलि घुमेजस्तै घुम्न थाले। त्यो सटगन आयो। जुन सटगनको ‘मजल’ले उसको छाती छोएको थियो। त्यो सटगनसँगै उसका आँखामा झलझली त्यही केटी आई। त्यो केटीसँगै त्यो दिनको मध्य दिउँसो त्यही कोठाभित्र छिर्‍यो। त्यो मध्य दिनसँगै ढोकाअगाडि त्यो नीलो र्‍याम पिकअप ट्रक रोकियो। कालो ड्रेस लाएकी त्यही केटी ट्रकबाट ओर्ली। टक् टक् टक् जुत्ताको आवाज निकाल्दै त्यही केटी भित्र पसी। रौद्र मुद्रामा त्यही केटीले कालो झोला फ्यात्त काउन्टरमा फ्याँकी। ओभरकोटको बटम खोलेर त्यही केटीले सटगन निकालेर छातीमा तेस्र्याई। धपधपी बलेका गोमन साँपका जस्ता आँखाले डसुँलाजस्तो गरेर त्यही केटीले आदेश दिई, “सबै पैसा यो झोलामा हाल्।” मानौँ, त्यसको बाउको सम्पत्ति हो त्यो।

हिमालले त्यति नजिकबाट बन्दुक कहिल्यै देखेको थिएन। त्यो बन्दुकको नालले छुँदा मत्युको छायाँले छोएजस्तो भयो। हुँदाहुँदै सबै ‘फ्ल्यासब्याक’ हुन थाल्यो। स्वास्नी, छोरो, बा-आमा, घर-परिवार, इष्टमित्र, छरछिमेकी, गाउँघर, पाखा-पर्वत सबै मनमस्तिष्कमा सलबलाउन थाले। उसका कानमा त्यही आवाज निरन्तर ठोक्किँदै भित्रभित्रै प्रतिध्वनित हुन थाल्यो, ‘हरी अप… अदरवाइज आई गन पुल द टि्रगर अप !’

मनमस्तिष्कमा एकाएक भरएिका ती पाश्र्वदृश्यभित्र निकै बेर हरायो हिमाल। आफ्नै आँखामा धपधपी बलेको क्रोधको आगोले पोल्न थाल्यो हिमाललाई। एक्कासि मुस्लो बनेर निक्लियो क्रोध, “ओ नो ! स्टे अवे प|mम मी, प्लिज ! यू आर बेन्डिट।’ कोठाका भित्ता चर्किने गरी चिच्यायो हिमाल।

भुइँतिर गाडिएका आल्माका आँखामा सन्त्रासको हुरी छायो। क्रोधका ज्वालामा लप्किएका हिमालका आँखासामु उसका सन्त्रस्त आँखा धेरै बेर टिक्न सकेनन्।

हिमाललाई लाग्यो, ‘यो सर्प पनि हो र मूर्ख पनि। सर्पलाई जति दूध पिलाए पनि विषै ओकल्छ। मूर्खलाई ज्ञानको घुटी जति नै पिलाए पनि त्यसको मुखबाट मूढता नै विरेचित हुन्छ। बोल्नुको केही अर्थ छैन।’

हिजो हिमाललाई वशीभूत गराउने आल्मा आज उसैसामु अभिभूत छे। अनुहारमा ग्लानिका टाटा छ्यापछ्याप्ती छन्। भित्रभित्रै उर्लेको पश्चात्ताप र पीडाको पोखरी भरएिर आँखाबाट फेरि अमेजन र नाइल बनेर बग्न थाल्यो। कपालिनीजस्ती त्यही आल्मा अहिले कामधेनुजस्ती भएकी छे।

आफ्ना निरीह याचक दृष्टिले ऊ हिमाललाई एकतमासले हेररिहेकी छे। कोठामा निकै बेर शून्यता ओहोरदोहोर गररिहन्छ। लामो हेराइपछि एक सय डिग्रीको तापमा पुगेको हिमालको क्रोधको पारो बिस्तारै झर्दै जान्छ।

‘आखिर यसले चाहेकी के हो?’ हिमालभित्र प्रश्नको भुमरी चल्न थाल्यो।

“हिमाल, मलाई थाहा छ, मैले गल्ती गरेकीे छु र बारम्बार गरेकी छु। त्यही गल्ती बारम्बार गर्नु भनेको वास्तवमा गल्ती हुनु होइन, नियतवश गर्नु हो। त्यो इच्छा हो। म यो नियत र इच्छाबाट मुक्ति चाहन्छु।”

उसका अनपेक्षित आशय र इच्छाले हिमालभित्र उत्सुकता र कौतूहलका टुसामुना पलाउन थाले।

आल्माको बाटुलो स्निग्ध उज्यालो अनुहार। गोरो छाला। लालिमा भरिएका भरिला गाला। लाम्चा निक्खर काला आँखा। लहलह केशराशि। पोटिला पाखुरा। चटक्क मिलेको जीउडाल।

आल्माको प्रतिरूप हिमालको मस्तिष्कमा त्यसै दिनदेखि गाडिएको थियो। उसले पैसा मात्र होइन, हिमालको मन पनि लुटेर लगेकी थिई। अहिले भने भित्रभित्रै तरंगको छाल उर्लिन थालेको छ।

लोग्ने मान्छेको मन…? आफैँभित्र एक प्रश्न बन्यो ऊ। उसभित्र प्रतिशोध, घृणा र क्रोधको हिउँ जमेर बनेको चिसो हिमाल आल्माको बोली, व्यवहार र रापले बिस्तारै पग्लँदै गयो।

अमेरिकाको उच्चाट लाग्दो एकतन्त्रीय जीवनपद्धति ! यहाँको कथित सुकिलो समाजभित्रको दुर्गन्ध ! कथित सभ्यताभित्रको असभ्यता ! कथित थितिभित्रको दुःस्थिति ! पूर्वीय दर्शन र सभ्यताले थोरबहुत दीक्षित हिमालभित्रको मानवताको आँखाले अमेरिकी समाजभित्रको निर्दयता चिनिसकेको थियो।

‘कतै यो केटी पनि यही निर्दयी सामाजिक कुचक्रको जाँतोमा पल्सिएर यस्ती भएकी त होइन?’ एउटा प्रश्नले जरो गाड्यो उसभित्र।

“आखिर यो सब तिमीले किन गर्‍यौ र म नै तिम्रो सिकार किन भएँ?” नसोधी बस्न सकेन हिमाल।

“हामी दुई दिदीबहिनी थियौँ। सँगै बस्ने, खाने, खेल्ने, सुत्ने गर्थ्यौं। हामी सँगसँगै हुर्किंदै गयौँ। हामीसँगै हामीभित्रको नारीवय पनि हुर्किंदै गयो। हामी दिदीबहिनी मात्र थिएनौँ, साथी पनि थियौँ।”

बोल्दा बोल्दै निसासिएजस्ती भई। केही बेर ओभएका आँखा फेरि रसाए। भित्रभित्रै जमेका पीडाका अमेजन र नाइलले फेरि आँखाका डिल नाघे। बाँकी भएको पेपर टावल दियो हिमालले।

“भन, के भन्न चाहन्छौँ?”

ऊ बिगि्रएको थोत्रो टेप रेकर्डरजस्तो बीचबीचमा रोकिँदै बोल्न थाली। भोल्युम घरी उँचो घरी निचो हुन्थ्यो।

“सँगसँगै हुर्केका हामी सँगसँगै मुभी हेर्न जान्थ्यौँ। कहिले घरमा ल्याएर हेर्थ्यौं। हेर्दाहेर्दै पोर्न मुभी र म्यागजिन हेर्न थाल्यौँ। हामीलाई कसैले रोकेन। १८ वर्ष पुगेका छोराछारीलाई केही भन्नु हुँदैन भनेर बाबुआमाले पनि केही भनेनन्। जे गर्न पनि छुट चाहने हाम्रो उमेरलाई अमेरिकी समाजको नांगो आदर्शले सदैव उक्साइरह्यो। बजारमा छ्यापछ्याप्ती पाइने पोर्न मुभी र म्यागजिन किन्दा हामीलाई कसैले सोधखोज गर्न सकेन। रोक्न सकेन। पि|mडम इज नट पि|m भन्ने कर्नेल वाल्टर हिचोकको भनाइलाई न यो समाजले बुझ्यो। न हामीलाई बुझायो।”

बोल्दा बोल्दै ऊ ओइलिएको फूलजस्ती भई। पेपर टावलले फेरि आँखा पुछ्न थाली।

“अनि?”

“अनि, पोर्न मुभी र म्यागजिन हेर्दा हेर्दै हामी दिदीबहिनी नै एक-आपसमा प्ले गर्न थाल्यौँ। हामी दिदीबहिनीबाट प्रेमी-प्रेमिका पनि भयौँ। हाम्रा बारेमा बाबुआमाले थाहा पाएपछि हामीलाई घरबाट निकालिदिए।”

हिमालको मनमा चिसो स्याँठले हानेजस्तो भयो एकछिन। ऊ बोलिरहेकी छे।

“त्यसपछि हामी एउटा अपार्टमेन्ट लिएर बस्न थाल्यौँ। बिस्तारै हामी लेजवियन भएको थाहा हुँदै गयो। भित्रभित्रै साथी, सहकर्मी र समाजले हामीलाई दूरदूर गर्न थाले। हामी इन्फेरेटिभ कम्प्लेक्सको सिकार हुन थाल्यौँ। यही कारणले म बेरोजगार भएँ। डिप्रेसन र अरूको संगतले बहिनी डोज पनि लिन थाली।”

“अनि?”

“मैले बहिनीलाई छोडिदिएँ। म एक्लै बस्न थालेँ।”

“बहिनी नि?”

“ऊ ओभर डोजले मरी।”

“त्यसपछि?”

“त्यसपछि मैले बाउको बन्दुक चोरेँ। समयको कालो पर्दाभित्र लुक्दै म अपराधमा संलग्न भएँ। बाँच्नका लागि रबरी गर्न थालेँ।”

यो विरलाकोटीकी केटीको कथा सुनेर हिमाललाई अमेरिका झन्झन् दूर र झन्झन् गहिरो भासजस्तो लाग्यो। अमेरिकाभित्र अर्को अनौठो अमेरिका पत्ता लागेको ठान्यो। अमेरिकाभित्र अझै कति अमेरिका छन् र अझै कति कोलम्बस जन्मनुपर्ने हो यो सबै पत्ता लगाउन? मनमनै सोच्न थाल्यो। आल्मा बोलिरहेकी छे।

“जे गरायो, सबै समय र समाजले गरायो। म कलेज ग्राजुएट केटी हुँ तर आज जेलमा छु। मलाई यो समाजले गलत बाटोमा अगाडि बढ्न सिकायो तर र्फकन दिएन। म र्फकन चाहन्छु। त्यसैले तिमीसँग क्षमा र सहयोगका लागि याचना गररिहेकी छु।”

“यसका लागि पनि तिमीले मलाई नै किन रोज्यौ? तिम्रा आफन्त, साथीभाइ पनि त छन्। के तिमी अर्को कुनै गेम त खेलिरहेकी छैनौ मसँग?”

केही बेर रोकिएका अमेजन र नाइल उसको आँखाबाट फेरि बग्न थाले।

“यहाँ कसैले कसैलाई केही गर्दैन। गर्ने भए मान्छेसँग मान्छेको नाता बलियो हुन्थ्यो। यहाँ सबैभन्दा कमजोर भनेकै मान्छेसँग मान्छेको विश्वासको बाँध र सबैभन्दा बलियो अविश्वासको पर्खाल हो। यही अविश्वासको पर्खालको आडमा मान्छे यहाँ आफूलाई सुरक्षित ठान्छ। अमेरिका कसैको कोही नभएको ठाउँ हो। यहाँको समाजमा बस्ती छ तर समाज छैन।”

“मसँग यस्तो प्रस्ताव राख्ने साहस कसरी भयो र तिमीभित्र यस्तो विश्वास कसरी पलायो?”

“यो त मेरो होइन, तिम्रो प्रस्ताव र विश्वास हो, हिमाल।”

हिमाल एकछिन रानी हराएको मौरीजस्तो भयो। रनभुल्लमा पर्‍यो।

“अर्थात्?” उसले सोध्यो।

“अर्थात्, सम्झ त त्यो समाचार ! जुन समाचारले सनसनी नै मच्चाएको थियो। याहु, अनलाइन न्युजदेखि सारा मिडियासम्म। तिमीले नै भनेको होइन, मलाई लुट्ने त्यो बन्दुकधारी सुन्दरीलाई म प्रेम गर्छु भनेर !”

सम्झेर ऊ मुस्कुरायो। मध्य दिउँसो एउटी बन्दुकधारी सुन्दरीबाट आफू लुटिएको कथासँगै उसको सुन्दरतासँग आफू मोहित भएको कुरा बताउँदै भनेको थियो, “म त्यो लुटेरा सुन्दरीलाई प्रेम गर्छु।”

“मैले त्यही दिनदेखि तिमीलाई प्रेम गर्न थालेकी थिएँ।” आँसुको बाढी दौडिरहेको आल्माको अनुहारमा अलिकति खुसीको आभा फक्रियो।

“मैले अघि नै भनिसकेँ यो असम्भव छ र प्रेमको अर्थ विवाह हुँदैन।” हिमालले आफ्नो आशय र बाध्यता पोख्यो।

आल्माले ती आशय र बाध्यताका अर्थ खोज्दै सोधी, “अर्थात्?”

“अर्थात्, म विवाहित छु। फेरि विवाहसँग प्रेमको कुनै सम्बन्ध हुँदैन। विवाह संस्कार हो भने प्रेम संवेदना हो। विवाहको सम्बन्ध मान्छेको आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक तत्त्वसँग जोडिएको हुन्छ। तर, प्रेमको सम्बन्ध मनसँग मात्र हुन्छ। मेरो मनले तिमीलाई त्यसरी नै प्रेम गररिहनेछ, जसरी गररिहेको थियो।”

ऊ एकतमासले हिमाललाई हेर्न थाली। निकै बेर मनोवादमा हराई। मृत्युछायाँ बनेर मस्तिष्कमा गाडिएकी त्यो केटी अहिले प्रणयपात्र बनेर हिमालको मनमा नाचिरहेकी छे।

“त्यसबाहेक तिमी के चाहन्छौ?” फेरि सोध्यो हिमालले। हिमालको मुखबाट निस्किएको सान्त्वनाको सुवास आल्माको अनुहारमा पोतियो।

मुस्कुराउँदै धेरै बेरपछि मुख खोली, “यदि म तिम्री स्वास्नी हुन सक्दिनँ भने तिमीजस्तै कुनै नेपालीकी स्वास्नी भएर नेपाल जान चाहन्छु। म अमेरिकासँग अघाइसकेकी छु।”

‘अमेरिकामा जन्मेकी केटी अमेरिकासँगै अघाई तर संसार अमेरिकाको भोको छ ! कति फरक छ देखेको मान्छेजस्तै सुनेको अमेरिका र बेहोरेको मान्छेजस्तै भोगेको अमेरिका?’

हिमालले आफैँलाई सोध्यो तर अनुत्तरित नै रह्यो ।

कथा – रातो कोट

आज पनि जुलुस हाम्रै घरको बाटो भएर गयो। सोच्थेँ, राजनीति भनेको हात्तीको पाइला हो। अरू सबै पाइलालाई हात्तीको पाइलाले छोपिदिन्छ। कति ठूलो पाइला चालेकी थिएँ मैले। माओ-लेनिनको फोटोअगाडि उभिएर मुट्ठी उचाल्दै गाएकी छु, ‘यो अन्तिम युद्ध हो आ-आफ् नै ठाउँमा डटौँ, अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ। गनी साध्य छैन, कतिपटक यो गीतलाई दोर्‍याएकी छु मैले। भनिसाध्य छैन, कतिपटक आफ्नै रगतलाई भीरपहरामा चढाएकी छु मैले। पीडालाई रगत र आँसुसँगै बगाएकी छु मैले। मैले देखेका मेरा सपनाहरू विपना नभएझैँ युद्ध पनि कहिल्यै अन्तिम भएन। तर, अग्रजहरूले दिएको निर्देशन भने हाम्रा लागि अन्तिम हुन्थ्यो। कुनै प्रश्न-उत्तर गर्ने साहस हुँदैनथ्यो, हामीमा। उनीहरूले अह्राएको काम गर्नु मात्र हाम्रो धर्म थियो। यसबाहेक हाम्रो अर्को धर्म थिएन। यति धेरै देशभक्तिको भावना जगाइदिन्थे हामीलाई, हाम्रा लागि आफ्नो जीवन देश र जनताको मुक्तिमा समर्पित गर्न गाह्रो थिएन। संसार कहाँ बुझेका थियौँ, कहाँ देखेका थियौँ र हामीले? देखेका थियौँ त मात्र आफ्ना अग्रज नेताहरूलाई, सुनेका थियौँ त उनीहरूले गरेको भाषणलाई, गरेका थियौँ त उनीहरूले सुम्पिएको कामलाई बस् ! एक्युरयिमभित्र दौडिरहेका माछाजस्ता थियौँ हामी। त्यही नै हाम्रो संसार थियो। बिचरा हामी सिसाभित्र थुनिएर बाँचिरहँदा पनि समुद्रमा पुग्ने सपना देख्न छाड्दैन थियौँ।

आज सम्झन्छु, जीवनभर नसकिने कस्तो यात्रा हिँडिएछ, जो मर्दामर्दै पनि पूरा भएको देख्न पाइने छैन। त्यसबेला उनीहरू प्रशिक्षण दिँदा भन्थे, ‘हामीले त्यो दिन देख्न नपाए नि हाम्रो सन्तान-दरसन्तानका लागि हामी लड्नु पर्छ। हिजोका हाम्रा अग्रजहरूले लडिदिइएको भए आज हामीले यस्तो दिन देख्नु पर्दैनथ्यो। त्यसैले पनि क्रान्तिदेखि भाग्न खोज्नु कायर हुनु हो। क्रान्तिमा भाग लिँदै मर्नु भनेको वीरगति प्राप्त गर्नु हो। सहिद हुनु हो। न सहिद भएँ म, न त योद्धा भएँ। भएँ त मात्र अपाङ्ग। अपाङ्ग शरीर लिएर बाँच्न जति कठिन थियो, त्यसभन्दा कठिन रहेछ मनको अपाङ्गता। ‘ती पढेर जान्नेहरूले केही बुझेका हुँदैनन्, तपाईं परेर जान्नेहरूभन्दा। त्यसैले देश र जनताको मुक्तिका लागि बन्दुक बोक्नुपर्छ, पुरानो सत्ता ढालेर नयाँ सत्ता स्थापना गर्नुपर्छ। त्यहाँ तपाईंहरूजस्ता योद्धाको नाम इतिहासका पानामा सुनौला अक्षरले लेखिनेछन्। मरे सुनौला अक्षरले इतिहासमा नाम लेखिने, बाँचे सुनौलो जीवन जिउने संकल्प गर्दै क्रान्तिको बाटो रोज्न पुगेँ म पनि। पढाइलाई थाती राखेर कहिले पूर्व त कहिले पश्चिम पुग्थेँ म, पार्टीको जिम्मेवारी बोकेर। मेरो घर भने नि, कलेज भने नि त्यही पार्टी थियो। मेरो आफन्त भने नि, अभिभावक भने नि त्यही पार्टीका अग्रजहरू थिए। जे सिक्थेँ पार्टीबाटै सिक्थेँ।

२०५३ सालको कुरा हो यो, कुपण्डोलको एउटा पुरानो घरको भित्रपट्टकिो कोठा लिएर पार्टीको काम गर्न थालेकी थिएँ मैले। त्यहाँ पार्टीका अग्रजहरू मेरै कोठाको बाटो भएर आउँथे र जान्थेँ। त्यसमाथि पनि कामरेड चम्पा त झन् आइरहन्थिन्। दूधको पाकेट बोकेर। अचम्म लाग्थ्यो मलाई उनको लबाइ, खवाइ देखेर। काठमाडौँमा कुन लुगा निस्कन्छ, त्यही स्टायलको लुगा उनले लगाएको देख्थेँ म। तर, मेरो त जाडोमा लगाउने एउटा रातो कोट मात्र थियो। मैले बल्लबल्ल पैसा जम्मा गरेर किनेकी थिएँ, त्यो कोट। चर्को घाम लागेको दिन धोएर बेस्सरी निचोरी ओर्काइफर्काई सुकाउँथे म र सुकेपछि मात्र बाहिर निस्कन्थेँ।

८ मार्चको दिन थियो त्यो। कामरेड चम्पा बिहानै मेरो कोठामा आइन् र भनिन्, “कामरेड तपाईंसँग स्िवटर छ एउटा?” मैले हौसिएरै भनँे, “रातो कोट छ !” मजस्तो साधारण कार्यकर्ताको लुगा यति वरष्िठ नेताले माग्दा मेरो भुईंमा खुट्टा थिएन। लाग्यो त्यसैले त हामी कम्युनिस्ट ! भेदभाव, तलमाथि केहीको मतलब नगर्ने ! चिसो चिसो नै थियो काठमाडौँ तर मेरो शरीरलाई चिसो लागे नि मन त कहाँ चिसो थियो र ! यति ठूलो नेताले कोट जो मेरो लगाएकी थिइन्। गर्वले छाती ठूलो भएको थियो मेरो। म एउटा कुर्तामा हिँडिरहेकी थिएँ, थुरथुर काम्दै। “किन जाडोमा स्वेटर नलगाएको?” पछाडिबाट कामरेड नम्रताले सोधेकी थिइन्। “त्यति जाडो लागेकै छैन,” त्यसो भनिरहँदा शरीरभरि काँडा उमि्रएका थिए। घरीघरी मेरै छेउमा सानका साथ हिँडिरहेकी कमरेड चम्पालाई र उनले लगाएको मेरो रातो कोटलाई नियाल्दै बेपर्वाह दौडिरहेकी थिएँ जुलुसमा म। त्यसपछि कामरेड चम्पा र मेरो भेट लामो समयसम्म भएन। युद्ध मैदानमा कमान्डर बन्ने निर्देशन पाएपछि म पश्चिमतिर लागेँ।

