नेपाली कविता – बखतबहादुर र देश

बखतबहादुर
निद्रामा बरबराउादै
किन सम्झन्छ
बरोबर
यो टाढा दूरदेशमा बसेर
देशको नाम ?

बिर्सन चाहेर बिर्सन नसकेको
मनको एउटा कुनाभरि पसारिएको
यो देश र गाउाका यादहरु
किन झिकेर मिल्काउन सक्दैन हा !
बखतबहादुर ।

बहिरा छौ तिमीहरु
र त इसाराले भन्नुपर्छ
मुटुभरि धड्किएको धड्कन
प्रश्वासभरि निश्वास निस्किएको
स्वाधीनताको श्वास
यो देशको स्पन्दन हो स्पन्दन ।

बखतबहादुर बेथितिको निसानामा
आफ्नो राष्ट्रप्रेम घाइते भइरहादा
अझै स्मृतिको फोल्डरबाट
झिकेर देशको नक्सा
तागीरहेछ छातीमा
र भनिरहेछ, मेरो प्यारो मातृभूमि ।

कुनै प्रेमिकाको छोडपत्रको पाण्डुलिपिजस्तो
सधैँभरि झस्का आइरहदो रहेछ
त्यही कान्लो र त्यही ढिस्को
र, बारम्बार मरूभूमिको यो थकानमा
एउटा सम्मोहक पि्रयसी विम्बझैँ
भइदिँदो रहेछ, दूरदेशमा बसेका हजारौँ
बखतबहादुरहरुका लागि देश ?

नेपाली कविता – आमाको छायाँ

सौतेनी आमा भन्छिन्-
‘साप्सु खोलामा जा
र, हाम फालेर मरिजा ।’
लाचार बाबु भन्छन्-
‘नौडाँडा काटेर जा
र, कतै गरिखा ।’

पि्रय,
तिमी के भन्छौ ?
म आफू जन्मँदा
नानीको साथीलाई राखेको ढुंग्रो झुन्डिएको
दुधिलोको हाँगोमा पासो लागूँ कि ?
जूनलाई पछ्याउँदै डाँडा काटूँ ?

कहाँ होला-
हृदयका पिपहरू स्वतन्त्र पखाल्ने पँधेरी ?
कहाँ होला-
धुजाधुजा आफैँलाई लुकेर सिलाउने अँधेरी ?


काटिजाऊँला नौडाँडा
या तरिजाऊँला नौखोला
म नहुनुको कठोर शून्यमा
मेरा साथी सगरका नौलाख दुःखहरू त नरोलान् ?
आँसुका धारिला फूलहरू
अभागी चिहानको छातीमा त नखस्ला ?
यो कोमल ढुंगा-माटोको मुटुमा चोट त नपर्ला ?

मेरी स्वर्गीय आमाको रुङ्रीले
खोजिरहला रुँदै
मैले टेकेको पाइतालाको चिसो डोबमा
मेरै तातो धड्कन ।

अफसोच !
अस्ताउनुपर्छ म अब
किनभने,
उभिएको छ सामुन्ने यस बेला
मैले सधैँ सपनामा देख्ने
मेरी आमाको छायाँ ।