नेपाली कविता – युवा हो !अब तिम्रो पालो

आज आत्म सम्मान गुमाएकी
जस्ति देखिएकि छु
यौवन लुटाएकी जस्ति
भएकि छु ।
यो भन्नेले भन्दिएर हो वा
हेर्नेका नजर कमजोर हो
अझै म मा त्यो वैंश र उन्माद छ
ति सबै सम्पदा र जोश छ
जुन तिमिले इतिहांसमा पढ्यौ ।
हो मेरा हिमशिखर चुम्न आउंदा
कोहि उत्तर पुगे
कोहि मेचि र कोशिमा वगेर दक्षिण पुगे
मेरा चार कोशे झाडिमा कोहि हराए त
कोहि तातो पानिको मूलमै डुबे ।
मेरो यौवन,कामोत्तेजना सबैलाइ
अशान्तिले विगारिदियो,ढाकिदियो,
धमिलाइदियो,रगंहिन वनाइदियो ।
हिजो मेरो यौवनको चर्चा पश्चिम सम्म पुग्थ्यो
मलाइ हेर्न,नियाल्न,अधिपत्य जमाउन सवै लालयित थिए
विश्वमा मलाइ शान्त स्वभावले चिन्थे
आजकल दिन वित्दै जादां
के हविगत वनाइदियौ ??
आजकल प्रवेक्षण गर्न होइन
खरिददारहरुको लाइन देख्छु
भक्तहरुको होइन मगन्ते र चोरहरु देख्छु
यो सव तिमिहरुले गर्दा हो !
आहा कुनै जमाना थियो
पृथ्वि,अमर, भिमशेन थिए
उन्का पहरेदारीमा मेरो यौवन…..!!!
मलाइ ति दिन रातहरु मधुमास जस्तो लाग्छ
म प्रत्येक दिन/वर्ष मधुमासमा झैं रमाउन चाहन्छु
तर आजकल,
सव लोभि-पापि
आफ्नो मात्र वैशं पोख्न चाहन्छन्
कोहि संग मर्दागिं नै छैन
मलाइ खुश राख्ने ।
सबका सब चौरासि कटेका,
वैतडि तार्ने अवस्थाका,लुत्रिएका,
थोतिएका,कुप्रिएका…
अनि के को कामभोग गर्न सक्ने ??
सवका सव टाउके को टाउकोमा
मेरो वैशं र योनि मात्र छ
मेरो शृगांरलाइ देख्न,वुज्न सकेनन्
मेरा प्राकृतिक अगंको महत्व र
सदुपयोग गर्न सकेनन्
केवल भोग मात्र गर्न खोजे
पहिल्यै वाट अधिपात्य मात्र जमाउन खोजे र
स्पर्श गर्नु अधिनै स्खलित भए ।
मेरा हिम शिखर चुम्न,पहाड चढ्न
खोंचमा हराउने हिम्मत गर्न सकेनन
त्यस्को चरम आनन्द लिन सकेनन्
खालि मोल मोलाइ गरे
सौदा वाजि गरे ।
अव तिमिहरु मलाइ……
जननि मात्र मानेर नबस
आउ यहि यौवन मै वैंशमै आउ
मलाइ शान्तिको प्रत्याभुति दिलाउ
मेरो पहरेदारि गर्ने हिम्मत गर ।
यि कुप्रिएका,लुत्रिएका,झोलिएका,
खुइलिएका लाइ पाखा लगाइदेउ
मलाइ घेरेर हेर
मेरा प्रत्येक अगंमा यौवन भेट्ने छौ
मेरो वास्ना को स्वाद
तिमि युवाहरुले लिनु पर्छ
म शताब्दि देखिको
पर्खाइमा छु तिर्खाएकि छु ।
श्रि ३ आए श्रि ५ आए
श्रि ४ आए यि सवका सव
मष्तिस्क सम्भोगमै स्खलित भए ।
यिनले मेरो चाहना सोधेनन्
मलाइ वुजेनन्
मलाइ विश्वास छ
अबको युवा पिढिंले सोध्ने छ
अनि बुज्ने छ मेरो आकांक्षा,
इच्क्षा शक्ति,काम शक्ति अनि वाशना….
आउ ढिलो नगर ।
संसारै वदलियो युगै फेरियो
त्यसैले मेरो कुमारित्व(पुर्ण शान्ति) चांहि नखोजिदेउ
तिमि युवालाइ अनुरोध छ
पूर्ण कामोत्तेजना विनै मेरो
कुमारित्व भंग भयो
तथापि मेरो यौवनमा कमि छैन
अझै म संग तिमिहरुलाइ
खुशि राख्ने शक्ति छ
म तिमिहरुलाइ चरम आनन्द दिन सक्छु
पगाल्न सक्छु,चढाउन सक्छु
वगाउन सक्छु, उडाउंन सक्छु ।
नपुशंक अभिभावक संग
सम्मानको गित गांउदै
डराएर नवस
म तिमिहरुलाइ पुर्ण जिम्मेवार देख्न चाहन्छु
म मा राजगर
अनि यि ,
पुरतन वादि, रुढि वादि, गैह्र जिम्मेवार,
हुतिहारा,वृद्दहरुलाइ मेरो सेवामा लगाइ देउ
तिमिहरु अगिवढ र मेरो हेरचाह गर,स्याहार गर
अनि मेरो यौवन हेर….
मेरा संवेदनशिल अगंको
धुलो,मैलो,कचिन्गर हटाइदेउ
तव हेर,
म सम्पन्न,आदर्शवान, सुन्दर
पयर्टकिय नगरि बन्ने छु
तिमिहरु भौंतारिदै खोज्दै हिंडेको,
दिन दिनै परदेशियको
भन्दा राम्रो देश बन्ने छु
सुन्दर विकसित राष्ट्र बन्ने छु
गौरवशालि शान्ति राष्ट्र देखिने छु ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.