पार्टीको निर्देशन शिरोपर गर्दै कैयौँपटक छिचोलेका छौँ अनकन्टार जंगललाई। चुनौती दिँदै हिँडेका छौँ निस्पट्ट रातलाई। जंगलका बाघ-भालु र बिच्छी-सर्पलाई। त्यसभन्दा पनि खतरनाक हाम्रा वर्ग शत्रुहरूलाई जसले सुइँकोसम्म पाए भने हाम्रो ‘सफाया गर्नेछन्। एकदिनको कुरा हो म र मेरो साथी रूपालाई एउटा सेल्टरबाट अर्को सेल्टर पुर्‍याउन कमरेड नीतेशले लैजादै थिए। हामी अनविज्ञ थियौँ त्यो ठाउँप्रति, निकै अघि बढिसकेपछि रातको अँध्यारोमा टाढा कतै बत्तीको मधुरो प्रकाश देखियो। हामीले बोकेजस्तै टर्चको उज्यालो हो वा जूनकीरी? छुट्याउन गाह्रो थियो। दुई सय मिटरजति अगाडि बढेपछि हामी सशंकित भयौँ, कतै सुरक्षाकर्मी हुन् कि भनेर ! हामी त्यहीँ रोकियौँ। घरी बल्दै त घरी निभ्दै गर्न थाल्यो त्यो बत्ती। हामीले पुनः आएकै बाटो र्फकनु युक्तिसंगत ठहर्‍यायौँ र टर्चको उज्यालो बन्द गरी हातको डोरी बनाएर छामछाम छुमछुम गर्दै लड्दै र ठोक्किँदै र्फकन थाल्यौँ। कामरेड नीतेशले पार्टीको माथिल्लो तहमा बुझ्न फोन सम्पर्क गर्न खोज्दा नेटवर्क समस्याले फोन लाग्ने स्थिति थिएन। जतापट्टी हामी फर्किएर जाँदै थियौँ, त्यतातिर पनि अघिकै जस्तो बत्ती देखियो। अब भने हामीलाई घेरा हालिसकिएको ठहर गर्‍यौँ हामीले। कामरेड नीतेशले मलिन अनुहार बनाउँदै विस्तारै भने हामीलाई, “कामरेडहरू हामीलाई सुरक्षाकर्मीले भेट्यो भने हामी उनीहरूको हातमा पर्नुभन्दा पहिले भरसक स्थिति हेरेर त्यहाँबाट फुत्कने प्रयत्न गर्नेछौँ। सकिएन भने आफूले आफैँलाई खत्तम गर्नेछौँ। यातनापूर्ण तरकिाले पटक-पटक मर्नुभन्दा एकैचोटि मर्न जाति हुन्छ।” हामीले दरो गरी तीनै जनाले एकअर्काको हात समात्यौँ। त्यसबेला भने मलाई उनीहरूको अनुहार हेर्ने रहर थियो तर टर्च बाल्नु खतरा भएकाले मेरो इच्छा पूरा हुन सकेन। छातीलाई बेस्सरी हानिरहेको थियो मुटुले। कति धेरै शक्ति हुँदो रहेछ, त्यति सानो मुटुमा, त्यो मैले पहिलोपल्ट अनुभव गररिहेकी थिएँ। केही नदेखिने त्यो निस्पट्ट रातमा आँखाले भने आमालाई देखिरहेको थियो। उनकै गर्भमा समय बिताएकाले हो वा उनले गर्ने निःस्वार्थ प्रेमले हो, अप्ठ्यारोमा परेका बेला मन र आँखा दुवैले आमालाई नै देख्ने गर्छु म। एकाएक कमरेड नीतेशको मोबाइलमा म्यासेज आयो। म्यासेजमा त्यहाँ खतरा छ, सुरक्षाकर्मीले घेरा हाल्ने सुइँको पाएको र अगाडि नबढी पछाडि र्फकन आग्रह गरएिको थियो। अब लगभग मृत्यु निश्चित थियो। संयोग नै भन्नुपर्छ, हाम्रो मनभन्दा अँध्यारएिर आयो आकाश र दर्कियो झरी। मुसलधारे झरीमा हाम्रै छेउबाट खासखास खुसाखुस गर्दै हतारँिदै सटासट अगाडि गए ती सुरक्षाकर्मीहरू। मैले आफैँले फेरेको सास आफैँले सुनेको त्यो पहिलोपटक थियो। मूर्दाजस्ता बनेका हाम्रा आँखाका नानी मात्र चलायमान थिए। अचम्म पानीले चुट्दा पनि मान्छेको जीउ लट्ठीले कुट्दासरह हुँदोरहेछ। त्यसमाथि पनि जंगली जुकाहरू जीउका विभिन्न भागबाट छिरेर चौपट्ट टोक्दै थियो। ठूला डरको अगाडि साना डरहरूले कसरी आत्महत्या गर्दा रहेछन्, त्यो मैले सुरक्षाकर्मी गइसकेपछि मात्र थाहा पाएँ। लगलगी काम्दै हामी उनीहरू गएको विपरीत दिशातिर छिटोछिटो बाटो छिचोल्न थाल्यौँ। करबि दुई घन्टा हिँडेपछि हामी एउटा सेल्टरमा पुग्यौँ। भोलिपल्ट कमरेड नीतेश त्यहाँबाट हिँडे। हामी भने एक साता बसेपछि त्यसको दुई घन्टाजतिको फरकमा पार्टीले शक्ति प्रदर्शन गर्ने निर्णय गरेको थियो। त्यसको नेतृत्व मैले गर्नुपर्ने थियो। त्यो रात पटक्कै निद्रा परेन आँखामा। राती नै गोलीगठ्ठा झोलामा भिर्‍यौँ र एकअर्कालाई बधाई दियौँ। युद्धमा हिँड्दाखेरीका केही नियमहरू थिए, ती सबैले पालना गर्ने कसम खायौँ र दरो गरी हात मिलाउँदै निस्िकयौँ रातको अँध्यारोमै।

युद्ध, जहाँ मान्छे र बन्दुकको असाध्यै ठूलो भूमिका हुन्छ। मेरो पछि थुप्रै त्यस्ता लडाकूहरू थिए, जसले जीवन उत्सर्ग गर्न रत्तिभर हिचकिचाउने छैनन्। हामी निश्चित ठाउँमा पुग्यौँ र निश्चित समयमा सुरु गर्‍यौँ युद्ध। भिडन्त हुनथाल्यो कानैछेउबाट पनि गोलीहरू सुइँकेर जान्थे। हाम्रा बन्दुकबाट छुटेका गोलीले कति असर गर्दै थियो, त्यसको अन्दाज थिएन हामीलाई। त्यति नै बेला मेरो घाँटीको छेउको भाग र तिघ्रामा एकैचोटि गोली लाग्यो र म ढलेँ। साथीहरूले मलाई डोकोमा हालेको सपनाजस्तो लाग्दै थियो। त्यसपछि मैले आँखा चिम्लिएँ। पछि आँखा खोल्दा केही साथीहरू थिए मेरो साथमा। युद्धमा लड्दा-लड्दै लागेको गोलीले मेरो शरीरको आधा भाग नचल्ने भएको थियो। त्यतिखेर त लागेको थियो, मैले मेरो शरीरको अंग मात्र गुमाएँ। तर, होइन रहेछ। अहिले त मेरो घर नै संसार भएको छ। शक्तिविहीन भएपछि चाहिँदो रहेछ त घर र आफन्त नै। एउटा पार्टी घर र आफन्त कहाँ बन्न सक्दो रहेछ र?

आज लामो समयपछि कामरेड रूपा मलाई भेट्न आइन्, सुखदुःखका कुरा गर्‍यौँ हामीले। उनले नै खुलाइन् बितेको त्यो दिनको रहस्य पनि, मेरो रातो कोट कमरेड रूपाले लगाउनाको रहस्य। ८ मार्चको त्यो जुलुस सर्वहारा, शोषित, पीडित महिलाहरूको जुलुस भएकाले कमरेड चम्पासँग पुरानो रातो लुगा नभएपछि मसँग मेरो पुरानो त्यो कोट मागेकी रहिछन् उनले जुलुस र आफ्नो जीवनस्तर उस्तै देखाउन। छि ! मान्छे जस्तो देखिन्छ, त्यस्तो कहाँ हुँदो रहेछ र? पर्दा लगाइलगाई पो बाँच्दो रहेछ मान्छे त ! जति पर्दा लगाउन सक्यो राजनीतिमा उति माथि भर्‍याङ चढ्दो रहेछ मान्छे। कसैलाई भर्‍याङ चढाउन र कसैलाई भर्‍याङबाट ओराल्न आज पनि जुलुस हाम्रै घरको बाटो भएर गयो। म भने उही मेरो पुरानो रातो कोट सम्झेर टुलुटुलु हेररिहेकी छु ।

कथा – अनिकालको बीउ

आकाश हेररिहेकाहरू धर्ती हेर्न थाले ।
पानी नपरेर धर्ती फुटिरहेथ्यो पटपटी । बल्ल मौसम बदलियो र पोखियो दशैँभरी । आकाश नबर्सिउन्जेल जताततै त्राहिमाम् । सबै भर माथिकै । माथीबाट थोपै नचुहिएपछि परेन त बित्यास ।
तै मनसुन ओर्लियो ।
अब जताततै आशा सगबगायो । फाँटमा रोपो सर्ने छ । विस् तारै हरयिाली छरएिर बीउले पाउने छ सार्थकता । अनि मंसिर भित्रिनेछ विस् तारै । लहलह धानको बयेली देख्न पाइनेछ । नजानिँदो शारदीय स् वाद माटोको महकबाट फैलिनेछ । यही आशामा प्रतीक्षा थियो पानीको ।
हजार तिर्खाको प्याकप्याकीले गाँजेको थियो । काकाकूल तृष्णामा वरपरका रहर रोगाएर मरे । जल सिञ्चन गर्ने आधार कतै भएन, कुनै स्रोत देखा परेन ।
जताततै पर्खिने काम मात्रै भयो । अनेक तर्कनामा समयका फग्लेटा पल्टिन्छन् । थुप्रै अपसकुन र चहर्‍याउँदा घाउका पत्रे दुखाइ छन् । कुन समयका सत्तोसराप हुन् यी ?
पानी पर्खाइ हो । बीउ आधार हो ।
यी दुवैलाई जे जसरी हेरे पनि हुन्छ । जुन परेलीका विम्बले हेरे पनि हुन्छ । जहाँको मनले बेलिविस् तार लाए पनि हुन्छ है । समयले धरधरी रुवाएको यो निष्ठुरी समयमा गाँठो भएको तर्क फुकाएर पोखिरहेको छु ।
कति असंगत स्थितिमा छन् यी दुई पदावलीमा । प्राप्य र अप्राप्यको दोहोरो लुकामारीलाई एउटै हत्केलामा नराखी नहुने ।
समयको बिजोग सम्बोधन अनिकाल । बीउ भविष्यको जोहो । हामी यिनै दुई शब्दका नापजोखमा परेका छौँ पटक-पटक । यिनै दुई शब्दका चेपुवामा परेली खोल्ने, ढप्काउने काम गररिहेछौँ हामी । आशा, निमुखा र आशामुखीका चरत्रिमा जेलिएर लामबद्ध छौँ हामीहरू ।
मेरा वरपर थुपै अनिकाल र सहकाललाई प्रशस् त भागमा व्याख्यान गरेर वाणिज्य चम्काउनेहरू छन् ।
बीउ बेच्नेहरू छन् । अनेक मौसम अनुकूलका । अनेक भूगोल सुहाउँदा । अनेक रोग निरोधक । अनेक स् वादले सम्पन्न ।
दक्षिणाका बीउ । उत्तरका बीउ ।
हामी जताततै अनिकालका डरलाग्दा गाडे घाउले अलमलिइरहेकाहरूलाई बीउ बेच्नेहरूले मीठो बोलिदिए हुनसम्मको ओखती । हामी जहाँसुकैबाट सहकाल नपाएर थिलथिलिरहेकाहरूलाई बीउको बखान भइदिँदा नि कति धेरै मल्हमपट्टी हुने । अन्न नहुने होइन हाम्रो ।
सग्लोभन्दा कुहाएर खान गौरव लाग्छ हामीलाई । जति धेरै घ्याम्पामा सडायो, उति पुरुषार्थ गरेको ठान्छौँ हामी । पछाडि सर्दै गएकामा कुनै दिन हाम्रो हृदयले आपत्ति गर्दै गरेन ।
चोटको सानो कथा यो पनि हो नि ?
हुनु बेग्लै कुरा हो । नभएकोलाई अनाहकमा ‘हो’ भन्ने पार्नु कति कठोर व्यंग्य हो । देशका धेरै ठाउँमा उब्जाइएको छ अनिकाल । अनि, जोगाएर राखिएको बीउ खान, बाँड्न र लुछालुछमा जमजमाएका हात हेरेर उराठ लाग्छ ।
आमाले भनेको सम्झन्छु, अनिकालमा बीउ जोगाउनु, हूलचालमा जीउ जोगाउनु । यसरी जोगाएको वस् तु काम लाग्छ ।
नेपाल कृषिप्रधान देश । उत्पादन, आम्दानी, क्रय-विक्रय, नाफा-मुनाफा वा अर्थतन्त्रको ठूलो हिस् सा त्यसकै सेरोफेरोमा दगुरेको छ । राष्ट्रले चकमन्नपूर्वक त्यही परम्परागत बाटोमा उत्पादनको मूल्य स् वीकारेको छ । उही ढर्रा, उही ढाँचा ।
यसलाई नयाँ विन्दुबाट हेर्दा देखिन्छ, मुख बाएका जनताको अतृप्त आकांक्षा अर्थात् जनता । राज्यको आश्वासन र योजना बीउ । परस् पर यी दुवैमा दुई गोलार्द्धको अवस्था छ, स्थिति छ अनि प्रलेख छ ।
पानी नपर्नु अस् वाभाविक होइन । स् वाभाविक त्यहाँनिर लाग्दैन, छङ्छङाउँदा खोला बगेका बगेकै छन् । नदि माथितिरका खेतमा पटपटी फुटेका गरामा धानको बीउ सुकेर गएको छ । प्याकप्याकी भएका गराका कलिला बिरुवा पक्कापक्की मर्दैछन् ।
म बाँचेको युग अनिकालको विपक्षमा छ निरन्तर । तर, अर्को गोप्य पक्ष छ, जसले अनिकालको कामनामा थुप्रै प्रतिवेदन तयार गर्छ, खेस्रा कोर्छ र नमुना पत्र निर्माण गर्छ ।
अनि हात परगियो माथि ।
एकातिर प्रकृतिको असन्तुलनले पानी पर्दैन । जलबिनाको धर्तीमा भनेजस् तो अन्नपात नहुने । भइहाले मानोको सट्टा मात्र मुठी । मुरीले नै हिउँद नघाउन हम्मेहम्मे भइरहेका बखतमा मुठीले कसको मुख टाल्ने, कसको मुखमा बुजो लाउने, कसको भुँडी उकास् ने ।
बाडचुड भन्दा पनि सेरोफेरो सबै मेरो भन्ने सभ्यता घरभित्र पसेको पसेकै छ । ‘लुटी ल्यायो, भुटी खायो’ संस् कृतिलाई टाउकोमा टेकाएर हाम्रा अगुवाहरूले नजित्ने काम गरे, धेरैअघिदेखि । अब त यो अधिकार पो बन्न पुग्यो ।
अनिकाल त एउटा प्रतीक ।
पराजय हो, अनिकाल । अविकास हो अनिकाल । उपेक्षा हो अनिकाल । नालायक हो अनिकाल ।
एउटा सानो अर्थ बोकेर बाँचेको शब्दले सभ्यता डोर्‍याउँदैन । एउटा लघु शब्द बोकेर दगुरेको अर्थले संस् कृति बोक्दैन ।
के एकपटक विचार नगर्ने ?
वास्तबमा खुवाउने बानी गरेको हामीले नै हो । हुम्ला, जुम्ला, जाजरकोट वा मुगुका रुवाबासीमा अनिकाल ओर्लिएको ऊ बेलैदेखि हो । रोल्पा, रुकुम, मुस् ताङ, मनाङका हिंक्कामा सहकाल बेपत्तिएको धेरैअघिदेखि नै हो । खालि चिन्ता पोखियो, चेतना पोख्न सकेनौँ हामीले ।
आखिर सबैलाई थाहा भएकै कुरा । अनिकाल चाल मारेर आउने होइन क्यारे ! त्यसो भने बीउको जोहो बेलैदेखि किन नभएको, जोगाएको बीउ पुनः फलाउने प्रचेष्टा नभएको किन नि ?
अनिकालको पक्षबाट उठेको स् वर यो ।
के गीत गाइरहने अभावकै ? के फलाको हालिरहने बिजोगको ? के रडाको मच्चाइरहने अनिकालको ? के सुकसुकाइरहने बारम्बार ? के परम्पराको जयगानलाई रोगी छातीले स् वीकाररिहने घरी घरी ?
हरेक दस वर्षमा हाम्रो समाजले केही प्रश्न गर्ने गरेको छ । कुर्सीका वरपर बस् नेले प्रश्नकर्तालाई राम्रो उत्तर पनि दिँदैन, प्रश्नै पनि राम्ररी भट्याइएको हुन्न । विचारको अनिकाल, दृष्टिकोणको अनिकाल, विवेचनाको अनिकाल र विद्रोहको अनिकालले परपिाकबिनै निकास पाउँदै आएका छन् ।
ती चिन्ताहरू फगत भएका छन् कट्मिरा युद्ध ।
रूपान्तरणले बीउ सक्ने होइन, बचाउको कुरा गर्नुपथ्र्यो । परविर्तनले बीउ उखेल्ने होइन, संरक्षणको स् वर उराल्नुपथ्र्यो । फेरबदलले बीउ मास् ने होइन, पालन-पोषणको नीति बनाउनुपथ्र्यो । खिन्नता यसमा लाग्छ, माथि उठेका जिज्ञासा कानछेउमा पुग्नुअघि नै बतासको भेलमा बगेर गए ।
अनिकाल कुनै अन्नको सपेक्ष्य शब्द हो भन्ने ठान्दिनँ म ।
समाज धेरै कुराले प्रताडित छ । बेरोजगारीको भार । दिशाशून्य अवस् थाको राजनीति । मागको थङ्थिल्याइमा नउठेको उद्योग । हतोत्साही युवा जमात । छिनोफानो नभएको सामाजिक चरत्रि ।
यी सबै अनिकालका अंग हुन् । अर्को अर्थमा अनिकालका आत्मा हुन्, चरत्रि हुन् र अवतार हुन् ।
रह्यो बीउको कुरा ।
बीउ कति संकटग्रस् त नाम ! कति अस्तित्तो पूर्ण परचिय ! कति संरक्षणयुक्त आवश्यकता !
सन्तान भनेको पनि अनिकालको बीउ समानै हो नि ! सबथोक स् वाहा पारी अभिभावकले सन्तान पढाएकै हुन्छन् । रत्तिो वर्तमान र पिलपिल आशा राखेर बीउका खातिर खन्याएको सर्वस् व हरेक दिनबाट घटेर छिनमा अवाक् बन्दैछन् ।
जम्मै सुम्पने भए राज्यले के पाउने ?
उही बाँझो खेत । उही पोगटा धान । उही पानीशून्य नहर । उही खाली पाना । उही रत्तिो आँगन ।
जुन गतिले युवा संसार मोहभंग भएर आँगन छोड्न लालायित छ, भोलि प्रश्नहीन उत्तरले नारा लगाउने छन् । अनिकालको बीउ, यतिखेरसम्म हाम्रा लागि जनबोलीको सामान्य खिसीट्युरी वा किस् सामा ओर्लिएको छ । भोलि यसले जीवनशैलीको मानक प्रश्न गर्ने छ ।
अनिकाल लागेपछि ढिकीले आराम पाउँछ । समाजले सजिलै भन्ने गर्छ, अनिकालको ढिकी डङ्रङ्ग लडेझैँ ।
चरत्रिमा ढुसी लागेपछि अनिकालका भोकाले हात नउठाई किन बस् थे र ? स् वाभिमानको मूल्य खोसेपछि अनिकालका पीडितले दाह्रा नकिटी किन सहन्थे र ? परचियमा खित्का छोडेर स् वार्थ सुम्पेपछि अनिकालका घाइतेले कसरी मौनतामा बस् न रुचाउँथे र ?
देश, समाज र व्यक्तिको प्रवेश अनिकालतिर छ निरन्तर गतिमान ।
व्यक्तिको इच्छा अनपेक्षित हुँदो छ । समाजको संरचना कुण्ठाग्रस् त बन्दो छ । देशले दिशाहीन चरत्रिमा बगाउँदो छ आफूलाई ।
हामी आफ्नै ज्ञान र इतिहासले सुसंस् कृत वर्ग हौँ, जाति हौँ र सम्प्रदाय हौँ । हामीले धेरैपटक अनिकाल जितेर ल्याएका थियौँ सहकाल । मसिना-मसिना स् वार्थलाई अगाडि बढाएर आजको उज्यालोसम्म अनिकाल जित्ने होइन, घुँडा टेक्न हातको बीउ नजोगाउने, सुकाउन उद्यत योजना देखेकै हुँ ।
हिजोआज सबैको हरहिसाब छ, बनाऔँ हैन बनुँ । यो एक वचनको घेरोमा उच्चारण हुने क्रियापद पर्‍यो । अरू भर्सेलै परुन् भनेपछि अनिकालको बीउ जोगिन्छ कसरी ?
झन्डै एक वर्षको भयानक खडेरीपछि पानी पर्‍यो । सबैले प्रार्थना गरे, धुप चढाए, नांगै दगुरे, स् त्रीले खेत जोते । अध्यात्म लागिपर्‍यो बीउ सुक्न नदिन । अन्तिम आधारै सुके भविष्यको ढोकै बन्द हुने । भोलिको प्रभातै देखिन्न भने किन मास् ने बीउ ?
समाजको सबभन्दा श्रमशील वर्ग अनिकालको बीउप्रति सतर्क रह्यो । उसले बुझेको ज्ञान यस् तो छ, घर पोलेपछि खरानीको के दुःख ।
बाटो, बस् ती, भन्ज्याङ, आँगन सबैतिर अनिकालबारे चर्चा छ । पिँढी, दलान, बुइँगल, पेटी, कोठा जतासुकै बीउबारे चर्चा छ । अनिकाल त समयको अस्थिर भेल हो, यो दीर्घकालसम्म रहँदैन । बीउ त भविष्यको मौसम हो, सुगन्ध हो, फल हो र स् वाद हो । यसको मर्मलाई बिर्सनु कसरी ?
यही हो महत्व बुझाइ ।
मलाई देश र संस् कृतिले आबद्ध यो युगलाई केही कुरा किन नराख्ने भन्ने भइरहन्छ । देश हाम्रा लागि दुर्लभ र पि्रय हो । अर्थात्, अनिकालको बीउ ।
भर्खरै एक तमिलको मत जानेँ अखबारमा ।
‘छालाजस् तै त हो देश । मैले परचिय दिनै नपर्ने । रङ, छालाको बोली, बनोट र स् वीकार नै देश रहेछ ।’
तिनले भनेको भावनाको मूल्य उच्च र व्यावहारकि लाग्यो मलाई । नबोलेरै भनिएको अनन्यतम् तर्क र दर्शनजस् तो ।
परविर्तनलाई झरी भन्ने गरेको छु मैले । हरेक गर्मीमा निरन्तर चुहिने बर्खामासको पानी । तर, त्यसले पारेको दुश्चरत्रिको सूची कति बनाउने होला ? बाढी, लामखुट्टे, रोगव्याधि, महामारी, हैजा वा पहिरो आदि देखिने प्रकोप परे, विनाश परे ।
महासंकटबाट जोगिएको देश र संस् कृति । अर्थात् अनिकालको बीउ । यसैमाथि सर्वत्र हमला भइरहे, बीउले अस् ितत्व बचाउला कसरी ? माटोको भर पाउला कहिले ?
वसन्तको सुगन्ध आउँछ ? शिशिरको ठिही खप्छ ? शरदको महकिलो कुइरो भेट्ला ?
माटोको चिस् यान भेट्न बर्बराइरहेको अनिकालको बीउलाई छहारी नदिएर तातो पानी खन्याउन जमजमाएका हातलाई सिक्री लाउने कसले ? खरानीको तातो भुतभुते हाल्न व्यग्र हातलाई नेल ठोक्ने कसले ?
भावनामा बहकिने जाति परेछौँ हामी । जसले जताबाट र जहिल्यै नि हावाको एक झोँका चलाई मात्र दिए पनि हाम्रा निम्ति पुग्यो, केही समयभरलिाई विषय पुग्छ । हामी उम्लिरहन्छौ, पोखिएको जानकारी अरूले दिनुपर्छ ।
कत्रो सोच र चिन्तनले जत्रै अनिकालमा नि बीउ बचाइएकै हो । तर, अचेल फलाउने र फुलाउने निहुँमा बीउलाई घनघोर बाढी र उल्कापातको भुवरीमा पारएिको छ । बीउले पानी मात्र पाएको छ, माटो पाएकै होइन । पाइहाल्ने छनकसमेत देखिएको छैन ।
सलह पसेको छ, बीउ जोगाउने कि अंशको भाग खोजिरहने ? अथवा बीउको रूप विवादमा फँसिरहने ? मुलुकभित्र उठेका आवाजले मायाभन्दा मलामी जान हतारएिको लाग्दैन र ? कसले सुन्ने यो आर्तनाद !

