Timra Saath Hindne Lai – Sagar Saud

तिम्रा साथ हिड्नेलाई धेरै पछि देखे आज
त्यसैले त सम्झनामा एउटा गीत लेखे आज ।।

तिमीलाई देखे पछि उस्कै याद आयो मलाई
वेदनाले झर्ने आँशु गहभित्रै रोके आज ।।

उनी संग बोल्न नपाई विछोड मेरो भ’को थियो
उनी सम्झि तिम्रैसाथ सबै पीडा पोखे आज ।।

तिम्री साथी देखेपछि तिम्लाई भेटे जस्तै लाग्यो
अस्ताएको माया फेरि उदाएर बोके आज ।।

सम्झिएरै तिम्रो खेल्ने त्यही सुन्दर आँगनीलाई
तिम्रै नाममा एउटा सुन्दर फुल मैले रोपे आज ।।

Sirjana Lai Khoji Khoji – Komal Bhatta

सिर्जनालाई खोजी खोजी चोर्न थाले अचेल भरी
लुटाहारले लुट्दा जस्तै सोर्न थाले अचेल भरी

प्रस्तोता लाई हटाएर लाज र शरम पचाउँदै
आफ्नै नाम र ठेगाना पो कोर्न थाले अचेल भरी

दुनियाँका आँखा भित्र छारो हाल्दै पित्तलमा
सुनको जलप लगाएर मोर्न थाले अचेल भरी

नभन्दानि अचाक्लीभो भन्दा रिसले भुत्भुताउँदै
मित्रतालाई झर्ल्यामझुर्लुम फोर्न थाले अचेल भरी

नैतिकता र इमान्दारी रछान माथि मिर्काएर
सच्चा होइन झुट्टा नाता जोर्न थाले अचेल भरी

Nahinda Hai Maskiyera – Komal Shrestha Malla

 

नहिंड है मस्किएर कहिले पनि तिमी हजुर
सम्हालेर मनलाई मुटुभरी फूल हजुर..

बरालिनु हैन राम्रो बन तिमी मेरै हजुर
अंगअंग नशा नशा माया छरी डुल हजुर

फकाउनु फसाउनु आफ्नीलाई मात्रै हजुर
दुनियाको के कुरा माया संगै खुल हजुर

बाचा कसम विश्वासमा बचाउदै प्यार हजुर
आफ्नो भन्नु आफ्नै हुन्छ अरुलाई भूल हजुर

Purana Ti Rangamanch – Narendra Raj Paudel

 

पुराना ती रङ्गमाच उठाउँदै म आएँ
नयाँ नौलो रोदीघर बसाउँदै म आएँ ।

यौवनको भेलबाढी गयो बेसै भयो
पीरतीको पहरामा रसाउँदै म आएँ ।

वैली जाने रहरहरु उखेलेर फाल्दै
वैशाखको पालुवामा पलाउँदै म आएँ ।

शून्यताको लेक बेसी धाउनु धाएपछि
मनैभरि जाई-जुही फुलाउँदै म आएँ ।

तिमीसँग यात्रा गर्ने नौलो धोको बोकी
जिन्दगीको नयाँ गाडी गुडाउँदै म आएँ ।

Timi Aayou – Kamala Risal ‘Jyoti’

कमला रिसाल ‘ज्योति’ – तिमी आयौ जून पनि मुस्कुराई शान्ति (गजल)
(मधुपर्क असार, २०६७)

तिमी आयौ जून पनि मुस्कुराई शान्ति
निदाएकी मनचरी जुर्मुराई शान्ति ।

कोइलीले गाउन थाले रनवन डुल्दै
स्वागत गर्न न्यानो हावा सिर्सिराई शान्ति ।

हिमपरी हाँस्न थाले दन्तलहर खोली
चन्द्रसूर्य अंकित झण्डा फर्फराई शान्ति ।

लाली छर्दै गुराँस पनि फुल्छ वनैभरि
अचेतमै तिम्रो ‘ज्योति’ बर्बराई शान्ति ।

Fatakka Thakaaidine Raataima Timile – Rakesh Karki

सधैँ सधैँ भुलाउने बातैमा तिमीले
जानी जानी छोइदिने हातैमा तिमीले

सँगै सँगै हिँडदा पानी परे सिमसिम
नजिक नजिक टसाउने छातैमा तिमीले

कहिले माया पिएर कहिले पिलाएर
डुबाउने त्यो हेराइको मातैमा तिमीले

घरी घरी आवेगमा माया बटुलेर
लुकाउने अँगालोको तातैमा तिमीले

घुमाउने ल रमाउने हँसाउने दिनैमा
फतक्क थकाइदिने रातैमा तिमीले

Samjhana Dar Lagyo – Acharya Prabha

सम्झन डर लाग्यो
बिर्सन कर लाग्यो

तिम्रा नाटक हेरी
केनै पो भर लाग्यो?

