The fields are snowbound no longer;
There are little blue lakes and flags of tenderest green.
The snow has been caught up into the sky–
So many white clouds–and the blue of the sky is cold.
Now the sun walks in the forest,
He touches the bows and stems with his golden fingers;
They shiver and wake from slumber.
Over the barren branches, he shakes his yellow curls.
Yet is the forest full of the sound of tears…
A wind dances over the fields.
Shrill and clear the sound of her waking laughter,
Yet the little blue lakes tremble
And the flags of tenderest green bend and quiver.
Monthly Archives: February 2020
Poem – Spring
Spring is life
Spring is hope
So is love and
happiness.
Spring renews.
Without spring,
life is forlorn.
Spring is nostalgia
after the bitter storm.
Put spring in your heart
Poem – Early Spring
Harshness vanished. A sudden softness
has replaced the meadows’ wintry grey.
Little rivulets of water changed
their singing accents. Tendernesses,
hesitantly, reach toward the earth
from space, and country lanes are showing
these unexpected subtle risings
that find expression in the empty trees.
Nepal Kam Nepal – Sarubhakta
कालो चट्याङ्गः पीडाका खरपसहरु दुखेर
जीवनका मृत सागरमा
म रोलर कोस्टरका सपनाहरु देख्दैछु
ढापसुङ वस्तीतिर
कठपुतली आत्माहरु
साइवरयुगीन ‘किस्.कम्’ नाट्यरचना गर्दैछन्
संघात तरङ्गः दन्दनाउँदा रथहरु
भुत्याहा जाहाजहरुमा सवार छन्
पग्लिएका ढुङ्गाहरु
कालमसानतिर कल्की अवतारहरु
पर्खिरहेछन्
ए खोई विस्तृत नेपालका सपनाहरु ? के हामी
ब्यूझिसक्यौ र ?
एकीकरणका खुँडाहरु फलामे रक्षाकवच लाएर
व्हेलका दाँतभाँच्न हिडेका छन्
वीरगनः विजुलीबन्दुक
खोई हनुमानध्वजका परिघटनाहरु ?
आउ, फेरि एकपल्ट पत्थरकला बोकेर
जिउँदै शवपरीक्षा हुने वस्ती तिर जाऔं
उः ! वुद्धका कुरा गर्ने वात्सायनहरु
कुरुप सुन्दरीका कुरा गर्दैछन्
ग्राहक पर्खेका मसाज पार्लरहरु
वेवसाइटमा इन्टरनेट फ्रेन्ड फाइन्डरतिर
के हेर्दैछन् ?
‘कामरेड मिटिङमा होइसिन्छ ।’ धनधान्य
कामरेडहरु आश्वस्त छन्
आह ! हामी कसिङ्गर फाल्ने कन्टेनरका खोजीमा कहाँ छौ, कन्टेनर फाल्ने कसिङ्गरका खोजीमा
पो छौं !
काम पाइएन ? त्यसो भए जाऔं टाउकाले टेकेर
विश्वरेकर्ड बनाऔं
जिन्दगी सिङ भाच्चिएका अर्नाहरुको दौड हो
हारे यत्रैसित !
को ठूलो ? सत्रुका हातबाट मारिएका शहीद
कि आफन्तका हातवाट मारिएका शहीद ?
शहीद हुनेहरु सबै निख्रिसकेका छैनन्
यसर्थ विवाद जारी छ
म्यूजियममा हाम्रो इतिहास छ,
विदेशमा हाम्रो वर्तमान छ,
भविष्य हाम्रो कहाँ छ ?
के थाहा ?
