Kavita – Prem Sanket

प्रियतम ! म जान्दछु, यो तिम्रो प्रेम हो जो पात–पातमा स्वर्णाभा
बनेर चम्किरहेछ !
जसले लोसे मेघ आकाशमा जम्मा भइरहेछन्, सुवासित पवनले मेरो
मस्तिष्कमा जलकण छर्छ :
यमि सबै, हे मनमोहन ईश्वर ! तिम्रो प्रेम नै हो ।

आज प्रभातका आकाश–धाराले मेरा नयन भरिए :
यो तिम्रो प्रेम–संकेत हो जो जीवनका कण–कणमा व्याप्त छ ।
तिम्रो चेहरा निहुरियो,
तिम्रो नेत्र मेरा नेत्रसँग मिले :
मेरो ह्दयले तिम्रो चरणमा स्पर्श गरिसक्यो !
प्रियतम ! म जान्दछु, यो तिम्रो प्रेम–संकेत हो ।

Kavita – Meghonmaad

आज जलपूर्ण मेघहरबाट पानी झर–झर गर्दै तल भरिरहेछ ।
आकाशलाई अस्वीकृत गरेर जलधारा धरतीमा आएको छ,
आज यसको कहीँ पनि अन्त देखिँदैन ।

बन, पर्वतमाथि उग्र आवाज गर्दै, बादलले योग दिइरहेछ ।
मैदानहरुमा पानीको खोला स्वतन्त्र रुपले बगिरहेछन् ।
आज मेघको केशराशि छरपुष्ट भएर कति सुन्दर नृत्य गरिरहेछ !

यो वर्षाले मेरो मन फेरी स्वतन्त्र भयो, अनि बादलसँग आकर्षित हुन लागेँ :

अन्तः करणमा आज कस्तो कोलाहल हुन लाग्यो !
ढोका–ढोकाका अवरोध चकनाचूर भइसके !

आज साउनका बादलहरुमा उन्माद भरिएको छ :
आज घरदेदि बाहिर को जान्छ र ?

Kavita – Prabhu Griha

जुन दिन ती वीर सिपाहीहरु आङ्खना प्रभुका घरबाट आए !
त्यस दिनदेखि तिनीहरुका गहकिला शक्ति स्वतः कहाँ विलीन भए !
तिनीहरुका हात–हतियार कहाँ छन् ?
तिनीहरुका शौय कता हराए ?
तिनीहरु क्षीण अनि असहाय झैँ भए ।
त्यही दिनदेखि तिनीहरुमाथि
चारैतिरबाट प्रहार हुनथाले ।
तिनीहरुका गहकिला शक्ति स्वतः कहाँ
विलीन भए ?
धनुष, बाण, तरवार कहाँ हराए ?

पुनः, जब तिन सिपाहीहरु प्रभुगृहबाट फर्केर गए, त्यस वेला
तिनीहरुको चेहरामा अति आनन्द झल्किरहेको थियो ।
आङ्खना सांसारिक जीवनका फलाफललाई
त्याग गरेर तिनीहरु
प्रभुगृहमा फर्किरहेका थिए ।