यत्ती ढाँट्यौ मलाई
झनै अभर लाग्यो ।

जाली,झेली देख्दा त
अझ पो पर लाग्यो ।

बिस्वाश यत्ति थियो
शंखा नै तर लाग्यो ।

Nabhana Ghaat Ka Kura – Prabha Acharya

नभन घातका कुरा
नगर जातका कुरा ।

कहिल्यै नपरोस् सुन्न
बैगुनी हातका कुरा।

जीवन बितेछ त्यसै
भनन रातका कुरा।

हरियो बन्नेछु सधैं
बुझन पातका कुरा ।

बोतल रित्याइ भन्छु
सुनन मातका कुरा ।

पीडामा डुबेकी छु म
नभन आहतका कुरा ।

मनमा बस्नेछौ तिमी
गरन राहतका कुरा ।

 

Jiundo Yo Lash Lai – Bajra Kumar Rai

जिउँदो यो लाशलाई ढलाई देऊ बरु,
चिन्तामाभन्दा चितामा जलाई देऊ बरु

न मरीहाल्न सकें न त बाँचेको नै छु,
आउ यो भौतिक शरीर बलाई देऊ बरु

वर्तमानमा बाटो छैन न भविष्य राम्रो,
पलपलको यो लाचारीबाट छलाई देऊ बरु

सधैं आँशु पिएर बाँच्नु व्यर्थ हुँदोरहेछ,
आउ आँशुमै बिष छरेर चलाई देऊ बरु

मेरो सम्पुर्णता तिमी कोसँग मागुँ ममता,
भैगो त्यो बहुरुपी माया नलाई देऊ बरु

Ukhelera Pareli Silikka Ramri – Rakesh Karki

उखेलेर परेली सिलिक्क राम्री
पाउडर क्रीमले टिलिक्क राम्री

कसो कसो गरेर आफुले आफ्नै
फोटो खिच्छिन् किलिक्क राम्री

समाजलाई हानेको फेशन जानेको
पुतली नै जस्तो झिलिक्क राम्री

हाउ भाउ कटाक्ष अँध्यारोमा पनि
दियो झैँ बलेकी पिलिक्क राम्री

हेर्नेको नजरमा छुनेको मुटुमा
घाम झैँ झुल्किने मिलिक्क राम्री

Jhola – Rakesh Karki

एकदिन सबैले मर्ने चोलामा हजुर
खरानी भइ बग्ने खोलामा हजुर

व्यर्थ रहेछ तँ भन्दा म धनी भनि
सेखी गर्नु सुनको तोलामा हजुर

आउदा खेरि रित्तो हात जादानि उस्तै
घुमिरहने यो पृथ्वी गोलामा हजुर

बिसाउनै पर्छ सबले र छोडि जान
जति जसरी भरे पनि झोलामा हजुर

कुरा गर्लान एक दुई दिन बिर्सन्छन् त्यसै
सम्झिन्छन् कसले गाउँ घर टोलामा हजुर

गजल : कहिले शुन्य, कहिले हजारमा

कहिले शुन्यमा कहिले हजारमा हुन्छु
कहिले गाँउमा कहिले बजारमा हुन्छु

खै मान्छेहरु मलाई यति महत्व दिन्छन्
कहिले किनारमा कहिले मझधारमा हुन्छु

कोही खाली हात कोही बिस्तरा बनाउँछन्
कहिले निराशामा कहिले उपहारमा हुन्छु

 

न रिसाउँछन् मसँग न माया गर्न सक्छन
कहिले आक्रोशमा कहिले स्विकारमा हुन्छु

म कसैको होईन तर सबै आफ्नो ठान्छन
कहिले बिछोडमा कहिले प्यारमा हुन्छु ।।

Source:https://www.onlinekhabar.com/2014/07/172914

 

गजल – मन दुख्दै छ सरकार

मन दुख्दै छ सरकार नजर होस्
आँशु मात्र छ उपहार नजर होस्

 