कथा – प्रवासीको व्यथा

एउटा पहाडी गाउँ जहाँ एक छाक खान र एक आङ् लगाउन ठूलै संघर्ष गर्नुपर्ने हुन्छ। बिहान भालेको डाकोसँगै मानिसहरू उठ्छन् र सुर्यको किरणसँगै घरबाट बाहिर निस्किएको मानिसहरू सुर्य नबिलाएसम्म कामको ध्याउन्नमानै व्यस्त हुन्छ। उनीहरूलाई बर्षैभरी कुनै पनि दिन विदा हुँदैन घरका कोही सदस्य बिरामी भए भने पनि त्यसको हेरविचार गर्ने, उसलाई पानी तताएर दिने सम्मको न चेतना छ, न त समयनै छ यसरी सबै गाउँलेहरू आ–आफ्नो काममा अतिनै व्यस्त देखिन्छन्। यसरी व्यस्त रहेर काम गरे पनि उनीहरूको जिन्दगीमा एक छाक मासु खान महिनौ कुर्नु पर्छ वा चाडवाडनै आउनु पर्छ, खिर खान साउन १५ आउनु पर्छ भने नयाँ लुगा लगाउन पनि चाडवाड नै पर्खनु पर्छ। साना–साना केटा केटीहरूलाई स्कुल पठाउन सकेको छैन किताब, कपि किन्न र स्कुल फिस तिर्न कठिन छ। यसरी दिन रात नभनेर काम गरे पनि उनीहरूले हजारको नोट देख्न मुस्कील परेको हुन्छ। यस्ता अभाव अपुग अभागी जिन्दगीबाट अतिनै निरास हुन्छ त्यही गाउँको शिराने काईला त्यसैले उ गाउँ छाडेर शहरतिर पस्छ।
विरानो शहर उसको लागि झन् कठिन हुन्छ, यो विरानो शहरमा चिनजान कोही हुँदैन के खाने? कहाँ बस्ने? कसरी रात बिताउने? दुईचार दिन त उ अन्योलमा पर्छ भोकभोकै हुन्छ यस्तैमा उसले एउटा भारी बोकिरहेको भरीयालाई बोलाउँछ र भन्छ मत ३ दिनदेखि खाने बस्ने केही ठेगान नभएर हिंडेको छु, भोकले मर्नै लागे लौन दाई मलाई पनि यस्तै काम मिलाई देऊ। आखिर भरियाको दुःख भरियाले त बुझ्ने नै भयो। उसले लगेर होटलमा एक पिलेट म.म. खुवाउँछ र एउटा नाम्लो किनिदिन्छ, अनिसँगै लगेर जान्छ कालिमाटीको आलुगोदामतिर। त्यहाँ उ जस्ता भरियाहरू धेरै हुन्छन्। एक बोर आलु किन्ने साहुजी आयो भने तेरो र मेरो हानाथाप पर्छ। पुराना भरियाहरूले उसलाई रिस पनि गर्छ तर के गर्ने शिराने काईलाको अरू उपाय पनि केही छैन नयाँ नयाँमा उसलाई साहुहरूले पनि विश्वास गर्दैन् फाट्टा फुट्ट मात्र काम पाउँछ। त्यही कामको आधारमा उसले साथीसँग मिलेर बस्छ। यसो त्यसो गरेर उसको आफ्नो ज्यान पल्ने मेसो मिलाउन सकेको छ। यसरी केही समय बित्छ, घरबाट बाउआमाको खबर आउँछ साहुको रिन तिर्न सकेको छैन। घरको छानो चुहिने भएको छ के गर्ने हो छोरा यसरी खबर आएपछि झन शिराने काईला दुखित हुन्छ। आखिर भारी बोकेर कमाएको पैसा कति नै हुन्थ्यो र शहरको महंगीसँग जुट्नै परिगो तैपनि बचाएको केही पैसा घर पठाउँछ।
एक दिन राति उ गुन्द्रिमा पल्टिएको हुन्छ। त्यो दिन भारी पनि काम पाएकोले गर्दा उसलाई थकाई लागेको हुदैन । त्यसैले होला निन्द्रा पनि लाग्दैन। यसरी ओछ्यानमा पल्टिएर सुतेको बेला जिन्दगीको परिभाषा लगाउने कोशिस गर्छ तर उसले आफ्नो जिन्दगी सधै भरियामा नै पाउँछ। यस्तै सोच्दा सोच्दै उ निदाउँछ। भोलिपल्ट उ तिन बजे रातीनै उठ्छ, मुख पनि नधोईकन उ भारीको आसामा बजारतिर लाग्छ। सदै जसो बजारमा बिहानीको चहलपहल सुरू हुन्छ नभन्दै एकबोरा आलुको भारी भेटाउँछ साहुजी अगि लाग्छ उ पछिपछि भारी बोकेर झन्डै आधा किलोमिटर हिंडेपछि साहुजीले सोध्छ यो आलुको भारी बोकेर महिनामा कति कमाउँछौ भाई? आलुको भारीले थिचेको टाउकाको नाम्लो सार्दै शिराने काईला बोल्छ कति कमाउनेर साहुजी यो काठमान्डूको शहरमा पेट पाल्न पुर्‍याएको छु। तिम्रो उमेर कति भयो साहुजीले फेरी सोध्यो? २२ बर्ष भए साहुजी शिरानेले उत्तर दियो। लौ तिमी त युवा रहेछौ। विदेशतिर जाऊ धेरै पैसा कमाउँछौ, एउटा भरीयाको लागि यस्तो कुरा सुनेपछि त उसको मन सलबलाउन थाल्यो र मनमनै सोच्यो विदेशमा गएर पैसा धेरै कमाएर पारिघरे साहुको रिन तिर्न पाए घरको छानो फेर्न पाए कति हलुको हुन्थ्यो होला, कति रमाईलो जिन्दगी बन्छ होला।
यसरी केही बेरको सोचपछि उसले साहुजीलाई भन्यो हामी जस्तो भरीया मान्छे कसरी बिदेशमा जान सक्छौं र साहुजी बिदेश जानलाई त धेरै पैसा लाग्छ भन्छ, मेरो त लेख पढ पनि छैन के काम पाउँछ र हामी जस्ताले? साहुजीले भन्यो काम त लेबरको हो साच्चै जाने हो भने म भिसा मिलाई दिउलानी महीनाको अठार बिस हजार जति कमाई हुन्छ, खान बस्न सबै फ्री हो एसिवला कोठा हुन्छ, दिनको आठ घण्टा डिउटी गरे पुग्छ। यहाँको खर्च चाहिं ८० हजार जति लाग्छ। ओहो यत्रो पैसा काहाँबाट ल्याउनेर साहुजी? उसले प्रश्न तेर्स्यायो? त्यो त तिम्रो विचार साहुजीले भन्यो। यस्तैमा साहुजीको घर पनि आइपुगेछ त्यो साहुको त म्यनपावर कम्पनि रहेछ। त्यहाँ थुपै युवाहरू बिदेश जानलाई अन्तरबार्ताको लागि लाईन बसेको रहेछ उसले पनि केहीबेर त्यहाँको रमिता हेर्यो र अब म पनि एक पटक बिदेश जानै पर्यो भन्ने निष्कर्षमा पुग्यो।
त्यस दिन बेलुकी कोठामा गएर पैसा गन्यो झन्डै तिनहजार जति रहेछ अनी पासपोर्ट बनाउनलाई ५ हजार लाग्ने भएकोले दुई हजार चाहिं उसले त्यही सहयोगी साथीलाई सापटी माग्यो एक हप्ता भित्रमा पासपोर्ट बनाएर ल्ययो र त्यही सहुजीलाई पासपोर्ट दिन आयो पासपोर्टको साथमा दशहजार पैसा पनि चाहिन्छ भने पछि उ फेरी आपातमा पर्यो। अब जसरी भए पनि म विदेश जानुछ। पैसा त खोज्नै पर्यो भनेर त्यही सहयोगी साथीसँग शिरानेले सबै कुरा गर्छ। त्यो साथीले पनि म संगत पैसा छैन। तिमीलाई थाह नै छ मैले चिनेको सधै लेनदेन गरेको एउटा साहु छ त्योसँग कुरा गर नत बरू म पनि सँगै गइदिउला हुन्नत शिरानेले भन्यो लौ दाई मलाई यति कामबाट फुत्काई दियौ भने म तिम्रो गुन कहिल्यै बिर्षने छुईन म जसरी पनि बिदेशमा पैसा कामाए पछि साउब्याज गरेर तिर्ने छु। भोलिपल्ट उनीहरू रिनको खोजीमा साहु कहाँ जान्छ र बिन्ती बिसाउँछ। मैले यसलाई चिन्दिन। तिमी जमानी बस्ने भए पैसा दिन्छु तर व्याज चाहिं सयको पाँच लाग्छ नि हुन्छ? साहुले बोल्यो उनीहरूले स्वीकार गर्छ र दशहजार रूपैया लिएर आउँछ पैसा र पासपोर्ट पाए पछि म्यानपावर साहुजी खुशी हुंदै अब एक महिनाभित्रमा भिसा आउँछ अरू सत्तरी हजार तयार पारेर राख्नु है। उनीहरू मन्टो हल्लाउँदै फर्किन्छन् र त्यही आलुको भारीसँग लडाई गरेर दिनहरू बित्दै जान्छ
१५ दिनपछि खबर आउँछ। लौ कतार जाने तिम्रो भिसा आयो काम धेरै राम्रो छ तिमी त धेरै भाग्यमानि रहेछौ यति चाडै भिसा आयो पैसा लिएर आउनु। अब शिराने काईलालाई ठूलै पहाड अगाडि परेको जस्तो लाग्छ ७० हजारको पहाड कसरी पार लगाउँने उसले यताउत चिनजानको साथिहरूसंग अनुरोध गर्छ केही साथीहरूको सहयोग पाउँछ करीब २० हजार जति जम्मा गर्छ अझै ५० हजारको पहाड उसको अगाडि छ अन्तमा त्यही पुरानेा १० हजार दिने साहु कहाँ पुग्छ र साथीको जमानीमा ५० हजार पैसा रिन लिन्छ यसरी जम्मा गरेको पैसा सबै लगेर म्यानपावर साहुलाई बुझाउँछ उसले अब तिम्रो एक हप्ताभित्र उडानहुने आश्वाशन पाउँछ। शिराने काईला अब बिदेश जाने भयो भनेर गाउँमा आमा बाबालाई बिदा माग्न आउँछ सबैले रामै्र हुने भयो भनेर बिछोडको खुशी साट्छ। यता म्यानपावरको काम त हो भोलिभोलि भन्दा भन्दै ३ महिना भुलाई दिन्छ र बल्ल भारत हुदै कतारको लागि पठाउछ जब कतारमा आउछ सेतो लुगा लगाएको मालिक गाडि लिएर एरपोर्टमा भेटाउँछ साहुले भन्छ सलामवलेगम इन्त जेन? बिचरा शिराने काईला के भन्ने भन्ने हुन्छ इङ्लिसमा बोल्छ एस एस अब साहुले गाडीमा राखेर सिदा भेडा गोठमा पुर्याउँ छ र भन्छ तुम्हारा काम ए है.. शिराने अलमल पर्छ काम नगरौं भने साहुको रिन गरौभने चर्को घाममा भेडा चराउनु पर्ने यो कस्तो जिन्दगी रहेछ भन्दै काममा लाग्छ आज भन्दा भोलि भन्दा बानि पर्छ महिना पनि मर्छ साहुले तलव कतारी रियाल ५००/– दिन्छ उसको खाना खर्च कटाउँदा खाली दुई सय पचास मात्र तलबको पैसा बचेको हुन्छ र उसले चारपयमा ढल्केर रातभरी सोच्छ अब मैले साहुको रिन कहिले तिरी सक्छ होला? कहिले विदेश आएको रिन तिर्ने, कहिले घरको रिन तिर्ने, कहिले खरको छानो फेर्ने यस्तै यस्तो सोच्दा सोच्दै निदाउँछ। यसरी नै उसको दिनचार्यहरू चलिरहन्छ। यस्तैमा एक दिन घरबाट चिठ्ठी आउँछ चिठ्ठीमा लेखेको हुन्छ।
तिम्रो खरको छानो चुहेर
पिढीमै आहाल छ।
तिम्रो घरको आँगन भत्केर
साह्रै नै बेहाल छ।
विदेशमै डुलेर गैसक्यो जीवन
छैनकी कसो हो घर फर्कने मन।

कथा – सहिदकी छोरी

बेचयनपुरकी निर्झरीलाई पितृ उत्रन्छ। हल्लाले चारभञ्ज्याङ खायो। निर्झरी २९ वर्षीया एकल महिला हुन्। उनी एकल महिला हुनुको दुर्भाग्य एकल होइन, आमदुर्भाग्य हो। देश, काल, परििस्थति र परम्पराको प्रतिविम्ब हो। यो प्रतिविम्बलाई मात्र कोट्याउनु मूर्खतापूर्ण हुन्छ। किनभने, वस्तु र वास्तविकता कतै पर छ। सुरुसुरुमा निर्झरी काम्दै बर्बराउन थालिन्। गाउँलेले उनलाई बोक्सी भने। घर-परविारले यातना दियो। तर, उनको बेलाबेला काम्ने र बर्बराउने कार्य निरन्तर नै रह्यो।

एक दिन उनलाई ठूलाघरे जिम्मावालको मृतात्मा उत्रियो। जिम्मावाल खसेको त्यस्तै आठ-दस वर्ष मात्रै भएको थियो। जिम्मावालका छोरा-नाति गाउँको सारा सम्पत्ति बेचेर सहर पस्ने तरखर गर्दै थिए। गाउँ छाड्नु केही दिनअघि उनीहरूले गाउँलेलाई भोज खुवाए। भोज खाँदाखाँदै निर्झरीलाई पितृ उत्रियो ‘म ठूलाघरे जिम्मावाल हुँ। आफ्ना सन्तानदेखि म खुसी नै छु। सबैले उन्नति गरेकै छन्। तर, थातथलोलाई यसरी चटक्कै छाडेर जान नहुने थियो। ठीक छ, तिमीहरूको खुसी गर ! शाखा-सन्तानको खुसी नै पितृको खुसी हो। जानुअघि हाम्रा नाममा बर-पीपलको चौतारी बनाएर जानू, हाम्रो आत्मा बिसाउने स्थान होस्। अँ, मैले धेरथोर जालझेल गरी दीनदुःखीका जग्गा-जमिन खाएको थिएँ। उनीहरूलाई नै हकदाबी गर्न लगाएर फिर्ता दिनू। माथि कालिकाको मन्दिरमा पित्तलको मूर्ति छ। त्यहाँको सुनको मूर्ति मैले ल्याएको थिएँ। त्यसलाई तिमीहरूले सहर लगेर बेच्ने कुरा गर्दै छौ। त्यसो नगर ! त्यस मूर्तिलाई कालिकाको मन्दिरमै पुनःस्थापना गर्नू। यति गर्‍यौ भने मेरो आत्माले शान्ति पाउनेछ।’ यसपछि निर्झरीको घरमा पितृ बोलाउन आउनेको घुइँचो लाग्न थाल्यो।

खखख

यता, पालुवाटारका शिवशंकर पहाडी चुनाव लड्ने भए। उनका पिता रामभक्त पहाडी प्रधानपञ्च थिए। त्यसैले पनि ०४६ सालको परिवर्तनदेखि नै जिल्ला, क्षेत्रमा शिवशंकरको उत्पातै नेतागिरी चल्छ। शिवशंकर पहाडीको व्यक्तित्व पहाडजस्तै छ। अग्लो कद। लामो कपाल, लामै दाह्री-जुंगा -पहिले कालो, अहिले सेतो)। सानोतिनो सभा/भेलाका लागि माइक नै नचाहिने ठूलो आवाज। साम, दाम, दण्ड, भेदको खेल बुझेका। एक प्रकारले उनी राजसी ठाँटका देखिन्छन्। आफ्नो जिल्ला, क्षेत्र हुँदै सिंहदरबारसम्म छिरेर टेबल ठटाएपछि सानोतिनो बजेट-कार्यक्रम उनको क्षेत्र-पोल्टोमा पुग्नैपर्छ।

दुर्भाग्य भनौँ, उनको पदीय हैसियत गाविस अध्यक्षभन्दा माथि छैन। सांसदका लागि उम्मेदवार हुन पनि पाएका थिएनन्। सांसद बन्ने रहरमा उनले थुप्रै सम्पत्ति सिध्याए। बाबुको देहान्तपछि आमा बिरामी परिन्। नेपाली र भारतीय डाक्टरसम्मले रोग पत्ता नलगाईकनै आमाको पनि निधन भयो, ९० वर्षको उमेरमा। आमालाई सांसद भएर देखाउने उनको रहर अधुरै रह्यो।

विगत १२ वर्षदेखि शिवशंकर बढी नै धार्मिक भएका छन्। मातापिताको चिरशान्तिका लागि उनी हरेक बिहान पूजापाठ गर्छन्। ०६४ सालको संविधानसभा चुनावका लागि पार्टीले शिवशंकरलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो। तर, उनले मधेसबाट चुनाव लड्नुपथ्र्यो। पहाडीले मधेसबाट चुनाव जित्नु चानचुने कुरा थिएन। पछिल्लो समय मधेसमा एकसे एक स्थानीय नेताको प्रभाव बढ्दो थियो। मधेसी जनताले पनि पहाडी नेताबाट आफूहरूको परविर्तन नहुने बुझेका थिए।

शिवशंकर पहाडीलाई चिन्ता पर्‍यो, चुनाव कसरी जित्ने?

उनकी श्रीमती पार्वतीदेवीले युक्ति दिइन्, ‘हामीले पनि पितृ बोलाएर बुझौँ, उहाँहरूको आत्मालाई कस्तो छ? अनि, यो चुनाव लड्नु उचित छ/छैन? शुभकार्यमा पितृलाई सम्झनु रामै्र हुन्छ।’ ‘कुरा ठीकै हो।’ शिवशंकर पितृ बोलाउन बेचयनपुर पुगे। उनले पहिले आमाको आत्मालाई बोलाउने निर्णय गरे।

निर्झरीलाई पितृ उत्रियो, ‘छोरा ! तैंले हाम्रो आत्मशान्तिका लागि पूजापाठ गर्दै आएको छस्। म तँदेखि खुसी नै छु। आफ्नो थातथलोमा बाटो-घाटो, बिजुली ल्याएको छस्। स्कुल-क्याम्पस खोलेर गाउँको विकास गरेको छस्। सबै राम्रै गरेको छस्। तर, गाउँका कति गरबि, भूमिहीन जनतालाई तैंले गरेको विकास कागलाई पाकेको बेल बनेको छ। उनीहरूलाई बाँच्न झनै कठिन भएको छ। उनीहरूले बोक्ने भारी पनि गाडीले खोसेको छ। उनीहरूले गर्ने काम मेसिनले गर्न थालेको छ। घरदैलोको स्कुल-क्याम्पस पनि उनीहरूलाई बिरानो बनेको छ। अब तैंले चुनाव जितेर ती दीनदुःखी जनतालाई पनि उन्नति पथमा हिँडाउनुपर्छ।’

‘आमा, मैले कसरी चुनाव जित्न सक्छु?’

निर्झरीको जवाफ आयो, ‘पारि दुःखीनगरमा एउटी आमिश्रा नाम गरेकी कन्या छे। त्यस कन्याको बायाँ आँखाबाट झरेको हर्षाश्रु पिउनू, तैँले अवश्य चुनाव जित्नेछस्।’

खखख

आमिश्रा सहिद परिवारकी छोरी रहिछन्। पिता सहिद भएपछि उनको परिवार ठूलो दुःखमा परेको रहेछ। शिवशंकरले त्यो सहिद परिवारलाई सहयोग गरे। आमिश्रालाई छात्रावासमा राखेर पढाउने व्यवस्था मिलाए। आमिश्राको रेखदेखका लागि एउटी महिला खटाएका थिए। ती महिलालाई गोप्य निर्देशन थियो, आमिश्राको हर्षाश्रु कुनै भाँडामा संकलन गर्नू।

आमिश्राले धेरैपटक आँसु खसाइन्। देशको अवस्था पनि जनता रुवाउने नै थियो। आमिश्राले हर्ष या विस्मात् कुन अवस्थामा आँसु झारनि् भन्ने ती सुसारेले खुट्याउन सकिनन्। अर्कोतिर, आमिश्राको प्रत्येक आँसु विपक्षी उम्मेदवारलाई बेच्न एउटा गिरोह नै लागेको थियो। धेरै दिन बित्यो। शिवशंकरले आमिश्राको हर्षाश्रु पिउन पाएनन्। उनले शंका गरे। त्यसपछि आमिश्राकी सुसारे महिलालाई नै हटाए। र, नौवर्षे आगम नाम गरेको एक बालकलाई खटाए।

आगम टुहुरो थियो, सहरको सडकबालक। ऊ कहाँबाट सडकमा आइपुग्यो, उसैलाई थाहा थिएन। तर, शिवशंकरलाई थाहा थियो, कुनै पनि काम दीनदुःखी वा असहायले इमानदारीपूर्वक गर्छन्। शिवशंकरले उसलाई सडकबाट उठाएर आगम नाम दिए। गाँस-बास दिए। काम पनि दिए। उसको काम आमिश्रासँगै खेल्नु, आमिश्रा खुसीले रोएका बेला आँसु संकलन गर्नु।

आगम र आमिश्रा सँगै खेल्थे। आगम आमिश्राभन्दा थोरै जेठो थियो। एक दिन आगमले सोध्यो, ‘आमिश्रा, के गर्दा तिमी धेरै खुसी हुन्छ्यौ?’

‘गाउँमा मेरा धेरै साथी छन्। तिनीहरू स्कुल पढ्दैनन्। तिनीहरूसँग खेल्न, पढ्न पाएदेखि म कत्ति खुसी हुन्थेँ,’ आमिश्राले भनिन्।

‘म तिम्रा साथीहरूलाई बोलाउन जान्छु। उनीहरूलाई पनि यहीँ तिमीसँगै पढाउने। उनीहरू यहाँ तिमीसँगै बस्न पाएनन् भने तिमी पनि नबस। घरमा गएर आफ्ना साथीसँग खेल, हाँस !’