हामी राष्ट्रिय निकुञ्जका नेपाली हौं
Jadoo – Sarubhakta
देश परिवेशः पुरातनपन्थी थकाइमा
मस्त निदाइरहेको बेला
एकथरी देशहरु
कालापहाड तर्फ लागेका छन्
मुटू कलेजो हराएर
बूढा सुब्बाका जोखनाहरु मूच्छित छन्
सर्वत्र विद्रोही र छापामारका कुरा
भूकम्पीय क्षतिका भविष्यवाणीसहित
आह ! पालतिर हामीले थुप्रै
ट्रमा सेन्टर खोलेका छौं
भगवानहरु सेल्टरमा छन् – छैनन्
तर हामी गरिवहरु
भगवानका मामलामा साह्रै धनी छौं
कम्ब्याट ड्रेस
एम – १६
नाइटभिजन
स्काई ट्रक …
नाइजेरियाली मिसदङ्गाहरु वीच
हामीले पनि वोधिका केही
नयाँ शब्दावली पाएका छौं
बज्रस्वाँठ अख्तियारहरु
हिरासतमा गाँजाखेती गर्छन्
अनि क्यूपर वेल्टतिर कतै
वरफका ढुङ्गाहरु पल्टाउँदै
पिङ्गपङ्ग भाइरस खेल्छन्
आफन्तहरुबाट कति वेचिए
पराइका चेलीवेटीहरु ?
क्यूरियोका सम्बन्धहरु रुन्छन्
खोई कहाँ हराए जामुना गुभाजुहरु ?
आजभोलि कार्टुनीकृत विषादका सिमसारहरुमा
जादुका धुम पो मच्चिएका छन् ।
Rashtra Gaan – Sarubhakta
अग्निमाला
नवः हिमयुगीन अर्घेलाहरु
सिमिट्रीमा रेटिसेन्ट बालहरु
आरोहण गर्छन्
मेथाडोन खाएका हुडिनीहरु
साइवरकोष्टरमा
अपरेशन डेजर्ट स्ट्रोम गर्छन्
गन्धका नाताहरु उस्तै छन्
मात्र नात्रेड्यामस विश्वमा
प्राविधिक गडवडीमा क्षमाप्रार्थनाहरु
आतङ्कका हिमाल चढिरहेछन्
ए हाम्रा सभानाहरु
अल्ट्राभ्वायलेट क्यामेरातिर
कति छन् अदृश्य जोखिमहरु ?
टेलिस्कोप भिरेका गिद्धहरु
शोकेसभित्रका कुकुरभुकाई सुन्दैछन्
उ ः ! परभक्षी आतङ्कका हल्लाहरु
आजभोलि मन्दिरैमन्दिरको देशमा
देवताहरु शरणार्थी बनेका छन्
‘कुकुरदेखि सावधान !’ गिदीमा भ्रम टाँसेर मान्छेहरु
मान्छेहरुद्वारा सावधान छन्
‘भैचालो आउँदैछ ! भैचालो आउँदैछ !’
एउटा सम्भावित भैंचालाको सम्मानमा
मान्छेहरु घर छोडेर कटेरो निर्माणमा
ब्यस्त छन्
‘विद्युतीय धरापमा नपरे फेरि भेटौंला !’
‘सुरक्षा कारवाइमा नपरे फेरि भेटौंला !’
संकटकालमा झ्याप्प निभ्ने संकटकालीन बत्तीहरुमा
एउटा सिङ्गो पुस्ता गीत गाइरहेछ
स्वराष्ट्रिय
Ek Din – Durga Lal Shrestha
यौटी केटी भेटेँ मैले
इस्कुलको बाटो,
हातमा थ्यो यौटा थाल
किताबको साटो !
मुख थियो निन्याउरो
लथालिङ्ग केश,
ओठ पनि कत्ला कत्ला
केकेजस्तो भेष !
सानै थिइन्, शरीरमा
खालि जामा चोला,
मेरोभन्दा उन्को उमेर
अलि पाको होला !
