Ma Lahara Bhayen – Laxmi Prasad Devkota 

अहा ! म लहरा भए मनहरा हरा भू जरा
चुसी रस फुलाउँथे कुसुम वासका सुन्दर,

रमी हृदय आउँथे चिरबिराउँदा स्वर्चरा,

स्वदेश रस बन्न गो तर कवित्व यो वर्वर !

Desh Eklo Pareko Chha – Gajal

यहाँ देश एक्लो परेको छ आज

इमानी शिरै यो झरेको छ आज
बल्यो अग्नि ज्वाला छ रातो हिमाल

डढेलो कतैको सरेको छ आज
थियौं स्वाभिमानी हिजोसम्म हामी

कसोरी भनूँ क्वै चरेको छ आज?
र, ऐना फुटेझैं फुटेको छ भाग्य

भनूँ खै कसोरी मरेको छ आज
सबै हात हाम्रा उठाएर जागौं

सधैं भोलि भन्दै टरेको छ आज

Thapdai Gai Maile Piyen – Komal Shrestha Malla

थप्दै गई मैले पिएँ,पिउनु पिएँ पिउनु पिएँ
बोतलको हेर कमाल बिग्रिएछ मेरो हाल

मालामाल मालामाल उनी मालामाल
बात लाउँछे छोएँ भने नपिएर बसेँ भने

आई हाल्छे आलङ्घनमा हात्ती गैंडा दिएँ भने

थप्दै गई मैले पिएँ पिउनु पिएँ पिउनु पिएँ

बोतलको हेर कमाल बिग्रिएछ मेरो हाल

मालामाल मालामाल उनी मालामाल
लठ्ठी लठ्ठी मागे भने हासीहासी थपी दिने

गोलमाल गोलमाल जानीबुझी गरी दिने

जानी जानी जिन्दगी यो मासीदिए मासीदिए

बोतलको हेर कमाल बिग्रिएछ मेरो हाल

मालामाल मालामाल उनी मालामाल

Dushman Prohit – Yuddha Prasad Mishra

पत्र र पुस्तक अघि-अघि सार्दै
मरिसकेको धर्म फलाक्दै

मानिस मर्दा जुँगा मुसार्दै

तस्मै मार्दै पैसा झार्दै
स्वतन्त्र मानवलाई बिगार्दै

प्रगति देखी तल तल पार्दै

भन्छ नछोड्नू पुरुखाको रीत

जनताको त्यो दुष्मन प्रोहित

Sahi Bato – Yuddha Prasad Mishra

संकीर्णताको परखाल नाघी
यथार्थ वैज्ञानिक पन्थ लागी

पीडितमा जागृति बत्ति बाल

भगाइद्यौ भारतका दलाल
प्रगति भो अब व्यापक जाज्वल

परिसके प्रतिगामीहरू तल

उठिसक्यो भई व्यापक जागृति

उदित भै जनमानसको स्थिति
विजयको भई दर्पण शानमा

प्रवल भै मनको बलिदानमा

जनजागृत भै उठदै गयो

परपीडनता टुट्दै गयो
असही शोषण जागृति हो सही

जनयथार्थ कुरो बीचमा नरही

फगत नित्य रुचाइ विलासता

रहन संभव छैन कतै यता