आगमका कुराले आमिश्रा निकै खुसी भइन्। उनी उफ्रेर आगमको अँगालोमा बेरिन् र हर्षाश्रु झारनि्। उनको बायाँ आँखाबाट खसेको आँसु आगमको मुखमा पर्‍यो। त्यही दिन आमिश्राका साथी बोलाउन गएको आगम फेरि फर्केन।

खखख

सात वर्ष बित्यो।

मधेसमा आफ्नो कुनै जोर नचल्ने देखेपछि शिवशंकरले उम्मेदवारी नै फिर्ता लिएका थिए। उनले आमिश्रालाई पनि घर पठाए। संविधानसभाको चुनाव भयो। तर, संविधान बन्न सकेन। दोस्रो संविधानसभाको चुनाव गरी संविधान बनाउनका लागि जनता आन्दोलनमा उत्रिए। आन्दोलनकारी युवा नागरकि मञ्चमा गएर परविर्तनका कविता-गीत सुनाउथे, भाषण दिन्थे।

यसैबीच, एक करबि १६ वर्षे बालक मञ्चमा गएर आमिश्राको आँसुको कथा सुनायो। ऊ आगामी चुनाव जित्ने निश्चित भएको नेताजस्तै बोलिरहेको थियो। यही बेला मञ्चमै उसको छातीमा गोली वषिर्यो। आन्दोलनकारी भागाभाग भए।

भोलिपल्ट त्यस युवकको शवलाई नागरकिका तर्फबाट भव्य अभिनन्दन गरियो। रेडियो, टेलिभिजन, पत्रपत्रिकादेखि सामाजिक सञ्जाल फेसबुकमा युवककै समाचारले स्थान पायो। त्यो पार्थिव शरीर आगमको थियो। आगमको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन जनता उर्लिएर आएका थिए। ‘आगमलाई सहिद घोषणा गर्, घटना छानबिन गरी हत्यारालाई कारबाही गर,’ जनताले नाराबाजी गररिहेका थिए।

आगमको शवमाथि श्रद्धाको फूल चढाउन आमिश्रा आइपुगिन्। त्यहाँ आमिश्रालाई कसैले चिनेका थिएनन्। सात वर्षअघि साथी बोलाउन गएको साथी आगमको शव, फूलैफूलले छोपिएको थियो। आमिश्राले आगमको पार्थिव शरीरलाई धेरै बेर हेर्न सकिनन्। आँखा बन्द गरेर श्रद्धाको फूल चढाइन्। र, श्रद्धाञ्जलि दिन आउनेहरूतिर आँखा दौडाइन्। जनसागर उनको आँखामा अटाएन। उनी हर्षले रोइन्। यसपालि भने बायाँ आँखाबाट खसेको आँसु उनकै मुखमा पर्‍यो ।

कथा – सम्बन्धका दूरी

उसलाई आश्चार्य लागिरहेको थियो आज राति ओछ्यान पटक्कै बिझाएन । उठ्दा गर्धन र शीर दुखेको थिएन । हलुङ्गो महसुस गरिरहेकी थिई ऊ । उसले ओछ्यानको तन्ना तनक्क तन्काई । बुट्टेदार तन्नामाथि दुई सिरानीहरुलाई मिलाएर राखि । उसलाई आफ्नो ओछ्यानमाथि बुट्टेदार तन्नाको ताजापन साहै प्यारो लाग्छ । अनि टेबुलमाथिको चाँदीको फ्रेम भित्रबाट फोटो बाहिर निकालि स्वयंवरको ।

उसको झण्डै चार बर्ष अगाडि दिवशसँग बिवाह भएको थियो । दिवशको खान्दानी संस्कारमा घरका महिला वर्गले जागिर खाने चलन थिएन । पढेलेखेको परिवार भएर पनि घरका महिलाहरुले बाहिर काम गर्न सरकारी जागिर खान नपाउने परम्परावादी नियमलाई उल्लङ्गघन गर्ने हिम्मत कसैले गरेका थिएनन् । उसको घरमा बिवाहको प्रस्ताव लिएर आउँदा नै केटाकी माईजुले भनेकी थिईन -“घरमा आएका पाहुनालाई पानी पिउन दिदा पनि सर्वत जस्तो मिठो हुने गरी दिने सुन्दर केटी चाहिएको छ । बेस्सरी सम्पत्ति छदैछ । आईमाईले कमाउने चलनै छैन । जेठी र माईली बुहारीले पनि बी।ए। एम।ए। पढेका छन् तर घरै सिगांरेर बसेका छन् ।� आफूहरुले जीवन जिउन बेस्सरी गर्नु परेको दःखको झझल्को शायद मेटिनसकेकोले होला थुप्रो सम्पत्ति छ भन्ने कुराले आमा-बाबु लोभिएर उसलाई बिवाह गरि दिएका थिए त्यस घरमा ।

उसले झण्डै एक बर्ष त पानीलाई सर्वत जस्तै मिठो हुने गरी बाँडि । बिहानै उठ्नु नुहाई -धुवाई सकेर सासुलाई पूजाको तयारी गरिदिनु आफ्नो सिङ्गारपटार गरेर बिहानदेखि रातिको खाना-पिना नसकिन्जेल भान्साभित्रको काममा तल्लिन रहनु उसको दिनचर्या थियो । प्रत्येक दिन बुढा ससुरालाई हेर्न आउने सासु-ससुराका पुराना ईष्टमित्र खेतीबाट आएका हरुवा-चरुवा आफन्त आदिको लस्करै हुन्थ्यो । यति भएपछि घरका बुहारीहरु जति नै पढेका भएपनि भान्साभन्दा बाहिरी कामका लागि निस्कन नै कहाँ सक्थे र यस्तो समय धेरै रहिरहन पाएन । दाजु-भाइबीच व्यवहारमा हानाथाप स-साना कुरामा बढ्दै गएको असमझदारीले दिक्क भएर ससुराले तीनै भाईलाई अलग गरिदिनु भयो । सासु-ससुराले पनि घरको जेठो छोरो नै असल छ भनेर उनैसँग बस्ने निधो गरे । जग्गा निकै थियो तर सबै जग्गामा मोहियानी लागेर आफ्नो भागमा धेरै रहन पाएन । फेरी बुढा ससुराको काजकि्रयामा पनि तेह् जना ब्राम्हणहरुलाई जग्गा नै दान गरिएको थियो । काठमाडौमा पनि आठ रोपनी जग्गा नभएको होईन तर दुईटी छोरीहरुको बिवाहमा धितो राखेर लिएको ऋण समयमा नतिरेकाले लिलामीमा परेको थियो । त्यो ऋण सबै छोराहरुले मिलेर समयमा तिरेका भए राजधानीको त्यत्रो सम्पत्ति लिलामीमा परेर गुमाउनु पर्ने थिएन भन्ने गुनासो ससुराको अझै बाँकी छ ।

दिवश पेशाले अधिवक्ता थिए । मूलघरबाट छुट्टिएको केही महिना पछि नै त्यहाँको बसाई उनलाई असजिलो हुन थाल्यो । वकालतको चर्को आवश्यकता मोफसललाई भन्दा राजधानीलाई छ भन्ने बहानामा आफूलाई राजधानीतिरै सारे । यथार्थत त्यत्ति सजिलो कहाँ थियो र आफूलाई स्थापित गराउन त्यहाँ । निकै समय बितिसक्दा पनि दिवशको वकालत पेशाले गति लिन सकिरहेको थिएन । फलतः व्यवहारमा आर्थिक संकट हावी भएको आभास दुवैमा हुन थालिसकेको थियो । यद्यपी सन्तानको लागि भने खर्च गर्नु परेको थिएन । बिवाह पछि पटक-पटक गर्भ रहेको थियो उसको तर अडिन सकेको थिएन । डाक्टरलाई देखाउँदा औषधि खाएर अझैकेही समय धैर्य गर्न सल्लाह दिएका थिए ।

खान्दनी ढाँचा अनुसार चल्न मधेशको खेतीबाट बर्षमा एकपटक हात लाग्ने सिमित आयले कत्ति नै पो पुग्थयो र दिवशको आम्दानीको स्रोत पनि खासै निश्चित नहुदा संङ्गोलको बसाईको रमझम संझनामा कहिलेकाही आउन थालेको थियो ।

बुबाले घर चलाउनुहुन्थ्यो । तीनै छोराहरुले आम्दानीको केही भाग घरखर्चमा छुट्याउँथे । घर पनि बडेमानकै थियो । अनि सम्पत्तिको भागभण्डा नभएको हुदा आर्थिक अभाव कुन चराको नाम हो कसैलाई थाहा थिएन । त्यसमा पनि सधै कान्छो छोरो भएर खाएको दिवशलाई सपना जस्तो लाग्न थालेको थियो । समय एकैनाशको कहाँ रहन्छ र भाग भण्डासगै पुस्तैनि सम्पन्नता पनि बाँडिन गयो ।

घरको आर्थिक समस्या देखेर धेरै दिनदेखि आफूलाई काम गर्न मन लागेको बारेमा दिवशसँग कुरा राख्न खोजिरहेकी थिई ऊ तर हिम्मत जुटेको थिएन । खान्दानी चलनको हरबखत गर्व गर्ने आफ्नो लोग्ने हुनसक्छ उसको प्रस्तावलाई तुरुन्तै नकार्ने छ । ऊ भित्र डर थियो । “यदि हजुरले अन्यथा नमान्ने हो भने मलाई क्याम्पसमा पढाउने अफर आएको छ के मलाई अनुमति दिनसक्नुहुन्छ “श्रीमानको बोझ घटाउने उदेश्यले एक दिन हिम्मत जुटाएर सोधी उसले । प्रतिउत्तरमा मौनता मात्र छायो ।

आफ्नो क्षमतालाई घरको ढोकाभित्र बन्द गरेर नगर्नु पर्ने दुःख गरेर बस्नु लाचारीको दोस्रो रुप ठान्थी ऊ । तर उसले दिवशकेा अनुमतिलाई धेरै दिन पर्खिई अहँ उसले सहमति जनाएन । परम्परागत मान्यताको खिया लागेको लोग्नेको मानसिकतालाई धिक्कार्न बाहेक अरु के नै गर्न सक्थी र !

पन्ध्र दिन भित्रमा निर्णय नसुनाए अरुलाई ने स्थान दिईने कुरा क्याम्पस प्रमुखले बताएका थिए । बिचरीले त्यो मौका पनि क्याम्पस प्रमुख आफ्नै नाता पर्ने भएकाले पाएकी थिई । दिवशको अनुमतिको पर्खाइमा तोकिएको दिन बितिसक्न लाग्दासम्म पनि उसले कुनै जवाफ पाईन । भोलि बिहानदेखि म पढाउन सुरु गर्दे छु । यो निर्णय मैले घरको आर्थिक बोझ घटाउने बिचारले गरेकी हुँ । हाम्रो भविष्य पनि त छ । मेरो क्षमताले केही गर्न सक्छु भने किन उपयोग नगर्ने � उसले आफ्नो निर्णय सुनाई । “जुन घरकी बुहारी भएर आएकी छौ त्यो घरको संस्कार चालचलनको मर्यादा भित्र रहनु तिम्रो कर्तव्य हो । खान लाउन मैले दिन नसकेका दिन सोचौला ।” दिवश गम्भिर भएर बोल्यो । उसलाई असैह्य भयो । ऊ आफ्नो लोग्नेको तर्कसँग पटक्कै सहमत हुन सकिरहेकी थिईन ।

“स्वावलम्बि हुनुले कुनै पनि घरको मर्यादालाई नकारात्मक आँच पुर् याउँदैन । यदि कसैलाई त्यस्तो लाग्छ भने त्यो मात्र भ्रम हो । दिनभर घरमा निकम्मा भएर बस्न म पटक्कै चाहन्न । बच्चा पनि छैनन् । सकारात्मक भएर सोच्ने हो भने दुवै दम्पत्तिले नोकरी गर्नु सामाजिक प्रतिष्ठाको कुरा पनि हो ।” ऊ आफ्नो अडानमा दृढ रहि । दिवश मात्र सुनिरहेको थियो । दुबैले आफ्नो अडान नछाड्दा समझदारी आखिरमा केही गरी हुन सकेन । दिवशको खान्दानी संस्कार उसका लागि घरको आर्थिक अभावभन्दा महत्वपूर्ण हुन सकेन । अन्तत उसले नोकरी शुरु गरी । नोकरी शुरु गरेकै दिनदेखि दिवशले उसका घरपरिवारबाट कडा प्रतिकि्रया खप्नु परेको कुरा उसलाई सुनायो । त्यसैका कारण दुईबीच चिसोपन बढ्न थाल्यो । हरेक रात नानाथरीका कुराले आफ्नी श्रीमतीलाई सताउनु उसको दैनिकी भयो । घर ढिलो फर्किने कहिले खबरै नगरी दुई-चार दिन बाहिरै बिताउन थालेको दिवशले धेरै भैसकेको थियो । जसलाई उसले सामान्य मान्न थालेकी थिई ।

मंगलबारको दिन थियो त्यो । दिउँसोको एक बजे ऊ क्याम्पसबाट घर फर्किसकेकी थिई । त्यही समय पारेर दिवश घर आयो । हाउभाउले ऊ एकदमै हतारिए झै देखिन्थ्यो । उसले अचम्म मानेर आफ्नो लोग्नेलाई हेरी । ऊ आज बिल्कुलै भिन्न लागिरहेको थियो । आँखामा चमक थियो ओठमा मुस्कान भरिएको थियो । उसले आफ्नो लोग्नेको ओठमा मुस्कान नदेखेको महिनौ बितिसकेको थियो । सायद काम सुरु गरेकै दिनदेखि दिवशको मुस्कान हराएको थियो कि उसलाई हेक्का भने छैन । “एउटा कम्पनी दर्ता गराउनु छ तिम्रो नाममा खै छिट्टै साईन गरिदेउ त ।”हातमा पानीको गिलास लिदै उसले भन्यो । “कस्तो कम्पनी अनि किन यति हतारमा पहिले त केही कुरा गर्नु भएको थिएन ” एक्कासि सधैभन्दा पृथक मुद्रामा देखिएको लोग्नेलाई उसले विश्वाश गर्न सकिरहेकी थिईन । “हत्तेरीका एक घण्टाभित्रमा दर्ता गराएन भने यो मौका अर्कैले लिनेछ । यत्तिका दिन भैसक्यो मेरो टाउको यसले खाएको । कत्ति पीर थियो मलाई यसको । छिटो गर न ! म भरे सबै प्रतिलिपी लिएर आँउछु अनि सबै बेलिबिस्तार लगाउँला ।”जोशिएर बोल्यो ऊ । मानौ ठूलै कम्पनिको मालिक भैसक्यो ।

उसले केही बुझिन । तैपनि लोग्नेमा देखिएको उत्साहलाई कदर गर्नु आफ्नो कर्तव्य ठानेर हतारमै सम्पूर्ण कागजमाथि हस्ताक्षर गरीदिई । अनायशै ऊ पनि आज फुरुङ्ग थिई लोग्नेको स्फूर्ति देखेर । बेलुकी लोग्ने कतिबेला घर फर्केला र सबैकुरा थाहा पाउँला भनेर दिनभरी उसले आँखा बाटोतिरै बिच्छ्याई । साँझ पर् यो घर फर्किने मान्छेहरुको लस्करले बाटो ढाकिएको थियो । मधुरो उज्यालोमा आँखाले भ्याईन्जेल लस्करभित्र उसले दिवशलाई नियाली तर ऊ भेटिएन । कहिलेकाही त रातको एक बजे पनि घर फर्किन्थ्यो । त्यसैले मध्यरातसम्म उसले पर्खिरही । यसरी नै कैयौ दिन र रात पर्खाईमा बिते तर दिवश आएन ।

यसरी अचानक हराएको लोग्ने बीस दिन पछि घर फर्कियो । उसलाई देखेर उसका आँखा रसाएनन् उसलाई खुशीको झट्का पनि लागेन उसले मात्र हेरिरही । त्यसै पनि दुईबीचको सम्बन्ध चिसिदै गएको थियो । त्यसैले लोग्नेको अनुपस्थितिले उसलाई खासै फरक परेको थिएन । तर एका-एक कम्पनी दर्ता गराउन भनेर सहीछाप लिएर हिडेको लोग्नेको लामो अनुपस्थितिले भने उसलाई सताईरहेको थियो । यसपटकको दिवशको आगमन कुनै एक अपरिचितको झै थियो । मानौ उसले पहिलो पटक कसैसँग चिनाजानी गर्दैछ । उसले हातमा बोकेको सानो ब्यागबाट एउटा खाम झिकेर श्रीमती तिर तेस्र्यायो । कौतुहलतापूर्वक हतारिदै खाम खोलि । उसका आँखाले पृष्ठको मध्यतिर दृष्टि नपुर् याउँदै ऊ अवगत भैसकेकी थिई । दिवशले कम्पनी दर्ता गराउन तेस्र्याएका कागजातहरु त सम्बन्ध बिच्छेदका पो रहेछन् । परपुरुषसँगको सम्बन्धका कारण दुईबीचको सम्बन्धलाई अन्त्य गर्न राजी भएको व्यहोरा लेखिएको थियो ।

दिवशले पटक -पटक उसकै सहकर्मी शुरेशको बारेमा प्रसङ्ग उठाएर घरमा तनाव उत्पन्न गराउनाको कारण उसले बल्ल मात्र बुझी । यहाँ उसका ओठहरुले दिवशप्रति आक्रोश व्यक्त गर्ने उत्साह देखाएनन् । तर उसका हर धड्कनले घृणा गरिरहेको थिए । लोग्नेको तुच्छ मानसिकता र दम्भि चरित्रसँग उसलाई प्रतिवाद गर्न मन लागेन । आखिर स्वास्नीको वफादारीतालाई क्षण-क्षणमा लत्याउने एक पुरुषपात्रको आडमा जीवन बिताउन पक्कै सजिलो छैन भन्ने बुझ्न उसलाई अन्ततः धेरैबेर लागेन । त्यसैले सम्बन्ध बिच्छेदको प्रतिवाद गर्नुभन्दा स्वीकार्नु नै उचित ठानी उसले । सम्बन्ध बिच्छेदको निर्णयले क्षतबिक्षत भई पश्चातापको ज्वालामा लपेटिएर ऐया-आत्था गर्दै उसले चिच्याएको हेर्ने प्रवल ईच्छा बोकेर आएको दिवश प्रतिउत्तरमा श्रीमतीको मौनता र आत्मविश्वास देखेर अर्का एकपटक अपमानित हुनपुग्यो । उसले मौनतामै सहजसाथ स्वीकारेको देखेर घरबाट बाहिर निस्कियो । तर उसको मनमा लोग्ने बिनाको भोलि कसरी सामु आईदिने हो भन्ने अज्ञात छटपटीले हलचल मच्चाई रह्यो ।

सम्बन्धबिच्छेदको पहिलो प्रभात । दिनचर्याको शुरुवातमा सधै झै छेवैमा राखेको घडीले किरिरिर्र किरिरिर्र आवाज दियो । हतारिदै उसका आँखा खुले । ऊ मन नलागि-नलागि उठी । हिजो रात बिगतले निकैबेरसम्म मानसपटललाई नमिठो स्पर्श गरेकोले झण्डै आधा रात कटेपछि मात्र उसका नयन जोडिएका थिए । मनमा अनौठो अनुभूति लहरिरहेथ्यो । फरक्क् फर्किएर रात बिताएको ओछ्यानलाई हेरी त्यो साम्रा्रज्यवादीहरुबाट मुक्ति पाएको कुनै राज्यभन्दा कम थिएन ।

बिवाहमा बुबाले मेचीबाट मगाएर दिनु भएको चाँपको पलङ्ग थियो त्यो । सिरानी र डसना पनि सिमलको नरम भुवाका थिए । तैपनि पलङ्गमाथिका ती सिरानी र डसनाले बिगतका रातहरुमा धेरै बिझाए उसलाई । कहिले नरम सिरानी पनि ढुगां जस्तो भएर बिहान उठ्दा गर्धन र शीर असाध्यै दुखेको हुन्थ्यो । कहिले मुलायम डसनामाथि अनायसै पैदा हुने गाँठागुठी बिझाएर रातभर सुत्नै अफ्ठ्यारो हुन्थ्यो । आखिर माईतीको माया न हो विवाहमा पाएको त्यो चिनोलाई फ्याँक्न सकिरहेकी थिईन ।

लोग्नेसँग छुट्टिएको पहिलो प्रभातमा सम्पूर्ण फरकहरुलाई नियाल्न मन लाग्यो उसलाई । उसले झ्यालको पर्दा उघारी । सुन्दर बिहानी पहिले जस्तै कलिलो घामसँगै झुल्किएको थियो । सडकका पेटीहरु त्यसरी नै लमतन्न भई बटुवाको स्वागत गरिरहेका थिए । मन्दिर परिसरमा घण्टीहरु उसरी नै बजिरहेका थिए अनन्तसम्म ध्वनि गुाजाएर । चराहरु खुला आकाशमा उडिरहेका थिए स्वतन्त्रताको उपभोग गर्दै ।

आखिर फरक केहीमा भेटिन उसले । शायद फरक आफूमा पो आयो कि भन्ने डर थियो उसलाई । त्यसैले पलङ्ग छेउ राखेको ठूलो ऐना अगाडि उभिई ऊ । मनले निर्दोष ऐनासँग केही वैमनश्यता नभएको निक्र्योल गरेपनि त्रसित उसका आँखाहरु भने बन्द थिए । उसले बिस्तारै आँखाहरु खोली । त्यो ऐनाले उसलाई यसरी बिम्वित गर् यो कि ऊ मुक्त थिई ।

