Lamps Burn In Every House – Kabir

Lamps burn in every house,
O blind one! and you cannot see them.
One day your eyes shall suddenly be opened,
and you shall see: and the fetters of death will fall from you.
There is nothing to say or to hear,
there is nothing to do:
it is he who is living, yet dead, who shall never die again.

Because he lives in solitude,
therefore the Yogi says that his home is far away.

Your Lord is near: yet you are climbing the palm-tree to seek Him.

The Brahman priest goes from house to house
and initiates people into faith:
Alas! the true fountain of life is beside you,
and you have set up a stone to worship.

Kabîr says: ‘I may never express how sweet my Lord is.
Yoga and the telling of beads,
virtue and vice-these are naught to Him.’

The Time Before Death – Kabir

Friend? hope for the Guest while you are alive.
Jump into experience while you are alive!
Think… and think… while you are alive.
What you call ‘salvation’ belongs to the time
before death.

If you don’t break your ropes while you’re alive,
do you think ghosts will do it after?

The idea that the soul will join with the ecstatic
just because the body is rotten —
that is all fantasy.
What is found now is found then.
If you find nothing now,
you will simply end up with an apartment in the
City of Death.
If you make love with the divine now, in the next
life you will have the face of satisfied desire.

So plunge into the truth, find out who the Teacher is,
Believe in the Great Sound!

Kabir says this: When the Guest is being searched for,
it is the intensity of the longing for the Guest
that does all the work.

Look at me, and you will see a slave of that intensity.

Are You Looking For Me? – Kabir

Are you looking for me? I am in the next seat.
My shoulder is against yours.
you will not find me in the stupas, not in Indian shrine
rooms, nor in synagogues, nor in cathedrals:
not in masses, nor kirtans, not in legs winding
around your own neck, nor in eating nothing but
vegetables.

When you really look for me, you will see me
instantly —
you will find me in the tiniest house of time.

Kabir says: Student, tell me, what is God?
He is the breath inside the breath.

Illusion And Reality – Kabir

What is seen is not the Truth
What is cannot be said
Trust comes not without seeing
Nor understanding without words
The wise comprehends with knowledge
To the ignorant it is but a wonder
Some worship the formless God
Some worship His various forms
In what way He is beyond these attributes
Only the Knower knows
That music cannot be written
How can then be the notes
Says Kabir, awareness alone will overcome illusion

माया गर्ने मान्छे – मन्दिरा मधुश्री

 

 

संसारमा धेरै मन पर्ने मान्छे तिमी

एउटा मात्र मेरो माया गर्ने मान्छे तिमी ।

उदाए नि जूनझैं सबको भाग पर्ने गरी

शीत बनी मेरै काखमा झर्ने मान्छे तिमी ।

मन्दमन्द पवन बनी स्पर्शमै लट्ठ्याएर

फूलबाट सुगन्धलाई हर्ने मान्छे तिमी ।

जलाएर दीयोको शीखाझैं आफैंलाई

आफ्नो ज्योति मेरै संघारमा छर्ने मान्छे तिमी ।

तिम्रालागि ज्यानै दिन्छु भन्नेहरू माझ

मेरो भागको जहर पिई मर्ने मान्छे तिमी ।

 

चामलको मान! – निशा राई

ग्रेट हिमालयन ट्रेल (पदमार्ग) ले ल्याएको पर्यटकीय चहलपहल बुझन केही महीनाअघि हुम्ला सदरमुकाम सिमकोट जाने मौका जुरेको थियो। नेपालगञ्जबाट सिमकोट पुग्ने एक मात्र विकल्पको रूपमा उपलब्ध ‘चिलगाडी’ को एउटा टिकटलाई पर्दोरहेछ– रु.१२ हजार! बिहान आठ बजे राँझा विमानस्थलमा हवाइजहाज चढ्दा त्यसका लगभग सबै सीटमा चामलका बोरा राखिएका थिए (हे.तस्बीर)। विमानमा दुई पाईलट र एक एअरहोस्टेस बाहेक मानव यात्रीमा एक अधबैंसे, दुई बालकसहितकी एक महिला र म पाँच जना मात्र थियौं। एअरहोस्टेसले ट्रेमा कपास र चकलेट ल्याउँदा म मनमनै चामलका बोरा गनिरहेकी थिएँ। त्यस्तै ४० बोरा थिए होलान्। यसरी लगिएको चामलको ढुवानी भाडा खाद्य संस्थानको हो भने प्रति किलो करीब रु.९५ र निजी हो भने प्रति किलो रु.१३० पर्दो रहेछ!