हामी लडिराछौं हजुरको ईशारामा
किन हुँदैन जितहार नजर होस्

के अपराध भयो हामीबाट मालिक
लुटिन्छ खुसी बारबार नजर होस्

आउँछन् घाउ हेर्छन् अनि जान्छन्
कोही गर्दैन उपचार नजर होस्

तैयार हामी भएकै हो ज्यान दिन
लुटियो आज घरबार नजर होस् ।।

 

Source: https://www.onlinekhabar.com/2014/07/174310

गजल

नठान्नु आकाश शुन्य हुन्छ एक तारा टुट्दैमा
हाम्रो यात्रा रोकिंदैन केही यात्री छुट्दैमा

लाखौं फूलको बगैंचामा एउटा फुल झरे के भो
थाल बनाउन रोकिंदैन टपरीहरू खुट्दैमा

जुन रूखले हिजो ओत्यो आज त्यही काटे पनि
अमर छ आस्था हाम्रो मर्दैन त्यो चुट्दैमा

कायरहरू अप्ठ्यारोमा हातखुट्टा कमाउछन
आउने छैन बाढी पहिरो बर्खे मूल फुट्दैमा

हिजो जसकेा वरिपरि घुम्थ्यौ पुच्छर हल्लाउँदै
नसोच तर्सन्छ बाघ दुईचार फ्याउरा जुट्दैमा

गजल – कमला क्षत्री

गरिबको श्रम, सीप सामन्तीले खान्छ किन
श्रम गर्ने श्रमिकको पसिना खेर जान्छ किन

वर्षभरी दुःखगरी उब्जाएको अन्नबाली
हरेक वर्ष साहुलेनै भरीभरी लान्छ किन

सधैभरी साहुकै काममा साँझविहान खान छैन
एकदिन काममा नजाँदा नी हप्काएर तान्छ किन

गरिबमारा ठालुहरुलाई न त नियम कानुन लाग्छ
अबुझ बनी गरिबैले उसलाई अझै मान्छ किन

उठौं मजदुर किसानहरु पसिनाको मूल्य लिन
खोजौं अझै समाजमा शोषककै सान छ किन

Mantri Jyu – Rakesh Karki

झारपातको नाता पर्न मंत्रीज्यूलाई फुर्सद छैन
गरीबको झोली भर्न मंत्रीज्यूलाई फुर्सद छैन
भोकले मरोस् या बन्दुकले मरोस् देशवासी

जङ्गलमा झैँ सँगै चर्न मंत्रीज्यूलाई फुर्सद छैन
पढ्न नपाएर के भो लड्न सिकाएकै छन्

शिक्षाको ज्योति छर्न मंत्रीज्यूलाई फुर्सद छैन
बाढीले बगाओस् या भिरबाट गुल्टिउन

बाटो पुल निर्माण गर्न मंत्रीज्यूलाई फुर्सद छैन
ड्याम्म आसन ग्रहण भा छ अति आनन्द

कार्यकर्ता भेट्न झर्न मंत्रीज्यूलाई फुर्सद छैन
छाति थापे शहीद भए मंत्रीज्यूलाई बचाए

जनताको लागि मर्न मंत्रीज्यूलाई फुर्सद छैन
देश चलेकै छ हातमा, सारा आफ्नै सासमा

मलम बोकी कोशी तर्न मंत्रीज्यूलाई फुर्सद छैन

Sirjana Lai Khoji – Komal Bhatta 

सिर्जनालाई खोजी खोजी चोर्न थाले अचेल भरी
लुटाहारले लुट्दा जस्तै सोर्न थाले अचेल भरी
प्रस्तोता लाई हटाएर लाज र शरम पचाउँदै

आफ्नै नाम र ठेगाना पो कोर्न थाले अचेल भरी
दुनियाँका आँखा भित्र छारो हाल्दै पित्तलमा

सुनको जलप लगाएर मोर्न थाले अचेल भरी
नभन्दानि अचाक्लीभो भन्दा रिसले भुत्भुताउँदै

मित्रतालाई झर्ल्यामझुर्लुम फोर्न थाले अचेल भरी
नैतिकता र इमान्दारी रछान माथि मिर्काएर

सच्चा होइन झुट्टा नाता जोर्न थाले अचेल भरी

Nabin Barsha Jhulkiyo – Acharya Prabha 

हर्षले छायो, मनमा हेर, बिहानी आएर
उमंगसँगै, उदायो सूर्य, झल्मल्ल छाएर।
नविन बर्ष, झुल्कियो अब, लिएर सुखद