कथा – माग्ने जात

कुनै पनि चाड पर्व आयो कि मागी हिंड्ने बानी भएको अर्जुनलाल दमाई यसपालीको दशैंमा पनि माग्नको लागि सबैको घर चाहार्न थाल्यो।
माग्दै हिंड्ने क्रममा उ एउटा चिया पसले कहाँ पनि पुग्यो। चिया पसले सफा र सरल मिजासको थियो। यसो हेर्दा उ समाजका बाहुन, क्षेत्री वा अन्य कुनै कथित उच्च जाति भन्दा कुनै फरक देखिंदैनथ्यो। जेहोस् त्यो चियापसले कुनै चिन्तनशील बुद्धिजीवी जस्तै निकै भद्र र सभ्य देखिन्थ्यो। विहानदेखि साँझसम्म मेहेनत गरेर उ चिया पसल चलाउथ्यो। नमस्कार साउजी? मागि खाने जात परियो घ् चिया पसलमा भित्रिंदै अर्जुनलालले भन्यो नमस्कार दाई, नमस्कार घ् यतै बेन्चमा बस्नुस्न। चिया पसलेले अर्जुनलालको आगमनलाई स्वागत गर्‍यो।
“हाम्रो साउजी खुब असल, गरिब गुरूवालाई दया, माया गर्ने ठूलो मान्छे हुनुहुन्छ। दमाई, कामी भनेर हामीलाई कुनै भेदभाव नगर्ने यति मिठो बोलिवचन भएको हाम्रो साउजी घ् यति राम्रो रूपरंग भएको हाम्रो साउजी घ् तपाईलाई भगवानले सधै भलो गरिरहुन …।” बेन्चमा बसेर अर्जुनलालले चिया पसलेको गुणगान गाउँदै माग्ने मेसो निकाल्दै थियो।
“समय कहाँ देखि कहाँ पुगिसक्यो। यो मान्छे भने अझै पनि दमाई जातको नाममा माग्दै हिंडेको छ। यो समाज पनि कस्तो समाज होला एउटा सिंगै जातिलाई माग्ने जातको रूपमा दर्ता गरिदिएको छ।” चियाको कित्ली सफा गर्दै पसलेले मनमनै तर्कना गर्‍यो।
“यसरी माग्दै हिंड्ने यो मान्छेलाई केही कुरा भन्न पाए यसको मन परिवर्तन हुन्थ्यो कि …।” पसलेको मनमा त्यो माग्ने मान्छेसँग केही कुरा गर्ने इच्छा जागृत हुँदै थियो। तर चिया पसलमा आएका ग्राहकहरूको सेवा गर्नुपर्ने व्यवस्तताको कारण पसलेलाई अर्जुनलालसँग कुरा गर्ने मौका मिलिरहेको थिएन। ग्राहकहरू समोसा, चाउमिन, जेरी, चिया आदि स्वाद मानिमानि खान्थे।
यसरी चिया पसलमा ग्राहकहरू आउने जाने क्रम जारी थियो।
“नमस्कार सर घ् म गरिबलाई दया गरिदिनुस्। मेरा श्रीमती मरेको पाँच वर्ष भैसक्यो घरमा मेरो छोराछोरी भोकै छन्। यो चाडबाडको बेला…।” चिल्लो अनुहार भएको र कोट पाइन्टमा सजिएको बृद्धिजीवी जस्तै देखिने एउटा ग्राहकसँग अर्जुनलालले अनुनय गर्‍यो।
“यो दमाई यसरी नै बाँचको छ। सधै माग्छ मसँग …।” कोटको गोजीबाट पचास रूपैयाँ झकेर अर्जुनलाललाई दियो।
“हाम्रो सर धेरै पढे लेखेका जान्ने मान्ने मान्छे : ठूलो दिल भएको हुनुहुन्छ…।” अर्जुनलालले उसको सके जति प्रशंसा गर्‍यो।
“यस्ता पनि हाम्रो समाजका बुद्धिजीवी कहलाउँछन्। यस्तालाई पनि के पढे लेखेका भन्नु? के जान्ने मान्ने मान्छे भन्नु? जसले पछाडि पारिएका मानिसलाई स्वाभीमानपूर्वक बाँच्ने पाठ सिकाउनुको उल्टो दासता र पराधीनताको पुरानो संस्कारभित्र बाँच्ने परम्परालाई प्रोत्साहन गरिदिन्छन्…।” पसलेले मनमनै बुद्धिजीवी जस्तै देखिने त्यो मान्छेप्रति खेद व्यक्त गर्‍यो। वास्तवमा कोट पाइन्ट पहिरिएका बुद्धिजीवी जस्ता देखिने ती मान्छे “नवज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख थिए।
“नमस्कार बाबुसाहेब…।” कपाल फुलेका, दौरा सुरूवालमा ठाटिएका र २/४ जना मानिसहरू पछि लाएर हिंडिरहेका कुनै नेता जस्ता देखिने मान्छेलाई पनि अर्जुनलालले पसलबाटै नमस्कार गर्‍यो। तर त्यो मान्छेले भने थाहा पाएर पनि अर्जुनलालको नमस्कारलाई उपेक्षा गरेर अगाडि बढ्यो। विचरा अर्जुनलालको नमस्कार त्यसै खेर गयो। उ एकछिन ट्वाल्ल पर्‍यो। यो दृश्य देखेर चिया पसलेलाई नरमाइलो महशुस भयो।
“यस्ता पनि छन् हाम्रो देशका नेताहरू जसले आफ्ना जनतालाई सम्मान गर्न जान्दैनन्। सायद दमाई जात भनेरै होला यी नेताले नमस्कार समेत उपेक्षा गरिदिए।” पसलेले त्यो नेताप्रति पनि भित्रभित्रै घृणा व्यक्त गर्‍यो।
चिया पसलमा मान्छेहरूको आउने जाने क्रमसँगै करिव–करिव दिनको मध्यान्ह भैसकेको थियो। त्यसैले चिया पसलमा मान्छेहरू हटिसकेका थिए। त्यसैकारण यतिबेला पसलेलाई फुर्सद मिलिसकेको थियो। “अब यो मान्छेसँग केही कुरा गर्नु पर्‍यो ” भन्ने सोच्दै उ अर्जुनलाल दमाईको देउमा गएर भर्खरै मात्र बसेको थियो। यस्तैमा हातामा सूर्य चुरोट तान्दै ठूलो भुडी भएको एउटा मोटे मान्छे २/४ जना उसका साथीहरूसँग त्यै चिया पसलमा आइपुग्यो।
“नमस्कार ठेकदार साप घ्” अर्जुनलालले उसलाई पनि नमस्कार टक्रायो। प्रतिउत्तरमा ठेकेदारले बढो घमण्डी पाराले टाउको हल्लाइदियो मात्रै।
“हाम्रो ठेकेदार साप त पैशावाल मान्छे। सयपचास भन्ने कुरा त उहाँको लागि केही पनि होइन। पोहरसाल दशैमा टन्न खुवाउनु भएको हो। म गरिबलाई रक्सी र चुरोट खाने पैसा… हाम्रो ठेकेदार साप…।” अर्जुनलालले मोटे ठेकेदारको पनि खुव गुनगान गर्‍यो। “ल यो सालको दशै मान्नु…।” अर्जुनलालको पीडा बुझेझैं गरी आफ्नो पर्सबाट रू. दुई सय झकेर ठेकेदारले सानपूर्वक अर्जुनलाललाई दियो।
“हाम्रो ठेकेदार सापको जय होस घ्” रू. दुईसय नगद पाएपछि अर्जुनलालको अनुहारमा हर्षको कान्ति फैलियो।
“यो मान्छे हाम्रै गाउँको दमाई हो। चाड पर्व आउनु हुन्न यसलाई माग्न आइहाल्छ। आखिरी यो दमाई जात मागि खाने जात न पर्‍यो ….।”ठेकेदारले अर्जुनलालको अपहेलनामा आफ्ना साथीभाईहरू सँग चिया गफ लगायो।
“यो कस्तो समाज हो। जहाँ जातको आधारमा मान्छेले मान्छेमाथि नै भेदभाव गरिरहेको छ। धन,पैसाको रवाफमा एउटा मान्छेद्वारा अर्को मान्छे अपमानित र अपहेलित हुन पुग्दछ। आखिरी यो कुरूप युगको अन्त्य कहिले हुने होला…।” चियाको कित्ली चुलोमा बसाल्दै चिया पसलेले सोच्यो। जेहोस् अहिलेसम्म चिया पसलमा बसेर अर्जुनलालले दशौं जनाको अगाडि शिर झुकाएर माग्ने काम पूरा गरेको थियो।
ठेकेदारले आफ्ना साथीभाईहरूसँगको गफ अझै सकेको थिएन। उसले उही अर्जुनलाल दमाईकै सन्दर्भमा गफ गरिरहेको थियो।
“… आखिर दमाई जात भनेको दमाई जात नै हुन्। जतिसुकै अधिकारको कुरा गरे पनि जति सुकै समय बदलिए पनि आफ्नो जात दर्शाइ हाल्छन्। पोहर सालको दशैंमा पनि यो दमाई आफू चाहिं माग्दै हिंडेको रहेछ । छोरा चाहिंले त्यै परको कमला फेन्सी स्टोरबाट पाँचसय चोरेर बेइज्जत…। यी दमाईका कुरा गरेर साध्य छैन लौ हिंडौं अब …।” चिया गफ सिद्धाएर सबै चिया पसलबाट बाहिरिए।
यसरी चिया पसलमा आउने जाने कुनै पनि व्यक्तिको मुखबाट अर्जुनलाल र दमाई जातिप्रति सकारात्मक अभिव्यक्ति नआएपछि चिया पसले निकै खिन्न भयो।
उता चिया पसलमा अपहेलित हुनु परेकोमा अर्जुनलालको हृदय पनि आगोले पोले झैं भत्भति जल्दै थियो। आफूलाई दमाई भनेर हेला गरी बोलेकाहरूलाई जिउँदै खाउ झैं भएको थियो। क्याम्पस प्रमुख, ठेकेदार, नेताजी आदि सबैबाट अपमानित हुनु परेको पीडा र रिस थाम्न उसलाई गाह्रो परिरहेको थियो। तैपनि उमा कसैसँग पनि प्रतिवाद गर्न सक्ने आँट थिएन। दमाई भएपनि यस्ता कुरा त सहनै पर्‍यो नि भन्ने सोच्दै उ खिस्स हाँसेर सबै कुरा चुपचाप पचाई दिएको थियो र माग्ने कुरा जारी राखेको थियो।
“साउजीबाट पनि यसपालिको दशैं भाग २/४ रूपैयाँ सहयोग हुन्थ्यो कि के गर्ने दुःखीको कर्म यस्तै त हो नि। हिजो साँझ घरमा छोराछोरीलाई खोले चटाएर बास बसाएँ…।” अर्जुनलालले चिया पसलेबाट पनि २/४ रूपैयाँ झार्ने प्रयास गर्‍यो।
“हेर्नुस दाई दुःख नमान्नुहोला। म तपाईलाई अहिले एक सुक्का पनि दिन चाहन्न …।” यतिबेला पसलमा अरू मान्छे कोही नभएकाले अर्जुनलालसँग पसलेले निर्धक्क भएर कुरा गर्न चाह्यो।
“किन र साउजी हाम्रो त माग्ने जात नै पर्‍यो …।” अर्जुनलालले आफ्नो कुरा राख्यो। “माग्ने जात भन्ने कुरा कहाँ लेखेको छ र? हेर्नुस दाई तपाईले अब यसरी मागी खाने काम रोक्नुपर्छ। किनकि मागी खाने काम वास्तवमा राम्रो काम होइन। हामी सबैले थाहा पाएकै कुरा त हो नि। माग्ने मान्छेको हात सधै तल हुन्छ भनेर। हैन र? ” चिया पसलेले गम्भीरतापूर्वक भन्यो।
“हुन त हो साउजी तैपनि हाम्रो भाग्यमा यही लेखेर आएपछि कस्को के लाग्छ र? कर्मको फल भोग्नै पर्‍यो…।” अर्जुनलालले भाग्य र कर्मको कुरा अघि सार्यो।
“भाग्य र कर्म भनेर हुँदैन दाई यी सबै हाम्रो आफ्नै हातमा भर पर्दछ। जे–जति कुरा गरे पनि माग्ने भन्ने कुरा त राम्रो हुँदै होइन। संसारमा जो मागेर बाँचेको छ। त्यो अनिवार्य पछि परेको छ। मान्छेका कुरा त के देशकै कुरा पनि यस्तै देखिन्छ। हेर्नुस दाई, अमेरिकाले माग्दैन। चीनले माग्दैन, जापानले माग्दैन यसरी जुन–जुन देश आत्मनिर्भर भएर चलेका छन्। ती देशहरू कति सम्पन्न र अगाडि बढेका छन्। तर नेपाललाई हेरौं त यसले सधै विदेशी दाताहरूको अगाडि हात थापिरहन्छ। तैपनि कति विपन्न र पछाडि परेको छ …।” चिया पसलेले लामो कुरा गर्‍यो।
अर्जुनलालले ध्यानपूर्वक चिया पसलेको कुरा सुनिरहेको थियो। बीचबीचमा उ लामो श्वास फेर्ने गर्थ्यो। जेहोस् चिया पसलेको कुरा सुनेर उ झन्झन गम्भीर हुँदै थियो।
“साउजीको कुरा त राम्रै हो तर के गर्ने दमाइको जात परियो। ” निकै बेरपछि अर्जुनलालले भन्यो। “के दमाई जात मान्छे होइन र? हेर्नुस त दाई, आज तपाईको कारण यो पसलमा भएभरका मान्छेले दमाई जातकै अपमान गरेर गए। दमाई जातलाई यसरी भेदभाव र अपमान गर्दा मेरो मनमा कति ठूलो चोट परेको थियो। त्यो कुरा त मलाई बाहेक अरूलाई के थाहा? ” पसलेले भन्यो।
“हैन साउजी दमाई जात प्रति तपाईको यति ठूलो चिन्ता किन?” अर्जुनलालले अचम्म मान्दै सोध्यो। “किन भने दाई म पनि दमाई नै हुँ…।” चिया पसलेले आफनो परिचय दियो। “तपाई जस्तो यति राम्रो रूपरंग भएको, मिठो बोलिवचन भएको, पसल चलाएर बस्ने भलाद्मी जस्तो मान्छे पनि दमाई।” अर्जुनलाल झन अचम्ममा पर्‍यो।
“हो दाई पहिले पहिले त मेरा बाउ बाजेले पनि यसरी माग्दै काम चलाउँथे। लामो समयसम्म म पनि मेरो बाउकै पछिपछि झोलि थाप्दै थाप्दै हिंडेथे। मान्छेहरू हामीलाई सधै दमाई भनेर हेप्दथे। यहाँसम्म कि हामीले छोएको पानी चल्दैनथ्यो। तर अब त मैले दमाई परम्परालाई तोडेर अघि बढिसकेको छु। हेर्नुस त दाई तपाई स्वयं देखिरहनु भएको छ अचेल मान्छेहरूले मेरो हातको चिया, समोसा, चाउमिन, जेरी कसरी मिठो मानिमानि खाने गर्दछन्…। त्यसैले दाई हामी दमाई जातलाई माग्ने जात बनाउने होइन केही गरेर अगाडि बढ्ने जात बनाउनुपर्छ….।” यसरी चिया पसलेले अर्जुनलालको दिमागमा क्रमशः चेतनाकेा सन्देश भर्दै थियो।
यसैबेला भुडे ठेकेदारको टोली पुनः त्यै चिया पसल हुँदै फर्कंदै थिए।
“अरे घ् यो दमाई त अझै पनि पसलमै ढुकेर बसेको रहेछ। मागेर कहिल्यै नपुग्ने कस्तो लाज नभएको दमाई रहेछ। आखिरी मागिखाने जात न पर्‍यो….।” अर्जुनलाल तर्फ इंकित गर्दै भुडे ठेकेदार घमण्डी पाराले बोल्यो।
अलि अगाडिसम्म जसले जे भने पनि खिस्स हाँसेर सही बस्थ्यो। सबै कुरा पचाई दिन्थ्यो जि हजुरी गरेर २/४ रूपैयाँ झार्दथ्यो। तर अहिले भने चिया पसलेको कुराले उसमा नयाँ चेतना खुलिसकेको थियो। त्यसैले अर्जुनलाल अब कसैको अन्यथा अत्याचार र अपमान सहन नसक्ने भैसकेको थियो। यस्तो अवस्थामा ठेकेदारले बोलेका अपहेलित शब्दहरू उसलाई कहाँ सह्य हुन सक्दथ्यो र? यसैले चिया पसलमा दमाई भएर अपमानित हुनु परेको पीडा र रिस लिएर उसिदै ठेकेदारमाथि खनियो।
“हेर्नुस ठेकेदार साप, अहिले म यो पसलमा माग्नलाई बसेको छैन। अबदेखि ममाथि तपाईले यस्तो अपमान बोल्न पाउनु हुन्न बुझ्नु भो…।” ठेकेदारतर्फ चोर औंला ठडाउँदै अर्जुनलालले भन्यो।
“हैन के भन्छ यो दमाईले…।” ठेकेदार झस्क्यो।
“मैले ठिकै भनेको छु ठेकेदार साप, यी यो अघि तपाईले दिएको पैसा फिर्ता लिनुस र अबदेखि मलाई तपाईले दमाई भनेर पनि नहेप्नुस्।” ठेकेदारको २ सय रूपैया फिर्ता लिंदै अर्जुनलालले भन्यो।
संयोगवश यसैबेला कोट पाइन्ट पहिरिएका क्याम्पस प्रमुख पनि त्यही देखा परे।
“ए सर पनि आइपुग्नु भएको रहेछ….। यी लिनुस तपाईले पनि आफ्नो पैसा …।” अर्जुनलालले क्याम्पस प्रमुखको रू. पचास पनि फिर्ता गरिदियो।
“हैन यो के गरेको?” क्याम्पस प्रमुखले आश्चर्य प्रकट गर्‍यो।
“मैले ठिकै गर्दैछु सर। तपाईहरू जस्तो जान्ने मान्ने बुद्धिजीवीहरूले समेत दमाई जातलाई कहिल्यै माथि उठाउने सोच्नु भएन। उल्टै दमाई जातलाई माग्ने जात भनेर अपहेलना गरिरहनु भयो। तर अब म माग्ने जात होइन। केही गरेर अगाडि बढ्न चाहन्छु।” अर्जुनलालले चियापसलमा आएका ठेकेदार बुद्धिजीवी सबैलाई लज्जित बनाउँदै थियो। यसरी मानिसहरू अर्जुनलालद्वारा लज्जित हुने क्रम निरन्तर चलिरहेको थियो। अब अन्त्यमा लज्जित हुने पालो कपाल फुलेका दौरासुरूवालमा ठाटिएर हिंड्ने “बाबुसाहेब” भन्ने नेताजीको आउँदै थियो। किनकि उनी पनि २/४ जना मान्छे अघि पछि लाएर परबाट त्यही चिया पसलतिर आइरहेका थिए।
जेहोस् यतिबेला अर्जुनलाल दमाईको शिर स्वाभीमानपूर्वक ठाडो भएको देखेर चिया पसलेको नशानशामा खुशीको तरंगहरू उठिरहेका थिए।
“अर्जुनलाल जस्तै सबै दलितहरू यसरी नै सचेत हुँदै गए भने त हामी दलितहरू युगौं देखिको उत्पीडनबाट मुक्त हुने थियौं…।” चियाको कित्ली सफा गर्दै पसलेले खुशीपूर्वक मनमनै तर्कना गर्‍यो।
यतिबेला चिया पसलेको मनमा अपूर्व खुशी छाएको थियो। सायद यस्तो खुशी उसको जीवनमा कहिल्यै छाएको थिए।

कथा – ती दूई निर्दोष आँखाहरू

तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तर, ऊ पहाडको किसानकै छोरा हो । किसान पनि अर्धकिसान । पश्चिम पहाडमा एउटा सानो गाउँ थियो, गर्भे । त्यसैको पुछारमा एउटा सानो झुप्रोमा उसको बाबु बिर्खे- बिर्खबहादुर र आमा दिलमाया दुःखजिलो गरी बसेका थिए । तर, पहाडमा मारकाट चल्न थालेपछि उनीहरू मैदानतिर झरेर एउटा सानो सहरनजिकै गाउँमा बस्न थालेका थिए ।

बिर्खबहादुर उमेर त्यति र्घर्किइनसकेको केही गरौला भन्ने हिम्मत उसमा । ऊ नजिकैको सहरमा साहूहरूको भारी बोक्छ । अनि घरसर बनाउने काममा ठेकेदारहरूको काम पनि गर्छ । त्यसरी उसले एक पेट खान-लाउन पुर्याएर पनि दिलमायाको नाक, कान, घाँटीमा एकसरो सुन पनि भिर्दिनसकेको छ । दिलमाया पनि गाउका ठूला ठालुका धन्दा चुलो गरेर केही न केही आर्जन गर्छे।

यसपल्ट बिर्खेले ठेकेदारबाट झन्डै एक महिनादेखिको ज्याला पाएको छैन । त्यसैले उसको भण्डारमा फाँकमुठी पनि छैन । त्यसैले ऊ ज्याला उठाउन गएको फर्केको छैन । दिलमाया आफ्नै करेसाबारीबाट तिहुन ल्याएर केलाउन लागेकी छ । सानो छोरो भुन्टे भोक लाग्यो भनेर रोर्याइ गरिरहेको छ । “आमा भात किन नपका’ – हाम्लाई भोक लाग्यो भन्या भात दिनु हाम्लाई ।”

साँझ पर्न लागिसकेको छ । बिर्खबहादुर यतिखेरसम्म पनि आएको छैन । दिलमाया च्याठिन्छे, “भोक लागे म के गरौ त – बा पैसा उठाउन जानुभा’छ । पसलबाट चामल, पीठो, नुन, तेल, मसला ल्याउनुहुन्छ । अनि पकाऊला ।”

तर, भुन्टे कराउन छोड्दैन । केटाकेटी हो, उसलाई घरमा केही छैन भन्ने के थाहा । उसको बिलविलाउदो मुख हेरेर दिलमाया भित्रभित्रै कल्पिन्छे । अनि त्यसैबेला झोलामा सामल बोकेर बिर्खबहादुर भित्र पस्छ । दिलमाया झोलाको सामान हेरेर असन्तुष्ट स्वरमा भन्छे, “यति मात्रै – दुइ-तीन दिनलाई पुग्दैन ।”

“के गर्ने हेर न त्यो मोरो राणा बाउ ठेकदारले पूरा पैसै दिएन । हजारवटा रुपैयाँ फालिदियो । त्यत्न पैसा बाकी छ । एक मन त त्यो पैसा त्यसैको मुखमा हिर्काएर आँऊ जस्तो लागेको थियो । तर, यो भुन्टेको पिलपिलाउदो अनुहार सम्झे । अनि पाँच सयको किनमेल गरी सामान ल्याए, दुइ-चार दिनलाई भए नि पुग्छ भनेर । पाचोटा सयचै पैसै ल्याएको छु । केही परिहाल्ला भनेर “लौ ला, राख ।” बिर्खबहादुर जगमा पानी लिएर हातगोडा धुन भनेर बाहिर निस्क्यो । केहीबेरपछि हातगोडा धोएर भित्र पस्यो ।

“आमा हाम्लाई भोक लाग्यो भन्या, भात दिनु ।” सानो भुन्टे रोड्याइ गरेको गर्यौ थियो । बिर्खबहादुरले टीठलाग्दो गरी उसको मुख हेरेर भन्यो, “ए झट्टै भात पका न त । मलाई पनि भोकले खरो भैरा’ छ ।”

दिलमायाले टुकी बाली । अनि भान्छाको सार्दाम ठीक गरेर दमचुली -स्टोभ) सल्काएर भात बसाली । तिहुन पहिले नै पकाएर झिकी । भात छड्कन थाल्यो । बाहिर रात निकै छिप्पिइसकेको थियो । त्यसैबेला ढोका घर्याक्क खोलेर दर्इ जना बन्दुके भित्र पसे । चाइचुइ केही नगरी एउटाले बिर्खबहादुरलाई लडाएर घाटीमा खुकुरी तेर्स्यायो, “तै होइनस् हाम्रो सुल्सुले लाग्यो -”

“होइन के गरेको तिमरुले – को हौ तिमरु -” दिलमाया आतेसले चिच्याउन थाली । बाबुलाई लडाएको, आमा चिच्याएको देखेर सानो भुन्टे अताल्लिए रुन थाल्यो । अर्को चाहिले उसलाई सातो खायो । भुन्टे डरले चुप लागेर ओछ्यानमा घुस्य्रो ।

“पापी राक्षस हो । एउटा खाली हातको मान्छेलाई अत्तेचार गर्र्छौ – … मर्द हौ भने आओ मसँग जुध्न ।” दिलमाया नजिकैको खर्पा उझाउदै रणाचण्डीझै गर्जंदै उनीहरूतिर झम्टिछे । तर, अर्कोचाहिले उसको खर्पा समातेको हात समातेर बेस्सरी बटार्यो । खर्पा भुइमा खस्यो । यतिञ्जेलसम्म पछिल्लोले बिर्खबहादुरको घाटी कसाइले राँगो बोको रेटेझै रेटेर टाउको छुट्याइसकेको थियो । मझेरीमा रगतको ताली बनिसकेको थियो ।

दोस्रो चाहिले दिलमायालाई जकडेर विवश तुल्याएर भित्तामा अचेटेको थियो । यसले पहिलोलाई सम्बोधन गरेर कुत्सित पाराले भन्यो, “कसो, भाइ यसले त मर्द खोजेकी जस्ती छ नि – दिऊ यसलाई मर्द -”

“ठीकै छ । यस्ता बराठसग कुस्ती खेल्नु मजै हुन्छ ।” पहिलोले त्यही किलामा झुन्डिएको पुरानो लुगीले रगतले भिजेको खुकुरी पुछ्तै भन्यो । अनि दुवैले दिलमायालाई हात बाधेर मुखमा कपडाको बुझो कोचेर मझेरीमा लडाए । अनि दुवैले पालैपालो आफ्नो पाशविक यौनतृष्णा मेटे । सानो पुन्टे सातो गएर एउटा प्लास्टिकको निर्जीव पुतलीझै भएर हेरिरहेको थियो ।