दया लाग्यो, आफ्नो खाजा
मैले उन्लाई दिएँ,
तर उनी उल्टै जङ्गनि्
म त वाल्लै परेँ ।
Putali Gaun – Durga Lal Shrestha
देख्छु म यहाँ पुतलीसडक,
पुतलीबजार,
पुतलीगाउँ लागेन पत्ता
खोजे नि हजार ।
हुन त पक्कै होला त्यो गाउँ
कहीं यो माटोमै,
बसेको छ कि मलाई नै ऊ
ढुकेर बाटोमै ।
कल्पना फुर्छ पुतली-ज्यूको
छिर्बिरे धर्सा,
त्यो गाउँ कत्ति सुरम्य होला
सुनचाँदी वर्षाले ।
उडाइ उसको गीतझैँ लाग्छ
आवाजविनाको,
सुतेको शान्ति सुस्तरी उठ् छ
हृदय-कुनाको ।
Rastriya Geet – Durga Lal Shrestha
राम्रो छ है, सबैभन्दा राम्रो छ
मलाई मेरो देश,
प्राणभन्दा नजिक छ त यौटे छ
त्यो हो मेरो देश ।
प्राण प्यारो, किनकि म अहिले
छु है यसैमा,
मरेपछि हुन्न प्राण, तर म
हुन्छु देशैमा,
त्यसैले त प्राणभन्दा मेरो म
मलाई मेरो देश ।
यो आकाश अनि यसमा लर्केको
सप्तरङ्गी केश,
यसको शरीर थरीथरी यहाँका
भाषा अनि भेष,
यही हो है कैले पनि नमर्ने
मेरो आफ्नो देश ।
Space – Manoj Bogati
अघि हिँड़्नेहरूको पाइलाको धुलोले
ड्याम्म छोपेको छ
स्पेसको बाटो।
पुरानो बाटो भत्काएको भ्रमको
मीठो निद्रालाई
विचारको अँध्यारो कोठामा सुताउनेहरू
ब्यूँझिएको रिहर्सलको बतास चल्छ
बतासमा कता-कता टुक्रिन्छ विचार। टुक्रिन्छ।
कता-कता छरिन्छ संवेदना। छरिन्छ।
बतासमा भत्किबस्छ नी!
पारम्पारिक सत्ताको घर।
पछि-पछि कुदिबस्ने
आलाप, नारा, मानसिक रोगी घोषणाको अनुहार
चिन्दैन
(किन चिन्नु?)
स्पेसको अर्को फाटक टेक्ने पस्पेसराइडरले।
कति रिस् जस्तो चर्किबस्नु?
जोड़िन नसक्ने जङ्गली संवेदनाले। कति चर्किबस्नु?
हँ अक्षर
कति फिँज जस्तो फुटिबस्नु?
( बाटो हुँदैन
बाटोको घर, परिवार
आफन्त, छिमेकी संसार केही हुँदैन।
बाटाले भत्किनु, बनिनु पर्दैन।
बाटो नै हुँदैन । हुँदैन बाटो।
कहॉं छ बाटो?)
बाटो बनाएँ भन्नु
लुते घोषणा हुन्छ।
अघि हिँड़्नेहरूले
खोसलिराखेको
नाङ्गो(?) सत्यमा
ओभरराइटिङ गर्दै बस्नुको
घमण्डको बेलुन सधैँ फुल्लिबस्छ। फुल्लिबस्छ।
जब त्यो फुट्छ, त्यो फुट्छ
त्यसको आवाजलाई
नयॉं-को अवतरण मानेर आरती गाउने
गाइनेहरू
किलामा गोरूहरू झैं घुमिबस्छ। घुमिबस्छ।
किन डराउनु?