सबैको मन, हर्षित बन्यो, आनन्द पाएर ।
बाँच्नेछन् सबै, हाँसोमा रमी, खुशी नै भएर

लडाइँ अब, लड्दैनौ भनि कसम खाएर ।
रगतको खोलो, चाहिन्न अब, सद्भाव चाहिन्छ

बाँचौला सबै, एकार्का माझ, नजिक धाएर ।
नव यो बर्ष, खुशीले मान्दै, मनमा फुलाउँ

मायाको साक्षी, बनेर बाँचौं पिरती लाएर ।

Aakhir Tehi Bhayo – Bhupendra Mahat

आखिर त्यही भयो पित्तलमा सुन दल्नु भो
टलक थियो थेन जलपको भरमा छल्नु भो
उज्यालो छर्न नि पिधमा पुगी सक्यो तेल

धिपधिप गरेर फेरि किन आँफै बल्नु भो
हुकुमको एक्का हपिए चल्ने आँट कसको

खेलाडी मसुर हजुर कत्रो चाल चल्नु भो
बर्तमान थर्कमान हुन्छ जो सित भने

पत्ताउ कसरी,हल्लै रछ हजुर गल्नु भो
रेफ्री आफ्नै मैदान आफ्नै खेलको कुरा न हो

छेक्ने कसले? बल नै हजुरले जो भल्नु भो

Desh Eklo Pareko Chha – Gajal

यहाँ देश एक्लो परेको छ आज

इमानी शिरै यो झरेको छ आज
बल्यो अग्नि ज्वाला छ रातो हिमाल

डढेलो कतैको सरेको छ आज
थियौं स्वाभिमानी हिजोसम्म हामी

कसोरी भनूँ क्वै चरेको छ आज?
र, ऐना फुटेझैं फुटेको छ भाग्य

भनूँ खै कसोरी मरेको छ आज
सबै हात हाम्रा उठाएर जागौं

सधैं भोलि भन्दै टरेको छ आज

Thapdai Gai Maile Piyen – Komal Shrestha Malla

थप्दै गई मैले पिएँ,पिउनु पिएँ पिउनु पिएँ
बोतलको हेर कमाल बिग्रिएछ मेरो हाल

मालामाल मालामाल उनी मालामाल
बात लाउँछे छोएँ भने नपिएर बसेँ भने

आई हाल्छे आलङ्घनमा हात्ती गैंडा दिएँ भने

थप्दै गई मैले पिएँ पिउनु पिएँ पिउनु पिएँ

बोतलको हेर कमाल बिग्रिएछ मेरो हाल

मालामाल मालामाल उनी मालामाल
लठ्ठी लठ्ठी मागे भने हासीहासी थपी दिने

गोलमाल गोलमाल जानीबुझी गरी दिने

जानी जानी जिन्दगी यो मासीदिए मासीदिए

बोतलको हेर कमाल बिग्रिएछ मेरो हाल

मालामाल मालामाल उनी मालामाल

The Ghazal  of Rumi 

I was dead, then alive.

 Weeping, then laughing. 
The power of love came into me, 

and I became fierce like a lion, 

then tender like the evening star. 
He said, ‘You’re not mad enough. 

You don’t belong in this house.’ 
I went wild and had to be tied up. 

He said, ‘Still not wild enough 

to stay with us!’ 
I broke through another layer 

into joyfulness. 
He said, ‘Its not enough.’ 

I died.

