kavita – pukar

म तिमीलाई नै चाहन्छु, तिमीलाई चाहन्छु, यही शब्द सधैँ मेरो
अन्तःकरणले आह्वान गर्दै भनिरहेछ !
जो यमि वासनाहरुले मेरो मनलाई दिनरात बेचैन पारिदिन्छन्,
यमि सर्वथा झूटा छन्, निःसार छन् अनि निष्प्रयोजन छन् ।
मलाई ता तिम्रो चाह छ, ईश्वर ! तिम्रो चाह छ !

जसरी अँध्यारो रातको मर्ममा प्रकाशको प्रार्थना रहन्छ,
त्यसरी नै मेरो अतृप्त वासनामा पनि तिम्रो चाह रहन्छ ।
आङ्खनो अन्तःकरणको चेतनामा पनि मैले निरन्तर यही सुनिरहेको
छु, ‘मलाई तिम्रो चाह छः तिम्रो चाह छ । ’

जसरी बादलले पूरा शक्तिका साथ शान्तिलाई आघात गर्दै आङ्खनो
लक्ष्यको प्राप्ति शान्तिमा नै सम्झन्छन्,
त्यसरी नै मेरो विद्रोह तिम्रो प्रेमलाई आघात गर्छ अनि भनिरहेछ :
‘म तिमीलाई नै चाहन्छु । ’

Advertisements

kavita – apaharan

त्यस दिन उनी मेरो घरमा आए अनि भने,
‘हामी एक कुनामा बसिरह्यौ ।’
उनले यस्तो भने, ‘देवतालाई अर्पण गर्दा म तिम्रो सहायता गर्छु,
अनि पूजाको जो प्रसाद पाइन्छ त्यही ग्रहण गरेर सन्तुष्ट होऔँला ।’

यसरी नै ती दरिद्री, क्षीण, मलिन, वस्त्रधारी मेरो घरको कुनामा बसे,
तर, रात बितिसकेपछि तिनीहरु प्रबल भए, मेरो देवालयमा
जबरजसती पसे अनि तिमीहरुले मलिन हातको देवताको पूजाका
नैवेद्य खोसे ?

kavita – naulo path rekha

एक दिन मेरो मनमा विचार उठयो :
जो हुनु थियो सबै भइसके, मेरो यात्राको आखिरी निर्दिष्ट स्थान
आइपुग्यो ।
मलाई ज्ञात भयो, अब अघि बाटो छैन, म मेरो भ¥याङमा आइपुगें ।व
अब कोशिशको केही आवश्यकता छैन, पाथेय पनि शेष भयो ।
थाकेको, हारेको जीवनलाई विश्रान्ति लिने वेला आयो ।
यमि फाटेका पुराना वस्त्र लिएर म अघाडि कसरी जान सकुँला ?
तर आज देख्दछु :
तिम्रो लीलाको अन्त नै छैन, नजीनताको कुनै घेरा छैन ?
आङ्खनो नयाँ मनोकामना पूर्ण गर्नाको लागि तिमलिे मलाई फेरि
नयाँ जीवन दियौ ?
मेरा गीतका पुराना स्वरले आङ्खनो माधुर्य हराए पनि नयाँ संगीतको
स्वरमा ह्दयको स्रोतबाट उत्पति भए !
जब पुराना पथरेखा अदृष्य भए अनि नयाँ नयाँ मार्गका दृष्यहरु
आँखामा नाच्न थाले !