त्यो जोड़ले रिसाउने पाठकसित।
त्यसले त्यसको पाठलाई
त्यसको निजी पतलुङ जस्तो पैह्रेको छ।
पछि हिँड़्नेहरूको पाइलाको धुलोले
फेरि ड्याम्म छोपेको छ
अर्को स्पेस।
Khaderi – Manoj Bogati
पसीनाहरू दिनभर काम गर्न आउँछन्
माटोसित खेलेर फर्कन्छन्।
पसीना माटोजस्तो गन्हाउँछ
माटो पसीनाजस्तो गन्हाउँछ
त्यो गन्धमा बॉंच्छ
बस्तीको भोक।
भोकहरू गीत गाउँछन्
हो हो माले हो हो -हरूको
स्मारकपत्र हातमा बोकेर।
हरेक शताब्दीले माटो दिएर पालेका भोकहरूले लेखेर पठाएको
सहुलियतहरूका अपीलपत्रको आँगनमा बसेर
आउने भोटकै समीक्षा गर्दैबस्छन्
नीति निर्माता मन्त्रीहरू।
खेत र ग्रामपञ्चायत
सँगै बसेको
ग्रामसंसदबाट
न्यायपालिकाको मृत्युको खबर ढुक्कैले सुनाउँछन् मण्डल बाजे।
पसीनाहरूलाई पनि भोक लाग्छ
भोक लागेको देखाउँदैनन् तिनीहरू।
ठण्डा महीनाको छुट्टी बिताउन आएका
शहरे पढ़न्ते छोराहरूलाई
अनौं थमाएर सामुहिक स्वरमा भन्छन् पसीनाहरू-
“…जोत्नू अब तिमीहरू आफै तिमेरका अक्षरहरू…”
खेतको धानबाली अनि उनीहरूको होमवर्क
दुवैले
टाउकोभरि उठाएका छन्
ऋण र दायित्वको एक थाक नयॉं संस्करण।
सरकार भत्किँदै बनिएको कति भयो
खेत जोत्ने हलो फेरिएन
न फेरियो खेत भिजेको हेर्ने सपना झुण्ड्याएर
आँखामा नै चर्किएको बूढ़ाबाको मोटो चश्मा।
हेर्नू,
यसपालिको भोट पनि खड़ेरीले नै जित्यो।
Saila Bahun – Manoj Bogati
साइला बाहुनले बाजेलाई पछ्याएनन्
बाबुलाई पछ्याएनन्।
उसले भने- म म भएर बॉंच्छु
म आफै बनाउँछु बाटो।
धेरै दाजुभाईबीच
कुन्नि किन साइला मिल्नै सकेनन्
भने- बरू कोइलाखानी जान्छु
पढ़्न जॉंदिनँ।
म ठग्दिनँ
यसरी नै एकदिन अग्लिन्छु।
उसको कोठा छुट्टियो
फोक्टा छुट्टियो।
एकदिन
त्यही कोठामा सर्किनी कान्छी पसिन्
त्यसपछि त पानी छुट्टियो
जिन्दगानी छुट्टियो।
साइला बाहुनलाई गाउँबाटै निकालियो
नाउँबाटै निकालियो।
आहिले साइलाको आफ्नै गाउँ छ
आफ्नै नाउँ छ।
उ अहिले भन्छ-
मेरो नाउँ कसैले मेट्न सकेन
मेरो गाउँ कसैले मेट्न सकेन
जसले मेट्न खोजे
उनीहरूले नै
मेरो आफ्नो नाउँ बनाए
मेरो आफ्नो गाउँ बनाए
यसो गर्न मैले नै उनीहरूलाई सघाएँ।
Ragat – Bikram Subba
रगतको आफ्नै मगज हुँदैन
दिमागका हरेक रेसामा रगत नपुगे
गिदी मर्ला र समाज बदल्ने
संघर्षको मार्गचित्र कसले सोच्ने?
रगतको आफ्नो आँखा हुँदैन
आँखाको नानीले रगत खान नपाए
दृष्टीहरू मर्लान्
र, स्वतन्त्र मानिसका अनुहार केले हेर्ने?
रगतको छुट्टै कान हुँदैन
कानका सबै अबयबमा रगत नपुगे
श्रव्यशक्ती मर्ला
र, मानिसको विजयी गीत केले सुन्ने?
आफ्नो ओठ पनि हुँदैन रगतको
आधरका हरेक सिरामा रगत नपसे
आमाका चुम्बनलाई
केले ममतामयी, ज्युँदो र न्यानो बनाउँने?
रगतको आफ्नो गला हुँदैन
पुग्दो रगत कण्ठमा सिंचित नभए
निर्जीव गलाले
मुलुकको मायामा
गर्विलो गीत कसरी गाउला?
रगतको आफ्नो हात पनि हुँदैन
देशबासीका सहस्र हातहरूमा रगत नपुगे
हातहरू पनि मर्लान्
र ठूठाजस्ता हातले हतियार समाउँदैनन्
अनि सिमानाका प्रत्येक गौँडामा
देशको रखवारी कसरी गर्ने?