आफ्नो पशुक्रीडा सकेर दुवै उठे । अनि कुत्सित हासो हास्दै अश्लील पाराले पहिलोले भने, “भाइ, यो बराठ आइमाईसग कुस्ती खेल्दा भोक पनि लाग्यो । केही खान पाए ।”

“हो, मलाई पनि भोकले तालाबाला खेलाएको छ । हिजोदेखि यही सफाइ दौड म कुद्दाकुद्दा एक मुठी अन्न पनि पेटमा पर्या होइन हेर न यसो केही पाइन्छ कि,” दोस्रोले भन्यो र दुवै मिलेर खानेकुरो खोज्न थाले । पहिलोको आँखा भान्छाको भातको कसौडीमा पर्यो । उसले खुसीको स्वरमा भन्यो, “भाइ कसौडीमा भात छ जस्तो छ नि हेर हेर ”

दोस्रोले दमचुलीबाट कसौडी उतारेर हेर्यो अनि चहकिदै भन्यो, “रे’छ भाइ भात त, भर्खरै पकाएको, तात्तातै छ । स्टोभ पनि भर्खरै निभेको जस्तो छ । ए, यहा तिहुन पनि रहेछ । लौ थालौ । पेट पूजा गर्न ।”

दूई लास र रगतको तालबीच दुवै हिंस्रक जनावरहरूले आफ्नो हृदयहीन, पशुभोज मनाए । अनि जाने तरखर गर्दै दिलमायाको अचेत शरीरतिर हेरेर दोस्रोले सोध्यो, “यसलाई के गर्ने – यतिकै छोडिदिने -”

“किन छोड्ने त्यसै बोल्ने जोखिमलाई – पुर्याइदिने उसको लोग्ने गएको ठाउमा,” पहिलोले क्रूर स्वरमा भन्यो । अनि काधबाट बन्दुक उतारेर अचेत शरीरमा गोली हानेर पर्ण्मृत तुल्याइदियो । त्यसपछि बाहिर निस्किएर अध्यारोमा हराए ।

अध्यारो रातको बीभत्स नाटकको पहिलो यवनिका पतन भयो ।
अनि फेरि दोस्रो दृश्यको पर्दा उठ्छ ।
भित्र उही पहिलो पर्दाकै दृश्य छ । त्यसैबेला अर्का दर्इटा बन्दुकधारी दृश्यमा पस्छन् । ती पनि पहिलेकै जस्तो फौजी पोसाकमा छन् । काधमा बन्दुक छ । भित्रको त्यो बीभत्स दृश्य देखेर दुवै जना एकछिन अलमल्ल पर्छन् । अनि एउटाको बक फुट्छन्, “ए जोडा यहा यो हत्याकाण्ड मच्चाएर ती आतङ्ककारी त फर्र उडिसकेछन् । हामी त आज पनि ढिला भएछौ । सधै हामी अपराधीभन्दा चार पाइला पछाडि नै पर्र्छौं । मरेपछि ओखती भन्याजस्तो ।”

“गर्ने के त यार आदेश नै ढिलो गरी पाउछौ । माथिका आदेश दिनेहरू आफ्नै मोजभोजमा मस्त भएर सबै कुरा बिर्सिन्छन् । अनि माझीको सल्लाहले सय घर डुबिसक्यो भन्याझै सबै हुने कुरा भैसकेपछि अनि हुकुमको गोली दाग्छन्, “लौ फलानो ठाउमा हमला हुदैछ रे । कुदिहाल कारबाहीमा । कति सजिलो,” दोस्रोले भन्यो ।

“त्यै त । हाम्रो मात्र ज्यानै नभएजस्तो । रातदिन डाँडाकाँडा भीर पाखा कुद्नु छ, खान र पिउनको नाउमा एक पुरिया बिस्कुट, एक पुरिया चाउचाउ छ । अनि हामीलाई पनि त थकाइ लाग्छ, अल्छी लाग्छ । अनि भर्सर् परोस् भनिन्छ ।”

“हो भन्या हिजोदेखि त्यही एक पाकेट चाउचाउ, एक पुरिया बिस्कुट र एक तुम्लेट पानीको भरमा कुदिया’ छ । मलाई त यति उखर्माउलो भोक लाग्या छ, ढुङ्गो पाए पनि पचाउला भएको छ ।” अर्कोले भन्यो, “घर तन्नमजस्तो छ । यस्ता तन्नमहरूलाई पनि किन यसरी हत्या गरेका होलान् – यस्ताले कसैको के बिगार गरे होलान् र -”

“होला केही वैरभाव भैगो छोडिदे । बरु कतै केही छ कि यसो आन्द्रासम्म उकास्न । मलाई भोकले तोरीको फूल देखायो ।” दोस्रोले भन्यो । अनि त्यो दुइटा बीभत्स लास, त्यो रगतको अहाल सबै कुरालाई त्यत्तिकै बेवास्ता गरेर त्यहा धुइधुइति छामछाम छुम गर्न थाले । एक जना हातको चोर बत्ती र्-र्टचलाइट) बालेर भित्री कोठातिर गयो । अर्को त्यही टुकीको बत्ती उठाएर धुइपत्तँल गर्न थाल्यो ।

“ए एक जोडा बाहिर हेर हेर यहा कसौडीमा अलि कति भात रहेछ । तिहुन पनि रहेछ, कसैले खाएर छोडेको । तैले के भेटिस् त्यहाभित्र -” पहिलोले कराएर भन्यो । दोस्रोले भित्रबाट निस्किदै भन्यो, “त्यहा त केही पनि छैन । घ्याम्पाघैटा रित्तै छन् । केही थाङ्नाथरा छन् त्यति हो ।”

“यहा अलिकति भए पनि भात रहेछ । अलिअलि भए पनि बाडीचुडी खाऊ आइज । एउटा आन्द्रँ मात्रै भए पनि भरिएला । पहिलोले भन्यो । अनि दुवै जनाले बाडीचुडी कसौडीको भात सोरसार पुछपाछ गरेर खाए । अनि, हातसात धोएर जान भनेर उठे । तर, पहिलोको आँखा दिलमायाको नाक, कानका फूली, रिङ् र घाटीको तिलहरीमा परे । उसले चहर्किंदै भन्यो, “जोडा यस मर्दाको घाटीमा, नाककानमा यी सुनका गहनाको के काम – हामीलाई बेचबाच गरेर दूई -चार दिन मैच्याङको भट्टीमा रमाउन त हुन्छ । फेरि हामीलाई दोष लाग्ने पनि त होइन । जङ्गलीहरूले मारेर नाक, कान, घाटी पनि रित्याएर गएछन् भनिहाल्छन् ।”

अनि दुवैले मिलेर दिलमायाको लासबाट कति पनि धक/सङ्कोच नमानी ती सुनहरू झिकेर हिड्न तरखराए । तर, एक्कासि अर्कोको आखा दिलमायाको धोतीको सक्कोमा बाधेको गाठोमा पर्यो । उसले खसखसिएर त्यो गाठो फोएर हेर्यो, बिर्खबहादुरले साझ स्वास्नीलाई दिएको पाच सयको नोट थियो । उसले चहकिएर साथीलाई भन्यो, “जोडा यहा एउटा पाच सयको नोट पनि रहेछ ।”

“खोइखोइ -” अर्कोले त्यो नोट उसबाट झन्डैझन्डै खोसेझै गरी लिए भन्यो, “वा जे होस्, आजको दिनचाहि छुकै परेको रहेछ लौ ।”

अब त्यहाबाट जान तर्खराउदै एउटाले भन्यो । “जोडा भात त तातै थियो । हत्याराहरू भरखरै निस्केका जस्ता छन् धेरै पर पुगेका छैनन् होला । अलि छिटो गए भेट्न सकिन्छ । हिड झट्टै ।” एउटाले हतार लगायो । अर्कोका आँखा ओछ्यानमा दुम्किएर अत्यन्त त्रसित र भयभीत सातो उडेझै आँखाले त्यस नाटकका दारुण, बीभत्स दृश्य हेरिरहेको सानो दर्शक पुन्टेमाथि परे । उसले सोध्यो, “जोडा यहाँ एउटा पिउसो रहेछ, यसको के गर्ने -”

“के गर्नु अब । घाटीमा घटेसी बनाएर झुन्ड्याएर हिड्नुभएन । छोडिदिने यतिकै । भोलि बिहान कसैले आएर देख्लान् । अनि कोही नातेदार भए जिम्मा लाइदेलान्, नभए कुनै टुहुराहरूको बालघरमा लगेर राखिदेलान् हिड ।” अर्कोले भन्यो र दुवै त्यहाँ बाट निस्केर अध्यारोको खोकिलामा हराए ।

यहा यसरी एउटा बीभत्स नाटकको मञ्चन भयो । तर, त्यस नाटकका दर्शक कोही थिएनन्, खालि एउटा सातो गएर संज्ञाहीनझै भएको सानो पुन्टेका दूई निरीह निर्दोष आँखाहरू मात्र थिए ।

दोस्रो प्रहरको रात बाहिर डरलाग्दो गरी चकमन्न थियो । त्यस चकमन्नतालाई घरिघरि पर गाउँमाझका गल्लीहरूमा भौतारिने भुस्याहा खिच्चाहरूले रोएको हु हु स्वरले भत्काउथ्यो । अनि बेलाबेलामा ज्यादै उराठलाग्दो गरी लाटोकोसेरो र अरू रात्रि चराहरूका कर्कश स्वरले रातको त्यो शून्य अंध्यारो आकाशको विस्तृत छातीलाई चिर्दै दिगन्तमा गुज्थ्यो, “किर्रकिर्र किरिरिर्र । हु हु हु हु .. ह्वा ह्वा । यिनै स्वरहरूका माझ त्येहाँ एउटा अर्को स्वर थपियो, द्वाङ द्वाङ धडाम् ।”

यस स्वरले भने त्यहा गाउ र बजारमा खतिखेरसम्म पनि जागा बसेकाहरूको मुटुको चाल बन्द गरायो । सबैका भयाल ढोकाहरू बन्द भए ढ्यामढुम ढ्याम्ढुम । अलि त्यसको दोस्रो दिन मध्याह्नको सबैजसले एफएम रेडियोमा महिला खबर वाचिकाको जीवनहीन स्वर गुज्यो, “गए राती पश्चिमाञ्चलको राजधानी नजिकैको एउटा सानो गाउँमा केही जङ्गलबाट आएका बन्दुकधारीहरूले त्यही सानो गाउँको पुछारमा छाप्रँ बनाएर बसको ज्याला मजुरी गरेर खाने दर्इ लोग्ने-स्वास्नीलाई आधारातमा घरमा पसी बीभत्स हत्या गर्नुका साथै भएका धनमाल र महिलाका नाक, कान, घाटीका सुनको गहनासमेत लिएर फरार भए । घटनास्थलमा एउटा सानो तीन-चारवर्षो बालक लगभग संज्ञाहीन अवस्थामा भेटिएर उसलाई बालघरमा बुझाइएको । पछि गस्तीमा गएका सुरक्षाकर्मीहरूसँगको भिडन्तमा लुटेराहरूमध्ये दर्इजना बन्दुकधारीहरू पनि मारिएका हाम्रा स्थानीय संवाददाता … ले बताएका छन् । अहिलेलाई म मेरा सहकर्मी … लाई यतिकैमा बिदा दिनुहोस् । पछि बजे यस्तैयस्ता खबर लिएर फेरि उपस्थित हुनेछौ । नमस्कार जय नेपाल

यो खबर रेडियो, एफएम, टेलिभिजन र स्थानीय राष्ट्रिय पत्रपत्रिकाले फूल जडीजडी प्रसार गरेपछि जनमानसमा एउटा आतङ्कको सृजना भयो । के पत्तो, समाचार वाचकले अर्को हत्या र हिंसाको खबर वाचन गर्ने बेलासम्म आफै पनि त्यसको सिकार बनिने हो कि –

कथा – एउटा प्रेम

प्रियतम, तिमीले छोडेर गएपछिका यी कहालीलाग्दा दिनहरुका हरेक क्षण मैले आफ्नो जिन्दगीलाई फेरि एकपटक जिएकी छु। तिमीसंगका क्षणहरुको याद गरेर तिमी नहुँदाको यो डरलाग्दो एकान्तलाई झेलेकी छु। तिम्रो उपस्थिति मेरो हरेक श्वाशमा र रगतको थोपा-थोपामा एउटा स्वाभाविकता र अनिवार्यता बनिसकेछ! तिमी हुँदा पनि मलाई लाग्थ्यो तिमी मेरो मुटुको साह्रै-साह्रै नजिक छौ भनेर तर आज तिमी नहुँदा बोध भएको छ वास्तवमा तिमी र मेरो मुटुको बीचमा कुनै दूरीनै रहेनछ, मेरो मुटुनै तिमी रहेछौ।

तिमीलाई भेट्नु अगाडिको मेरो अभावग्रस्त बाल्यकाल र दु:खै-दु:ख र अपमानले भरिएको मेरो कैशोर्यसंग पनि मेरो केहि गुनासो छैन अब। तिमीलाई पाउनको लागि मैले गर्नुपर्ने तपस्याहरु थिए ती शायद। तिमीसंग फेरि यस्तै एक जुनी पाऊँछु भने म सात जुनिसम्म पनि ती दु:खहरु झेल्न तयार छु।

अभावग्रस्तै भएपनि सानी हुँदा मसंग आमाको माया थियो। म नौ वर्षकी नहुँदै आमा बितेपछि बाले अर्की आमा ल्याए। ती साँच्चैकी सौतेनी आमा थिईन्। हुनत सौतेनी आमाको जातै खराब मानेको छ संसारले तर गाऊँ-ठाऊँमा कति मायालु सौतेनी आमाहरु पनि देखिन्थे जसले सौताका सन्तानलाई आफ्नालाई भन्दा पनि माया गर्थे। तर मेरी सौतेनी आमाले मसंग एक वचन पनि राम्रोसंग बोलेको याद छैन मलाई। ती मलाई टोकस्न र उमेरले सक्नेभन्दा बढी काम गर्न लगाउन बाहेक केहि जान्दिनथिन्। मेरा बा पनि कथामा हुने बाजस्तै सौतेनी आमाको वशमा परेका थिए। सौतेनी आमाले मलाई विना कारण गाली गर्दा,कुट्दा-लुछ्दा पनि तिनले कहिल्यै रोकेनन्, ‘किन?’ भनेर सोध्दा समेत सोधेनन्। तिनी मसंग कहिल्यै राम्रो बोल्दा पनि बोलेनन्।

विकट ठाऊँ भएपनि हाम्रो गाऊँ नजिकै त्यतिखेरै एउटा स्कूल खुलिसकेको थियो। त्यहाँ पढ्न जाँदा खाजा खान पाईन्थ्यो। गाऊँका धेरैले छोराछोरीलाई भर्ना गरेका थिए। आमा हुञ्जेल म पनि जान्थें। सौतेनी आमा घरमा भित्रेको महिनादिनमै मलाई स्कूलबाट निकालिएको थियो, घरको काम सघाउन भनेर। घरको काम सघाउने मात्रै होईन, मैले आफूलाई पाल्न मेलापात समेत गर्नुपर्ने भयो। दश-एघार वर्षकी पनि नहुँदाबाटै म मेलापात हिँडेकी हुँ भनेर पछि मैले तिमीलाई सुनाऊँदा तिमी कस्तरी रोएका थियौ!

ठूली हुँदै जाँदा ममा पनि आँट आउन थाल्यो र सौतेनी आमाको टोकसोको जवाफ फर्काऊन थालें। शुरु-शुरुमा तिनले हात पनि हाल्थिन् मलाई तर तिनको डाँको भन्दा मेरो डाँको ठूलो हुन थालेपछि हच्किन थालिन्। बालाई कुरा लगाऊँथिन् ती त्यसपछि। सौतेनी आमासंग के भन्थे कुन्नि बाले तर मलाई भने आँखा तरेर हेर्थेमात्रै, केहि भन्दैनथे।

मेलापात नभएको बेलामा पनि मलाई घरमा बस्नै मन लाग्दैनथ्यो। म धेरैजस्तो आफ्ना साथीहरुसंग हुन्थें। ‘टुहुरी विचरी!’ भनेर तिनका आमाहरुले मलाई माया गर्थे। धेरैजसो म सुत्न मात्रै घर जान्थें। कति रात त साथीहरुकै घरमा पनि सुत्थें।

पन्ध्र-सोह्रको उमेर बाट मसंग अलि बढी मिल्ने साथी थिई एउटी, माया भन्ने। गरीबनै भएपनि ऊ नाम अनुसारनै माया पाएर हुर्केकी थिई। तर त्यो असाध्यै पात्तेकी र छाडा थिई। केटाहरुसंग छिल्लेर कुरा गर्न लाजै मान्दिनथी। मेलापात, जात्रा आदिमा उसका वरिपरि केटाहरु झुम्मिन्थे। गाऊँमा जन्त आएका केटाहरुलाई समेत जिस्काउन जान्थी त्यो। म असाध्यै लजालु थिएँ यस्ता कुरामा, तैपनि ऊ मेरो नजिककी साथी थिई। कसरी, कहिले बाट ऊ मेरी मिल्ने साथी बनी, मलाई थाहै भएन। म मेरो मनको कुरो उसैसंग मात्रै खोल्थें। मलाई जे पर्दा पनि ज्यान दिएर सघाऊँथी ऊ। मान्छेहरु छक्क पर्थे हामी दुई मिलेको देखेर, हाम्रो विपरीत स्वभावलाई लिएर उनीहरु “पानी र तेल मिलेको!”भन्थे।

एकचोटि ऊ र म उस्को मामाघर गएका थियौं। भोलिपल्टको ठूलो एकादशीको मेला हेर्न जाने भनेर हामी त्यहाँ पुगेका थियौं। उस्को मामाघरबाट एक घण्टाको बाटोमा मेला लाग्थ्यो। अरुलाई नभनेपनि, ऊ खासमा त्यहाँ एउटा केटो भेट्न भनेर आएकी थिई र मलाई साथी ल्याएकी थिई। दुई महिना पहिला गाऊँको एउटा बिहेमा जन्त आएको केटो थियो त्यो।

मेलामा त्यो केटोसंगै तिमीपनि आएका थियौ। त्यो केटो मायाजस्तै बढी बोल्ने रहेछ, तिमीभने एकदम गम्भिर अनुहार बनाएर त्यो केटोभन्दा अलिक पछाडिनै उभिएका थियौ। एकछिनपछि हामी दुबैलाई त्यहीँ छोडेर माया र त्यो केटो अलि पर गएर कुरा गर्न थाले। हामी दुईमात्रै हुँदा मलाई पनि अलि-अलि अप्ठेरो लागेको थियो तर तिमीलाई त असाध्यैनै भएको थाहा पाएकी थिएँ मैले। तिमी मभन्दा पनि लजालु रहेछौ! म तिमीलाई हेरिरहेथें, तिमीभने भुईँतिर हेरेर बसिरहेका थियौ, तिम्रो अनुहार-कान रातो हुँदै आएको थियो। एकछिन त्यत्तिकै उभ्भिएपछि म आफैं तिमीसंग बोल्न र कुराकानी शुरु गर्न आँटेकी थिएँ, माया र त्यो केटो फर्किए।

“तिम्रो साथी त कस्तो बोल्दै-नबोल्नी हो! केटीजस्तो—-!” एकछिन पछि मायाले तिमीतिर हेर्दै भनी।
“मेरा भान्दाई हुन्। सोझा छन्। अहिलेसम्म केटी छो’का छैनन् यिनले—“ त्यो केटो तिमीलाई जिस्काऊँदै बोल्यो र हाँस्न थाल्यो।
“यो चाहिँ बिन्दे, यस्लाई पनि अहिलेसम्म कसैले सुता’ छैन।” माया छिल्लिई। उनीहरु दुईजना हाँस्न थाले। मायाको यस्ता कुराको बानी लागिसकेको थियो मलाई। तिम्रो अनुहार-कान झन-झन् रातो हुँदै थियो।
“घर कहाँ हो नि भान्दाइको? तिम्रो नजिकै हो?” मायाले सोधी।
“होईन, यिनको घर देऊभञ्ज्याङ्ग हो।“
“देऊभञ्ज्याङ्ग भन्या’ कता हो नि?” मैले त्यो केटोसंग सोधें।
“धेरै टाढा छैन। तल रोडबाट गाडीमा एक घण्टा जति लाग्ला। देऊभञ्ज्याङ्ग बजारमा झरेर यामबहादुरको पसल कुन हो भनेर सोधे जल्ले’पनि देखाईदिन्छ।” तिम्रो साथीले जवाफ दियो। तिमीभने अझै चूपचाप थियौ।

“तँ त्योसंग हिँड्नै आँटिस् कि क्या हो–?” छुट्टिएर हामी मायाको मामाघरतिर लागेपछि मैले सोधें।
“अँ—-!” मायाले सजिलै जवाफ दिई।
“अरुलाई नि थाहा छ? तेरो घरमा–?”
“कसैलाई नि थाहा छैन। ‘पोईल जान्छु!’भनेर घरमा भन्दै हिँड्छ कोई?” माया हाँस्न थाली।
“कहिले नि—?”
“अब १५-२० दिनमा। जानु अगाडि तँलाई भनिहाल्छु नि।“

मायाले १५-२० दिन पनि कुरिन, एक हप्तामै हिँडी। म त्यो दिन अलिक टाढा कतै पुगेकी थिएँ। उसले धेरै बेर मलाई खोजेकी थिई रे।

पछि तिमीले भनेपछि थाहा भयो त्यो केटो तिम्रो नातेदार पनि होईन रहेछ। तिम्रो बाको पसलमा सामान ल्याईदिने साहुको गाडीको खलासी रहेछ ऊ। ती दुबैसंग हाम्रो भेट भएन त्यसपछि।

माया हिँडेपछि मलाई गाऊँमा बस्न झन गाह्रो हुनथाल्यो। माया नभएपछि मायाको घरको बाटो बन्द भयो मेरा लागि, उसका बाऊ-आमा त मसंग बोल्नै पनि छोडे। पहिला मसंग राम्रै ब्यबहार गर्ने मान्छेहरुको पनि मप्रतिको दृष्टि नराम्रो हुँदै गएको थियो अब। ‘एउटी गई, अब अर्की पनि जान्छे!’ भनेर गाऊँमा हल्ला हुन थाल्यो। माया नभएपछि बल्ल मलाई आफ्नो जवानी र त्यसमा तीरझैं गाडिन आउने आँखाहरुको अनुभूति हुन थालेको थियो। मसंग छेडखान गर्नेहरु अचम्मसंग बढ्न थालेका थिए। मलाई अब आफू असुरक्षित भएजस्तो लाग्न थाल्यो। माया साथमा हुञ्जेल जवानी ताकेर आउने तीरहरु ऊतिरै सोझिन्थे र म जोगिएकी थिएँ शायद।

कहिल्यै फर्किन नपरे हुन्थ्यो जस्तो लाग्ने घर मेरो बाध्यता बन्यो फेरि। यो बाध्यताबाट उम्किने बाटो खोज्न थालें म। तर कुनै कुनै बाटो देखिएको थिएन। यता गएपनि असुरक्षा र उता गएपनि असुरक्षा थियो मेरा लागि।

मेलामा तिमीलाई देखेदेखिनै मेरो मनमा तिम्रो लागि एउटा ठाऊँ बनिसकेछ। म आफैंलाई पनि पत्यार लागेन कति समयसम्म त! हरदम मेरो स्मृतिमा तिम्रा ती निर्दोष आँखाहरु चम्किरहन्थे ।

