नेपाली कविता – समानता सम्भव छ ?

के समानता सम्भव छ ?

हेर ऐनामा आफ्नै अनुहार

तिम्रो चुच्चो नाक, कोप्चो आँखा

उठेको निधार, चाउरिएको गाला ।

ब्लेडले ताछेर सम्याऊ पहिला

समान बनाऊ आफ्नै अनुहार

अनि, उठाऊ हँसिया र हथौडा

काट मेरा उठेका वक्षस्थलहरू

पूर मेरा शरीरका खोपिल्टाहरू

तिम्रा समानताका नारा खहरे र भेल हुन्

कहिले पो कहाँ टक्क अडिएको छ र ?

आकाशे झरीमा उर्लने भेल

कहिले पो कोसी, कणर्ाली भो र ?

हथौडाले सगरमाथा ठोकेर

सम्याउने सपना देख्नुभन्दा पहिला

समुद्रको पानी उकेरा लाएर

बनाऊँ सगरमाथा, अन्नपूर्ण र गौरीशंकर

अनि, पछ्याउँछौँ हामी तिम्रा समानताका नारा

मित्र, मान्छेलाई समान बनाउन कहाँ सम्भव छ र ?

बाँसमा पराल बेरेर त मुर्कट्टा पो बन्छ

मुर्कट्टामा प्राण भर्ने सामथ्र्य तिमीमा छैन भने

किन निमोठ्छौ निमुखाको घाँटी ?

किन रेट्छौ चर्केको छाती ?

हेर त संसारभरिका मान्छेलाई

कति फरक छ अनुहार, ठ्याक्कै नमिल्ने

तिमीले सबैको नाम रामे, श्यामे राख्दैमा

कहाँ अनुहार मिल्छ र ?

यदि तिमीले सोचेजस्तै

सबैको अनुहार एउटै भइदिएको भए

कति विरक्त लाग्दो हुन्थ्यो होला यो धर्ती

समानता कहाँ हुन्छ र ? मित्र

एकले अर्काको अस्तित्व स्वीकारेर

सम्झौता पो गर्नुपर्छ ।

त्यसैले म भन्छु, थन्काऊ आफ्ना हतियारहरू

तिमीलाई त यो संसार हेर्ने मात्र अधिकार छ

भत्काउने र बनाउने काम तिम्रो होइन

विविधताले भरिएको यो संसारमा

रमाएर बाँच, दिल खोलेर हाँस

हामीलाई पनि बाँच्न देऊ

हामीलाई पनि हाँस्न देऊ ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.