Jal Bihar – Rabindra Nath Thakur

हामी दुवैले परस्पर गुप्त प्रतिज्ञा गरेका थियौँ, एउटा डुङ्गामा
केवल तिमी र म बसेर स्वच्छन्द जल–विहार गर्नेछौ,

हाम्रो तीर्थयात्रा कुन देश अनि कुन लक्ष्यको निम्ति होला, यसको

विभिन्नता संसारभरका कसैलाई ज्ञात हुँदैन ।

त्यस किनारविहीन सागरमा बग्दै म तिम्रो श्रवणोत्सुक कानमा गीत

सुनाउँछु । त्यो गीत सागरका उन्माद तरंगहरु झैँ छरपुष्ट हुन्छ अनि

शब्दको बन्धनदेखि मुक्त भएर केवल स्वर–लहरी बन्नेछ !

के अझै त्यो समय आइपुगेको छैन ? अब पनि कर्तव्य कर्म के

समाप्तभएका छन् ?

हेर ! सन्ध्या समुद्रको किनारमा झरिसकेको छ अनि धमिलो

उज्यालोमा समुद्र–विहारी पक्षी पखेटा फर्फर् गर्दै आङ्खना

गुँडमा फर्किरहेका छन् ।

कसले जान्दछ र यो निर्मम जंजीरबाट मुक्त हुन्छ अनि अस्ताउन

लागेको सूर्यको अन्तिम रश्मिझैँ हाम्रो डुङ्गाले राती स्वतन्त्र जलविहार

गर्न प्रस्थान गर्ला ?

Advertisements

About भण्डारी2013

Has a reflective and idealistic types of personality. Loves to participate in Social activities. Extremely loyal by nature. Laid back unless a strongly held value is threatened and a talented writer too.
This entry was posted in Nepali Poems and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s