Daily Archives: July 6, 2017

kavita – sawan ghana

आज सावनको मेघका विशाल छायामा चूपचाप, नीरव रात झैँ, मूक प्रभातमा सबैको अगाडि मुख लुकाउँदै कदापि नभाग ! आज प्रभातकालको आँखा बन्द भएका छन्, पूर्वका कोलाहलपूर्ण पवन व्यर्थमा कसैलाई आह्वान गरिरहेछ । नित्य जागृत नीलाम्बरको मुख मेघका चादरले ढाकिएको छ … Continue reading

Rate this:

Posted in Rabindra Nath Thakur | Tagged , , , , | 1 Comment

kavita – rakhi ko dori

मेरो अंग–अंगमा रोमांच भइरहेछ, आँखामा उन्माद छाया, मेरो ह्दयमा कसले रातो राखीको डोरी बाँधिदियो ? आज आकाशको मनि जल–थल, फूल–फलमा तिमीले मेरो मनलाई आकर्षित पार्यौ ? आज तिमीसँग मेरो राखीको खेल यति राम्रो कसरी भयो ! अझ पनि, मलाई जसले … Continue reading

Rate this:

Posted in Rabindra Nath Thakur | Tagged , , , , , | Leave a comment

kavita – prabal prawaha

प्रबल प्रवाह आनन्दको यो प्रवाहका प्रबल गतिसँगसँगै तिमीले आङ्खना छन्दहरुका स्वरलाई जोड्न सक्दैनौ । मृत्युको वीणामा, दिशाहरुमा, सूर्य–चन्द्रमा जुन स्वर गति छ, त्यससँग तिमीले आङ्खनो स्वर मिलाउन सक्दैनौ । सबैमा अनन्त वेग छ, कुनैमा विश्रामको इच्छा छैन, कसैले पछाडि फर्केर … Continue reading

Rate this:

Posted in Rabindra Nath Thakur | Tagged , , , , , | Leave a comment

kavita – rakshya bandhan

ईश्वर ! आज म तिम्रो बायाँ हातमा राखी बाँध्न आएको छु, त्यो नलुकाऊ ! तिम्रो हातमा राखी बाँधेर म सबैलाई बाँधिदिन्छु, कोही पनि यो बन्धनदेखि छुटकारा पाउनेछैन । आज आङ्खनो अर्काको भन्ने भेदभाव छँदैछैन : आज म आङ्खनो भित्र–बाहिर सबैलाई … Continue reading

Rate this:

Posted in Rabindra Nath Thakur | Tagged , , , , | Leave a comment

kavita – ananda yagya

संसारको आनन्द–उत्सवमा भाग लिनाको लागि मलाई निमन्त्रणा आएको छ । यसले गर्दा मेरो मानव जीवन कृतज्ञ भएको छ । मेरो नयनले अब रुप–सुधा पान गर्दछन्, अनि मेरो कानले दिव्य स्वर सुन्दछन् । यो समारोहमा मलाई बाँसुरी बजाउने काम तिमीले दिएको … Continue reading

Rate this:

Posted in Rabindra Nath Thakur | Tagged , , , , | Leave a comment

Kavita – biraha alok

प्रकाश : प्रकाश कहाँ छ र ? विरहको आलोकले प्रदीप प्रदीप्त गर ! जलिसकेको प्रदीप राख, विरहको नयाँ आलोकले त्यसलाई बाल ! ‘यस्तो नै भाग्मा लेखिएको छ,’ यसो भन्नु भन्दा मर्नु असल हो : विरहको अग्निले आङ्खनो प्रदीप बाल ! … Continue reading

Rate this:

Posted in Rabindra Nath Thakur | Tagged , , , , , | Leave a comment

kavita – katu swar

मेरा जीवन–वीणाका तारले अझ आघात सहनसक्छन् ! बजाऊ, त्यसलाई अझ जोरसँग झँकृत पार ! जो स्वर तिमीले मेरो जीवनमा बजाउन शुरु गर्यौ, त्यसको आखिरी तान्न अझ रहेको छ ! यसकारण………………………………………………! केवल करुण कोमल रागहरुमा मेरो अनुराग छैन ! मृदुल स्वरको … Continue reading

Rate this:

Posted in Rabindra Nath Thakur | Tagged , , , , , , | Leave a comment