Daily Archives: May 18, 2017

Chiso Astray – Bhupi Sherchan

यहाँ जो आउँछन् मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन् यहाँ जो बस्छन् हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन् र यहाँबाट जो जान्छन् पोल्टाभरि निभेका विस्वासहरु र सपनाहरु सोहोरेर जान्छन् यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो एउटा चिसो एष्ट्रे जस्तो छ … Continue reading

Rate this:

Posted in Bhupi Sherchan | Tagged , , , , , | Leave a comment

Abhishapta Ghar – Bhupi Sherchan

जब–जब बायाँ र दायाँ पट्टिका छिमेकीहरुले एकार्काको छानामाथि ढुङ्गा बर्साउँछन् यस घरको छानामा घाम ताप्न बसेकी बूढीको चश्मा र कौसीमा रमिता हेरिरहेकी दुलहीका चुराहरु फुट्छन्, आधारातमा जब छिमेकीहरुले आपस्तमा जहाँबाट जे पायो त्यसैले कुटाकुट गर्छन् भोलिपल्ट बिउँझेर यस घरको बातको … Continue reading

Rate this:

Posted in Bhupi Sherchan | Tagged , , , , | Leave a comment

Prajatantra Diwas – Bhupi Sherchan

आज फागुन सात गते प्रजातन्त्र दिबस गर्व लाग्दो पर्व नेपालीको एउटा ठुलो जुलुसले गरिरहेछ शहर परिक्रमा बाटाभरि हिडिरहेछन सेता दौरा सुरुवालहरु हेडमासटरको पछि पछि पसिना पुछ्दै बालहरु चङ्गा झैँ उड्दैछन हावामा काला टापि (विचारशून्य मस्तिष्कलाइ छोपी) फर्फराइरहेछन्? जतासुकै काला कोटहरु … Continue reading

Rate this:

Posted in Bhupi Sherchan | Tagged , , , , | Leave a comment

Ma – Bhupi Sherchan

१ म एक पुत्र एक पति र एक पिता हुँ २ एक न्वारान एक विवाह र एक चिता हुँ ३ म एक होटल एक बोतल र एक प्याला हुँ ४ म एक श्रम एक उत्पादन र एक ज्याला हुँ ५ … Continue reading

Rate this:

Posted in Bhupi Sherchan | Tagged , , , , , | Leave a comment

Galat Lagchha Malai – Bhupi Sherchan

जब म यी भोकमा डुबेका चोकहरुमा यी वैलाएका कलीजस्ता गल्लीहरुमा हेर्छु एक-दुइ दिन बसेर बास तब मलाई गलत लाग्छ मेरो देशको इतिहास यो बाटोमा बीचमा माटो खनेर बसेका देवताहरु यो बुझेर पनि लाटो बनेर बसेका देवताहरु यो बुझेर पनि लाटो … Continue reading

Rate this:

Posted in Bhupi Sherchan | Tagged , , , , , | Leave a comment

Maani Nabhayeko Jindgani – Bhupi Sherchan

आउँछन् जब किरण भोरका झ्यालभित्र ज्वरको रापझैं उठ्छु चूपचाप ओछ्यानबाट घाममा सुकाएको गीलो कपडाको बाफझैं हराउँछु दिन–दिनभरि घरबाहिर रक्सी पिएर बिर्सेको पापझै रातको साथमा घर फर्कन्छु नशा उत्रेपछिको पश्चात्तापझैं आह ! यसरी बितिरहेछ जीवन सन्निपातको रोगीको प्रलापझैं ।

Rate this:

Posted in Bhupi Sherchan | Tagged , , , , , | Leave a comment

Dui Tukra – Bhupi Sherchan

१ जहिले पनि भर्खरकी किशोरीजस्ती साँच्चिकै तिमी हिमालकी छोरीजस्ती कुन्नि के छ तिमीमा, जो अरुमा छैन कि तिमीलाई जति पाए पनि थोरैजस्ती २ एकलास तिम्रो बाटोमा रमाइलो दिन सक्तिनँ म तिमी थाकेर ढल्दा सहाराको हात दिन सक्तिनँ म बर्सनै नपाई … Continue reading

Rate this:

Posted in Bhupi Sherchan | Tagged , , , , | Leave a comment