कुनै किसिमको मुटु पनि हुँदैन रगतको
मुटुका अणुअणुमा रक्तकण नपुगे
मुटु पनि मर्ला
र आर्यघाट पुगेको मुटुले
सारा नेपालीको ढुकढुकी कसरी बोलिदेला?
फोक्सो पनि हुँदैन रगतको आफ्नो
फोक्सोका दुबै फप्लेटामा हर्दम् रगत नपुगे
फोक्सो मर्ला र मृत फोक्सोले
जातजातका मानिसले कसरी सास फेर्ने?
पाठेघर पनि हुँदैन रगतको
हरेक जवान युवतीका गर्भाशयमा
नित्य स्वच्छ रगत नपुगे
सृष्ठीको मुहान मर्ला
र क्रन्तीवीर जन्माउँने
मातृसपना कसरी पुरा होला?
रगतको हिँड्ने खुट्टा पनि हुँदैन
खुट्टाका हड्डी, नसा र मांसपेसीहरूमा
मनग्गे रगत नपुगे
खुट्टहरू मर्लान्
त्यसपछि त,
परिवर्तनको नयाँ क्षितिज टेक्न
इन्क्लाबी जुलुसमा कुन पाइला हिँड्लान् ?
Dui Shahar – Bikram Subba
उता चिडियाखाना छ
र्सपहरु छन, गोहीहरु छन्
स्याल र भालूहरु छन्
गिद्धहरु छन्
यता मन्त्रालयहरु छन, संसद र क्याविनेट छ
प्रधानमन्त्री,
मन्त्री,
अध्यक्ष र सांसदहरु छन्
वाग्मतीको पुलले
यी दुबै शहरहरुलाई
चुपचाप जोडिदिएको छ
Pilo – Bikram Subba
युगौँदेखि उत्तानो आँ…खोलेर बसेको
कान्तिपुर
कहिल्यै नअघाउँने खञ्चुवा मुख
जसको अनुहारबाट सर्वत्र पीपैपीप खस्या’छ
किनभने पीलोझैँ पाकेर निधारमै
ढ्याक्क सिंहदरबार बस्या’छ ।
Haat Haru – Bikram Subba
जसै कुमबाट प्रथमपल्ट हातहरू पलाए
मनुष्यहरू दङ्ग परे
त्यस उप्रान्त यही हतियारले
सभ्यतालाई यो चुचुरासम्म पु-याए ।
हातहरूलेले थरि-थरिका हतियार चलाएपछि
हरप्पा, महेन्जोदाडो र सिन्धुघाटीको सभ्यता टुसाए
हो, यिनै हातले औजारहरू अर्जापेपछि
ताजमहल उभियो, मोनालिसा मुस्कुरायो
हातका औँलाहरू बिथोवन र मोजार्टका छातीमा नाचेपछि
सिम्फोनी-सागरहरू उर्लिए
मुलुकका गुन्द्रुक सुकाउँदाझैँ
बाङ्गाटिङ्गा सिमाना र इतिहासका घुम्तीतिर
हातहरूले तीर-भाला र खुँडा-खुकुरीका धारले
हावामा केही काटे
अन्तमा प्रहारगरे बैरीका गर्धनहरूमा छपाछप्
र त मुलुक आफ्नै चारकिल्लाभित्र कायम छ
र त हामी आफ्नै मुलुकका नागरिक कायम छौँ
हातहरू, जसले प्रेमपत्र लेखे…सिउँदोमा सिँदुर हाले
हातहरू, जसले कोक्रो हल्लाउँदै लोरी गाए…
आशिर्वादको टिका लगाइदिए
हातहरू, जसले सपनाको छेउछाउ फूल उमारे…बस्ति बसाए…
हातहरू, जसले पहाड-मधेशमा जात-जातका मानिस
र तिनका इन्द्रेणी-सपनाहरू जोडेर एउटा सिङ्गो देश बनाए
हो तिनै हातहरू अचेल
केटाकेटीका सपनाको सुरक्षामा व्यस्त छन् ।