मैले तिम्रा ती निर्दोष आँखाहरुलाईनै आफ्नो बाटो र लक्ष्य बनाउने निधो गरें।

र एकदिन म एउटा ट्रक चढेर हिँडे।

देऊभञ्ज्याङ्ग बजार पुगेर म ट्रकबाट झर्दा दिऊँसोको तीन जति भएको थियो। सानो बजार थियो त्यो, दश-बाह्र पसलहरु हुँदा हुन्। ‘यामबहादुरको पसल कुन हो?’ भनेर सोधखोज गर्दा तिमी बजार छोडेर गाऊँमै फर्केको जवाफ पाएँ मैले। त्यहाँबाट बीस-पच्चीस मिनेटको उकालो बाटो रहेछ। एक्लै जाने मेसो नपाएर म एकछिन त्यतै अल्मलिएँ। तिम्रो र मेरो नाता सोध्ने एक-दुईजनालाई ‘म यामबहादुरकी मामाकी छोरी’भनेर ढाँटिदिएँ मैले।

पछि जजमानी गरेर फर्किएका एकजना बूढा बाजेको साथ लागेर म तिम्रो घर पुगें। ती बाजेलाई पनि पहिला मैले म तिम्री मामाकी छोरी भनेर ढाँटेकी थिएँ तर तिनले पत्याएनन्। म तिमीसंगै ‘पोईल’ आएकी हुँ भन्ने तिनले भेऊ पाईसकेका थिए कुराकानीबाट। तिनलाई हामी दुईको राम्रो चिनजान र लामो हिमचिम भएजस्तो लागेको रहेछ। ‘यामे मान्छे हेर्दा सोझो देखिन्छ तर बज्जे कम्ताको चाहिँ होईन रहेछ!’ भनेर हाँस्दै थिए। मैले पनि मौन हाँसेर सहमति जनाईदिएँ, त्यहि नै सुरक्षित लागेर।

“ए यामे, ल हेर्, तेरी दुलही आ’की छे!” तिम्रो आँगनमा पुगेपछि ती बाजे कराए। घरको ढोका खुलै थियो, तर तिमी निक्लिएनौ।
“दैलो खुल्लै छ। एकछिनमा आऊँछ होला। मेरो घर अलिक टाढा छ। साँझको बाटो—“ भनेर बाजे हिँडे।

एकछिन पछि तिमी आयौ।

र तिमी मलाई हेरेको हे-यै भयौ। अनि म पनि तिमीलाई हेरेको हे-यै भएँ। हामी धरै बेर नजानिँदो, मन्द मुस्कान साटिरह्यौँ।

“—अँध्यारो भयो—-“, धेरै बेरपछि तिमी लाज मानी-मानी बिस्तारै बोल्यौ। हामी भित्र पस्यौं, तिमीले टुकी बाल्यौ।

र मेरो जीवनमा उज्यालो छायो।

त्यसपछिको कथा, मेरो जीवन उज्यालिएपछिको कथा, तिमीसंगको मेरो प्रेमकथा, हाम्रो जीवनकथा; खुल्ला पुस्तकझैं देखेको छ यो दुनियाँले।

‘यामेले स्वास्नी ल्यायो रे!’ भन्दै मलाई हेर्न आउनेहरुको भिड र गाऊँमा हुने हामी बारेका सत्य-असत्य अनेक कुराहरु पातलिन थाल्दा बल्ल तिमी राम्ररी बोल्न र खुल्न थालेका थियौ। पाँच वर्ष पहिले तिम्री आमा बितिछन्। अनि एक वर्ष पहिले तिम्रा बा बितेछन्। बा बितेपछि पनि बजारको त्यो सानो चिया पसल चलाएछौ तिमीले केहि समय, तर पछि बजारमा बस्न मन नलागेर पसल बेचेछौ। बजार जँड्याहाहरुको अखाडा भएको तिमीलाई मन नपरेको कुरा गरीरहन्थ्यौ तिमी। पछि हामीले गाऊँमै सानो चिया पसल चलायौं।

म, भएर पनि हुन नसकेको मेरो माइतीतिर कहिल्यै फर्किईँन।

अझै पनि कहिलेकाहीँ लाग्छ; ‘त्यो बेला तिमी नभेटिएको भए!—-’ अथवा ‘त्यो केटाले देऊभञ्ज्याङ्ग यस्सै भन्दिएको भए र तिम्रो घर अन्तै भैदिएको भए—-!’ अथवा “तिमीले मलाई नस्विकारेको भए!—-‘ अथवा ‘—-!’। म एकपछि अर्को सैयौं डरलाग्दा सपना देखेझैं झस्किन्छु, आङ्ग जिरिङ्ग हुन्छ।

चारवटा छोराछोरी हुर्काऊँदा ३० वर्ष बितेको पत्तै भएन। अब त छोराछोरी सबैको घर बसिसक्यो, कोहि संगै छन्, कोहि अलिक पर पुगेका छन्। काखमा नाती-नातीनाहरु पनि खेल्न थालिसके। अरुले हेर्दा जिन्दगीमा सबैथोक छ।

तर तिमी छैनौ।

तिमी मलाई छोडेर यति चाँडै किन गयौ???

तिमीमा कुनै रोग थिएन। पचास-एकाउन्नको उमेरमा पनि तिम्रो फूर्ति देखेर मान्छे छक्क पर्थे। त्यो दिन पनि दिऊँसो तिमी र म तरकारी बारीमा काम गर्दै थियौं। तिमीले मुटु दुख्यो भन्यौ र गएर पिँढीको गुन्द्रीमा सुत्यौ। म पनि पछि-पछि गएँ र तिमीलाई दिन भनेर भित्रबाट एक गिलास पानी लिएर आएँ।

म पानी लिएर आईपुग्दा तिमी छटपटाउन थालिसकेका थियौ। मैले तिम्रो टाउको उठाएर मेरो काखमा राखें। के गरौं, कसलाई बोलाऊँ भनेर म आत्तिदैं थिएँ, तिम्रो मुखबाट फिँज आयो अलिकति। त्यसपछि तिमीले एकपटक मलाई हे-यौ र मलाई छाडेर गयौ!

यसरी हाम्रो प्रेमकथामा म एक्लै भएँ! र म जिन्दगीमा फेरि एक्लै भएँ!

कहिलेकाहीँ दु:ख लाग्छ मैले तिम्रो काखमा मर्ने सौभाग्य पाईँन। फेरि कहिले अलिक सन्तोष पनि लाग्छ, तिम्रो अन्तिम घडीमा तिमीलाई मैले मेरो काख दिन पाएँ।

म काँतर होईन र यो मेरो आत्महत्या पनि होईन, शायद मेरो चाहनाको बलले खिँचिएर मृत्यु मेरो नजिकै आईपुगेको हो। छोरा-बुहारीबाट अपहेलित पनि छैन म। नाती-नातीना खेलाएर अर्को पन्ध्र-बीस वर्ष सजिलै काट्न सकिन्थ्यो होला, तर तिमी गएपछि किन-किन यस्सै बाँच्ने मन मर्दै आएको छ। मलाई तिमीविना एक्लै बस्न मन छैन। मेरो अस्तित्वको ठूलो अंश तिमीसंगै गईसकेको छ र बाँकीलाई पनि म तिमीमै मिलाउन चाहन्छु।

मलाई बिस्तारै निद्राले छोप्दैछ। मलाई थाहा छ, भोलि बिहान म यो संसारमा ब्युँझने छैन।

मान्छेहरु जम्मा हुनेछन् र भन्नेछन्, “बिचरी! उमेरै नभई गई!”, त्यसरीनै जसरी तिमी जाँदा “बिचरो! उमरै नभई गयो!” भनेका थिए। उनीहरु “तीन महिना पहिला लोग्ने बितेको तोडले ओईलाऊँदै गएकी थिई बिचरी!” पनि भन्लान्। हाम्रो प्रेमकथाको चर्चा होला फेरि एक पटक र केहि समयपछि धेरैले हामीलाई बिर्सेलान्। कसैले बिर्सेलान्, कसैले सम्झेलान् तर हाम्रो प्रेमकथा, तिम्रा-मेरा सुस्केराहरु, तिम्रा-मेरा हाँसोहरु अनन्तसम्म यो धर्तीको कुनै कुनामा गुञ्जिरहेनछन्।

म तिमीलाई देखिरहेछु प्रियतम! तिमी आहिलेपनि एक्लै एउटा घरमा मलाई कुरेर बसिरहेछौ। म आउनेछु र हामी फेरि मुखामुख गरेर मन्द-मन्द मुस्काउँनेछौं। अनि हामी घरभित्र पस्नेछौं र तिमीले टुकी बाल्नेछौ।

र मेरो जीवन फेरि उज्यालो हुनेछ।

कथा – सौता

प्रेम, सम्बन्ध वा भावीको लेखान्त केलाई मान्नुपर्ने हो मान्छेले ? के प्रेम र सम्बन्ध एकै तत्व हुन् ? एउटा मान्छेले एकै समयमा दुईजनालाई प्रेम गर्नु सम्भव छ ? कि प्रेम शब्द नै भ्रमको अर्को नाम हो ? बारम्बार प्रश्नले गिजोल्न लागेको थियो । परिस्थिति कल्पनाभन्दा बाहिर हुनुले पाँचसात रेक्टरका भुइँचालाहरू गइरहन्थे मन भित्रभित्रै । यी र यस्तै प्रश्नहरूलाई पछ्याउँदै त्यो सुदूर गाउँसम्म पुगेको थिएँ म ।

‘कमला खै त ?’ आमाको गोडामा घोप्टिँदै यताउता हेर्‍यो प्रमेशले ।

उत्तर आउनु अगावै छिनछिन चुरा बजाउदैं एक लज्जावती युवती हाजिर भई । प्रेम भरिएका प्रफुल्ल आँखाहरू प्रमेशतिर फाल्दै मतिर इसारा गरी उसले, ‘सगुन हैन ?’

‘हजुर !’ मेरा हात पनि जुम्ल्याहा भए ।

यस्तैमा हामी पिँढीको फलैंचामा पुगिसकेका थियौं।

‘लामो यात्राबाट आउनुभएको थाक्नुभएको होला ?’ मृदु मुस्कानकासाथ भित्र पसी ऊ । थाकेको त छँदै थिएँ । मन पनि वशमा थिएन । कस्तो-कस्तो लागिरहेको थियो । त्यो कस्तो-कस्तो के थियो मलाई नै थाहा थिएन । केही बेरमा लटक्क जमेको दही र अरू खानेकुरा लिएर सामुन्नेमा उभिई ऊ । नियास्रोले चाउरिएका अनुहार उज्यालो पार्दै हाम्रै अगाडि बसिरहनुभएको थियो आमा । टुसुक्क बसी ऊ पनि । मलाई झन् अप्ठ्यारो लागेर आयो । बोल्न लाग्दा शब्दहरू घाँटीमा आएर सुर्कने परेजस्तो भयो । लत्रिएको अनुहार देखेरै होला, बरण्डाको बिछ्यौना देखाउँदै आरामको लागि आग्रह गरी उसले ।

सामुन्नेको घना जंगलयुक्त पहाड, परबाट चिहाउँदै लुक्दै गरेजस्तो सेतो हिमाल, धन्सारसहितका टिनले छाएका घरहरू ….. । पवनको मन्दमन्द स्पर्शमा रम्दै बार्दलीको खाटबाट नियालेँ मैले । पश्चिममा पुगेका राता किरणहरू साँझ पर्न लागेको संकेत दिंदै थिए । वातावरण मोहक थियो तथापि मन शान्त हुन सकिरहेको थिएन । कताकता डराएकी थिएँ म ।

समय कटाउन कै लागि डायरीको पानामा रुमल्लिदै थिएँ । ‘सगुन जी ! खाना खान जाऔं’ झ्याउँकिरीको झ्याउँझ्याउँमा आफ्नो मसिनो स्वर मिसाउँदै छेवैमा आइपुगी ऊ । जूनको उज्यालोमा उसको छायाँ बार्दलीबाट आँगनसम्मै तन्किएको थियो । लामो सलक्क परेको कपाल, बुट्टेदार फरिया, टपक्क मिलेको चोली, मिलेको शरीर …. छायाँचित्र मै गाडिएछु ।

‘सञ्चो भएन कि ?’ दोस्रो पटकको झकझकाइमा आँखा ठोक्किए । कानमा झुम्का, हातभरि चुरा, गलामा लामो पोते, लाम्चो नाकमा टलक्क टल्केको फुली, भरी सिउँदो, सहृदयी अनुहार …. फेरि दौडिएँ उसैमा । त्यस्तै सत्ताइस अठ्ठाइसको उमेर हुँदो हो ।

‘धाँजा फाटेका पैताला, जिङ्रिङ्ग कैलो कपाल, टाटैटाटा भएको मैलो लुँगी, सुकेनास लागेको जस्तो जीउ’ कता मैले अस्पष्ट कल्पना गरेकी आइमाई कता यो ? आफ्नो कल्पना गलत सावित भएकोमा रिस उठ्यो मलाई ।

‘प्रमेशले खायो त ?’ कुरा छल्दै बोलेँ ।

‘भान्छामै हुनुहन्छ, सबैजना सँगै खाने भनेर नि ।’ मेरो हात च्याप्प समाउँदै हिडीं ऊ, आज्ञाकारी बालक झैं लुरुलुरु पछि लाग्नु मेरो नियती थियो ।

पिर्का तानेर मलाई दिंदै खाना पस्कन लागी ऊ । प्रमेश चुपचाप कुनामा बसेको थियो । आमा घिउको चम्चा घुमाउँदै हुनुहन्थ्यो । पालैपालो तीन प्राणीलाई हेर्दै थाल समाएँ मैले ।

‘घरमा को-को हुनुहुन्छ नि नानी ?’ प्रश्न आमाको थियो ।

‘बाबाआमा, भाइ, बैनी र म …..पाँच जना ।’

‘भनेपछि बाटो खुलाउने जिम्मा त नानीकै रहेछ नि, हैन?’

‘भन्नाले ?’ अकमक्क परेँ म । मुखसम्म पुगेको गाँस थालमै फर्कायो प्रमेशले ।

‘बिहे गरेर भाइबहिनीलाई पालो दिने बेला भएछ भन्नुभएको के आमाले ।’ प्रस्ट पारिदिई उसैले ।

के बोलुँ के बोलुँ भएर फिस्स हाँसें म ।

…………………………………………………..

‘अँ ! भोलि कुरा गरौला नि है ?’ केही बेरको मौनतापछि अत्तासिंदै बिछ्यौनामा पुगेँ ।

हुन त आमाको प्रश्न असाधारण थिएन तर मसँग भन्ने कुरा पनि थिएन । सहारा खोजे झैं सिरकभित्र गुट्मुटिएँ । अझ भन्दा आफूलाई त्यसभित्र अटाउन खोजें, बाँध्न खोजेँ । तर जति बाँधिदै जान्थेँ, थिचिदैं जान्थेँ मनको बाँध उत्ति फुक्दै जान्थ्यो ।

न गाउँकी, न त शहरकी केटी ‘म’ । गाउँलेको आँखामा शहरिया र शहरियाको आँखामा गाउँले भएरै मेरा किशोरवय र यौवनका प्र्रारम्भ आए, फक्रिए । मैले जानेको यति नै थियो कि, मेरा बाबुआमा संसारकै सबैभन्दा राम्रा बाबुआमा हुन् । म जान्दिनथें, कुन पीडाले वा कुन प्राप्तिले उहाँहरूलाई गाउँबाट शहरसम्म डोहोर्‍यायो ? हुन पनि उहाँहरूले हामीलाई कहिल्यै आफ्ना पीडाका कहानी सुनाएर अत्याउनु भएन । अभाव भोगेरै पनि हामीलाई त्यसको आभास हुन दिनुभएन । मात्र असीम स्नेह र उत्प्रेरणा बर्साइरहनुभयो । लाग्थ्यो, जीवन सुन्दर फूल रहेछ ।

कलेजका दिन सकिएपछि रोजगारीको खोजी यात्रा सुरु गरंे मैले । अखबारका पानादेखि गल्लीका भर्‍याङहरूसम्मको त्यो पट्यारलाग्दो यात्रापछि मलाई लाग्यो, कामको हैन नैतिकता र गुणस्तरको अभावले खिसि्रक्क परेको ठाउँ रहेछ ‘शहर’ । अनि अचेतन मस्तिक र राजनैतिक ऐंजेरुले ग्रस्त बस्तीको नाम ‘गाउँ’ ।

प्रगतिपथमा हिंडिरहेका साथीभाइ, बूढा हुँदै गएका बाबुआमा, हलक्क बढेर आफूभन्दा ठूला देखिएका भाइबैनी र बेइलमी आफू । के गर्ने र कसो गर्नेको दोधार, तीनधार, चौधारमै जीवनका उर्वर दिन, हप्ता, महिना र वर्षहरू चिप्लँदै थिए । आफू र आफ्नालाई पालैपालो हेर्दै गर्दा जीवनको पच्चिस वर्ष उड्न लागेको यथार्थले उठाउँदै प्रवास पुर्‍याए थ्यो मलाई ।

लन्डन, सपनाको नगरी । स्वप्निल तरङ्गमा पुगेँ म । तर सम्भ्रान्त शहरमा पुग्दैमा समस्याहरू छुमन्तर किन हुन्थे र ? त्यो बिरानो मुलुकमा कति दिन, के खाएर, के गरेर अडिने ? अडिए नै पनि आफू उड्दा-नउड्दै बैंकको नाममा उडिसकेको त्यो हाम्रो सानो घर कसरी निखन्ने ? फनफनी रिङ्ग्याउने समस्या छँदै थिए । कामको खोजीमा अन्जान सडकका पेटी र पार्कका कुनाकुना चहार्नु नयाँ ठाउँको नयाँ दैनिकी बन्यो ।

समय घर्किसकेको एक उदास साँझ उस्तै उदास पाइलाहरू घिसारिरहेको बेला हिँडाइको सार मिलाउँदै थपिए थप दुई पैतला । त्यो थियो, तीन वर्षदेखी उतै बस्दै आएको नेपाली युवक ।

‘केही कुराको जरुरत परे मलाई भन्नुहोस् है ?’ घरधन्दाका सारा काम सकेर अतिथि धर्म निभाउन आएकी हुँदी हो ऊ, म र्झलप्पै वर्तमानमा झरँे । तर किनकिन बोल्न मनै लागेन, निदाए झैं गरेर टारिदिएँ । उसका पाइलाहरू बडो उमङ्गका साथ पल्लो कोठातिर लम्के । मलाई भने त्यसैत्यसै झर्को लागेजस्तो मात्र लागिरह्यो ।

अकारण ऊ मलाई मन परिरहेकी थिइन । मन अमिलो भइरहेको थियो । ऊ पसेको कोठा प्रमेशको कोठा । आँखामा निद्रा आउने छाँटकाँट नै भएन बरु चुरीका आवाजमा मिसिएर साउतीका स्वरहरू आइरहे ।

‘पाँच वर्षपछि भेटिएका लोग्नेस्वास्नी कुराको पोको फुकाउँदै हुँदा हुन् ।’ आफ्नै अन्दाज पनि बडो नमिठो लागेर आयो । बेलाबेलामा उछिट्टएिर आइपुग्ने गुनगुन त्यो जोडीकै हो भन्ने पनि पत्याउन मन लागेन । थकित भएर कोल्टे फेर्दै गर्दा अस्ति भर्खरैका दिनहरू सिनेमाका पर्दामा झैं फुत्तफुत्त देखिन लागे ।

त्यो अन्तिम रात लन्डन बसाइको । क्विन म्यारी युनिर्भसिटीभन्दा केही भित्र तर माइल इन रोडकै लाइनमा बस्थे म । केही नजिकका साथीहरूसहित रमाउँदै थियौं हामी । चिसो मौसम, मिठो अनुभूति । पूर्वी तटबाट लहरिंदै आउने हावाको झोक्काले कपाल फिरफिर पारिरहेको थियो । अर्धगोलाकार चन्द्रमा मुसुक्क मुस्कुराइरहेको थियो । हुन त, बारम्बार देखेकी थिएँ मैले जूनलाई, अनि बढ्दै गएर भेटिएको पूर्णतालाई पनि । फेरि पनि त्यो रात खास थियो ।

‘सगुन ! चिया,’ म फेरि खग्रङ्ग भएँ । समय एकै हुँदो हो, दुई बिहानका । आफ्नो आशा र विश्वासको अन्त्य भएको कालो प्रभातको यादले झस्किनै लागेथें, भित्ते घडीको टिङटिङ आवाजले सचेत गरायो । तृप्तिका पाइला उचाल्दै पधेँरा हिंडिसकेकी थिई ऊ ।

‘पख्नुस् न’ म पनि पछि लागें । मिर्मिरे नै भए पनि धारो खाली थिएन ।

‘ओहो ! आज पनि पानी लिन आयौ ?’

‘यत्ति सखारै अँगालो खुकुलो पारिदियो प्रमेशले ?’ दौंतरीहरूको छेडछाडमा परी ऊ ।

‘उहाँको साथी सगुन’ मलाई देखाउँदै उम्किने जुक्ति लगाई उसले । मलाई भने उसको त्यो रातिएको गाला मनै परेन ।

एकातिर मलाई उसको अगाडि उभिन पनि असहज, असुरक्षित महसुस हुन्थ्यो । अर्कोतिर उसको मप्रतिको व्यवहार भने दिनानुदिन आत्मिय हुँदै थियो । खाना खाएपछि बाख्राका बथान अगाडि लगाएर गोठालो हिंड्थी ऊ । दिन ढल्दै लाग्दा फर्केर घरका सबै काम निम्ट्याउँथी । घरैमा धुम्धुम्ती बसिरहँदा जंगली भइने हो कि भन्ने डर । मनै नपरेर पनि धारा-पधेँरा, घाँसदाउरा र गोठालोमा उसको पछि लाग्नु मेरो बाध्यता थियो ।

यस बीचमा उसले सुनाउन भ्याएकी थिई, उनीहरूको मागी विवाह भएको थियो । ऊ आइए पढ्दै थिई । शहरबाट बीए पढेर फर्केको प्रमेश नजिकैको स्कुलमा पढाउँथ्यो । बिहेपछि थप अध्ययनको लागि दुवै शहर जाने कुरा पनि भएको थियो तर आमालाई एक्लै छाड्न मन भएन । अनि सहमति भयो, एकजनाले घरव्यवहार चलाउने, अर्कोले पढ्ने । प्रमेशले उसैलाई पढाउन चाहेको थियो तर उसले पनि जिद्दी छाडिन । अतः गाउँ होइन, देशै छाड्यो प्रमेशले ।

ऊ सुनाउँथी, सुनाइरहन्थी पतिपत्नीबीचका प्रेमिल किस्साहरू । भन्थी, ‘प्रेम भनेको यस्तो तत्व हो जसमा केही नभएर पनि धेरै कुरा भइरहेका हुन्छन् । यसलाई साथ मात्रले पूर्णता दिंदैन । सम्मान/समर्पण चाहिन्छ ।’

‘तपाईं सधैं घरधन्दामा, प्रमेश बाहिर । तपाइर्ंहरूबीच प्रेम ?’ आशंका पोख्थें म, आफ्नै मनको शान्तिका लागि ।

हार्दिकतावश बोल्थी ऊ ‘त्यही त फरक छ प्रेम भएजस्तो हुनु र हुनुमा । कर्तव्य र जिम्मेवारीले त एकअर्काको अझ नजिक ल्याउँछ नि दुई प्रेमी मनलाई । त्यो मेरो हो र जे गरिरहेछ मेरै लागि गरिरहेछ भन्ने भावना नै यथेष्ट हुन्छ एक अर्कामा जोडिइराख्नलाई ।’

उसको कुरा नै डाहालाग्दो हुन्थ्यो । भित्रभित्रै कुँडिएर कुनै अर्को प्रसङ्ग खोज्थें म ।

सालका सुकेका पातहरू सोतरको लागि थुन्चेमा भर्दै एकदिन सुनाएकी थिई उसले, ‘हररात सपनामा एकअर्कासँग भेट्ने वाचा गर्थे रे उनीहरू । कुरा हुन नसके पनि घन्टौं मिलकसको दोहोरी चलाउँथे रे ।’

साह्रै सादा सफा दिल भएकी केटी थिई ऊ । फरासिली र जाँगरिली पनि त्यस्तै । आमाको साह्रै नजिक थिई । पति-पत्नीबीच त्यति बोलचाल भएको नदेखिए तापनि गहिरो प्रेम थियो कि ? गमक्क थिई ऊ । उसका यी असल पक्षहरू मेरा लागि भने दुःखका कारण बनिरहेका थिए । इष्र्यालु बन्दै गइरहेथंे म ।

म पुगेको हप्ता दिनपछि हुनुपर्छ, भिन्न हावा चलेको थियो गाउँमा । त्यसको प्रभाव घरसम्मै आइपुगेछ, सबैका मुख कुच्चिएका थिए । यो हुण्डरी बोकेर आएकी थिई ‘श्यामेको कान्छी पत्नी, जो आमा भन्न सुहाउँदी थिई ।’

प्रमेश दिनभर कहाँ थियो मलाई थाहा भएन, बेलुकी लुरुक्क परेर भान्छामा छिर्‍यो । खाना पस्कँदै गर्दा प्रसङ्ग फेरि बिउँझियो ।

‘मान्छेको फेला नपरेका चण्डालहरू,’ ऊ क्रुद्ध थिई ।

‘प्रेम गर्छु भनेर कहाँ हुन्छ र ?’ सानो स्वरमा आफ्नो कुरा राखें मैले ।

‘प्रेमको अर्थ जानेकी छौ सगुन ?… प्रेमले त मनसँग मन जोड्छ, अर्काको छँदाखाँदाको घरसंसार उजाड्ने पनि कहीं प्रेम हुन्छ ?’ आक्रोश थियो उसको आवाजमा ।

‘आफ्नै सौता आए झैं पो गर्नुभो तपाईंले ….?’ भन्न नहुने कुरा अनायसै फुस्कियो ।

‘के अनाफ-सनाफ बोलेकी ?’ लौ ! आमा पो जाइलाग्नुभयो, ‘प्रेम र कर्तव्यको मर्यादा राख्न नसक्ने मान्छे के मान्छे ?’