गजल – के माग्छु र तिमी सित – प्रकाश सायमी 

के माग्छु र तिमीसित घामपानी सिवाय

के नै दिन सक्छौ अनिँदो बिहानी सिवाय

मेरो कसम तिम्रा निम्ति कति जुठो भो

चोखो त क्यै छैन तिम्रो जवानी सिवाय

नबुझाउ पहेली मनको म बुझ्दिन खै

स्पष्ट त क्यै भएन उही बानी सिवाय

सपना देख्छु रंगीविरंगी मन त त्यै हो

बदल्छु सारा चीज त्यै सिरानी सिवाय

भित्ताको तस्वीरले रगतको रंग भन्छ

के नै भन्ला शहीदको कहानी सिवाय

यै जीवन काल कोठरी भो नानू

जिन्दगी क्यै हैन पुरानो बानी सिवाय

गजल –  म आपदमा तिमीसित हिँडे – प्रकाश सायमी 

म आपदमा तिमीसित हिँडे

म सापटमा तिमीसित हिँडे

हिँड्नेहरु कहाँ कहाँ पुगे खै

म राहतमा तिमीसित हिँडे

नदीको वेगसरिको जवानी यो

म चाहतमा तिमीसित हिँडे

के नगद के बाँकी पिरतीमा

त्यै वापतमा तिमीसित हिँडे

घाउ दुखेसरिको पीडामा छुँ

म आहतमा तिमीसित हिँडे

गजल – इश्कबाजीमा 

नजाने छुरी बर्सन्छन् हजारौँ, इश्कबाजीमा

र, जाने फूल बर्सन्छन् अनेकौँ, इश्कबाजीमा 
नजाने बिखका खोला बहन्छन्, पर्छ बाढीमा

र, जाने महका चाका चुसिन्छन्, इश्कबाजीमा
नजाने डुब्छ चुर्लुम्मै जवानी, जेलखानमा

र, जाने अप्सरा खोपी छ आफ्नै, इश्कबाजीमा
नजाने ज्यान नै जाने पचासौँ पर्छ धोखामा

र, जाने काखको मीठो सिरानी, इश्कबाजीमा
नजाने हुन्छ बदनामी, कलङ्की, दागी, दुनियाँमा

र, जाने प्राणको प्यारो सबैको, इश्कबाजीमा
नजाने सम्पत्ति, जीउ विनाशी बग्छ आँसुमा

र, जाने रत्नका माला गलामा, इश्कबाजीमा।

गजल – आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ

आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ

सिन्दूर हुँ म तिम्रो सौभागिनी तिमी हौ
यो स्नेहको बिरुवा कैले पनि नसुकोस्

फूलबारीको म माली मधुमालिनी तिमी हौ
हाँसेर मोह गर्ने बोलेर दिल हर्ने

म कृष्ण हुँ कलीको तर ग्वालिनी तिमी हौ
हाम्रो अखण्ड प्रीतिको उपमा दिऊँ के

श्रीखण्डको म हाँगा हुँ, नागिनी तिमी हौ
यो प्रेमको कहानी सुन्नेहरू चर्किन्छन्

म राग हुँ उषाको औ रागिनी तिमी हौ

गजल

आउ सबै नेपाली हो संघीयता फाल्नुपर्छ
जिल्ला जिल्ला सामन्तीका किल्लाहरू ढाल्नुपर्छ

भाई भाईमा फाटो पार्ने फोहोरी खेल खेलेका छन्
फाट्नु हुन्न जुट्नुलाइ नयाँ कदम चाल्नुपर्छ।

भित्रभित्रसम्म यहाँ शोषकको जरा गढ्यो
भर्भभराउँदो आगो बन्दै अब यिनीलाई गाल्नुपर्छ।

रोएकी छन् नेपाली आमा छियाछिया हुँदा देश यो
हामी सन्तान यी आमाका देशको घाउ टाल्नु पर्छ

फेरि पनि कालो रातमा डुबेको छ देश पूरै
चारैतिर राता मसाल फेरि पनि बाल्नुपर्छ।

गजल

मुहार छ उसको सधैँ फूलको डालीजस्तो
छिमेकी छ फूल टिपी बेच्ने मालीजस्तो ।

महफिलमा बसेपछि यस्तै हुन्छ सधैँ
कोही झारीजस्तो अनि कोही प्यालीजस्तो ।

थाप्लोमाथि हिउँ पर्दा बल्ल थाहा हुन्छ
बाढी आए खोलानाला नत्र नालीजस्तो ।

कल्पनाले मन हाम्रो भरिँदैन कैले
तिर्सनाले मन हुन्छ सधैँ खालीजस्तो ।

चिनाउनु कसरी खै आफूलाई आज
जात, थर भन्दाखेरी लाग्छ गालीजस्तो ।

मनु भन्या मान्छे नै हो तर पनि कस्तो ?
मलाई भने लाग्छ सधैँ ऊ नेपालीजस्तो ।

गजल

झुप्रो देउ या महल , माने आमा ! तिमी महान !
अर्ति देउ या सराप , जाने आमा ! तिमी महान !

दुनियाको नजरमा , भए पनि चरित्रहीन
जन्म दाता तिमी मेरो , ठाने आमा ! तिमी महान !

सारा घृणा सही एक्लै , मेरो निम्ति बाँची रह्यौ
मेरो भन्नु तिमी मात्रै , जाने आमा ! तिमी महान !

भगवान सम्झी पुजें मैले , बेश्या तिमी होइनौ
कोर्नु बाटो हात तिम्रै , ठाने आमा ! तिमी महान !