एक घण्टामा जहाज सिमकोट उत्रिंदा विमानस्थलमा २० जना जति नौजवान सुन जस्तो त्यो चामल पर्खेर बसेका थिए। काठमाडौंमा मैले कहिल्यै वास्ता नगरेको चामलको यत्रो मान देखेर म अवाक् भएँ। राजधानीमै जन्मेहुर्केकी मैले कर्णालीको दुःखको कथा पढे–सुनेकी त थिएँ, तर यथार्थसँग साक्षात्कार पहिलो पटक गर्दैथिएँ। यात्राका क्रममा मैले काठमाडौंका चोकहरूमा फोहोरसँगै फालिएका सहस्र सिताहरू सम्झिए । विमानस्थलबाट निस्केर सिमकोट बजारको विजय होटलमा खाना खान के बसेकी थिएँ, होटलका साहू विजय लामा फुर्तीसाथ चामलका बोरा बोकेका युवकहरूको हूल लिएर आइपुगे। अघि विमानबाट ल्याइएको चामलका १० बोरा उनैले मगाएका रहेछन्। विजय होटलबाट जिल्ला प्रशासनतिर लाग्दा बाटोको दायाँछेउमा खाद्य संस्थानको कार्यालय भेटिंदोरहेछ, जहाँ जिल्लाका ३० वटै गाविसको प्रतिनिधित्व गर्ने करीब १०० जना मानिस लाइन बसेका थिए। आ–आफ्नो गाविस सचिवको सिफारिस लिएर आएका तीमध्ये धेरैले त्यहीं रात बिताएका रहेछन्, भोलि रित्तोहात फर्किनु नपरोस् भनेर।

खाद्य संस्थानको चामल (धेरैजसो सडेको हुन्छ रे!) घरेलु मदिरा बनाउन प्रयोग भएपछि हुम्ला निकै बद्नाम भएको रहेछ, एकताका। सिमकोट बजारको एउटा रूखमा टाँगिएको साइनबोर्ड (हे.तस्बीर) ले रक्सी बनाएको भन्ने आरोपबाट जोगिन खोज्दै चामलबाट वञ्चित हुनु नहुने आशय झ्ल्काउँथ्यो। तैपनि, ‘हुनेखानेहरू’ ले चामलको जाँडरक्सी बनाउने गरेको ठोकुवा खाद्य संस्थानमा भेटिएका चामलका आकांक्षीहरूले गरे। सिमकोटका ‘हुनेखाने’ मा होटल व्यवसायी नै पर्दारहेछन्। “यहाँका हुनेखानेहरू सिडिओ र प्रहरी हाकीमको सिफारिसमा भनेको बेला भनेजति चामल पाउँछन्”, छिपरा गाविसबाट पूरा एक दिन हिंडेर आएका दानबहादुर शाहीले भने, “हामी चाहिं पाँच किलो कुहिएको चामलका लागि अघिल्लो बेलुकैदेखि ठेलाठेल गर्दै लाइनमा बस्छौं, आपसमा कुटाकुटसम्म गर्छौं।” दानबहादुर र त्यहाँ भएका अरूको कुरा सुनेर म हतप्रभ भएँ। कर्णाली अञ्चलमा भोकमरी हटाउन सरकारले २०३२ सालदेखि नै हवाइजहाजबाट खाद्यान्न पठाउने नीति लिएको रहेछ। त्यस अनुसार, हुम्ली जनताका लागि वडापिच्छे ५० केजी खाद्यान्न उपलब्ध गराउने सरकारी व्यवस्था रहेछ। जिल्लाका करीब ५६ हजार परिवारका ३ लाख २५ हजार जनसंख्यालाई यतिले पुग्ने कुरै भएन। त्यसमाथि, सदरमुकामबाट वितरण हुने यो चामलका लागि गाविसको सिफारिस लिएर आउनेमाथि सम्बन्धित गाउँका राजनीतिक कार्यकर्ता र सदरमुकामका ‘हुनेखाने’ ले झेल गर्छन् रे! सरकारले हालसम्म कर्णालीका पाँच जिल्लामा वार्षिक सरदर ३८ हजार क्वीण्टल चामल पठाउँदै आएको छ।
२०४६ पछिका सरकारहरूले कर्णालीलाई काठमाडौंमाथि निर्भर पार्ने पञ्चायती नीति त्यागेर विकास, दिगो कृषि र जीविकाका अन्य विकल्प दिएको भए हुम्लीहरूले शायदै यो पीडा भोग्नुपर्थ्यो होला। उनीहरू कसरी बाँचेका छन्, अब त सिंहदरबारले हेर्नुपर्‍यो!

बन्दरशिप – केदार शर्मा

 

नराम्रो नहेर्नु, नराम्रो नसुन्नु, नराम्रो नबोल्नु!

नराम्रा कुराबाट परहेज गर्न सावधान गराउने आँखा, कान र मुख थुनेका तीन बुद्धिमान बाँदर संसार प्रशिद्ध छन्।