‘अरूको दिल दुखाउनेहरू कहिल्यै खुसी हुन सक्दैनन् सगुन’, आँखाहरू दलिनतिर टाँस्दै कुरामा कुरा थपी उसले ।

‘मेरो मतलब त्यो थिएन, मैले त केटीलाई थाहा नभएको पनि हुन सक्छ भन्न खोजेकी,’ डराउँदै-डराउँदै त्यो अन्जान आइमाईको पक्ष लिएँ मैले ।

‘त्यो त थाहा पाइ-पाइ आएकी रे, कुवेतमा सँगै काम गर्थी रे । कम्तीमा पनि आफ्नो उमेरको त ख्याल गर्नुपर्ने नि,’ आमा फेरि राँकिनुभयो ।

‘कुरा जे भए पनि अब एक गल्तीको सजाय जिन्दगीभरि चुकाउनुपर्छ त्यसले, महाअभागी त्यो झन्’ उसका ओठहरू काँपिरहेकै थिए ।

मलाई भने ऊदेखि पो रिस उठिरहेको थियो । त्यो रिस थियो वा अपराधबोध म जान्दिन । प्रमेश ढुङ्गा झैं प्रतिक्रियाविहीन ।

तिक्ततामै भान्छा उठ्यो । मलाई एकदम नरमाइलो लागिरहेको थियो । ती सबै गाली मैमाथि बर्सिएको अनुभूति हुँदै थियो । पराइघरमा खानु परेको वचनले तरल भएकी थिएँ म ।

‘रिसायौ कि ?’ आवाज उसैको थियो । ‘यो पुरुषप्रधान समाज हो सगुन, जसले जे भने पनि बदनाम हुने र यातना भोग्ने त केटीले नै हो’ मेरो जवाफ नै नपर्खी थपी उसले ।

‘मेरी साथीले त्यस्तै एक हर्कत मात्र गरेकी भए,…. ‘ल जे भयो भयो, मिलेर बसौं’ भनेर त्यसलाई माफी दिइन्थ्यो, कदापि दिइन्नथ्यो ।’

म बोल्न नसक्ने भएकी थिएँ ।

भिजेका परेला पुछ्दै गडेर हेरी उसले । ‘तिमी नै भन न, जुन घरमा जुन मान्छेको नामको सिन्दुर पहिरिएर, वर्षौदेखि उसैको घर, बाबुआमा, बालबच्चा स्याहारेर, सम्हालेर बसेकी, सबैले रोजेर, खोजेर ल्याइएकी पत्नीको त यो हाल भयो भने त्यो नयाँ आइमाईको के होला ? त्यसको त न माइती आफ्ना रहलान् न घर ? …….. भगवान्ले त्यसो नगरून् ।’

रोकिइ-रोकिइ बोलिरहेकै थिई ऊ । अनुहारका नशा फुलेजस्ता देखिन्थे ।

‘मसँग नरिसाऊ बिन्ती । म मेरी संगिनीको पीडाले फतक्क गलेको छु’ एक निःश्वास फ्याँक्दै बिस्तारै उठी ऊ ।

त्यो हिडाइमा अर्कै के थियो, ऊ गएको हेरिरहन मन लाग्यो मलाई । साँच्चै उसका शब्द-शब्द मार्मिक सत्य बोकेर ओर्लिएका थिए । विदेशी भूमिमा एकसाथ रहँदाबस्दा एकअर्काप्रति जन्मिएको लगावलाई प्रेम मानेर, कत्रो गल्ती गर्न लागेकी रहेछु मैले ? नेपाल र्फकने दिन, इन्गेजमेन्टको भोलिपल्टको बिहान नेपथ्यको पर्दाबाट छुसुक्क चिहाएको हुनेवाला जीवनसाथीको विवाहित छबि अनि आफूले आवेगमा रोज्न लागेको कालो बाटो रातभरि कोपर्न आइरहे । त्यो भन्दा बढी मैले कहिल्यै मन पराउन नसकेकी एक गाउँले युवतीमा निहित आत्मसम्मानको चेतले लज्जित भइरहें म ।

मैले गरें भनेको प्रेम ‘फगत आकर्षण’ प्रमाणित गरिदिइसकेको थियो, सुरुको रातदेखि नै छेउको कोठाबाट छुस्सछुस्स छुन आइपुग्ने विनोदी गफले । प्रमेशको हराएको बोलीले । र उसको सबन्धप्रतिको सम्मान र निष्ठताले ।

अर्को बिहान, ऊ पधेँराबाट र्फकनुअघि नै आफ्नो औंलाको औंठी फुकालेर प्रमेशको हातमा राखिदिंदै आँगनबाट ओरालो झरें म । केही पर पुगेर हेर्दा आमासँगै बिदाइको हात हल्लाइरहेकी थिई ऊ । गलाको तिलहरी र सिउँदोको सिन्दुर कति राम्रो सुहाएको उसलाई, इष्र्या हैन अगाध श्रद्धा जागेर आयो ।

म एकदम हलुङ्गो भएकी थिएँ, मानौं उडिरहेको थिएँ । सायद ! त्यो उषाको पहिलो लाली मेरै नामको थियो

कथा- मितभाइ

म तिम्रो पर्खाइमा थिएँ । तिमी आउँछौ भन्ने मलाई थाहा थियो । कारण तिमी आउनुअघि यहाँ फोन गरेका थियौ । मैले पनि मेरा श्रीमान् आज रातिमा ड्युटी छन् भनेर तिमीलाई जानकारी दिएकी थिएँ । त्यसैले तिमी आयौ, सधैंझैँ निर्धक्क मेरा सँघार कुल्चिन । मैले आफ्नो सिप र सभ्यताले भ्याएसम्म तिमीलाई सत्कारेँ । समय त्यस्तै जुर्‍यो । उनको रात्रिड्युटी धेरै दिनपछि पर्‍यो । हामी उपयुक्त समयको खोजीमा थियौँ, त्यो चुकाएनौँ । त्यसैले यसपटक तिमी निक्कै लामो समयपछि मकहाँ आएका थियौँ । तिमी साह्रै भोकाएर आएका थियौ । तिम्रा आँखाहरु भोका सिंहका झैं बलेका थिए । ती आँखाले मलाई सङ्घारबाटै भेजाको मासुझैँ बोकिएर आएँ । मैले तिमीलाई बैठक कोठामा बसाएँ । तिमीले मलाई आफ्नो काखमा आसन दियौ र सडक बालकले दोकान्नीले प्लेटमा पस्किएको मःमलाई झैँ हेर्‍यौ ।

छोरो निदाएको छैन…… मैले असक्त र कामातुर तिम्रा आँखाको भाषा बुझेँ । छोरो मस्त निदाउन्जेल तिमीलाई अल्मल्याउन आतिथ्य सत्कारको बहानामा तिम्रो काखबाट मैले आफूलाई उठाएँ र भान्साकोठासम्म ल्याएँ । तिमीले मदेखि आफूलाई विच्छेद गर्न रुचाएनौ र तिम्रो काया मेरो नितम्बसँगै जोडिएर भान्सा कोठासम्म आयो र मैले अम्लेट पकाएको हेरिरह्यो । मेरा केशराशि तिम्रा कामातुर हातहरुसँग खेलिरहे ।

मैले अम्लेट प्लेटमा राखेँ । तिमीलाई पुनः बैठककोठामा ल्याएँ र बोतलको बिर्को खोलेँ । तिमीले मेरो…. को हुक खोल्यौ । मलाई थाहा थियो तिम्रा बद्मास र बेलगाम हातहरु के के गर्छन् ? र कहाँ कहाँ पुग्छन् । आखिर यो शरीरलाई तिमीले पनि भोग्दै आएका थियौ । तिम्रा सामु उदाङ्गनिुमा मलाई सङ्कोच र असजिलो लाग्नुपर्ने ठाउँ नै थिएन । हामी एकआपसमा पार्टपुर्जाका आकारप्रकार र प्राविधिक ज्ञानहरुमा पोख्त थियौँ । यी त सबै हाम्रै प्रयोजनका लागि हुन् । जो हामीद्वारा अनुकूल प्रयोग भएर पुनः प्रयोगका निम्ति यथास्थानमा राखिएका सरदामहरु हुन् । तिमी र ममा कुन सङ्कोचको पर्खाल भत्किन बाँकी थियो र ! तिमी जे चाहन्थ्यौ तिम्रो आतिथ्य सत्कारको निम्ति यो शरीर पूर्ण तयार थियो ।

छोरो मस्त निदायो ।

अब तिम्रो धैर्यको पहाड हल्लिन थाल्यो । तिमीले मलाई बैठककोठामा छोडायौ । तिमीलाई मैले खोस्ल्याएँ । भदौरे मकैले राम्रै घोगा हालेको रहेछ । नसोचे पनि कुनै कुनै विषयमा अङ्गहरुले स्वचालित यन्त्रझैं काम गर्दा रहेछन् । हठात् मेरा हातहरु पनि तिम्रा पिंडालुघारीमा पुगेछन् । हामी अग्निकुण्डमा होमिन आतुर थियौँ, आगो निभाउन वा आफैँ निभ्न, त्यसको हेक्का रहेन । कामातुर हामी कतिखेर बेडरुममा पुगेछौँ- पत्तो भएन । आगो निभाउनको अन्तिम झप्को बाँकी रहँदा पुनः ढोका ढक्ढकियो । ला ! उनी आएछन् । हामीले ढोका खोल्न बेर लगायौँ । ढोका खोल्दा उनी ड्युटीमा आफ्ना महत्वपूर्ण कागजात लैजान भुलेर लिन आएका रहेछन् ।

“किन रेडियो ठूलो बजाएको ?” उनी भित्र पस्दै बोल्दा पो होस ठेगाना फर्कियो । हामीले कतिखेर रेडियोको भोल्युम पनि बढाएका रहेछौँ । म कति डराएकी थिएँ र अस्तव्यस्त थिएँ । तर भाग्यले गर्दा उनले त्यतातिर ध्यान दिएनन् र म बचेँ । बैठककोठामा तिम्रो के हाल होला ? मलाई तिम्रो सुर्ताले खायो । तर तिमी पनि कति चाँडै सम्हालिएछौ । बैठककोठामा तिमीलाई देख्दा एकचोटि उनी स्तम्भित भए । अकस्मात् मेरो मस्तिष्कमा समस्या सुझ्यो र तुरुन्त “मेरो मीतभाइ” भनेर उनीसँग तिम्रो परिचय गराएँ । तिमीले पनि आफूलाई बचाउने विकल्पको त्यान्द्रा मौकैमा समात्यौ र हठात् उठ्यौ अनि भिनाज्यूलाई नमस्कार गर्‍यौ । बल्ल स्थिति स्वस्थ भयो । उनले तिमीसित भलाकुसारी गरे । दुवै औपचारिक संवादहरुमा केही क्षण रमाउने चेष्टा गर्‍यौ । तिमीलाई असजिलो त छँदै थियो, त्यसैले तिमीले आफूलाई कुसनबाट उठायौ र बिदा हुन चाह्यौ । उनी तिमीलाई बिदा गर्न ढोकासम्म आए । तिमी कुनै अपराधी भएर पनि कुनै अपि्रय घटनाबिना यहाँबाट सकुशल फर्कियौ ।

“यो ओछ्यानको किन यस्तो विजोग ?….. च्यादर कसले बिगार्‍यो ?” -उनी कराए । तिमीलाई बिदा गरेर आफ्ना कागजात खोज्न उनी कोठामा पसेछन् । बाफ्रे हामी झन्डै पक्राउ पर्‍यौँ । तिमी कति धेरै आँत भरिएर आएका रहेछौ । म पनि भरी घडाझैँ छचल्किएछु ।

“कुन्नि है ! छोरो खेल्दै थियो, उसैले विगार गर्‍यो होला…. ।” थाहा छ ? तिम्रो कारणले म उनीसँग सजिलै झुठो बोल्नसक्ने भएकी छु । थाहा छैन, उनीमाथि यसरी झुठको पर्दा लगाएर कहिलेसम्म हामी रासलीला जमाउन सक्छौँ ? कहिलेसम्म उनलाई धोका दिन सक्छौं ? धन्य, उनी आइमाईजस्तो शङ्कालु छैनन् । उनले पत्याई दिएर हामी बाँच्यौँ ।

तिमी यसरी आउनुमा तिम्रो मप्रति प्रेम भन्दाबढी स्वार्थ छ । शारीरिक भोक त तिमी मेट्छौ नै, मप्रतिको सहानुभूतिभन्दा बढी बदलाको भावनाले आउँछौ । तिमी अर्कै परिवारको अर्कै जातको मान्छे । कसैप्रति सम्बन्ध स्थापित गर्नुमा व्यापारिक स्वार्थभित्र नाफा र घाटाको हिसाव हुनु तिम्रो जातीय संस्कारभित्र पर्छ । म अर्को परिवार, अर्कै जातकी स्वास्नीमान्छे । जसले जातीय संस्कारमा विवेकको दैलो रक्सीको कठुवाको बिर्को र कुनै पनि महत्वपूर्ण निर्णय तोड्वाको घ्याम्पोबाट हुन्छ । यद्यपि तिमी मेरो जीवनको प्रथम र अन्तिम प्रेमी हौ । कलेज पढ्दाका कुखुरेबैंसमा हामीले कुनै प्रेम दार्शनिकका पागल दर्शन आफ्ना मस्तिष्कमा लादेका थियौँ- संसारमा मान्छेको जात केवल दुइटा मात्रै हुन्छ- स्त्री र पुरुष भनेर । तर रामबहादुरको परिचय प्रेमबहादुर हुँदैन र प्रेमबहादुरको अस्तित्व भीमबहादुर हुँदैन । वस्तुगत कुरो र व्यवहारिक ज्ञानमा अल्प र उमेरले अपरिपक्व हामीले वैसको भावावेगमा प्रेमलाई यसरी व्याख्या गरेका थियौँ । हामीले जन्मजन्मान्तर नछुट्टनिे प्रण गरेका थियौँ । एक अर्काविना बाँच्नु परे आत्महत्या गर्ने कसम खाएका थियौँ । तर अन्त्यमा त्यही भयो, जुन व्यवहारिक ज्ञानमा हामी अपरिपक्व थियौँ । माता-पिता, काका र माइती धुरा पसे र उनीहरुको तोङ्वाको घ्याम्पाको विर्कोबाट खुस्किएको निर्णयमा मेरो जिन्दगीको फैसला भयो । मैले एउटा अन्जान पल्टनेको पछि लागेर अन्जान भविष्यतिर डोरिनुपर्‍यो । म रोएँ, कराएँ, तिमीलाई नपाएरभन्दा बढी आत्महत्या गर्न नसकेर । तर अहिले लाग्छ आत्महत्या गरेकी भए तिमीलाई भेट्न पाउने थिइनँ र तिमीलाई सुखी र खुसी हेर्न चाहने मेरा इच्छा पनि त्यतिखेरै मरेर जाने थिए ।

बिहे भएर म पल्टनेपतिसँग सात गोर्खा रेजिमेन्टमा आएँ । पछाडि तिमी पल्टने भएछौ र दस गोर्खा रेजिमेन्टमा आएछौ । पल्टनहरु बेग्लाबेग्लै भए पनि ठाउँको दूरी बसमा आधा घन्टामात्रै हो । त्यसपछि तिमीले मेरो खोजी गर्‍यौं । पछि हाम्रो भेट भयो र पुनः हामी दोहोरियौँ । तर अहिले तिमी मकहाँ आउछौ, केवल शारीरिक भोक मेटाउन र बदलाको भावना पोख्न । यो देख्दा त्यतिखेर मैले आफ्नो हत्या गरिनँ र ठीक गरेँछु भन्ने लाग्दै छ । त्यतिखेर मैले आफूलाई मारेकी भए म मात्रै मर्ने थिएँ । कारण प्रेममा प्रायः नारीमात्रै पर्छन्- पुरुष मर्दैनन् । तिमीले मेरा बारेमा के सोच्छौ भन्ने मलाई थाहा छ । तिमी सोच्छौ, मैले पल्टने केटो पाएर तिमीलाई धोका दिएकी हुँ । तर त्यसो होइन । ममाथिका पर्खाल कति भयानक थिए ? त्यसको तिमीले अन्दाजै गर्न चाहेनौ, चाहँदैनौ । अब तिम्रो प्रेमदर्शनले प्रेमलाई पाउनु भन्छ । मेरो प्रेमदर्शनले गुमाउनु । तब हामी एक भएर पनि कसरी एकाकार हुन सक्छौं ?

प्रमोद तिमीले मलाई कहिल्यै चिन्न सकेनौँ । कोसिस पनि गरेनौ । तिमीलाई म न त दुःखी हेर्न सक्छु र सुखी नै राख्न सक्छु यसैको फाइदा तिमीले मसँग पटक-पटक उठायौ, उठाइरह्यौ । तिमीले राम्ररी जान्नुपर्छ म तिम्रो पे्रमिका थिएँ- पत्नी होइन । प्रेमिका हुँदैमा पत्नी हुनु र प्रेमी हुँदैमा पति हुनुपर्छ भन्ने छैन । तिमी पनि आफूलाई एउटा पति र पिताका रुपमा हेर्ने गर, तबमात्रै तिमीले मलाई बुझ्नेछौ । तिमी एउटी नारीभित्रको आमा र पत्नीलाई के जान्दछौ, म एउटा पतिको पत्नी हुँ, छोराको आमा हुँ । एउटी आमा आफ्ना सन्तानको भविष्य ध्वस्त पार्न होइन निर्माणमा आफ्नो बुद्धि, विवेक र शिल्प प्रयोग गर्छे । एउटी पत्नी आफ्नो परिवार भत्काउन होइन, सजाउन सिर्जनामा अमूल्य समय लगानी गर्दछे ।

प्रमोद ! तिमीमा एउटा घमण्ड छ । तिमी मेरा पतिभन्दा शारीरिक आकर्षणमा लायक छौ, तर एउटा पूर्ण हुन शारीरिकभन्दा मानसिक आकर्षक धेरै लायक हुनुपर्छ । हो, तिमी सहरीया सभ्यतामा हुर्किएर आफूलाई फैसनहरुमा लायक पार्न सक्छौ । मेरो पति पहाडे हुन् तर शारीरिक भन्दा धेरै मानसिक आकर्षणमा तिमीभन्दा लायक छन् । हो, कहिलेकाहीँ उनी भान्सामा चुठ्छन् र मलाई आधा पेट जुठै छाडेर उठ्छन् । तर उनले प्रदान गरेको जीवनजललाई आत्मा सिञ्चित गराएर मैले सन्तोष प्राप्त गर्ने बानी बसालेकी छु । अँ, तिमी मलाई भान्सामा अन्तिम गाँससम्म साथ दिन्छौ र सँगै चुठेर उठ्छौं । तिमीप्रतिको मेरो आकर्षण त्यति नै त हो । तर यति नै पर्याप्त होइन दाम्पत्यजीवनको लागि । एउटा पूर्ण पुरुष हुनु र लायक पति हुनुमा धेरै गुणहरुले अलङ्कृत हुनुपर्दछ । जो मेरा पतिमा जति विद्यमान छ, त्यति तिमीमा नहुन सक्छ ।

उनी मेरा पति हुन् । उनी मेरा छोराका पिता हुन् । पिता संरक्षक हुन् । आदरणीय श्रीपेच हुन् । पति मेरा आधार हुन् । मेरा जग हुन्, धरातल हुन् । प्रेमी त केवल हावाका भर मात्र हुन् ।

उनी तिमीजस्तो मलाई भोगेर मात्रै हिँड्दैनन् । मेरो संरक्षण गर्छन् । माया गर्छन् । ख्याल गर्छन् । सुखदुख्खमा भर दिन्छन् । तिमीजस्तो मलाई तोड्न र भत्काउन चाहँदैनन् सजाउन र जोगाउन चाहन्छन् । उनी मलाई प्रेम गर्छन्- हृदयबाट चाहन्छन् । ममाथि भरोसा गर्छन् । विश्वास गर्छन् ।

त्यसैले होला आज उनको प्रेम र भरोसाले म डग्मगाएकी छु । उनको म प्रतिको विश्वासले म चराचर हल्लिएकी छु । आफ्नै पश्चातापहरुले म भत्भती जलेकी छु । आत्मग्लानिले पानी-पानी भएकी छु । म पापिनी । म अपराधिनी, म अपवित्र ।

सुन्यौ, आज बिहान ड्युटी सिध्याएर आएपछि उनी तिम्रो कुरा मसँग गर्दै थिए, “युङ्नामू ! तिम्रा मीतभाइ ज्यादै भद्र र असल मान्छे रहेछन् । अब कहिले यता आउँछन् रे ?”

तर तिमी उनको आँखापछाडि कति अभद्र, दुराचारी र व्यभिचारी छौ ? स्वार्थी र स्त्रीलम्पट छौ ? प्रमोद ! के मेरा पतिका आँखाअगाडि जस्तै तिमी भद्र र असल मान्छे हुन सकौला, म विश्वास गरुँ !