झुप्रो देउ या महल , माने आमा ! तिमी महान !
अर्ति देउ या सराप , जाने आमा ! तिमी महान !

गजल

लाजको तिम्रो गहना लाई किन राख्छ्यौँ लुकाएर

कति चढ्य़ो बैँश अब हेर्छु चोली फुकाएर ।

भरिएको यौवनमा बैँश आज चढ्दा खेरी

यो उमेरमा लाग्ने प्यास, बस्छ्यौँ कति सुकाएर ।

फलेको फल बाँड्नुपर्छ झर्छ जोवन डल्दै जाँदा

हिड्नु पर्ला फेरी पछी नजर तिम्ले झुकाएर ।

रहरहरु भित्र भित्रै जति ईच्छा भएपनि

मुखले अझै बोल्दीनौ रे फाल्छौँ मौका चुकाएर ।

गजल

संघीयता भित्र्याई देश चिरेपछि के गर्छौ युवा
सीमा मिच्दै बैरी नेपाल छिरेपछि के गर्छौ युवा ।

पूर्व पश्चिम तराईतिर अतिक्रमण बढीराछ युवा
चारैतिर घेरी देशलाई पिरेपछि के गर्छौ युवा ।

उठ्नै पर्छ युवा वर्ग शान्ति ल्याउन यो देशमा
नेपालबाट शान्ति सधै फिरेपछि के गर्छौ युवा ।

स्वाभीमानी नेपाली हो नझुकाउ ठाडो शीर युवा
नेपाली यो स्वाभिमान गिरेपछि के गर्छौ युवा ।

संघीयता भित्र्याई देश चिरेपछि के गर्छौ युवा
सीमा मिच्दै बैरी नेपाल छिरेपछि के गर्छौ युवा ।

गजल

हो जुनसुकै खोलाको बिस्वास नगर्नु
र च्यातिएको झोलाको बिस्वास नगर्नु

खुकुरीधार टलकदैमा त्यो हाँसेको हैन
यी मान्छे, बम गोलाको बिस्वास नगर्नु

सुन्दरतामाथि प्रेम होला प्रेमभित्र पिडा
झलिमिली चोलाको बिस्वास नगर्नु

ए रोगी हो राख मन्दिरमा औषधी र डाक्टर
त्यो साले बमभोलाको बिस्वास नगर्नु

हिंड्नु एउटै बाटो काँढा होस् या ढुङगा
त्यो होला की यो होलाको बिस्वास नगर्नु

गजल

तर्साउने हो त्यी ठालुहरूले भुकेर कतिञ्जेल
अनि बाँच्ने हामी चाहीं झुकेर कतिञ्जेल।

रगत पसिना त हाम्रै हो बजेट यो देशको
अब ढाँटी खाने तिनले लुकेर कतिञ्जेल।

मोटा जुका समाजका गर्छन दमन चुस्दै रगत
पीडा सहने हो भोकभोकै सुकेर कतिञ्जेल।

एउटा निभ्ला, दुईटा निभ्ला तर जल्नेछन् जल्हादहरू
यी हाम्रा बिचारका राँकोहरू फुकेर कतिञ्जेल।

जहाँ अन्याय त्यहाँ प्रतिरोध चाहे मृत्यु स्वीकार्य
खोज्ने हो हामी न्याय यहाँ ढुकेर कतिञ्जेल।

गजल

सधैभरी दलितलाई नै अत्याचारमा झान्छौ कित
दलितकै पसिनामा मिठो माम खान्छौ कित

आखिर फरक कहाँ देख्यौ तिरस्कार घृणा गछौ
पशुसरी दलितलाई सधैभरी मान्छौ कित

आफै अघि जान खोज्छौ सबैलाई पछि फाल्दै
कोही अघि जान खोज्दा बीचा खुट्टा तान्छौ कित

जसले धुलो मैलो नभनेर यो धर्तीलाई सिगार्दछ
जसले रगतको पानी पार्छ त्यही अछुत गन्छौ कित

पाटीपौवा धारामन्दिर सार्वजनिक हुँदा पिन
समानताको हक खोज्ने मुीहरु बान्छौ कित

आफ्नै नंग्रा खियाउन अब आफ्नो पेट भर्नलाई
हाम्रो खुन चुसेर दलितकै मेहनतमा सारा जीवन धान्छौ कित

मान्छे-मान्छे सबै एउटै सानो ठूलो छैन यहाँ
छोड अब भेदभाव गर्न अछुतको बाँण हान्छौ कित