‘गान्धीजीका बाँदर’ भनेर पनि चिनिने ती बाँदरहरू जापानका शिन्तो–ताओ परम्पराका कलाकृतिमा शताब्दीयौंदेखि विद्यमान छन्। ती बाँदर पुराना हुन्, प्रशिद्ध छन् र सरल छन्। तिनलाई प्रतीकका रूपमा लिनसके मान्छे नराम्रो हेर्न, नराम्रो सुन्न, नराम्रो बोल्नबाट सावधान हुनसक्छन्। तर ‘हामीलाई प्रतीकका रूपमा लिने मान्छेले गर्न हुने–नहुने कुरा हामीले नै निर्धारण गर्ने हो’ भनेर ती बाँदरले मान्छेका आँखा, कान र मुख थुनिदिन थाले भने अनर्थ हुन्छ। अनि तिनीहरूलाई नेपालको सञ्चार मन्त्रालय अन्तर्गतको सेन्सर बोर्डमा लगेर राखिदिए हुन्छ। प्रवृत्ति पुरानो हो, घटना अनेक छन्; ताजा प्रसङ्ग हो चलचित्र हाइवे को सेन्सरको। मान्छेको बोलीचालीमा आउने सामान्य शब्दहरू सेन्सरबोर्डलाई पचेन। एउटा पात्रले बोलेको फ८ भन्ने अंग्रेजी शब्दलाई उनीहरूले ‘यस्तो नामी पत्रकारका मुखबाट यो शब्द सुहाएन’ भने, डाइरेक्टर दीपक रौनियारले काटे। अन्त्यमा उनीहरूको ध्यान राजमार्ग बन्द गर्ने क्रममा आन्दोलनकारी पात्रहरूको ‘लिम्बूवान् जिन्दावाद’ भन्ने नारामा पुग्यो र त्यो पनि हटाउन भने। रौनियारले बहस गरिटोपले, “यहाँ कसैलाई मूर्दावाद भनिएको छैन। जिन्दावादको नारा हरेक दिन कहीं न कहीं घन्किरहेकै हुन्छ! रेडियो र टेलिभिजनबाट पनि यस्ता नारा घर–घरमा पुगिरहेकै छ। फिल्ममा चाहिं किन त्यही कुरा सुनिन नहुने?” सञ्चार मन्त्रालयको सहसचिव रहेकाले सेन्सर बोर्डका अध्यक्ष बनेका सुशील ओझाले प्रतिप्रश्न गरे, “सिनेमा किन रियल हुनुपरुर्‍यो त?”

केही समयअघिसम्म निकै उत्साही देखिएका रौनियार ट्वाँ परे; उनीसित बोल्ने शब्द बाँकी रहेन। जुनबेला स्याटेलाइट टेलिभिजनका माध्यमबाट संसारभरका श्रव्यदृश्य सामग्रीहरू घरघरमा छिर्न सक्दैनथे, त्यसबेला मान्छेले के हेर्नहुन्छ र के हुँदैन भन्ने कुराको ठेकेदारी राज्यले गर्थ्यो। नागरिकहरूले के हेर्नहुन्छ र के हेर्नहुँदैन भन्ने कुरामा अंकुश लगाउनु उचित थिएन, तर सम्भव थियो। तर, जमाना कहाँबाट कहाँ पुग्यो। प्रविधिले संसारको नक्सा फेरिदियो। नेपालको आकाशमा कहिल्यै नचिताइएका नाराहरू घन्किए, नचिताएको राजनीतिक परिवर्तन आयो। तर हैकम गएन, अतार्किक नियमहरू गएनन्। संविधानमा संघीयताका कुरा छन्, संघीयताकै वैसाखी टेकेर प्रधानमन्त्री खोच्याङ खोच्याङ गर्दैछन्। यता एउटा सहसचिव एउटा प्रस्तावित संघीय राज्यका नाममा जिन्दावादको नारा लगाउनसम्म दिंदैन।

अचम्म के छ भने, नेपालीहरूले हिंसा हेर्नहुन्छ। करीब १४ हजार मान्छे मारेको सशस्त्र युद्धलाई महान जनयुद्ध भन्दा हुन्छ। हिंसालाई महिमामण्डित गर्नहुन्छ। तथाकथित मूलधारका सिनेमामा बन्दूकले हानेर मान्छे रगताम्मे भएको र पक्लक्क पक्लक्क ढलेको हेर्नहुन्छ। काटेको मारेको हेर्नहुन्छ, तर जिन्दावाद भनेको हेर्नुहुँदैन। सेन्सरबोर्डमा बसेकाहरू तपाईंका मुख थुनिदिन्छन्, आँखा थुनिदिन्छन्, कान थुनिदिन्छन्। उनीहरू नराम्रो हेर्न, सुन्न र बोल्नबाट नागरिकहरूलाई जोगाउँछन्। तर ती बाँदरले ‘नराम्रो नगर्न’ नभनेकैले होला, त्यसै क्रममा आफू भने निकै नराम्रो काम गर्छन्। नागरिकहरूलाई ‘नराम्रो’ हेर्नबाट जोगाउने कर्मचारीहरू सरका’उपभोक्ताले माया गरे बच्छ वन’ ी हैसियतमा बसेर, चलचित्र सेन्सरको सरकारी काम गरेबापत उद्यमीहरूबाट सरकारी खातामा नजाने, कर नतिर्ने र भर्पाई नदिने गरी भत्ता खान्छन्। निर्माता/निर्देशकहरू बोल्न सक्दैनन्, किनभने चलचित्र देखाउन हतार भइसकेको हुन्छ। ‘लिम्बूवान जिन्दावाद’ भनेको काटिनु भनेको राजनीतिक कुरा हो। म भने एउटा अराजनीतिक नारा लगाउँछु, बन्दरशिप मूर्दावाद !